जिउ खप्टिएर निदाइरहेको अवस्थामा शालिन-सुन्दरी: स्प्रिङ-समर-फल-विन्टर एन्ड स्प्रिङ


‘तिम्रा लागि औषधि त त्यो पो थियो ?’, आफ्नो चेलासँग जिउ खप्टिएर निदाइरहेको अवस्थामा शालिन-सुन्दरी हा योलाई भेटेपछि बौद्ध भिक्षुको प्रश्न। जवाफ केही आउँदैन। हुन पनि हो जीवनले सबै प्रश्नहरुको जवाफ छाडेको पनि त हुँदैन। अनि आफ्नो मनोवैज्ञानिक रोगको उपचार सेक्स हो वा बौद्ध गुम्बाको परम्परागत औषधि भन्ने निर्क्योल फरक संसारमा हुर्किएर गुम्बा पुगेकी युवतीलाई के थाहा। हा योसँग कुनै उत्तर नभए पनि उनी अभिनित स्प्रिङ-समर-फल-विन्टर एन्ड स्प्रिङले सिंगो मानव जीवन क्षेत्र के हो भन्ने विषयलाई गहिराइमा पुगेर जवाफ दिएको छ। फिल्मको थिम विश्वव्यापी छ- संसारका हरेक मान्छे जन्म-बच्चा-यौवन-वृद्ध अनि मृत्युको चक्रमा घुम्छन्।
एउटा तालको बीचमा अवस्थित बौद्ध गुम्बाबाट सुरुभएको फिल्मले ऋतुहरुको चक्रमा जीवनलाई तुलना गरेर पालैपालो मान्छेको बाल, यौवन, वृद्ध र मृत्युको कथा बोल्छ। जीवन चक्र एउटा नदीको अविराम प्रवाह हो र यसलाई मान्छेका कर्म (कुसल-अकुसल) ले निर्धारण गर्छ भन्ने बुद्ध दर्शनलाई फिल्मले सरल ढंगले प्रस्तुत गर्दछ। अविद्या (युनिभर्सिटिले सिकाउने विद्या हैन मान्छेमा रहने विशेष शक्ति पहिचान बिनाको अवस्था) को समयमा मान्छे अरुको हित छाडेर आफ्नो खुशी मात्र हेर्छ। आफ्नो खुशीका लागि अन्य (प्राणी) लाई दुःख दिन्छ, हत्या गर्छ भन्ने पक्ष बालक भिक्षुमार्फत् उजागर गरिएको छ। र, जानेर/नजानेर गरिएका सबै कर्मको फल जीवनको कुनै कालखण्डमा स्वयंले भोग्नै पर्छ भन्ने सन्देश फिल्ममा छ।
१ सय २ मिनेटको फिल्ममा प्रशस्त सिम्बोलिज्म प्रयोग भएको छ। सिम्बोलिज्ममा पनि जापान र कोरिया केन्द्रित झेन बुद्धिज्मका मिथकीय कथा हाबी छन्। वृद्ध भिक्षुले आत्मदाह गरेपछि सर्प गुम्बा छिरेको दृश्यले गुम्बामा मानव नभएको संकेत गर्छ, हाँसका भालेपोथीबीचको क्रिडाले किशोर भिक्षु र हा योसँगको यौन क्रिडाको संकेत गर्छन्। फिल्ममा यौन प्यासको लागि एउटा युवामा जाग्ने भोक र त्यसको विछोडमा हुने मानव छटपटिका दृश्य बेजोड छन्। यौन भोग्न गुम्बा छाडेर संसार छिरेको भिक्षु श्रीमती अर्कैसँग लागेपछि हत्या गर्नेसम्मको आवेगमा पुग्छ। संसार भोगिसकेपछि मात्र गुम्बाभित्रको शान्ति र संसारको दुःखलाई छुट्याउन सक्ने बन्छ। र श्रीमती हत्याको सजाय भोगिसकेपछि नयाँ रियलाइजेशन सहित फेरि गुम्बामै फर्किन्छ। त्यसपछि आफ्ना खराब पूर्व कामका लागि उसले गरेको प्रायश्चितले त्रिपिटकमा बुद्धले व्याख्या गरेका दुःखका स्रोतहरुको सम्झाउँछ– यौन (तृष्णा), सम्बन्ध (अट्याचमेन्ट) र तिनमा निहीत इन्फाचुवेशन (भ्रम) दुःख हुन्। र तिनमा निहीत दुःख भोग्न मानव संसार अभिसप्त छ।
स्प्रिङमा सुरु भएको फिल्म मानव जीवनका हरेक उमेर समूह व्याख्या गर्दै अन्त्यमा स्प्रिङमै गएर टुंगिन्छ जसरी मान्छे जन्म-बाल-युवा-वृद्ध हुँदै मर्छ र फेरि जन्मन्छ। थोरै सम्वाद प्रयोग भएको स्प्रिङ-समर-फल-विन्टर एन्ड स्प्रिङ सामान्य गतिमा बगेको छ तर फिल्मले व्याख्या गरेको विषय असाध्यै गहन छन्। निर्देशन किमकी डुकले बौद्ध दर्शनको अधिकतम फिल्मीकरण गरेका छन्। फिल्म हेरिरहँदा लाग्छ आजको मान्छे त जन्मन्छ र शारीरिक विकाससँगे यौन र धनको इच्छा मात्र थप्छ। अनि जीवनभरि यौन र धनका लागि घोटिएर कहिलै आँखा नउघारी अविद्याको अवस्थामै मर्छ।

काँच सरह भएको सेक्स

हाम्रो सामाजिक परिवेशमा महिलाहरूमाथि सानो उमेरमै उनको इज्जतनराम्रो हो, पाप हो जस्ता भावना थुपारिन्छ । सही जानकारी सही ढंगबाट प्राप्त नहुनाले उनीहरू सहवासलाई लिएर एक किसिमको अपराधबोध, ग्लानी वा हीनताको भावना पाल्छन् र यौवनावस्थासम्म आइपुग्दा पनि यो हीनता यथावत् रहन्छ । त्यतिबेला शरीरमा बढ्ने हार्मोन्सले आफ्नो प्रभाव देखाउन थाल्छ र पूरा शरीर स्पर्शलाई लिएर अत्यधिक संवेदनशील हुन्छ । जहाँ एकातिर स्पर्शको कामना बढ्दै जान्छ, त्यहीं अर्कातिर पुरुषको सामिप्यबाट मनमा डर उत्पन्न हुन्छ ।
रहस्यमय अनुभूति
अधिकांश नवयुवक विवाहपश्चात् शारीरिक सुख प्राप्तिको मानसिकता राख्छन् । श्रीमतीलाई सुखको आभास प्रारम्भ

एक सर्वांग नग्न युवती : यौन चित्र

एउटा कोठाको बीचमा एक सर्वांग नग्न युवती बसेकी छे । उसलाई २०/३० जना कलाकारले घेरेका छन् । त्यो युवती चित्र कोरिरहेका कलाकारहरूका लागि विभिन्न आसनमा बस्छे या उभिन्छे । उसको नांगो शरीर विभिन्न कोणबाट हेरिन्छन् ।
ललितकला अध्ययन गरिरहेका विद्यार्थीका लागि मानव शरीर (स्त्री शरीर) को बनोट र वान्की जान्नका लागि लाइफ मोडेल भनिने यस्ता केटीहरू आवश्यक हुन्छन् । लन्डनकी साराह स्नी लाइफ मोडेल हुन् । २०/२५ जोडी आँखा उनका शरीरका एक एक अंगलाई हेरिरहेका हुन्छन्, जाँचिरहेका हुन्छन् । अरुलाई दुस्वप्न लागे पनि साराह स्नीका लागि यो दैनिक काम हो ।
लियोनार्दा दा भिन्चीदेखि ल्युसियन फ्रायडसम्म, कलाकारहरू लाइफ मोडेलका नांगा शरीरबाट लाभान्वित भएका छन् । नग्न कला सिर्जना गरेर विख्यात हुने कलाकार धेरै छन् । तिनका कलाका लागि योगदान गर्ने लाइफ मोडेल भने कहिल्यै चर्चामा आउँदैनन् ।
मोडेलिङ सुरु गर्दा साराह स्लेड स्कुल अफ फाइन आर्ट, लन्डनमा पढिरहेकी थिइन् । पैसाको खाँचोले उनलाई कलाका लागि मोडेलिङ

मलाई मार्नेहरुको लागी

म त 
 मेरै बाटो हिडिरहेको थिएँ 
 जसोतसो - बाचिरहेको थिएँ 
 आफ्नै सन्सारमा- हासिरहेको थिएँ । 


अनायसै मेरोसामु 
 उ एक्कासी आयो 
 र भन्यो- 
 तिमी त बर्बाद भएछौ! 
 तिमी त मरे तुल्य भएछौ!! 


उ गयो । 
 अनी 
 तिमी आयौ र भन्यौ- 
 तिमी त सखाप भएछौ 
 तिमी त बर्बाद भएछौ 
 तिमी त मरेतुल्य भएछौ 
 तिमी त चक्नाचुर भएछौ 


तिमी पनि गयौ । 
 त्यसपछि- 
 जो जो आए, त्यसै भने । 

अन्त त: 
 म वर्बाद भएँ 
 म सखाप भएँ 
 म चक्नाचुर भएँ 
 म मरेतुल्य भएँ । 


निस्कर्स: 
 चितामा जलिरहदा थाहाभयो! 
 म तिमीहरु द्वारा मारिएँ ।

म भित्रको चरो

आफूलाई आफैंभित्र हराएर

निर्भिकतापूर्वक यात्रामा अघि बढिरहँदा

थाहा छैन गन्तव्यको बिन्दु कता अलमलियो

टक्क उभिएर दृष्टि दौडाउँदा

यथास्थितिको कुरुपताले

दाह्रा ङिच्याएको हेर्न नसकीे

पाइला चालेको हो

सिउँढीका काँढा शीतल हुँर्दैनन् भन्ने

बाबु भाउजुलाई धोका नदिनु, यसको आँसु लाग्छ

बाबु भाउजुलाई धोका नदिनु, यसको आँसु लाग्छ । अहिले सबै घर धान्ने यहि छे । तिमीलाई पठाउने कागजपत्रमा सहि लगाएर आउदा डाडाको चौतारीमा बसेर छोरालाई दुध खुवाउदै निकै बेर रोई । रुपेशले उनका बा ले फोनमा भनेका कुराहरु सम्झे । उनले यति समयसम्म धेरै जना संग धेरै कुराहरु सुनेका थिए । कसैले यो काम राम्रै हो भनेका थिए भने कसैले यस्तो गर्नु भनेको आफु झन बन्धनमा परिन सकिने शंका पनि गरेका थिए । आफ्नो उद्धेश्य पुरा हुने दिन आइनपुग्दै कतै सोचेको काममा बाधा आएर बाले भनेजस्तै हुन्छ कि भनेर रुपेशलाई चिन्ता नलागेको होइन । प्यारी निर्मला र छोरालाई छिटै नै आफूसंग ल्याउनको लागी केही साथीको सल्लाह अनुसार उनले यो काम आटेका थिए । यस्तै कामको सिलसिलामा एजेन्सी मार्फत भेट भएकी हुन फतीमा । सरसर्ती हेर्दा सरल स्वभाव र साधारण पहिरन छ उनको । उनले आजसम्म कतिवटा अस्थाई श्रीमान बनाइसकिन भन्ने गन्न उनलाई केहीवेर सोच्नै पर्ने हुन्छ ।