पल्लो घरकी आइमाई

जीवनको अठारौं वसन्त पार गर्दै गरेका बेला, प्रेम र सुन्दरताको परिभाषा बुझ्दै गरेका बेला, स्त्री निकटताको तरंगको मदहोसी कल्पना बुन्दै गरेका बेला म उसको त्यो मुस्कानमा डुब्न थालेँ, उसको हेराइमा हराउन थालेँ


...लामो अन्तरालपछि आज व्यस्त पुतलीसडकमा उसलाई देख्दा एउटा अनौठो तरंग शरीरभरि नै व्याप्त भयो। मलाई देखेर उसमा एक किसिमको लाली चढ्यो, उसका ओठ खुल्दै गए। उनको त्यो मुस्कानले मलाई त्यसरी नै डुबाइदियो जसरी पहिले म डुब्न गर्थे - उसको सौन्दर्यको दीपिकामा।

रातो गुलाफ

बिहान उठ्नासाथ पहिले म पत्रिका नपढी नहुने भएकोले ढोका खोलेर हेरे। अगाडी एउटा सुन्दर रातो गुलाफको एक झुप्पा फुल थियो र फुलको बिचमा एउटा रातो कार्ड।

"आज भ्यालेन्टाइन डे त होइन नि?" आफैले आफैलाइ प्रश्न गरें। फुल बोकेर डाइनिङ् टेबुलमा राँखे र हत्तनपत्त क्यालेन्डर हेरें। आज १३ फेबुअरी रहेछ। अनि रातो गुलाफ चाहि पठाउने भ्यालेन्टाइन को परेछ मलाइ? उत्सुकताबस त्यो रातो खामभित्र को भ्यालेन्टाइन कार्ड खोलेँ।
कार्डमा पनि रातो गुलाफको चित्र थियो र एउटा कबिता।

O, my love is like a red, red rose,
That is newly sprung in June.
O, my love is like the melody,
That is sweetly played in tune.

- Robert Burns.

कबिताले मलाइ झस्कायो। पछिल्लो केही महिना देखी येस्तो फुलहरु सङ येही कार्ड कसैले पठाइ रहेको छ। पहिलो चोटी

म कहाँसम्म आएँ त ?

मानिसका निष्ठा, धर्म, स्वाभाव यावत मानवीय सत्यहरु
छेपाराका रंग जस्तै अवसर , मौसम र स्वार्थ अनुसार
परिवर्तन भइरहेछन् । अचेल कता कता मलाई लाग्छ
हामीसँग अब जीवनबोधको कुनै निश्चित सत्य छैन ।
लाग्छ अहिले यतिखेर हामी कुन यात्रामा लागेका हौं -
जीवनयात्राको कुनै यकिन छैन । हामी सुख, आनन्द र