कबिता

यो कस्तो भिड हो ? जन्ती हुन कि मलामी
भिच्छुहरुले दिदै छन् अगुलिमारलाई सलामी

रातमा नाङगै नाचछन, कोही आए करङ भाचछन
बिहान गेरु बस्त्रमा जप्छन, बुद्म सरणम गच्छामी

मुर्दा सान्ती छ सहर अचेल ,चकमन्न छ गाउघर
आधी बेरी मात्र होईन ,आउदै छ बिध्बन्सको सुनामी

साईनबोर्ड झिक,गुन्टा कस,भाग भाग
भलादमीहरु आउदैछन, बनाउन नया नेपाल