अष्ट्रेलियन धनी मानिसमा नेपाली पनि

अष्ट्रेलियाको बि आर डब्लू म्यागेजिनले सन् २००९ मा छनौट गरेको २०० जना धनाड्यको सूचीमा एकजना नेपाली उद्योगी ब्यावसायी शेष घले १६४ औं नम्बरमा पर्न सफल भएका छन् । नेपालअष्ट्रेलियान्युजका अनुसार आज भन्दा १९ वर्ष अगाडि विद्यार्थी भिसाको रुपमा आपनी श्रीमती सहित एउटा सानो सुटकेश र हाते ब्यागमा अस्ट्रेलिया भित्रिएका घले आज दुइ सय आठ मिलियन डलर सम्पत्ति जोड्न सफल भएका छन् । नेपालको दुर्गम जिल्ला लमजुङ्गबाट सन् १९९० मा घले एमविए र उनकी श्रीमती जमुना गुरुङ्ग मार्केटिङ्ग डिग्री अध्ययनका लागि नेपालमा भएको सानो पूजी सबै बेचेर मेलवर्न आएका थिए ।
उनलाई अमेरिका यूके भन्दा पनि अष्ट्रेलियाको पोष्टरले मेलवर्न आउन उक्साएको थियो । मेलवर्न यात्राका क्रममा उनले निकैं समस्या झेल्नुपरता पनि साहसी घलेले आप्नो उद्धेश्यका लागि निरन्तर परिश्रम गरिरहे । फलस्वरुप उनले सन् १९९६ मा मेलवर्न इन्स्टीच्यूट अफ टेक्नोलोजी एमआइटी स्थापना गरेका थिए । आज उनको यो उद्योग मेलवर्न हुदै सिड्नी सम्म आइपुगेको छ । उनको लगानी यस बाहेक शेयर बजारमा पनि रहेको बताइन्छ ।

अब उनको योजना अर्को वर्ष बि्रसवेन र पर्थमा पनि कजेज संचालन गर्ने रहेको छ । उनले खोलेको एमआइटीमा अहिले मेलवर्नमा २००० जना र सिड्नीमा १००० गरी ३००० जना विदेशी विद्यार्थी अध्ययनरत छन् । उनले इन्स्टीच्यूट संचालनका लागि आप्नैं भवन पनि खरिद गरिसकेका छन् । उनले आप्नो गाउँमा अस्पताल विद्यालय लगायत अन्य सामाजिक विकासका लागि लाखौं चन्दा दिए पनि मिडियामा आउन नचाहेकाले कुनै पनि सहयोगमा उनको नाम आउने गरेको थिएन । परिश्रमी घलेले एउटा सानो देश नेपाल त्यसमा पनि दुर्गम गाउ लमजुङ्गबाट विदेशमा आइ गरेको प्रगतिको खुसी देश भित्र र वाहिर रहेका सबै नेपालीहरु बीच छाएको छ ।

शोक पुस्तिकामा, शैलजा

रमेश न्यौपाने/काठमाडौ

'क्रुर र अपराधी शैलीको राजनीतिले बिर्सिएकी एक महान् नेपाली महिला योद्धा, जसको इतिहास र योगदानबाट आजकाले केही पाठ नसिकेपनि भविष्यले उच्च सम्मान गर्नेछ'– शुक्रबार बिहान धर्तिबाट बिदा भएकी कांग्रेस नेतृ शैलजा आचार्यलाई झापाका कुमार रेग्मीले श्रद्धान्जली सभामा राखिएको शोक पुस्तिकामा यसरी सम्झिकएका छन्।
जब यी नेतृ दुनियाबाट बिदा भइन्–नेता, कार्यकर्ता र उनका सर्मथकहरुको ठूलो पङ्ति अन्तिम श्रद्धान्जली दिन कांग्रेस कार्यालय मुख्यालयमा एकत्रित भएका थिए र भावविह्वल भएर श्रद्धान्जली दिएका थिए।
काग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईदेखि एमाले, माओवादीका नेताहरुले समेत नेतृ आचार्यलाई श्रद्धाञ्जलिका शब्दहरु व्यक्त गरे।
अर्का शुभेच्छुक कैलालीका विमलप्रसाद जोशीले उनलाई जीवित छँदा कसैले पनि सम्मान व्यक्त नगरेको जनाउँदै भावविह्ल भएर लेखेका छन्– 'जीवित छँदा कसैले सम्मान गर्न र संझन उपयुक्त नठाने पनि तिमी सधै अमर रहनेछ्यौ। पार्टीमा सुकिला लुगा लगाउने र चिल्ला गाडी चढ्ने अवसरवादी, कुटिल, लोभिपापी नेतृत्वको बोलवाला भएकोमा तिम्रो कदर नहुनु स्वभाविक नै हो। इतिहास र नेपाली जनताले तिम्रो उच्च मूल्याकन गर्नेछन्। दिदीको निष्ठा र सत्यवादिता अनन्त अटल रहोस्।'
शैलजा आचार्यलाई धेरैले निष्ठा र सिद्धान्तको राजनीति गर्ने साहसिक महिला नेतृका रुपमा चिन्ने गरेका छन्। पछिल्ला दिनहरुमा उनको राजनीतिक सक्रियता शून्य थियो, यद्यपि उनको लोकप्रियतामा कमी थिएन्। उनको जीवन जति राजनीतिक उतारचढावमा बित्यो, अन्तिम क्षण त्यत्तिकै संर्घषमय बन्यो। जीवनभरि लोकतन्त्रका लागि संर्घष गरेकी आचार्यले आफ्नो जीवनको उत्तरार्धतिर चाँहि मृत्युसँग ठूलै संर्घष गर्न पर्‍यो। सधै विचार र आस्थामा अडिग आचार्यलाई श्रद्धान्जली दिन पुगेका कार्यकर्ता र शुभेच्छुकहरुले पनि आचार्यलाई यसैगरी सम्झिए।
शोक पुस्तिकामा हस्ताक्षर गर्दै उनीप्रति श्रद्धान्जली दिने सयौं कार्यकर्ता र शुभेच्छुकले उनको अनवरत लोकतन्त्रप्रतिको आस्था र उनको निष्ठाको राजनीतिक कारण सम्झिए।
उनको अवसानस“गै नेपाली राजनीतिको निष्ठा र नैतिकताको एउटा पाटोको अनि अवसान भएको भन्दै शोक पुस्तिकामा हुम्लाका दीपक भण्डारीले लेखेका छन्–शैलजा दिदीसँगै निष्ठा, नैतिकता, मूल्य र मान्यताको राजनीतिको पनि अवसान भएको छ।'
अर्का शुभेच्छुकले आचार्यलाई सम्झदै शोक पुस्तिकामा लेखेका छन्–जबसम्म राजनीतिमा निष्ठा र नैतिकता सिद्धिदैन, तबसम्म उनी जीवित रहनेछिन्।'
आचार्यलाई अन्तिम श्रद्धान्जली दिन पुगेका सैयौले शोक पुस्तिकामा श्रद्धान्जली व्यक्त गरेका छन् र उनको योगदानलाई अविस्मरणीय भनेर लेखेका छन्।
उनीप्रति श्रद्धान्जली व्यक्त गर्न शुभेच्छुकदेखि फरक पार्टीका विभिन्न नेतासम्म सानेपा पुगेका थिए। कांग्रेसका सन्त नेता कृण्णप्रसाद भट्टराईले पनि शोक पुस्तिकामा हस्ताक्षर गर्दै लेखेका छन्–मैले उहाँको निधनलाई अपूरणीय क्षतिको संज्ञा दिएको छु।'
शोक पुस्तिकामा एमाले नेता भरतमोहन अधिकारीले उनीप्रति श्रद्धान्जली व्यक्त गर्दै लेखेका छन्– शैलजा आचार्यलाई साहसिक महिला नेतृत्वको रुपमा इतिहासले सधै सम्झिकइरहने छ। उनले सधैं प्रजातन्त्रप्रति आस्था राख्नेका लागि प्रेरणा दिइरहने छिन्।'
एमालेकै नेता शकंर पोखरेलले पनि उनलाई क्रान्तिकारी योद्धा भएको शोक पुस्तिकामा उल्लेख गरेका छन्। त्यस्तै, अष्टलक्ष्मी शाक्यले उनको मृत्युबाट इमान्दार र साहसी महिलाको अभाव भएको लेखेकी छिन्। एमालेकै नेता केशव बडालले शोक पुस्तिकामा लेखेका छन्–नेपालको लोकतान्त्रिक आन्दोलनको अनन्त यात्री।'
शोक पुस्तिकामा उपस्थित विभिन्न दलका शीर्ष नेतादेखि शुभेच्छुक सम्मले शोक व्यक्त गर्दै हस्ताक्षर गरेका छन्। शुभेच्छुकहरुले भने उनको योगदानलाई पार्टी र देशले चिन्न नसकेकोमा शोक पुस्तिकामा गुनासो गरेका छन्। सञ्चारकर्मी प्रकाशचन्द्र दाहालले लेखेका छन्–नेपाली कांग्रेसले उहा“को राजनीतिक योगदानको सम्मान गरोस्।'
शोक पुस्तिकामा नेमकिपाका नेता प्रेम सुवालले पनि उनीप्रति संम्झदै लेखेका छन्–देश र जनताको सेवामा नेतृको योगदान सदा स्मरणीय रहनेछ।'
कतिपय शुभेच्छुकले उनको अवसानले प्रजातान्त्रिक समाजवाद र राष्ट्रियताको चुरो कमजोर भएको उल्लेख गरेका छन्। महान् नेता बीपी पथकी अविचलित यात्री'–धनुषाका शिवकुमार यादवले लेखेका छन्– उनको सर्मपण सदा स्मरणीय छ।'
आचार्यको अनवरत संघर्ष, राजनीतिक तपस्या, निष्ठा र इमान्दारितालाई धेरैले शोक पुस्तिकामा संझेका छन्। तर, पार्टी र देशप्रति उनको योगदानको उचित कदर नभएकोमा भने धेरै शुभेच्छुकले शोक पुस्तिकामा असन्तुष्टि व्यक्त गरेका छन्। शोक सभामा उपस्थित राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले पनि भने–उहाँको योगदानको उचित कदर भएको छैन्




सफल बिवाहित जीवनका लागि केहि सुत्रहरु:

यौन सम्बन्धलाई सुमधुर बनाउनुहोस,

एक अर्काको इच्छा खुलेर भन्नुहोस ।

एक अर्का संग खुलेर कुरा गर्नुहोस, कुरा लुकाउने बानिले एक अर्कामा अविश्वास पैदा गर्छ।

सानो सानो खुशिको अवसरलाई एक अर्का संग बाड्नुस ।

आफ्नो गल्ति स्विकार गर्न कहिले पनि पछाडि नहत्नुस ।

कुनै पनि कुरा बोल्नु अगाडि सोचेर मात्र बोल्नुहोस, बोलिसके पछि पछुताउनु नपरोस ।

कहिले काहि एक् अर्कालाई सानोतिनो उपहार दिने गर्नुहोस ।

एक अर्कालाई साथी सम्झनुहोस, यस बाट एक अर्काको दु:ख सु:ख सजिलै संग बुझ्न सकिन्छ।

आफ्नो झगडा आफैले मिलाउनुहोस, अरुलाई यसमा नपार्नुस ।

यौन सम्बन्धलाई सुमधुर बनाउनुहोस, एक अर्काको इच्छा खुलेर भन्नुहोस ।

कुनैपनि ठुलो निर्णय गर्दा एक अर्काको सल्लाह लिने गर्नुहोस ।

एक अर्काको अन्य मानिसहरु संग तुलना नगर्नुहोस ।

एक अर्काको रुचिलाई समर्थन गर्नुहोस, सहयोग गर्नुहोस ।

समय समयमा घुम्ने गर्नुहोस ।

एक अर्काको साथिहरुलाई राम्रो व्यवहार गर्नुहोस ।

एक अर्काको आलोचना गर्नुपरे एकान्तमा बसेर गर्नुहोस ।