म भित्रको चरो

आफूलाई आफैंभित्र हराएर

निर्भिकतापूर्वक यात्रामा अघि बढिरहँदा

थाहा छैन गन्तव्यको बिन्दु कता अलमलियो

टक्क उभिएर दृष्टि दौडाउँदा

यथास्थितिको कुरुपताले

दाह्रा ङिच्याएको हेर्न नसकीे

पाइला चालेको हो

सिउँढीका काँढा शीतल हुँर्दैनन् भन्ने

बाबु भाउजुलाई धोका नदिनु, यसको आँसु लाग्छ

बाबु भाउजुलाई धोका नदिनु, यसको आँसु लाग्छ । अहिले सबै घर धान्ने यहि छे । तिमीलाई पठाउने कागजपत्रमा सहि लगाएर आउदा डाडाको चौतारीमा बसेर छोरालाई दुध खुवाउदै निकै बेर रोई । रुपेशले उनका बा ले फोनमा भनेका कुराहरु सम्झे । उनले यति समयसम्म धेरै जना संग धेरै कुराहरु सुनेका थिए । कसैले यो काम राम्रै हो भनेका थिए भने कसैले यस्तो गर्नु भनेको आफु झन बन्धनमा परिन सकिने शंका पनि गरेका थिए । आफ्नो उद्धेश्य पुरा हुने दिन आइनपुग्दै कतै सोचेको काममा बाधा आएर बाले भनेजस्तै हुन्छ कि भनेर रुपेशलाई चिन्ता नलागेको होइन । प्यारी निर्मला र छोरालाई छिटै नै आफूसंग ल्याउनको लागी केही साथीको सल्लाह अनुसार उनले यो काम आटेका थिए । यस्तै कामको सिलसिलामा एजेन्सी मार्फत भेट भएकी हुन फतीमा । सरसर्ती हेर्दा सरल स्वभाव र साधारण पहिरन छ उनको । उनले आजसम्म कतिवटा अस्थाई श्रीमान बनाइसकिन भन्ने गन्न उनलाई केहीवेर सोच्नै पर्ने हुन्छ ।