“रेलभित्रको सिपाही”

‘कति बज्यो दाइ?’
मेरा दुवै हातमा घडी थिएन, जो म पक्का थिएँ, उसले ठम्याएको थियो। तैपनि उसले सोध्यो।
साढे ३२ सय किलोमिटर परको सुदूर दक्षिण भारतीय सहर त्रिवेन्द्रमलाई लक्ष्य बनाएर बिहानै गोरखपुर छाडेको तीन घन्टा मात्र भएको थियो। ‘राप्तीसागर सुपरफास्ट एक्स्प्रेस’ नामको एक छेउबाट अर्को नदेखिने रेल लखनउ पुग्न तीन घन्टा जति बाँकी थियो। भारतीय रेल पहिलोपटक चढेको भए पनि नेपाली सीमा नजिकैको सहरबाट छुटेको त्यो साधनमा नेपाली आवाज मैले अपेक्षै नगरेको चाहिँ थिएन। तर दसैंको बेला यो नेपाली ठिटो किन यो रेलमा?
‘पौने दस,’ मैले भने– ‘नेपाल टाइम।’
खल्तीबाट मोबाइल निकालेर समय बताउँदासम्म उसले म बसेको सिटैमा मेरो सामुन्ने पलेटी मारेर आफूलाई थमाउन भ्याइसकेको थियो। ऊ मलाई हेरिरहेको थियो।
निधारमा रातो रुमाल बाँधेको, तीन दिनजस्तो अघि दाह्री काटेको, अमेरिकी जुत्ता कन्भर्सको विज्ञापन कुदिएको टिसर्ट र सादा ट्राउजर लगाएको त्यो जवानले मसँग गफ थाल्ने पर्फेक्ट बहाना भेट्टाएको थियो। मेरो टिसर्टमा ठूलो रंगीन ‘काठमान्डू, नेपाल’ इम्ब्रोइडरी कुँदिएको थियो। हल्का आश्चर्य मलाई त्यतिबेला भयो जब उसले ऊ पनि त्रिवेन्द्रम जान लागेको बतायो। त्यो ट्रेनमा कोही नेपाली यात्रारत छन् कि भन्दै चाहार्ने क्रममा स्लिपर क्लासको दुई नम्बर डिब्बामा ऊ आइपुगेको थियो।
दसैंको मुखैमा चाडलाई गत वर्षझैं बेवास्ता गर्दै ब्याकप्याक बोकेर दिल्लीतिर बिदा मनाउन हानिएको मैले रेल टिकट नपाएपछि तत्कालै केरला बरालिने निर्णय गरेको थिएँ। कामको मुढमा म पक्कै थिइन तर त्यो क्षण दुई हजार शब्दको एउटा स्टोरी तीव्र गतिको रेलभित्र मेरै सिटमा बसेर मलाई नियालिरहेको थियो। उसको परिचय सुन्नासाथ मैले नोटबुक निकालेको थिएँ।
‘सुरेन्द्र हमाल,’ ठिटोले परिचय दियो– ‘इन्डियन आर्मी। गोर्खा राइफल्स।’
‘आर्मीमा चाहिँ यस्तो,’ मैले टिप्दै गर्दा उसले थप्यो– ‘त्रिपन बाउन जिरो सिक्स सेभेन राइफलम्यान सुरेन्द्र हमाल।’
पुतलीबजार–१ स्याङ्जाको २२ वर्षेलाई मैले जस्तो ‘दिल्ली गोवा झरेर मनाउला दसैं भन्ने छनोट थिएन। विदेशी सेनाले दिएको एक महिने बिदा एकै दिन बितेझैं सकिएको थियो। नसकिँदो हो त दसैंको के कुरा छ महिनाअघि बिहे गरेकी पत्नीलाई छाडेर झन्डै पाँच हजार किलोमिटर टाढा जाने रहर उसमा कसरी आउँदो हो?
‘भर्खर भर्खरको प्रेम कस्तो हुन्छ?’ उसले त्यसरी भन्यो मानौ ऊ जवाफ मबाट खोजिरहेको छ– ‘मागी बिहेमा प्रेम पछि हुन्छ क्या। बिहेपछि।’
………….‘एई चाय, गरमागरम चाय,’ एउटा भट्ट्याउँदै आयो– ‘पिजिए भाई साहब, मजेदार चाय।’
‘एई वाट्रेएएए,’ अर्कोले पानीको अंग्रेजी शब्दलाई खाट्टी भारतीय रेल–व्यापार लवजमा उच्चारण गर्दै चियावालालाई पछ्यायो– ‘एई वाट्रेएएए। लिजिए कोल्ड ड्रिङ्क्स।’
‘लेओगे भाइ चाय?’ डिब्बाको उपल्लो कुनामा पुगेर फर्केको चियावालाले हमाललाई जिस्काउँदै सोध्यो।
‘अब तैंले खान्छन् है मेरो चुटाइ,’ उसले चियावालाको अनुहार र आफ्नो मुड्कीबीच आँखा सार्दै हाँस्दै भन्यो– ‘तेरेको तो मै दुंगा धुलाई। बढी कराउँछस्?’
पाँच वर्षअघि भारतीय सेनामा काम थालेयता हमालको आत्मविश्वास ह्वात्तै बढेको छ, जो प्रायः प्रकट भइहाल्छ। सेनाको कठिन तालिमलाई त्यसको जस जान्छ। ‘सुरुसुरुमा आउँदा अर्काको ठाउँ, कुट्लान् भन्ने हुन्थ्यो,’ उसले मसँग भन्यो– ‘अहिले इन्डिया खाइयो। हतियारै लिएर आए भने पनि एक/दुई जना मान्छे कसरी फाँड्ने थाहा छ। खतरा ट्रेनिङ गरियो।’
त्यो चियावालासँग अघिल्लो यात्रामा परिचय भएको हमालले बतायो। चिनाजानी त्यो बिहान अद्यावधिक भएको थियो। हमालको ‘एक/दुईजना फाँड्ने’ कुरा नबुझेको चियावाला अनिश्चयात्मक मुस्कान दिँदै र उही खाँट्टी भारतीय रेल लेग्रोमा पेयको विज्ञापन गर्दै अर्को डिब्बातिर लाग्यो।
…….संसारकै सबैभन्दा ठूलो र व्यस्त सञ्जालमध्येको भारतीय रेल प्रणाली खासमा त्यो समाज र अर्थतन्त्रको जीवनरेखा हो, जसमार्फत सम्पूर्ण भारत चलायमान हुन्छ। अंग्रेज साम्राज्यले भारतमा छाडेको सम्भवतः सबैभन्दा उपयोगी र प्रभावशाली विरासत हो रेल, जसले सस्तो र आरामदायी यात्रा गराउनुबाहेक एउटा कुनामा उत्पादित सामानलाई कम खर्चमै अर्कोमा पुर्यारइदिन्छ। आकाशबाट हेर्दा घिसि्रइरहेका लामा अजिंगरजस्ता देखिने तथा भित्र प्रायः भीड र होहल्लामा गुन्जिने भारतीय रेलमा दैनिक झन्डै दुई करोडले यात्रा गर्छन्। रेल आफैमा एउटा संसार हो, जहाँ अनेकौं भाषा बोलिन्छन्, थरीथरीका लजव देखिन्छन् र विविध खान्की खाइन्छन्। डिब्बाभित्रका ट्वाइटेलबाट निस्कासित बस्तु सोझै झर्ने हुँदा भारतीय रेल लिक संसारकै सबैभन्दा ठूलो शौचालय पनि हो। भारतीय रेलवेको चौथो लामो रुटको २३ डिब्बे ‘राप्तीसागर एक्स्प्रेस’ मा आज एउटा सानो सहरै सवार छ। ‘कति ठूला छन् यी रेलहरू,’ स्याङ्जाली राइफलम्यानले भन्यो– ‘सुरुमा एउटा रेलबाट मान्छे झरेको देख्दा मेरा जिल्लाका सबै आएछन् कि जस्तो लाग्या थियो।’
भारतीय सैनिक भएकाले हमालले निःशुल्क (र सिपाही भएकाले) शयन डिब्बामा यात्रा गर्न पाउँछ। तर उसका आँखा वातानुकुलित (एसी) तिर छन्। ‘हवल्दार भएपछि एसीमा हिँड्न पाइन्छ,’ उसले भन्यो।
त्यो सम्भवतः अबका १० बर्षमा भइसक्नेछ, जसको समाप्तिसँगै ऊ पेन्सनका लागि योग्य हुनेछ। त्यसपछि रेलै दिन्छु भने पनि उसलाई भारतीय जागिर गर्ने चाहना छैन।
‘अबका दस वर्ष पैसा जोगाउँछु,’ उसले भन्यो– ‘फेरि अर्को नोकरी गर्न मन छैन। पैसा जोगिए एउटा घर बनाएर फ्यामेली लिएर बस्न सकिन्छ।’
…….घरमा पत्नीबाहेक हमालकी विधवा आमा, हजुरबा र भाउजु छन्। हजुरबाजस्तै भारतीय सेनाबाट निवृत्त बाबुलाई हमालले १७ वर्षको हुँदा मोटरसाइकल दुर्घटनामा गुमाएको थियो। उसका दाइ नेपाली सेनामा छन्। बाबु बितेको चोटमा रोजगारीका दृष्टिले असुरक्षित बनेको हमालले सजिलो विकल्पका रूपमा भारतीय सेनामा जाने निर्णय गरेको थियो। पोखरामा भर्ती भएर सिम्लामा ५२ हप्ताको प्रारम्भिक सैन्य प्रशिक्षणसँगै ‘भारतका लागि मर्न पछि नहट्ने’ कसम खाएपछि ऊ औपचारिक रूपमा पल्टनमा सामेल भएको थियो। त्रिवेन्द्रम नजिकैको ब्यारेकमा दुई महिनाअघि पोस्टिङ हुनुअघि उसले सुदूर उत्तर भारतको पाकिस्तानी सीमा नजिकै विश्वकै सबैभन्दा अग्लो लडाइँ स्थल सियाचेन ग्लेसियरमा दुई वर्ष बितायो। त्यसअघि ऊ पूवोत्तर भारतको अरुणाचल प्रदेशस्थित चिनियाँ सीमा नजिकै थियो। ‘सबै ठाउँ छुट्टै संसार जस्तो,’ उसले भन्यो– ‘अरुणाचल अर्कै, ग्लेसियर झन् अर्कै। ग्लेसियरमा बंकरको बंकरै। निस्किए जाडोले बरफ होइन्छ या गोलीले माथि गइन्छ। अब केरला तल समुद्रमै भइगयो।’
‘रमाइलो छ जागिर?’ मैले सोधें।
‘अर्काको देशमा, अर्काको खटनपटन के रमाइलो हुनु,’ उसले भन्यो– ‘अर्काको लागि लड्नुपर्छ। घरैमा बस्न धनीको छोरा परिएन। जानुपर्ने विदेशमै हो, छाडेर पनि के गर्ने? १४ हजार आईसी पैसा ठीकै छ तर इज्जत हुन्न।’
इज्जत हुने र आफ्नै देशको सेवा पनि गरिने काममा हमालले रुचि नदेखाएको होइन। ‘तीन वर्षअघि,’ उसले भन्यो– ‘नेपाली सेनामा सेकेन्ड लेफि्टनेन्टमा नाम निस्केको थियो तर द्वन्द्वको समयमा माओवादी डरले त्यसमा भर्ती भइएन।’ यो एउटा तीतो विडम्बना हो, हमाललाई सेनामा भर्ती हुन रोक्ने माओवादीका प्रमुख अहिले नेपाली सेनाका पनि प्रमुख छन् र आफ्ना कार्यकर्तालाई त्यो राष्ट्रिय संस्थामा घुसाउन प्रयत्नशील छन्। हमाललाई अब त्यसमा खासै गुनासो छैन। उसले जसोतसो पेन्सन पकाउने निर्णय गरेको छ।हो, हमालले देशले दिन नसकेको रोजगारीका खातिर विदेशीका लागि मर्नेसम्मको बाचा गरेको छ तर त्यसो भन्दैमा उसले स्वदेशको मूल्यमा विदेशीलाई हृदयदेखि रुचाउँछ भन्ने होइन। सिर्फ पैसाका लागि विदेसिनु परेको वास्तविकताप्रति उसमा जति गहिरो ग्लानी छ, स्वदेशप्रति त्यति नै माया।
‘घरमा जति रमाइलो कहाँ होला,’ उसले भन्यो– ‘आफ्नो मर्जीमा बस्न पाइन्छ। फेरि हिन्दी शब्द आइहाल्छ, नेपाली बोलौ भनेको।’सधैं घर बस्ने समय आइसक्दा उसको बोलीमा सम्भवतः अझ बढी हिन्दी शब्द मिसिनेछन् तर त्यसो भन्दैमा हमालले गन्ती गर्न छाडेको छैन।
‘पेन्सन पाक्दा ३३ वर्षको हुनेछु,’ झ्यालबाट बाहिरको फराकिलो खेततिर आँखा डुलाउँदै उसले भन्यो– ‘त्यसपछि खुरुक्क घर फर्केर आनन्दले बस्छु। अर्को काम गर्दिनँ। विदेश मरे पनि जान्न।’
रेल निरन्तर दौडिरहेको छ, धान खेत सकिएको हैन। आवाज प्रस्ट सुन्न म ऊतिर ढल्किएको छु।
‘तर अबका १० वर्ष एकदम लामो लाग्छ,’ उसले भन्यो।
म सुनिरहेको थिएँ, ऊ बाहिरै हेरिरहेको थियो। हामी लखनउलाई निकै पछि पार्दै कानपुर कटिसकेका थियौं।
‘घरमा हुँदा दुई महिना दुई दिन जस्तो बितिहाल्छ,’ उसले थप्यो– ‘पत्तै हुँदैन, फर्किने बेला आइसक्छ।’
……….यसपालि फर्किंदा सबैभन्दा बढी ‘मिस’ हमालले आफ्नै पत्नीलाई गरेको छ। बिदा एक दिन बाँकी थियो तर त्यही दिनको ‘नेपाल बन्द’ छल्न उसले अघिल्लै दिन गोरखपुर हानिनुपर्योक।
‘नयाँ नयाँ छ नि प्रेम,’ उसले भन्यो– ‘एक दिन भए पनि सँगै बसौं भन्ने हुन्छ।’
सेनाको जागिर, ब्यारेकको जिन्दगी। केटी कल्पनामै मात्र हुन्छन्, वास्तविकतामा दुर्लभ। ‘केटीको फेस देख्न पनि पाइँदैन आर्मीमा,’ उसले भन्यो– ‘फौजीको नराम्रो भनेकै त्यही। केटाकेटा होइन्छ। उत्तेजना भइहाल्छ। अनि विकृति, रोग, वेश्यालय।’
मैले दाँत सिरिंग हुँदा बन्ने अनुहार पार्दै उसलाई हेरें। ऊ बोलिरहेको थियो। ‘बिहे नगरे फौजी बिग्रिन्छ,’ उसले भन्यो– ‘छिट्टै गरेको राम्रो। बूढो भएपछि के रमाइलो? जहाँ पायो त्यहीँ जाने, खर्च गर्ने सबै कन्ट्रोल हुन्छ।’
मैले टाउको हल्लाएँ।
‘कन्ट्रोल के ठप्पै हुँदो रहेछ,’ उसले भन्यो– ‘केही गर्नुपर्छ, पैसा जोगाउनुपर्छ भन्ने हुन्छ। अलि व्यावहारिक होइन्छ।’बिहे नगर्दा पैसा उडाउने गरेको सम्भिँदै उसले भन्यो– ‘बिदा सकिएर फर्किने बेला खर्च हुँदैन थियो। आमासँग माग्न लाज लागेर ऋण गरेर जान्थें।’
धन्यवाद, उसको जीवनमा पत्नीको आगमनलाई, हमाल अब पैसा बैंकमा जोगाउन चाहन्छ। घर बनाउने उसको लक्ष्य छ।
गत वर्षको त्यो दिन उसले कहिल्यै बिर्सने छैन। जब हमाल १२ कक्षाको परीक्षा पर्खिंदै गरेकी केटी हेर्न अहिलेको ससुराली पुगेको थियो। पहिलो हेराइमै ऊ आकर्षित भयो। ‘अर्काकी छोरीलाई कसरी नराम्रो भन्न सकिन्छ?’ उसले भन्यो– ‘अनि मन पर्योम। बाउले बीए पास गरेरपछि मात्र दिने भन्दै थिए, मैले भने– ‘ममीले कर गर्नुभएको छ।’ केटीले सोधी– ‘मैले पढ्न पाउँछु?’ मैले भने– ‘म शिक्षाप्रति त्यस्तो छैन । मैले पेन्सन नपकाउन्जेल जति पढे पनि हुन्छ।’
बिहेअघिको प्रतिज्ञा हमालले पूरा गरेको छ। पत्नी पोखरामा पीएन क्याम्पसमा भर्ना भएकी छिन्। ‘उनी,’ हमालले भन्यो, ‘त्यहीँको एउटा प्राथमिक स्कुलमा पढाउँछिन् पनि।’ पढाइमा सहयोग पुर्यानउन तत्काल बच्चा नजन्माउने सहमति उनीहरूले गरेका छन्। ‘(बच्चा जन्माए) पढ्ने मान्छेको पढाइ बिग्रन्छ,’ पतिले भन्यो। ‘उसले पनि काम गरे पो पैसा जोगाउन सकिन्छ,’ हमालले थप्यो– ‘मेरो कमाइले घरखर्च चलाउन थाले पेन्सन निस्कँदा जस्ताको तस्तै। तर इन्टरमात्रै गरेर जागिर पाइँदैन। (त्यसैले पत्नीले) डिप्लो त गर्नैपर्छ।’पत्नीलाई पढ्न उक्साउने हमाल आफैंमा पनि पढ्ने चाहना नभएको होइन। गणितमा असफल भएपछि पूरकमार्फत एसएलसी उत्तीर्ण गरेर सेनामा गएको उसले एकजना वरिष्ठ अधिकृतबाट अंग्रेजी नजाने केही नहुने जानकारी पाएपछि प्राइभेट परीक्षा दिएर आईए पास गर्योे। ‘अहिले काम चलाउ अंग्रेजी बोल्छु,’ उसले भन्यो– ‘म घरमा जाँदा पनि कम्प्युटर सिकेर बस्छु। नयाँ कुरा सिक्नैपर्छ।’
……‘नयाँ कुरा’ नसिके भारतीयहरू भन्दा उन्नतकोटीको कसरी होइन्छ? हमाल प्रत्येक हिसावले नेपालीहरू भारतीयभन्दा उच्चकोटीका र आधुनिक छन् भन्ने ठान्छ– विशेषतः फेसनमा।
कस्मिरमा हुँदा आतंकारी आक्रमणबाट बाँच्न हमालले लामो कपाल र दाह्री पाल्न पाउँथ्यो, जो उसको सोख हो। अब शान्तिपूर्ण क्ष् त्रमा सरुवा भएकाले पाल्न पाइँदैन। त्यसैले पत्नीपछि सम्भवतः उसले दाह्रीलाई मिस गर्नेछ। ‘मेरो कपालको स्टाइल हेर्नुस् न,’ उसले रुमाल फुकाएर क्रमशः तालु र कान मास्तिर इंगित गर्दै भन्यो– ‘यहाँ पूरै ठाडो, यहाँ तल झरेको। घरमा हुँदा दाह्री पालिहालिन्छ।’ तर ससुराली जाँदा चाहिँ काटिन्छ किनकि सम्बन्ध भर्खरको जो छ। ‘अब ससुराली जाँदा रुमाल बाँधेर, दाह्री पालेर ट्यापे जस्तो हुनु त भएन,’ उसले मुस्काउँदै भन्यो– ‘त्यसैले काटें। सुटपाइन्ट लगाउनैपर्योर। फेरि भर्खरको ससुराली।’
त्यो रुमालचाहिँ लद्धाखबाट फर्किदा ट्रेनमा छिरेका केटीको मन राखिदिन उसले त्यो किनेको थियो। ‘आज अलि टाउको दुखेजस्तो भएको छ, त्यसैले बाँधेको,’ उसले भन्यो।
हमालले रेलका भारतीय यात्रुको लवाइको बारम्बार टिप्पणी गरिरह्यो। ‘ऊ त्यसको पाइन्ट हेर्नुस् न,’ नजिकैको कम्पार्टमेन्टमा साइड पकेट भएको कटनको पाइन्ट लगाएको भारतीय ठिटोलाई संकेत गर्दै हमालले भन्यो– ‘आफूलाई खुबै हिरो ठानेको होला। हाम्रोमा त्यस्तो डिजाइनको पाइन्ट आएर पनि हराइसक्यो।’ त्यसपछि उसले धाक लगायो– ‘मेरो जस्तो टिसर्ट यिनीहरूले देख्नै पनि पाउँदैनन्। हेर्नुस् त सबैले एकनाशको सर्ट लगाएका।’ हमालको दाबीमा पूरै सत्यता छैन भन्न कुनै प्रमाणै चाहिँदैन तर एउटा गजवको संयोग थियो– उसको टिसर्टमा कुँदिएको डबल लेस मोडलको कन्भर्स जुत्ता मेरो ब्याकव्यापकमा थियो।
……………..फेसन टिप्पणी गर्दै पत्नीको सम्झना र भविष्यको योजनालाई मनमा साँचेर ऊ अहिले घरबाट निरन्तर टाढिँदो छ। पूरै तीन दिन, दुई रातको ६२ घन्टे यात्रापछि त्रिवेन्द्रममा उत्रेर उसले अटो चढेर ब्यारेक पुग्नुपर्छ। तर एउटा समस्या छ, गोरखपुरमा उसले पैसा हरायो। कसोकसो खल्तीको अर्को कुनामा थोरै आईसी र ८० जति नेरु भेटियो। सँगै रेलमा सोही बटालियनमा काम गर्ने एक वरिष्ठ सिपाही पनि छन्, जसलाई ऊ गुरु भन्छ तर अगाडि गफिन धक मान्छ। ‘अटोमा जान गुरुले सहयोग गर्लान् नि,’ मैले भने।
‘आम्मै,’ अनुहार फैलाउँदै भन्यो– ‘गुरुलाई भन्नै हुन्न। ब्यारेकमा थाहा पाए बबाल हुन्छ। हमाल लुटिएछ भनेर सबैले गिल्ला गर्छन्। सिपाही भएर पैसासमेत ठेगानमा राख्न नसक्ने भनेर जिस्काएरै मार्छन्।’
रात पर्दै थियो, त्रिवेन्द्रम आउन आधा घन्टा जति बाँकी थियो। मैले उसको नेपाली पैसा भारुमा साटिदिएँ। ‘यति भए पुगिन्छ,’ उसले ढुक्क हुँदै भन्यो।
ट्रेन रोकिँदै थियो, हामी ब्याकप्याक बोकेर ढोकातिर बढ्दै थियौं, उसले फेरि सोध्यो– ‘कति बज्यो?’
‘पौने नौ,’ मैले भने, उसलाई बाई गरे र थपें– ‘नेपाल टाइम।’

*कान्तिपुर कोसेलीमा प्रकाशित *

अरेवियन समुद्री किनारमा

कोल्भा विचमा उभिएर लगभग एक घन्टा सूर्यास्त हेरेपछि र एक गेगावाइट जतिका तस्बिर खिचेपछि म अरेबियन समुद्र किनार नजिकैको त्यो क्याफेमा छिरेको थिएँ। गोवामा ‘कफी डे’ को साइनबोर्डमा उल्लेखित ट्याग लाइनले मलाई सबैभन्दा बढी आकर्षित गरेको थियो– ‘अ लट क्यान ह्याप्पेन ओभर कफी…।’ कफीको बाहानामा धेरैकुरा हुनसक्छ।
मन मेरो ‘अ थाउजन्ड स्प्लेन्डिड सन्स’मै थियो। खालेद होसेनीको त्यो दोस्रो किताबमा अफगानी समाजमा महिलाहरूको दुखको वर्णनले मनलाई टुक्राटुक्रा पारेको थियो। कथाले गम्भीर मोड लिँदै छ। तन्नेरी तारिकसँग जिन्दगीको रमाइलो सपना देखिरहेकी टिनएजर लायला घरैमा बजि्रएको अचानकको बमले बाबुआमा मारेपछि टुहुरी भएकी छ। ऊ बाबुकै समयवी त्रू्कर वृद्धसँग विवाह गर्न बाध्य भई। अफगान पुरुषहरूप्रति मलाई बेजोडको रिस उठेको छ। कथा अब कता जाला भन्ने तीव्र चासो छ। लात्तेँ र व्ल्याक फरेस्ट अर्डर गरेर म पन्ना पल्टाउँदै थिएँ। त्यही क्षण ट्याग लाइनलाई सार्थक र मलाई चकित तुल्याउँदै उसले हात मतिर बढाएको थियो– ‘हेल्लो!’ हेत्तेरी, ‘पल्पसा क्याफे’ मा दृश्यले सुन्दर पल्पसालाई भेटेको गोवामा म चाहिँ एउटा केटोले अभिवादन गर्दै छ। किन म उनीहरूलाई भेटाउने अन्जुना विच नगएर कोल्भामा आएँ हुँला?
‘सेख,’ हात मिलाउदै गर्दा बुद्धका आँखा कुदिएको हाफ पाइन्ट र ‘माउन्ट एभरेस्ट, नेपाल’ लेखिएको मेरो टिसर्ट हेर्दै उसले आफ्रुनो परिचय दियो– ‘म तमिलनाडुको। ठ्याक्कै भन्दा कन्याकुमारी। तिमी नेपालबाट आएको हुनुपर्छ? मलाई त्यो देशबारे खुबै जान्ने चासो छ। मिस्टर प्रचण्ड के गर्दै छन् अचेल?’
‘ओ, वाउँ! हेल्लो,’ मैले दोहोरो उत्साहलाई सकेसम्म सामान्यीकृत गर्दै भने– ‘चार दिनअघि म कन्याकुमारीमै थिएँ। हाम्रो भेट यहाँ भयो। तर राम्रै भयो।’
मलाई झलक्क पल्पसा र दृश्यको त्यस्रुतै अचानकको भेटको झल्को आयो तर अहिले सेख मेरा अगाडि उभिइरहेको थियो। निलो खुकुलो जिन्स, एडिडास स्पोर्टस् जुत्ता र उज्यालो रंगको एब्स्ट्रयाक्ट पेन्टिङ छातीमा भएको टिसर्ट लगाएको उसले कपाल छोटो पारेको र दाह्री चिटिक्क काटेको थियो। सेखलाई मैले टेबुलमा निम्त्याएँ र कफीको प्रस्रुताव गरें, जो उसले तत्कालै स्वीकार गर्यो।। दक्षिण भारतमा नेपालबारे राम्रो थाहा पाउने निकै कम मानिस भेट्टाएको उल्लेख गर्दै मैले उसलाई अहिले देशमा शान्ति छाउँदै गरेको र दस वर्ष युद्ध गर्ने मान्छे प्रधानमन्त्री भएको बताए। मलाई आफ्नोतिरको समाचार सुनाउने भन्दा पनि उसको नाम सुन्नेबित्तिकै मनमा उब्जेको प्रश्न गर्ने हतारो बढी भइसकेको थियो।
‘त्यसो भए तिमी मुस्मिल?’ मैले सोधें र उसले त्यसलाई अन्यथा लेला भन्ने चिन्ताले होसेनीको किताब देखाउँदै प्रस्ट्याएँ– ‘हेर न म यो पढ्दै छु। अफगानिस्तानको कथा कस्रुतो हृदयविदारक छ।’
हामी आमा छोराको हत्केलाबीच भर्खरै उदाएका सूर्य नारायण । कन्याकुमारी ।
खासमा मानिसहरूलाई उनीहरूको धर्मको आधारमा वर्गीकृत गर्ने कुरा मलाई पटक्कै मन पर्दैन। नौलोसँग परिचय गर्दा सुरुवाती केही वाक्यहरूमै धर्मको कुरा मैले कहिल्यै गरेको थिइनँ। तर बितेका केही दिनमा रेलमा भेटिएका थुप्रै मानिससँगका मेरा कुराकानी कुनै न कुनै बिन्दुमा कसोकसो त्यतैतिर मोडिएका थिए। भारतमा सधैं धर्मलाई लिएर केही न केही बखेडा भइरहेको हुन्छ। विश्व हिन्दु परिषद्का नेता स्वामी लक्ष्मानन्द सरस्रुवतीको शंकास्पद माओवादी क्रिस्चियनहरूले हत्यागरे लगत्तै त्यसको बदाला भन्दै अगस्ट अन्तिम साता भुवनेश्वर, उडिसाकी २३ वर्षे क्रिस्चियन ननलाई हिन्दु अतिवादीले बलात्कार गरेका थिए। तीनै घटनाका सेरोफेरोमा हिन्दु अतिवादीहरूले थुप्रै क्रिस्चियनलाई दुख दिएको र घरमा हिन्दु झन्डा फहराउन बाध्य पारेका रिपोर्टहरू मिडियामा छाइरहेका थिए। अल्पमतका धार्मिक सुमदायलाई हिन्दुहरूले दिएको दुखले भारतीय अन्तरार्ष्ट्रिय छविमा असर परेको चिन्ता थुप्रै रिपोर्टहरूमा व्यक्त गरिएका थिए।
कन्याकुमारी, छिमेकी राज्य केरला र गोवामा बहुसंख्या क्रिस्चियनहरूको छ जसलाई भारतभरी हिन्दुवादी राजनीति र सक्रियता जनाउनेले सहज लिएका छैनन्। कन्याकुमारीस्थित त्यही नामको प्रख्यात हिन्दु मन्दिर नजिकैको एउटा बंगाली आश्रमका कर्मचारीले मेरो एउटा प्रश्नमा भनेका थिए– ‘रुपैसा दिएर धर्म बदल्ने काम भइरहेको छ। यो क्षेत्रका सधैका हिन्दु गरिब माझीहरूलाई डुंगा किनिदिने भन्दै क्रिस्चियन बनाइएको छ। के त्यो राम्रो हो?’
दिल्लीमा धर्मनिरपेक्ष केही राजनीतिक पार्टीहरूले प्रतिबन्ध लगाउनुपर्छ भनी उल्लेख गरिरहेको अतिवादी हिन्दु संस्था बजरंग दलले क्रिस्चियन बस्रुतीहरूमा छिरेर अत्याचार मच्चाउन थालेपछि कतिपय स्थानका मानिस आन्तरिक शरणार्थी भएका छन् भने छरछिमेकका अल्पसंख्यक धर्मावलम्बीहरूमा एकखाले भय छाएको छ।
केही दिनअघि केरलाको त्रिवेन्द्रमबाट रेलको जनरल डिब्बामा बसेर कन्याकुमारी जाँदै गर्दा सिटमा मैले एकजना अधवैसे शंखेकीरा व्यापारी भेट्टाएको थिएँ, जो घर फर्किदै थिएँ। हामीले आ–आफ्नो नाम पहिल्यै भनिसकेका थियौं तर बेलुका बस्रुने होटलबारेको एउटा प्रसंगमा तीनले फेरि मेरो नाम सोधे र मैले बताएपछि भने– ‘त्यसो भए तपाई हिन्दु। रेलवे प्ल्याटफर्मबाट बाहिर निस्रुकेपछि ब्रिटिस बेकरी नजिकै एउटा बंगाली आश्रम छ, त्यहीँ गएर बस्दा हुन्छ, राम्रो छ। होटलमै किन बस्नु खर्च गरेर?’
उनले ‘त्यसो भए तपाई हिन्दु?’ भन्दा मलाई यति अप्ठेरो, अनौठो र असहज लागेको थियो जो कठिन विषयको परीक्षा दिने विद्यार्थीलाई हुन्छ। शंकै छैन, हिन्दु मेरो जीवन पद्धति हो। म हिन्दु परिवेशमा जन्मे, हुर्कें र छु तर त्यति हुँदा हुँदै पनि केही फर्महरू भर्दा अचेतन रूपमै उल्लेख गर्नुबाहेक मैले कहिल्यै आफूलाई हिन्दु भनेर चिनाएको छैन। छ्याः, मलाई लाग्यो, धर्म पनि आफूलाई परिचय गराउने माध्यम हुनसक्छ र?
रामदास नामका ती क्रिस्चियन व्यापारी जति सहृदयी र सहयोगी थिए तिनको नाम र धर्ममा त्यति नै विरोधाभास थियो। या त्यो धार्मिक सहिस्ष्णुताको एउटा नमुना पनि हुनसक्थ्यो।
‘नाम कसरी रामदास?’ मैले सोधें।
‘हजुरबाका पालामा हामी क्रिस्चियन भएका थियौं,’ रामले भने– ‘तर नाम बदलेनौं, परम्पराअनुसारै राख्दै आयौं।’
तिनलाई भेटेको अघिल्लो दिन मैले ‘सन्डे टाइम्स अफ इन्डिया’ मा एउटा रिपोर्ट पढेको थिएँ, जो कन्याकुमारीको सनसेट प्वाइन्टमा उठाइएको विवादास्पद हनुमान मूर्तिबारे थियो। त्यो साता समुद्र किनारैमा सूर्यास्त हेर्ने ठाउँको एउटा निजी पार्कमा हिन्दुहरूले एउटा भव्य हनुमान मूर्ति ठड्याएका थिए। सम्बन्धित सरकारी अधिकारीलाई पूरै सत्य नबताई मूर्ति राख्ने झुक्याएर स्वीकृति लिइएको भन्दै सरकारले भत्काउने प्रयास गर्दा हिन्दु कार्यकर्ताले वरिपरि हाते साङ्लो बनाएर त्यो जोगाएका थिए। त्यो घटनाले सामान्यतः शान्त कन्याकुमारीमा अप्ठेरो अवस्था जन्मेको उक्त रिपोर्टले संकेत गरेको थियो।
‘तपाईहरूकहाँ पनि धार्मिक किचलो छ है?’ मैले रामदासलाई सोधें।
‘हैन, हैन, हैन,’ उसले मैले थाहै नपाउनुपर्ने पूरै गलत कुरा थाहा पाएको झैं भन्यो– ‘हाम्रोमा त्यस्तो केही छैन। मन्दिर र चर्च आमनेसामने छन्, यहाँ लामो समयदेखि। मान्छे मिलेर बसेका छन्।’
‘तर त्यो हनुमान मूर्तिको विवाद?’
उसले कम्पार्टमेन्टमा वरिपरि हेर्यो, नजिकै कोही थिएनन्। ऊ मतिर ढल्कियो र साउती गर्ने लवजमा भन्यो– ‘केही मान्छेले धर्ममा राजनीति घुसाएका छन्। त्यसकै परिणाम हो त्यो।’
जब धर्ममा राजनीति घुस्छ, त्यसले प्रस्टतः समस्या सिर्जना गर्छ। ती दुईलाई एउटै वाक्यमा उल्लेख गर्दा थुप्रै मानिसले घृणा या डर मानको मैले महसुस गरें। गोवाबाट बम्बे जाँदाको ट्रेनमा एक अधवैसे भेटिए, जो श्रीमती एउटा कम्पार्टमेन्टमा र आफू अर्कोमा हुँदाको समस्यामा थिए। ती दुईलाई सँगै बस्ने वातावरण मिलाउन मैले आफ्नो सिटको प्रस्ताव गरेपछि ती मसँग कति अनुग्रहित भए भने मानौं मैले तिनलाई डुब्दै गरेको अवस्थामा इनारबाट निकालेको थिएँ। ‘बिहानको ट्रेनमा टिकट थियो तर छुट्यो,’ तिनले भने– ‘यसमा आएको, उनी पल्लोमा, म यहाँ। राति समस्यै हुने थियो। हामी न्युर्योमा बस्छौं, दुवै नर्स हौं र उसकी आमा बितेकाले आएका। खासमा हामी गोवाका। अमेरिकाको ग्रिनकार्ड छ।’ फर्नान्डिज थरका तिनले आफू क्रिस्चियन भएको बताए।
लगत्तै उनले पर्स निकालेर ग्रिनकार्ड र अमेरिकी हस्पिटलको उनको परिचय देखाए। मैले बुझें तिनी आफूलाई सिट दिने विदेशीलाई सकेसम्म आश्वस्त पार्न चाहन्थे– गलत मान्छेलाई सहयोग भएको छैन। ‘गोवालीहरू असाध्यै राम्रा हुन्छन्,’ उनले केरलाको पर्यटन नारा ‘भगवानको आफ्नै देश’ भन्ने नारा उल्लेख गर्दै भने– ‘यो चाहिँ खासमा भगवानको आफ्नै देश हो।’
‘तर केही मान्छेमा डर देखें मैले,’ मैले भने र साधुको हत्या तथा ननको बलात्कारको प्रसंग कोट्याए।
‘१९६१ सम्म हामी अर्कै देश थियौं,’ उनले पोर्चुगलको नाम नलिइकनै भने– ‘त्यो वर्ष हामी इन्डियाको भयौं। मैले अझै निर्णय गर्न सकेको छैन हामीले त्यो दिन स्वतन्त्रता पायौं या हामीमाथि अर्को साम्राज्य लादियो। तैपनि गोवामा ठीकै थियो तर धर्ममा राजनीति हुन थालेपछि जनताले सुख पाउँदैनन्।’
कुरो गम्भीर थियो, जसले त्यो क्षण मलाई गोवामा मसँगै कफी खाने सेखलाई सम्झाएको थियो। मैले उसलाई ‘त्यसो भए तिमी मुस्लिम?’ भनी सोधेको थिएँ।
‘तिमीलाई के जस्तो लाग्छ?’ उसले हाँस्दै प्रश्न गरेको थियो, जसले मलाई प्रतिरक्षात्मक अवस्थामा धकेलेको थियो।
‘मैले मेरो फेसबुक प्रोफाइलमा ‘धार्मिक दृष्टिकोण’ भर्नुपर्ने ठाउँमा यस्तो भरेको छु,’ मैले भने– ‘विश्वमा धेरै मान्छेले दाबी गरेझैं छन् भने सबै भगवान मेरा लागि बराबर। अस्ति म मधुरायको मिनाक्षी मन्दिरमा धोती लगाएर छिरें, आज बिहान ऊ त्यो पर्तिरको चर्चमा प्रार्थना भइरहँदा छिरेर आधा घन्टा बसें। तिमीलाई मैले एउटा मानवका रूपमा लिएको छु तर बितेका केही दिनमा भारत घुमेपछि फ्याट्टै त्यो सोध्न मन लाग्यो।’
‘म मुस्लिम हुँ तर मलाई त्यसको इद भन्दा अघिल्लो रात, चाँद रात, मा मात्रै थाहा हुन्छ,’ सेखले भन्यो– ‘इद मुबारक भन्दै हामी सपिङ जान्छौं। मान्छे धर्मलाई लिएर झगडा गर्छन् तर मलाई त्यसका केही चासो छैन। मेरा थुप्रै साथी हिन्दु छन् तर हामी त्यसको केही कुरा गर्दैनौं।’
त्यतिन्जेलसम्ममा मैले मगाएको दोस्रो लात्तें सकिनै लागेको थियो। ऊ चेन्नईमा एउटा अमेरिकी कम्पनीका लागि बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ) मा काम गर्छ र इद बिदालाई अलि लम्ब्याएर ऊ गोवा पुगेको थियो।
‘तपाईलाई थाहै होला, कल सेन्टरमा अमेरिकीहरूसँग उनीहरूकै लवजमा कुरा गर्नुपर्छ,’ उसले हल्का व्यंग्यात्मक लवजमा भन्यो– ‘उनीहरूको बिदा योजना हाम्रो कम्पनीले प्रसोधन गर्छ तर टिकटबारे मात्रै जानेर हुँदैन जिससबारे पनि डक्टरेट गरेसरह थाहा पाउनुपर्छ।’‘कल सेन्टरमा मेरो नामै स्ट्यान हो, जो क्रिस्चियन हो,’ उसले भन्यो। (सेन्टरमा नाम बदलिइने संस्कृतीबारे मैले त्यही दिउँसो मडगाउ रेल्वे प्लेटफर्ममा किनेको ‘वान नाइट एट द कल सेन्टर’ पढेर बढी थाहा पाएको थिएँ।) म हाँस्दै गर्दा ‘स्ट्यान’ले कुरा सिध्यायो– ‘संसारै एउटै जस्तो भा’ बेला धर्ममा अल्भि्कनु कुनै तुकको कुरा हो? म आफूलाई नयाँ पुस्रुताको इन्डियन ठान्छु, र आशा गर्छु सबैले प्रगतिलाई आफ्नो धर्म ठानून्।’
त्यो गम्भीर माहोलमा हल्का कुरा ल्याउनु उचित थिएन तर मनै त हो कता कता आइहाल्यो यो सेखको सट्टा पल्पसा जस्रुतै केटी भएकी भए हाम्रा कुरा कस्ता हुन्थे होलान्?
...........................यो लेख दिनेश वाग्लेको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ...............................

अरबमा नेपालि युबतीहरुको कन्त बिजोग

'यस दूतावासमा हाल उद्धारका लागि शरणमा रहेका नेपाली महिलाहरूको विवरण निम्नबमोजिम छ । यी सबै महिलाहरू उद्दारको पर्खाइमा रहेका छन् । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सामाजिक संघसंस्था तथा महिला अधिकार एवं हकहित संरक्षणसम्बन्धी संगठनहरूलाई यी महिलाहरूको शीघ्रातिशीघ्र उद्दारसम्बन्धी कार्यमा सहयोग जुटाइदिनुहुन यो दूतावास हार्दिक अपिल गर्दछ ।' यो अपिल हो, साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासको । खाडी मुलुकहरूमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाइएको भए पनि रयिाद नियोगले सधैँजसो एक दर्जनभन्दा बढी अलपत्र नेपाली महिला कामदारलाई आश्रय दिँदै आएको छ । कतारको दोहा र संयुक्त अरब इमिरेट्सको आबुधावीस्थित नेपाली नियोगको पनि हालत उही छ । लैंगिक समानता र अवसरको समान उपयोगको युगमा यसैको वकालत गर्नका लागि काठमाडौँ र नेपालका प्रमुख सहरमा चेलीबेटी र बालबच्चा उद्दारका नाममा दर्जनौँ संस्था खुलेका छन् । उनीहरू ठूलठूला रपिोर्ट लेखन र अनुसन्धानका काममा व्यस्त छन् । व्यस्त मात्रै होइन, अति व्यस्त छन् । तर, घरेलु कामदार बनेर यो खाडीमा आएर हुनु नहुनुको बिचल्ली बेहोररिहेका महिलालाई उद्धार गर्न र यो अति असुरक्षित रोजगारमा नपठाउने पहल गर्नका लागि भने ती संघसंस्थाहरू पूरै मौन छन् । "दूतावासले बिचल्ली परेका नेपाली चेलीबेटीलाई आश्रयसम्म दिएको हो तर घरफिर्ती टिकट वा अरू उपचार खर्चका लागि सहयोग जुटाउने अवस्थामा दूतावास छैन," रयिाद नियोगका प्रथम सचिव खड्ग दाहाल भन्छन्, "त्यसैले बाध्य भएर सहृदयी संघसंस्था र व्यक्तिहरूसँग खुला रूपमा सहयोगको अपिल गरएिको हो ।" दूतावासमा आउनेमध्ये अधिकांश अरबी मालिकको मानसिक र शारीरकि सास्ती बेहोर्न नसक्ने, यौन शोषणमा पर्ने र मानसिक असन्तुलन भएका समेत हुने गरेका छन् । केही त गर्भ बोकेर मालिकको घरबाट भागेकाहरू पनि छन् । हो, जहिल्यै लैंगिक संवेदनशीलताका मुद्दा र विषय मात्रै खोज्ने महिलावादी एनजीओ/आईएनजीओका लागि रयिाद दूतावास आफैँले गतिलो खुराक पनि दिइरहेको छ । ती युवतीहरूलाई 'खाडीमा ल्याउने एजेन्ट को हो, कुन बाटोबाट आएका हुन्, कहिले र कसरी आएका हुन्, कामबाट किन भागेका हुन्, कहिलेबाट अलपत्र बनेका हुन्' सहितका सबै कारण दूतावासको वेब-पेजमै राखिदिएको छ । अब एउटी डोल्मा शेर्पाका लागि मात्रै बहसपैरवी गरेर हुने अवस्था छैन । उनी मृत्युदण्डको सजायबाट मुक्त त भइन् तर उनीमाथिको आजीवन कारावास अथवा लामो कारावासको सजायबारेका आशंका अझै टुंगिएको छैन । डोल्मासँगै त्यही कुवेतको जेलमा रहेका ३० भन्दा बढी नेपाली घरेलु कामदार युवतीको दुर्दशाबारे काठमाडौँका महिलावादी संस्थाहरूले कहाँ, कहिले बोल्न भ्याएका छन् ? कुवेतमा एक दशकदेखि रेस्टुराँ व्यवसाय गर्दै आएका मित्र सिञ्जालीका अनुसार, थुनामा रहेका मध्ये केहीको अभियोग पूरा भएकाले घरफिर्ती टिकटको मात्रै प्रतीक्षामा रहने पनि छन् । केही कुमारी-आमा जेलमा छन् भने केही गर्भ बोकेरै जेल परेका छन् । यो भयावह अवस्थामा कसले, के बोलेको छ ? घरेलु कामदार बनेर आएकाहरू सबै नै भारत वा बंगलादेशको बाटो भएर आएका होइनन् । जस्तोः डिसेम्बर अन्तिम सातादेखि कतारको दोहा दूतावासमा आश्रति बनेकी हेटौँडाकी मञ्जु बानियाँ, २८, श्रम विभागको कल्याणकारी कोषलाई ससम्मान पाँच सय रुपियाँ बुझाएर काठमाडौँको बाटो हुँदै 'सर्भेन्ट'को भिसामा चार महिनाअघि दोहा आएकी हुन् । अब संगठनात्मक निकाय वा संस्थाबाहेक नोकर र घरेलु कामदारको भिसामा काठमाडौँको बाटोबाट खाडीमा आउन कसले काठमाडौँ विमानस्थलको ढोका खोलिदिएको हो ? यो प्रश्न कहीँकतै कसैले उठाउन चाहेका छन् ? त्यही दुर्दशामा ओमानको सललहमा रसुवाकी लुसाङ तामाङ घरेलु बन्दीझैँ सात वर्षदेखि अरबी मालिकको घरमा थुनामा छिन् भने लेबनानका जेलमा पाँच जना युवती कोही उद्धारक विधाताको पर्खाइमा छन् । घरेलु कामदार बनेर रोजगारमा साउदी अरेबिया पुगेकी रूपन्देहीकी लोकमाया दर्जीको आकस्मिक निधन भएको एक वर्ष भएको छ । तर, उनको शव अहिले पनि रयिाद अस्पतालमै थन्किएको छ । अब उनको घरपरविार कता होला ? उनको शव फिर्ता गर्नमा के कठिनाइ आएको हो ? रयिादस्थित नेपाली दूतावासले के गररिहेको छ भनेर सोधिदिने अधिकारकर्मी संस्थाहरू खोइ त ? घुर्कौली नेत्रगन्ज, सर्लाही घर भएकी मुनामाया दमिनी, २५, यतिखेर साउदी अरेबियाको जेद्दास्थित भारतीय काउन्सिलर कार्यालयमा शरणमा छिन् ।
अरबी मालिकको घरमा घरेलु कामदार रहेकी उनी मालिकको शारीरकि र मानसिक शोषण बेहोर्न नसकेर भाग्दै हिन्दी भाषा बोलेकै भरमा भारतीय काउन्सिलर कार्यालयमा पुगेकी हुन् । रयिाद दूतावासका प्रथम सचिव खड्ग दाहालका अनुसार काउन्सिल कार्यालयबाट फोन आएपछि रयिादबाट एक हजार किलोमिटरको दूरीमा रहेको जेद्दाबाट नेपाली दूतावाससम्म आउनका लागि काम लाग्ने गरी दमिनीको अस्थायी परचिय-पत्र बनाएर पठाइसकिएको छ । आफूलाई गाउँका राजेश भन्ने व्यक्तिले साउदी पठाएको र भारतको बाटो हुँदै यता आएको मात्र दमिनीले बताएकी छन् । उनको यो अवस्था र कन्तबिजोगबारे पनि बोलिदिने कोही छैन । घरेलु कामदार बनेर रोजगारमा आउन प्रतिबन्धित खाडीको कतारमा यही काममा १० महिनाअघि आएकी रूपन्देही, केरबानी-४ की रेनु दर्जी, ३४, आफ्नो काम र सेवासुविधा चित्तबुझ्दो नभएपछि घर फर्किन चाहन्छिन् । आफ्नो हराएको पासपोर्ट बनाउन हालै नेपाली दूतावास आएकी रेनु भारतको मुम्बई नाकाबाट उडेर कतार आएकी हुन् । "सुरुका तीन महिना भने मैले तलबै पाइनँ, अहिले अर्को मालिककहाँ काम थालेपछि भने एक महिनाको सात सय रियाल पाएँ," राजदूतसमक्ष आफ्नो समस्या सुनाइरहेकी रेनुले भनिन्, "मेरो अहिलेसम्म भिसा पनि छैन, परचिय-पत्र पनि छैन ।" नवलपरासीकै एजेन्ट मोहन चौधरीलाई १५ हजार रुपियाँ तिर्ने सर्तमा यता आएकी उनी अहिले खर्तियातस्थित मालिकको घरमा काम गर्छिन् । गाउँमा श्रीमान्, सासू-ससुरा, १० वषर्ीया छोरी र ९ तथा ५ वर्षका दुई छोरासहितको परिवार रहेको उनले बताइन् । "सबै दिदीबहिनी परदेश हिँडेकै छन् भनेर यता आएकी हुँ," उनले भनिन्, "अहिले भने घरमा एक्लो रहेको मालिकसँग म पनि एक्लै काममा खटिनुपर्छ, म घर र्फकन चाहन्छु ।" कतारअघि साउदी अरेबियाको जेद्दामा दुई वर्ष काम गरेर घर र्फकेकी रेनुलाई अहिले भने घरमा रहेका छोराछोरीले फोनमा 'घर फर्किहाल्नु' भनेका रहेछन् । "एकैचोटि पैसा देख्नु र बेलाबेला देख्नु फरक कुरा हो," उनले सुनाइन्, "एकैचोटि धेरै देख्न भनेर यता आएकी हुँ, समस्या बेहोररिहेकी छु ।" यति विवरण सुनाएर घर मालिकले पठाएको भारत केरलाका एक ड्राइभरका पछि लागेर रेनु पिकअप चढिन् । त्यसपछि न तिनको सम्पर्क भेटियो, न खोजखबर । हो, अब खाडीका कतार र कुवेत अथवा साउदी अरेबिया र ओमान मात्रै होइन, रोजगारमा प्रतिबन्धित द्वन्द्वग्रस्त मुलुक इराकमा पनि नेपाली युवतीहरू जान थालेको रपिोर्ट कान्तिपुरमा छापिएपछि केही महिलावादी संस्थाका हर्ताकर्ताहरू यस प्रतिनिधिको इमेल-सम्पर्कमा आएका थिए । "के गर्न सक्नुहुन्छ, यो डरलाग्दो अवस्था रोक्न ?" प्रश्न गर्नासाथ निकै अन्तर्राष्ट्रिय पहुँच भएको एक संस्थाकी एक उच्च अधिकारीले भनिन्, "हेर्नुस्, हामीलाई यहीँका २०/२५ जिल्लाका चेलीबेटी बेचबिखन कार्यक्षेत्रमै काम गर्न भ्याइ-नभ्याई छ । अब इराकको कुरा के गर्ने ?" त्यसैको भोलिपल्ट अर्को गतिलो महिलावादी एनजीओकी अपरििचत अधिकारी चिनजानमा जीमेल-वार्तामा आइन् । भर्खरै रयिाद दूतावासका एक अधिकारीले दिएको जानकारी ती एनजीओकर्मीलाई यस प्रतिनिधिले दियो, जो सपना र रुनिया नामका दुई युवतीका बारेमा थियो । र, युवती त्यही दिन गल्फ एयरको विमानबाट बेलुकी ५ बजे काठमाडौँ उत्रँदै थिए, उनीहरू रियाद नियोगको आश्रयस्थलमा एक महिना बसेर घर फिर्न लाग्दै थिए । दुईमध्ये एकको गर्भमा चार महिनाको बच्चा छ भने अर्की मानसिक विचलनको अवस्थामा थिइन् । "के तपाइं एयरपोर्ट गएर ती युवतीहरूलाई साथ लिएर उद्दार, परामर्श र सुरक्षामा केही गरििदन सक्नुहुन्छ ?" उनलाई सोधियो । तर, उनले जवाफ दिइन्, "ओहो, यो त हाम्रो कार्यक्षेत्रमै पर्दैन । बरु म हाम्रो महिला हकहितको सञ्जाललाई रपिmर गरििदन सक्छु । दुई-चार दिनमा कुनै सकारात्मक जवाफ आउला नि !" यसो भन्दैमा खाडी महिलाका लागि सम्पूर्ण असुरक्षित पनि होइन । कतार विश्वविद्यालयमा क्लिनिङ् सुपरभाइजर काम गर्ने पुनम सुब्बा र प्रतिमा तामाङ, ग्रुप-फोर सुरक्षा समूहमा आएकी धरानकी महिमा श्रेष्ठसहितका ३० युवती, कतार पेट्रोलियमको सरकारी जागिरमा रहेकी जनकपुरकी सचिता ढकाल यस्ता केही सुरक्षित र गर्व गर्न मिल्ने नामहरू हुन् ।
तर, यो संख्या धेरै पातलो छ । "कर्पोरेट, कम्पनी र संगठनात्मक निकायमा खाडीको रोजगार एकदमै सुरक्षित छ," पुनमले भनिन्, "तर, घरेलु कामदार बनेर भने कोही पनि नेपाली दिदीबहिनी नआइदिए हुन्थ्यो भन्ने लाग्छ ।" दोहा दूतावासको परसिरमा केही महिनाको अन्तरमा धरानकी रेशमा राई भेटिइन् । उद्धार खोज्दै धनकुटाकी नदिम लिम्बू आइन् । हेटौँडाकी मञ्जु बानियाँ अहिले पनि दूतावासमै शरणार्थी छिन् । यस्ता नाम एक होइन, अनन्त छन् । महिला र बालबच्चाको 'ट्याग' राखेर राष्ट्रिय-अन्तर्राष्ट्रिय मञ्चमा राम्रै नाम बनाउन सफल हुनेहरूको चर्चालाई थाती राखेर सरकारकै कुरा गर्ने हो भने पनि स्थिति लाजमर्दो छ । "न बिचल्लीमा परेका चेलीबेटीलाई सहजै उद्धार गर्न सकिन्छ, न हामीसँग आर्थिक सामथ्र्य नै छ," रयिाद नियोगका प्रथम सचिव दाहाल भन्छन् । यता कतारको दोहास्थित नियोगका अनुसार सरकारले सामाजिक कार्य र लोककल्याणका लागि भनेर वर्षमा जम्मा दुई लाख रुपियाँ दिने गरेको छ । त्यो पैसाले दूतावास आएका अतिथिलाई चियापान गराउन मात्रै पनि पुग्दैन । "हामी पनि हारगुहारमै चलेका छौँ, पीडितलाई उद्धार गर्नमा कि त स्थानीय सामाजिक संस्था कि त सहृदयी व्यक्तिहरू आउने गर्नुभएको छ," राजदूत डा. सूर्यनाथ मिश्र भन्छन् । अब यो हविगत, दुर्गति र कन्तबिजोगमा महिलावादी राष्ट्रिय-अन्तर्राष्ट्रिय संघसंस्थाहरूले के जवाफ देलान्, त्यो हेर्न बाँकी छ ।
दुई महिनादेखि शरणागत घरेलु कामदार बनेर खाडी मुलुक आएका मध्ये साउदी अरेबियाको रयिाद दूतावासमा शरणागतमध्ये मोरङ, मधुमल्लाकी रामकुमारी दर्जी र नारायणघाटकी सुकमाया लामा पनि घरफिर्तीका सबै प्रक्रिया पूरा गरेर पनि फिर्ती टिकटको अभावमा दुई महिनादेखि बिचल्लीमा छन् । उनीहरूलाई घर र्फकन जनही दुई हजार साउदी रयिालसम्मको रकम जरुरी छ । "हामीसँग कल्याणकारी कोष नभएकाले विशेषतः महिला हकहितमा खुलेका संस्थासँग यसरी हारगुहार गर्नुपरेको हो," प्रथम सचिव खड्ग दाहाल भन्छन् । दाहालका अनुसार, रयिादस्थित दूतावासको आश्रयस्थल र आसपासका सरकारी सुरक्षागृहहरूमा अहिले पनि ५० भन्दा बढी नेपाली युवती बिचल्ली अवस्थामा बसिरहेका छन् । नेपाल सरकार स्वयंले आफ्नो श्रम नियममा सेवा र सुरक्षाको प्रत्याभूति नरहेकाले संगठनात्मक निकायबाहेक खाडी मुलुकहरूमा महिलालाई रोजगारमा नपठाउने नियम तोकेको छ । दूतावासमा अलपत्र परेर आएकालाई दैनिक १० रयिाल सहयोग प्रदान गरनिे भए पनि त्यो दुई छाक खानामा समेत कमी रहेको अवस्था छ । घरेलु महिला कामदारका लागि रोजगारमा जान प्रतिबन्धित रहेको भनिएको खाडीको साउदी अरेबियालगायतका मुलुकमा चेलीबेटी बिचल्ली बन्ने क्रम उस्तै छ । रयिादस्थित नेपाली दूतावासको आश्रयस्थलमा अहिले पनि एक दर्जन युवतीहरू उद्धारको पर्खाइमा छन् । नियोगका प्रथम सचिव खड्ग दाहालका अनुसार, यीमध्ये केही त साउदी सरकारको घरेलु कामदार विभागले प्रवेशाज्ञा भिसा हानिसकेका युवती पनि छन्, जो फिर्ती टिकटको अभावमा थन्किएर बसेका छन् । दूतावासका अनुसार, अहिले शरणमा काठमाडौँ, टोखाकी कल्पना कर्माचार्य, झापा, सतासीधामकी दीपकला राई, दाङ, शान्तिनगरकी बाटुली विक, सुर्खेत, उत्तरगंगाकी बाटुली सुनार, मोरङ, मधुमल्लाकी रामकुमारी दर्जी, झापा, चारपानेकी सुशीला बर्देवा, धादिङ, जीवनपुरकी शीला राई, वीरगन्ज, माईथानकी कुल्सुम खातुन र बर्दिया, बेलुवाकी कमला वली बढीमा दुई महिनादेखि रियाद दूतावासमा शरण लिएर बसेका छन् । उनीहरूले आफू शारीरकि, आर्थिक र मानसिक शोषणमा परेर जीवनरक्षाका लागि भागेर दूतावास आएको बताएका छन् । कतारको दोहा दूतावासमा पनि झन्डै दुई दर्जन युवकहरू बिचल्लीमा परेर बढीमा चार महिनादेखि शरणागत छन् ।
(यो लेख देबेन्द्र भट्टराई ले कतार बाट कान्तीपुर नेपाल को लागि लेख्नु भएको हो )

हारीरहेको


म जन्मे अस्पतालमा
उ जन्म्यो गोठमा
म प्लास्टिकसंग खेलिरहेको हुन्थे
उ धुलोसंग उफ्रिराहेको हुन्थो
उ बगैचामा दगुरीरहेको हुन्थो
म कारमा हुइकिरहेको हुन्थे
उ आमाको बुई चढेर धारामा हुन्थो
म मम्मीसंग ओपेरामा हुन्थे
म जितिरहेको थिय
उ हारीरहेको थियो मेरो लागी स्कुल बस थियो
उसको लागी फुटपाथ थियो
मेरो जन्मदिन भनेर मानिसहरु झुम्मिंठे
उ बाबू आउने दिन गनेर
आमासंग खुम्चिन्थ्यो उ बनापाखा ,
पर्कृतिं अनी जनताको लागी गाऊथ्यो
म पब डिस्को र कल्बको लागी नाचथे
उ अब्बली भयो
म अम्मलि भये
र फेरी पनि , म जीतीरहेको थे
उ हारीरहेको थियो
म रहरले सहर पसे
उ बाधेताले बजार छिरों
उसले सफलताको लागी संघर्स गर्यो
मैले पैसाको लागी ब्यापार गरे
म ब्यापारी भय
उ नेता भयो
उसले सपना बेचों
मैले सामान बेचे
तेसैले, आज
उ जितिरहेको छ
म हारीरहेको छू
हरीरहेको छू ...........

श्रीपेच खोसिएका राजासँग

अवकाशप्राप्त कर्मचारी, दलबाट हटाइएका नेता र श्रीपेच खोसिएका राजासँग कसैले केही कुराको आशा राख्छ भने त्यो अनुभवको रूपमा प्राप्त हुने ज्ञान मात्र हुनसक्छ। जीवनमा यस्ता पात्रहरूबाट जति ज्ञान प्राप्त गर्न सकिन्छ सामाजिक जीवनमा त्यसले अत्यन्त महत्व राख्छ र व्यक्तिगत जीवनमा त्यस्ता अनुभव अत्यन्त उपयोगी हुन्छन्।अवकाशप्राप्त कर्मचारी र दलबाट हटाइएका नेताहरूसँग सान्निध्य राख्ने र उहाँहरूबाट ज्ञान प्राप्त गर्ने मौका बारम्बार आइरहे पनि श्रीपेच खोसिएका राजासँगको साक्षात्कार अत्यन्त दुर्लभ अवसर हो। संसारमा अत्यन्त कम मुलुकहरूमा मात्र राजतन्त्र जीवित छन्, राजतन्त्र भएका मुलुकहरूमा पनि सामान्यतया राजतन्त्रको अन्त्य एकैपटक मात्र हुने हो। आफू बाँचिरहेका बेला राजाको श्रीपेच खोसिनु र श्रीपेच खोसिएका राजा सबै प्रकारका 'ह्युमिलिएसन' सहेर पनि स्वदेशमै जीवन बिताउन कटिबद्ध रहनु विश्वइतिहासमा सामान्य घटना होइन। यस्ता असामान्य घटना–सन्दर्भका मूल पात्र 'राजा' ज्ञानेन्द्रसँग साक्षात्कार गर्ने इच्छा यतिवेला धेरैमा हुनसक्छ र स्वाभाविक रूपले ममा पनि थियो। सीमित समयमा असीमित चर्चा, बहस र विवादको केन्द्रीय पात्र बन्नुभएका 'राजा' ज्ञानेन्द्रसँग वि.सं. ०५८ को भदौमा (राजा होइबक्सेको दुई महिनापछि) पहिलोपटक साक्षात्कार गर्ने मौका मिलेको र त्यसपछि पनि एकाधपटक सामूहिक भेटको अवसर प्राप्त भएको थियो। सामूहिक नै भए पनि ०६१ को साउनतिर गोकर्णमा भएको भेटमा पनि राजालाई आफ्नो कुरा राख्ने अवसर मलाई प्राप्त भएको थियो। त्यसबेला राजनीतिक दलहरूसँगको सम्बन्ध सुधार्नु र संसदीय प्रजातन्त्रलाई सुदृढ बनाउन लागिपर्नुको विकल्प नरहेको बताउन पाउँदा मैले मनको भारी नै बिसाएको महसुस गरेको थिएँ। 'देश बर्बाद भयो, राजा अघि सर्नैपर्छ' भन्नेहरूको भीडमा डा. सुन्दरमणि दीक्षित र हामीजस्ता पात्रहरू सम्भवतः कागको बथानमा बकुल्लाझैं भएका थियौं। जे भए पनि त्यसवेला राजासँग आफूले देखेको कुरा राख्न पाउँदा प्रशन्न होइएको थियो। भर्खरै राजा होइबक्सेको ज्ञानेन्द्रदेखि राजतन्त्रमै विराम लागेपछिका ज्ञानेन्द्रसम्मलाई भेटेर संवाद गर्न पाउनुलाई मेरो पत्रकारिता जीवनले रोमाञ्चक र सुखद क्षणको रूपमा महसुस गरेको छ। नेपाली राजनीतिका केही जिज्ञासाहरूमध्ये प्रमुख 'अब के हुन्छ' भन्ने हो भने त्यसपछिको सबैभन्दा ठूलो जिज्ञासाचाहिँ 'राजा के गर्दै या सोच्दै होलान्' भन्ने नै हो, जुन जिज्ञासा मभित्र पनि थियो। मङ्सिर १२ गते मलाई मेरो जिज्ञासा मेट्ने अवसर प्राप्त भयो, त्यसनिम्ति म 'राजा'प्रति आभारी पनि छु। निर्धारित समयमा 'राजा'सँग भेट गर्न जानुअघि मेरा मनमा अनेक प्रश्नहरू एकसाथ तैरिएका थिए। विशेषगरी राजाको अनुहारमा पहिलेजस्तो चमक अहिले होला या नहोला, स्वास्थ्यस्थिति कस्तो होला, वर्तमान परिस्थिति र आफ्नो भाग्य एवम् भूमिकालाई लिएर के सोच्दै हुनुहोला, राज्य गुमाएका राजाका बारेमा इतिहासमा पढिएको थियो तर त्यस्ता राजाहरूको मानसिकतालाई किताबहरूमा नजिकबाट स्पर्श गर्न सम्भव थिएन, त्यसैले राज्य गुमाएका राजाको मानसिकता कस्तो हुँदोरहेछ भन्नेलगायतका अनगिन्ती जिज्ञासाको पोको बोकेर म त्यस दिन निर्मलनिवासमा प्रवेश गरेको थिएँ। करिब दुई घन्टाको बसाइमा 'राजा'लाई मैले जुन रूपमा पाएँ, जस्ताको त्यस्तै राख्ने प्रयास यहाँ गरिएको छ। राजाका रूपमा रहँदा र नरहँदा अनुहारमा जति अन्तर होला भन्ने सोचिएको थियो त्यति अन्तर देखिएन। मन्त्री/प्रधानमन्त्री बनेको र बाहिरिनुपरेको अवस्थामा हाम्रा नेताहरूको मुहारमा अतुलनीय अन्तर देखिने गरेको हुँदा झन्डै अढाई सय वर्ष पुरानो राजतन्त्रसहित श्रीपेचबाट वञ्चित गरिएका 'राजा'को अनुहारमा ठूलै अन्तर होला भनी सोच्नु अस्वाभाविक थिएन। तर सोचेजस्तो अन्तर देख्न पाइएन। 'श्री ५' का रूपमा र 'श्री ५' विहीनताका बीचमा पनि 'राजा'को बाह्य रूपमा कुनै परिवर्तन भेट्न सकिएन। कतै गणतन्त्र स्थापना भएको 'राजा'लाई थाहै नभएको हो कि जस्तो पो लाग्यो उहाँलाई भेट्दा। 'राजा'को स्वास्थ्यमा कुनै खराबी आएजस्तो किञ्चित महसुस भएन, तर मैले उहाँलाई स्वास्थ्यस्थिति कस्तो छ भनी चासो दर्शाउन पनि बिर्सिएछु। सम्भवतः 'राजा'लाई तन्दुरुस्त पाएकोले पनि मबाट स्वास्थ्यस्थितिबारे चासो व्यक्त नभएको हुनसक्छ। हाम्रा केही नेता, उच्च तहका कर्मचारी र व्यापारीहरूको भन्दा अझ सामान्य लाग्ने भुइँ तलाको भित्री बैठकमा 'राजा' र म मात्र थियौँ। म 'राजा'सँग खुल्न सक्थेँ, त्यत्तिकै 'राजा' पनि मसँग खुल्नुपर्छ या खुल्नुहोला भन्ने आशा मैले राखेको थिइनँ। मेरा कुराहरू सुनिसकेपछि 'राजा' पूरै नखुले पनि धेरै खुल्नुभएको महसुस मैले गरेँ। श्रीपेच खोसिएकै भए पनि 'राजा'को बोली, व्यवहार र संस्कारमा कुनै परिवर्तन आएको रहेनछ, त्यसैले त्यहाँ करिब दुई घन्टा बिताइन्जेल मैले म श्रीपेच खोसिएका राजासँग बसिरहेको छु भन्ने महसुस गरिनँ। राजालाई नसोधिएको तर मलाई सिधै सोध्न मन लागेको एउटा प्रश्न थियो– 'तपार्इंलाई राजाको रूपमा फेरि नारायणहिटीमा 'दर्शनभेट' गर्न पाइएला?' मैले यसरी सिधैं सोध्न सकिनँ, नसोधिएको प्रश्नको जवाफ आउने कुरा पनि भएन। तर, लामो संवादपछि मैले राजामा एक प्रकारको आत्मविश्वास पाएँ। उहाँमा नेपाली जनताले एक दिन वास्तविकता बुझ्नेछन् र राजासंस्थाको औचित्य र आवश्यकता बोध गर्नेछन् भन्ने पूर्ण विश्वास रहेको मैले महसुस गरेँ। संसारमा राजतन्त्र पुनर्स्थापना भएका धेरै दृष्टान्त छैनन्। ब्रिटेन मात्र एउटा यस्तो मुलुक हो जहाँका जनताले चिरकालसम्मका लागि राजसंस्थाको आवश्यकता बोध गरे र ढलिसकेको राजतन्त्र फर्कियो। दोस्रो विश्वयुद्धपछि जापानको रातजन्त्र पनि चरम सङ्कटमा परेको हो। गणतन्त्र स्थापना या सेरेमोनिएल राजतन्त्र दुई विकल्पमध्ये जापानीले सेरेमोनियल राजतन्त्र नै रोजे। कम्बोडियामा गणतन्त्र स्थापनापछि पनि अलिक बेग्लै रूपमा राजा फर्किएका हुन्। होइन भने अधिकांश मुलुकमा राजतन्त्र फर्किएको दृष्टान्त छैन। त्यसो त गद्दी र श्रीपेच हरण भएपछि राजा आफ्नो देशमा बसेको दृष्टान्त पनि छैन, सिक्किमको अवस्था नितान्त भिन्न हो। 'राजा' ज्ञानेन्द्रलाई श्रीपेचविना पनि आफ्नै देशमा जीवन बिताउन तयार हुनुलाई सानोतिनो साहस मान्न खोजिनँ मैले। विगतमा आफूबाट भएका केही निर्णयहरू सही नभएको महसुस 'राजा'लाई अहिले भएजस्तो लाग्यो मलाई। माघ १९ को कदमभन्दा उक्त कदम चालिएपछि भएका कतिपय निर्णयहरूचाहिँ त्रुटिपूर्ण रहेको महसुस राजालाई भएको मैले ठानेँ, तर उहाँले शब्दमा भने त्यस्तो अभिव्यक्ति दिनुभएन। 'राजा'लाई श्रीपेचविहीन तुल्याइएकोमा भन्दा राष्ट्रिय एकता खलबलिएको र सार्वभौमिक स्वतन्त्रता कमजोर हुँदै गएकोमा अधिक चिन्ता रहेछ। नेपाली जनताको प्रजातन्त्रप्रति बलियो प्रतिबद्धता रहेको महसुस पनि राजालाई भएको छ। उहाँले राष्ट्रियता र प्रजातन्त्र सुदृढ तुल्याउन जनता अरू सजग र सक्रिय भइदिए हुन्थ्यो भन्ने आशा राख्नुभएको छ। प्रजातन्त्र र राष्ट्र तथा राष्ट्रिय एकताका पक्षधर शक्तिहरू एकजुट हुनसके देश पनि जोगिने र प्रजातन्त्र पनि सुदृढ हुने दृढविश्वास 'राजा'मा भएको पाइयो। देशभक्त तथा प्रजातन्त्रवादी शक्तिहरू एक हुन नसक्ने हो भने प्रजातन्त्र र देश दुवै गुम्नसक्छ भन्ने चिन्ता राजामा रहेछ। आफू सक्रिय रहँदा वैदेशिक सम्बन्ध सुमधुर एवम् सन्तुलित तुल्याउन नसकेको निष्कर्ष सायद 'राजा'ले निकाल्नुभएको छ, कुराकानीबाट यस्तै अनुमान गर्न सकिन्थ्यो। विगतमा कतिपयले दिएका सुझावहरू लिन नसकेको स्मरणहरू पनि राजासँग रहेछन्। विगतमा जे भए तिनका परिणामहरूलाई सहजै स्वीकार्ने अभ्यास राजाबाट भइरहेको कुराकानीबाट बुझ्न सकिन्थ्यो। राजतन्त्र फर्काउन कुनै पनि प्रकारको षड्यन्त्र, तिकडम या छलकपट गर्ने सोच राजामा रहेको कुनै सङ्केत मैले पाउन सकिनँ। राजसंस्थाको आवश्यकता छ र नेपाली जनताले राजसंस्थाको आवश्यकता महसुस गर्नेछन् भन्नेमा पूर्ण विश्वास देखिए पनि राजसंस्थालाई पुनर्वहाली गराउन राजाबाट कुनै अप्रत्यासित पहलकदमी हुने सङ्केत कम्तीमा दुई घन्टाको संवादका क्रममा मैले पाउन सकिनँ। राजा बनिरहनका लागि देशको आवश्यकता पर्ने भएकोले राजाहरू देशभक्तिको कुरा गर्छन् भन्ने स्थापित मान्यता हो। तर, 'राजा' ज्ञानेन्द्रमा भने राजा भएर मर्न होइन एउटा साधारण नेपाली मात्र भएर मर्नका लागि पनि देश चाहिएको महसुस मलाई भयो। उहाँले कुराकानीका क्रममा एकीकृत र सार्वभौम नेपालको भविष्यबारे बारम्बार जसरी चिन्ता प्रकट गरिरहनुभएको थियो त्यहाँ कृत्रिमताको छनक देखिन्नथ्यो। देश जातीय एवम् क्षेत्रीय द्वन्द्वको चपेटामा पर्छ र कालान्तरमा मुलुकको स्वतन्त्र अस्तित्व नै मेटिनेछ कि भन्ने प्रमुख चिन्ता उहाँमा देखिन्थ्यो। चीनलाई सार्कमा पर्यवेक्षकका रूपमा राख्न गरिएको (सार्क सम्मेलन, ढाका २०६१) प्रस्ताव बेठीक थियो भन्ने राजालाई नलागेको देखियो। शब्दमा केही व्यक्त नगर्नुभएको भए पनि चीनलाई 'अब्जर्भर' बनाउनु बेठीक थिएन भन्ने उहाँको सोच रहेको ठान्न सकिन्थ्यो। बरु भारतलाई विश्वासमा लिन नसकिएको महसुसचाहिँ कतै भइरहेको छ कि जस्तो लाग्यो मलाई। भारतलाई पूर्ण विश्वासमा लिन सक्नेहरूले विजय हात लगाएको भएर हो या छिमेकी मित्रराष्ट्रसँगको सम्बन्ध सधैं मैत्रीपूर्ण र विश्वासयोग्य रहनुपर्छ भन्ने मान्यता भएर हो या दुवै कारणले गर्दा हो, भारतलाई विश्वासमा लिन नसकिएकोचाहिँ राजाले ठान्नुभएको छ। अब कुनै पनि प्रकारको विवादमा आउने या विवादमा पर्ने कुराप्रति 'राजा' अत्यन्त सचेत हुनुहुँदोरहेछ। तर, देशका निम्ति आवश्यक भूमिका निर्वाह गर्न जनताको आदेश भए उहाँ पछि हट्नुहोला जस्तो पनि लाग्दैन। देशको अस्तित्व, अखण्डता, राष्ट्रिय सार्वभौमिकता, राष्ट्रिय एकता र प्रजातन्त्र जोगाइराख्न राजसंस्थाको भूमिका अपरिहार्य छ भन्ने जुन विश्वास उहाँमा रहेको देखिन्छ, त्यसबाट समयाक्रममा आवश्यक पर्दा जनता र देशका लागि जस्तोसुकै भूमिका निर्वाह गर्न पनि 'राजा' तयार रहेको अनुभूति मलाई भएको छ। तर, 'राजा'को पनि भूमिकाको खोजी गर्ने स्थिति नेपालको वर्तमानमा छैन। देशै नरहने स्थिति सिर्जना भएमा यति कमजोर तुल्याइएका 'राजा'बाट कति प्रभावकारी काम हुनसक्ला? प्रश्न कठोर बनेर उभिएको छ।

नारी प्रकृतिको फूलबारी

भुतुङ्गा कसलाई भन्नुपर्ने हो, सर्बशक्तिमान संसदलाई सोध्नुपर्छ आधुनिक युवतीहरुलाई भने कसो होला ? जस्को शरीरमा लुगा कहाँ छ भनेर खोज्नुपर्छ । नारी प्रकृतिको फूलबारी, यसको हेरचाह गर्ने हाम्रो पनि हो जिम्मेवारी सिरकलाई खोल हाल्यो कहिल्यै खस्दैन श्रीमतीलाई खोल हाल्यो जिउमै बस्दैन ! चार रोपनीको शरीरमा दुई आनाको टालो टालो पनि बाक्लो भए त हुन्थ्यो नि, दुरुस्त माकुराको जालो पञ्जा लगाएर औंला छोप्छन् मिडी लगाएर पिडौंला देखाउँछन् स्वदेसी फैशन बिर्सिए, बिदेशी फैशन चोरे औंला र पिडौंला भनेको त आलु र पिडालु जस्ते हो रे !! हेर्नोस्, केटा भनेको बन्दा हो, केटी भनेको काउली बन्दाको अगाडी काउली सधैं नै उत्ताउली सत्रपत्र लुगा लगाउने बन्दा कस्तो भद्र जन्मँदै घाँगर फिंजाएर जन्मने हेर्नोस् त काउलीको चरित्र !! महिला आयोगले छानबिन गर्नै पर्यो केटीहरुले शरीरमा के गरेको छ ? लुगा लाउने ठाउँमा ट्याटु भरेको छ बाउले किनिदिएको पाईन्ट कटिटभन्दा तल झरेको छ ए बैनी, पाईन्ट तल झर्यो कम्मरमा बाँध न भन्दा पाईन्ट तल सरेको हैन, यो कम्मर नै तल सरेको हो भन्छन् जय शिव शंकर भोला, त्यहाँभन्दा तल सर्यो भने के होला !! कम्मर सरेको हो कि पाईन्ट सरेको हो? सदनमा छलफल हुनुपर्यो, यसको बिधेयक मगाईदिनु पर्यो केटीहरुले पाईन्ट कहाँनिर बाँध्ने भनेर अदालतले निर्णय गरेर आयोगले चिनो लगाईदिनु पर्यो तेत्तिस प्रतिशत अधिकार माग्नेले तेत्तिस प्रतिशत लुगा पनि लाउनु पर्यो कि पारदर्सी लुगा नलगाउ कि समावेसी अंग नदेखाउ हैन भने, छ इन्चको टालो हामीलाई देउ हामी आँखामा पट्टी बाँधेर हिंड्छौ तिमी लुगा लाए लाउ, नलाए नलाउ

कल्लपना को बिहे

रातको निस्तब्धतासँगै मस्त निन्द्रामा सुतेको छ दुरो देशको एक शहर पनि । यो बिरानो शहरको सुनसान अनि काल रात्रीलाई साथ दिदै छ प्रितम । खै किन्न हो कुन्नि निन्द्रा उ देखी टाढा भागीरहेछ । हासोँ खुशी उल्लास हैन मन त्यसै बिरक्तिएको छ उसको । हात र खुट्टाहरु चिलका पखेटा झै फटफटाइ रहेका छन् । आफ्नो मातृभुमी भन्दा सातसमुन्द्र पारीको देश , घर परीवार अनि आफन्तजनहरुको मायाममताबाट बन्चित रही बिरानो तथा उजाड मरुभुमीमा बितीरहेको दासत्वको जीन्दगी । समय परीस्थीती अनि बाध्यताले मानिसलाई कहाँ पुर्याउछ कुनै भरोसा नहुने रहेछ । लटरमै सपनाहरु झुलेका थिए प्रितमको मानसपटलभरी । धन आर्जनको सपना,मुटुभन्दा प्यारी कल्पनासगँ साथ रहने सपना अनि मातृभुमीको माटोमा लडीबुडी गर्नै सपना । कता गए आज यी सारा सपनाहरु - सपनै सपना फुलेको प्रितम्को जीन्दगी आज दिनप्रतीदीन ओइलीरहेको छ । अहँ करडोँ धनसम्पतीको मालीक बनी ऐस आरामको जीन्दगी जीउने सपना थिएन प्रितम्को । एक लाखबाट थपीदैँ गएको ऋणबाट मुक्ति अनि धर्मपत्नी र छोराछोरीको लालनपालन , बास यही थियो उसको मनोकामना तर यी अत्यावश्यक मनोकांक्षाहरु पनि मातृभुमीले प्रदान गर्न नसके पछि एउटै बिकल्प थियो मुग्लान फिर्ने । इष्टमित्रहरु, गैरीखेतको रोपाइ । ओहो धनले राज गर्न नपाए पनि मनले त राज नै गरेकै थिएँ नि ! फेरी उसको मानसपटलमा सल्बलाउछ जिवन संगीनी कल्पनाको चेहरा, चार बर्षो गहिरो मायाप्रिती पछि यी दुइ जोडी दाम्पत्य जीबनमा बाधीएका थिए । " खुब रमाइलो भएको थियो बिबाहको दिनमा" प्र्रितम्को मानसपटल घुमीरहेको छ -" मोरीलाई नदेखेको पनि एक बर्षभइसकेछ" । तर दैबको खेल नै भनौ मदनले मुनालाई चटक्क छाडेर भोट गएझै प्रितम् पनि प्यारीसँग केहीँ महिनाको उठबस पछि दुर देश फिरेका थिए । सोच्दासोच्दै उसका नेत्रकोपबाट आँसु बगीरहृयो । उसका ती आसुले सिरानी पनि चिसो पो भइसकेको रहेछ । प्रितम्को मन बिदिर्ण भएर आयो । बिदेश नजानुहोस ,आफ्नै देशमा केहीँ गरेर बसे हुन्न र ! तपाइसँग अलग रहेर म कसरी दिनहरु बिताउन सक्छु , बिदेश फिर्ने अन्तिम घडी सम्म पनि कल्पना भन्दै थिइन - चिढीपत्र चाहीँ लेख्दै गर्नु ल ! आफ्नो ड्यूटी फत्ते गरेर भर्खरै आफ्नो कोठामा छिरेको छ प्रितम सात समुन्द्र्रपारीको देशमा । उ डङ्रग लड्न पुग्छ ओछ्यानमा । आज उसलाई मात्रृभुमीको यादले धेरै सतायो, कल्पनाको मायाले दिलको कुनाकुनामा ठक्कर दिन थाल्यो । रातको चकमन्तासँगै आखाँ रसाए उसको । मध्यरातमा कापी र कलम लिएर उ तयार भयो चिठी लेख्नको लागी । जलीरहेको दिललाई मलम लगाउने अचुक दबाइ नै चिठी हुदोँरहेछ यो दुरो देशमा । मनमन्दिरा कल्पना, आराम छु भनेर भनौँ पनि कसरी मुटुको एक टुक्रा त तिमीले नै चुडेर लगीसक्यौँ बाँकी रहेका टुक्राहरु पनि त्रि्रै यादमा तड्पीरहेका छन्, तै पनि आराम छु भन्न बाध्य छु ,तिमी त आराम छौ होला हैन - कल्पना जीन्दगी पनि अचम्मले जीउनु पर्ने , म धेरै पिढाबोधको सामना गरीरहेको छु मुग्लानमा । काम, दाम सबै राम्रे छ तर मेरो लागी कम भनेको एउटै चिज हो तिम्रो माया ,जसको अभाब म सेकेण्ड सेकेण्डमा गरीरहेको छु । तिमी पनि मलाई कती सम्झदीँ हौँली - धैर्य गर कल्पना, छिटै सारा ऋणबाट मुक्त भइ उचो शिरकासाथ तिमी र म मायाँ नै मायाको संसारमा जीन्दगी जीउने छौ जहाँ तिमीलाई कुनै पनि कुराको अभाबको महशुस हुन दिने छैन । कल्पना तिमीले अघिल्लो खतमा छोरा ठूलो भइसक्यो भन्ने कुरा लेखेकी थियौँ, साँचि कत्रो भयो - झगडा गरेर हैरान पार्दो हो तिमीलाई , छोरालाई धेरै पढाएर ठूलो मान्छे बनाउनु पर्छ ल ! त्यही छोरा र तिमी नै त हौँ मेरो लागी जसका लागी म यती टाढा एकल जीन्दगी बिताइरहेको छु । तिमी र म सँगै रहँदा कती खुशी हुदो हो हाम्रो मन । यही क्षणको प्रतीक्षामा छु म । उही, प्रितम २. चिठी तयार भइसकेपछि उसले मनमनै गम्यो-"चिठी पाउँदा मोरी आँगनमा नाच्दी हो एक पटक" । अहो रातको दुई बजीसकेको छ अब त सुत्नु पर्छ , उ गुटमुटु पर्छ सिरक भित्र । ढोकामा कसैले ढकढक गर्यो , आ हावाले त होला भन्दै उ फेरी सीरकभित्र पस्यो ,तिन पटकको पालामा भने उसले डराइ डराइ ढोका खोल्यो । ओहो त्यहा त आफ्नै काका पो ठि‹ उभिरहनु भएको छ , प्रितम तिन छक पर्यो । " काका के पारा हो यो यती मध्यरातमा बिना सुचना कसरी आइपुग्नुभयो- तपाइ कहीले परदेशमा आउनु भएको नि " - "अचम्म मान्नु पर्ने केही कारण छैन प्रितम" काकाले मुख खोले-" गाँउमा बाच्नै नसकिने भइयो ,ऋण झन बढेर गयो , गाउतिर पनि धेरै नजाती कुराहरु सुनिन थाले , त नै छस् भनेर आएको हो म परदेशमा"। खै काकाले के के भने प्रितमले बुझनै सकेन तर उसले यती महशुस गर्यो की काकालाई धेरै ठूलो पिर परेको रहेछ आजभोली । प्रितमलाई गाँउघरतिरको ताजा समाचार सुन्ने कौतुहलता जाग्यो । " काका, हाम्रा जहान परीवार सञ्चै छन त" - भतीजाको माया लाग्दो प्रश्नले काका झस्किए एकपटक । खै के भनौ छोरा, नभनौ भने तलाई कसरी कुरा लुकाउनु , भनौ भने तैले कसरी पचाउने यो कुरालाई -काकाले खिन्न मुहार लगाउदै भन्न थाले- " म त तेरो श्रमितीको चाला राम्रो देख्दीन , गाउँलेहरु पनि धेरै कुरा काट्न थालेका छन आजभोली , । कल्पनाले के गरी र गाउँलेहहरुले कुरा काटेका - प्रितम्ले कोठै गर्जीने गरी भन्यो । त मुग्लान फिरे पछि उ अलि बदलिएकी छे , छोराको पनि त्यती ख्याल राख्दिन , गाउमा एउटा नया मान्छे आएको छ त्यसै सँग पल्किएकी छे भन्ने सुन्छु , कतीपटक त्यो केटासँग जिल्लिएको म आफैले देखेको छु , छिमेकीहरुले त तेरी श्रमितीले लेखेकी खत पनि फेला पारेका छन् रे ... काकाको कुराले प्रितमको शरीरको सारा रगत एकै पटक उम्लिएर आयो ,आफनी श्रमितीको चरीत्रमा दाग लागेको समाचारलाई उसले बिश्वास गरेन । मध्यरातको यो ननिको समाचार ल्याउने आफ्नो काका प्रती उसमा घृणा जागेर आयो , ऋषले उसको आँखामा एक पटक झिल्लिक बत्ती बल्यो अनि सिरानीबाट टिल्ल टल्कने खुकुरी निकाली काकामाथी प्रहार गर्दा खुकुरी भाच्चिन पुग्यो । झल्यास बिउँझियो प्र्रितम । उ बेस्सरी चिच्यायो । उसले कोठाका कुनाकुनामा नजर घुमायो , तर त्यहाँ उसका काका थिएनन् । आज उसले साह्रै नजाती सपना देख्यो । सपनाबाट बिउझीसकेपछि प्रितम्लाई रतभरी निन्द्रा लागेन, हृदयका कुनाकुनामा अशान्तिका काला बादलहरुले ठक्कर दिन थाले । मनमा कुराहरु खेल्दा खेल्दै रात बितेको पनि उसलाई पतै भएन । आँ सपनालाई सोचेर निरास हुनु किमार्थ राम्रो काम होईन भन्ने सोच्दै उ सिरक च्यापेर सुत्यो । असारे महीना , सीमसीमे पानी परीरहेको थियो, गाउँमा रोपाइको चटारोले धपक्कै छोपको थियो । गाउलेहरुलाई खाना खाने फुर्सद समेत थिएन । तर कल्पनाले रोपाइँको कुनै सुरसार गरेकी छैन ,सध्यारहरु सबैले रोपाइँ गरीसके तर बिचमा आफ्नो खेत बाँझो भएकोमा अलीकती पनि फिर्की छ्रैन । प्रितमले फोनमा रोपाइँ सिधीयो भनेर सोध्दा गाउँमा सबै भन्दा पहीले आफूले रोपाइ गरेको जबाफ दिइएकी थिइ उसले ।"हैन हो यसले यस साल रोपाइ नगर्ने भइकी क्या हो" -सध्यार नन्दलालले फुराए-"कल्पनाको आज पानीको पालो थियो तर उ शहर घुम्न गएकी छे भन्ने सुन्नमा आएको छ ,म त यसको निको चाला देख्दिन है दाजूभाइ हो ! फेरी नेत्रबहादुरले चिउडोमा हात राखेर भने - " आज उ एका बिहानै किसन बाबु सँग शहर घुम्न गएकी छे ,प्रितम्लाई यसले रुवाउने भइ"। एककान दुइकान मैदान हुदै किसन र कल्पनाको सम्बन्धबारे गाउभरी चर्चा परीचर्चा हुन थाल्यो , साच्चै कल्पना आफनो श्रीमानका अगाध मायाममतामाथी खेलबाड गरीरहेकी थिइ । बिबाहीत नारीको मायामा क्रमशः हुर्कदै थियो । आज गाउको रोपाइको रौनकबाट टाढा रहेर कल्पना र किसन शहरको रमीता हेर्न बेस्त छन् । उनीहरु जाउलाखेलको चिडीयाखाना पुगे, रत्नपार्कलाई फेरो लगाए , पशुपतीनाथको दर्शन गर्न पनि भ्याए , हीड्दा हिड्दा थकाइको महशुस भएपछि यि दुइ प्राणी एक बगैचामा गए, कल्पनाले झोलाबाट चाउचाउ निकाली ,प्रितमलाई आँ गर्न लगाइ अनि चाउचाउ मुखमा हालीदिइ । दुबैजना प्रेमका मीठामीठा कुरामा लिप्त भए ,"मलाई तपाइले धोका दिनु हुन्न नि है" लाडे श्वरमा कल्पना बोल्न थाली-अब तपाइ र म भाग्नु पर्छ । तिम्रो श्रमिानले थाहा पाए भने के यसलाई पचाउन सक्लान र,किसनले भन्यो-पहिला तिमी आफ्नो श्रीमानसँग छुटिनु पर्छ अनि तिमी र म बिहे गरेर बसौला । कुरा गर्दा गर्दै कल्पना किसनको काखमा लडी , किसनले पनि आफ्नो हात कल्पनाका अङ्ग प्रतङ्गमा पुर्यायो । कल्पना त्यतीकै लठीइ । उनीहरुको शहर यात्रा निकै रोमान्चकारी रहयो । आज कल्पना आफ्नो बिस्तरामा लडेकी छे ,किसनको हात समातेर शहर घुमेको दृश्य ,बगैचामा किसको काखमा सुतेको क्षण सम्झदा उसलाई रमाइलो लागेर आयो । यि सबै आनन्दका क्षणहरुका अगाडी प्रितमको दुरो देशको भावनात्मक माया धेरै टाढा भयो कल्पनाका लागी । प्रितम आफ्नै लागी दुर देश पलायन भएको छ भन्ने कुरा उसले बुझ्न सकिन । दिनहरु बित्दै गए , किसन र कल्पनाको पिरती दुबो झै मौलाएर गयो । समाज, आफ्नो परीवार, धर्म सबै कुराबाट टाठा रही जीन्दगी जीउननिर्णयमा पुगे यि दुइ प्राणी । छोरा सरोजलाई पो के गर्ने -कल्पना सोच्न थाली- मैले छोडेर गइसकेपछि प्रितमले पनि बेवास्था गर्यो भने सरोजको के हालत होला - कल्पना धर्म संकटमा परीरहेकी बेला कीसन आइपुग्यो । के सोचिरहेकी कल्पना -किसन बोल्न थाल्यो-अब धेरै नचोच , जती सक छिटो तिमी र म भाग्नु नै बेश देखेकी छ्, मैले त , गाउँभरी तिम्रो र मेरो चर्चा चल्न थालेको छ । भाग्न त भाग्ने तर सरोजलाई कसरी लिएर जाने - त्यती सानो कुरामा पनि चिन्ता लिएर बस्ने - किसनले जुक्ति निकाल्यो- सरोज ठूलो भइसकेको छ ,तिमीले प्रितमलाई आफ्नो सत्य कुरा बताउनु , तिमीले म सँग बिबाह गर्न थालेको खबरले उ नेपाल आउँछ, अनि आफ्नो छोराको रेखदेख गर्न उ बाध्य भइहाल्छ नि । किसनको भनाइलाई कल्पनाले र्समथन जनाई । प्रितमप्रतीको सारा प्रेम एकादेशको कथा बन्ने भयो , जीबन यात्रामा कल्पनाले प्रितमलाई एक असक्षम पूरुष घोषित गरीदिई । एक दुइ दिन पछि नै गाउँबाट भाग्ने निर्णयसाथ उनिहरु छुटीए त्यस रात । समय आफ्नै रफ्तारमा बितिरहेको थियो , भेडा चराउने काम दैनिक रुपमा चलिरहेको थियो प्रितमको , आज पनि उ समुन्द्रको किनारमा भेडा चराइरहेको छ , सयौँ हुल भेडाको बिचमा ठिङ्ग उभिएर, भेडाबाख्रालाई नै आफ्नो दौतरी ठान्दै प्रितम् गम खादै छ -यसपालीको तलब त सबै कल्पनालाई नै पठाइदिन्छु , बिचरीलाई घर धान्न कती गाहा्रे भएको होला , छोरालाई पनि त अब स्कूल भर्ना गर्ने बेला भयो होला । कहिले उसको भित्री मनले भन्छ - आफ्नी प्यारीसगँ छुटिएर यती टाढा भेडागोठाला भएर के जीन्दगी जीउने - हाम्रो भन्दा त बरु यिनै भेडाहरुको जीन्दगी जाती । एकैछिनमा समुन्द्रिकिनारमा हावा चल्न थाल्यो , उसको नजीकै एउटा भुमरी आएर घुम्न थाल्यो, खजुरका पातहरु उसको सामुन्ने फन फनी घुम्न थाल्यो । ओहो यो त नजाती पो हो त , केहीँ दशा पो लाग्ने हो की क्या हो - उसले भेडाबाखा्रहरु जम्मा गर्रयो अनि भेडाहरुको पछि पछि उसले गह्रो पाइलाहरु चलायो । अरवि राज्यमा क्रमश रात पर्दै गहीरहेको थियो , समुन्द्र सुसाएको आवाजले प्रितम बेलाबेला झस्किने गर्थो , समुन्द्रि छालको बेग पनि त्रि्र हुदै थियो । सोच्दासोच्दै उ आफ्नो बासस्थान पुग्यो , भेडाबाखा्र मुदिरलाई जिम्मा लगाइ उ सिधै खाटमा पल्ट्यो , समुन्द्रि किनार देखी नै भौतारीरहेको मन अझै शान्त भइसकेको थिएन, उसको मन बिर्दिण भएर आयो । भोलिपल्ट बिहानै उसले एउटा खत पा्रप्त गर्रयो । खामको बाहीर पठाउनेको नाम कल्पना देखेपछि , उसका अनुहारभरी खुशीका रेखाह्रु कोरीए । हतारहतार चिठी खोल्यो उसले पतीदेब, प्रणाम, आज म जीन्दगीमा कसैलाई पहिलोपल्ट पत्र लेख्दै छु । यो पत्र लेख्दा म खुशी पनि छु र दुखी पनि । तिमीबाट टाढा भएकोले म दुखी छु भने म जीन्दगीका आवश्यकताहरु परिपूर्ति गर्ने जमर्कोमा छु ,यसले भने मलाई खुशी बनाएको छ । के गर्ने मानिस समय अनुसार चल्नु पर्दो रहेछ । त्यही समय अनुसार चल्दै छु पतिदेब म । तपाइले पठाउनु भएको पैसाले सबै ऋण तिरीसके अब तपाइले ऋणको चिन्ता गर्नु पर्दैन । छोरालाई पनि गाउँको बोर्डीङ्गस्कुलमा भर्ना गरेको छु । मैले तपाइसगँ बिबाह गरेपछि धेरै दुखहरु सहदै आएको छु जसलाई म सदाको लागी दुर गर्दै छु । प्रितमलाई माया गर्न थालेका् छु मैले । हाम्रो पिरती बसेको पनि तपाइ मुग्लान छिरेदेखी नै । तपाइले यो पत्र प्राप्त गर्दा म किसनसगँ बिबाह गरेर टाढा गइसकेको हुने छु । तपाइले छोडेर गएको छोरालाई राम्रो रेखदेख गर्नुहोला ल ! अब तपाइले पनि अर्को बिबाह गरेर नयाँ घरजम गर्नु होला , मलाई सम्झेर अलिकती पनि बिचलित नहुनुहोला है - उही , कल्पना, पत्र पढी सकेपछि प्रितम्को मन भारी भएर आयो , एकै छिन पहीले खुशीले गदगद भएको हृदयमा पिढा बल्झियो एक पल्ट आखाँबाट झिल्लिक बत्ती बल्यो , संसार अन्धकार भएर आयो , उसलाई चक्कर चल्न थाल्यो, सारा जीन्दगीका योजनाहरु सिसासरी फुटी गए । आफ्नो सारा जीन्दगी जसलाई उसले अर्पेको थियो उसैले आफ्नो हृदयलाई चिराचिरा पारीदिइ । मुटुभरीको माया गर्ने, एक नारीलाई जीन्दगीभरी सुखी र माया नै मायाको संसारमा हुकाउर्ने अभीलाषाकासाथ दुर देशपलाएन भएको प्रितमको चोखो मायालाई उसले लत्याउन पुगी , । पत्रमा भने जस्तो प्रितम्ले उसलाई खासै दुख कटाएको थिएन । गाउँघरको मेलापातमा कल्पनाइ घरमा राखेर उ आफै सरीक हुने गर्थो । राम्रो लाउँन र मिठो लाउन दिएकै थियो । प्रितम्ले उसलाई कहील्लै गाली गरेन , सधै तिमी भनेर सम्बोधन गर्थो । उसको दुख नै आफ्नो दुख सम्झन्थ्यो । मुग्लान छिरेदेखी कमी भएको थियो त एउटै कुराको । त्यो हो सहबास । जसलाई कल्पनाले प्रितमद्वारा परीपुर्ती गर्ने गर्थी । आज प्रितमको मन स्थिर छैन , त्यही कल्पनाको पत्रले उसलाई रिङग्याई रहेको छ । " तपाइ नहुदाँ म कसरी दिनहरु बिताउन सक्छु " जगल्टेले मुखले ठिक्क पारेकी रहीछे । अनेकथरी तर्कनाहरु ओइरीन थाले उसका मानसपटलभरी । बिबाहमा कल्पनालाई माग्न गएको दिन , बिबाहको दिनमा उसलाई जीस्क्याएको क्षण , बिबाहको पहिलो रात , यि सबै कुराको याद एक पछि अर्को गर्दै आइरहे । एक दिन कल्पना रिङगटाले आँगनमा ढलेकी थिइ , हत्त न पत्त प्रितम्ले उसलाई पिठ्यूँमा बोकेर अस्पताल पुर्याएको थियो । उ बेहोस अबस्थामा थिइ , डाक्टरहरुले कल्पनाको शरीमा रगतको कमी भएको कारणले यस्तो भएको बताएपछि प्रितम्ले आफनो शरीरको आधा लिटर रगत कल्पनाको लागी दान दिएको थियो । तर आज कल्पनाले यसको कुनै प्रबाह गरीन । यि सबै कुराले उसको मन बिदिर्ण भएर आयो । पिडा र बिछोडले उ मर्माहत भएको थियो । उ निर्दयतापुर्वक कल्पनालाई सराप्दै थियो । आफु भन्दा अलीकती धनी केटा पाएपछि सारा कसमहरु भुल्ने कल्पनामाथी उसको सारा ऋष खनिन पुग्यो । अतितमा घटीत घट्नाका परीछेदहरुले उसलाई लखेटीरहृयो । कल्पनाले प्रितम्लाई जसरी छोडी त्यसरी प्रितम्ले कल्पनालाई छोड्न निकै कष्टप्रद थियो , किनकी प्रितमको माया कल्पनाप्रती बृक्षमा तता झेलीएझै झेलीएको थियो । उसको लागी जीन्दगी नै कल्पनाप्रती र्समपित थियो । अब प्रितमले कसका लागी जीउने - कसका लागी मुग्लानको तातो हावामा सास फेर्ने- यिनै तर्क बितर्कले उसको दिमाग तातेको छ । दिन बिते, महीना बिते , प्रितमले पनि भुतलाई भुल्दै पैसा बचत गर्दै गयो। कल्पनाप्रतीको बदलाको भावना त्यागीदियो । बिछोडको पिडामा अरुको जस्तो उसले लुमा पिएर आफ्नो चच्चा प्रेम पनि प्रदर्शन गरेन । मुटुलाई दह्रो बनाउदै नयाँ रुपमा उसले आफ्नो जीन्दगी जीउन थाल्यो । बिचमा न त कल्पनाले सर्म्पर्क गरी न त प्रितमले नै । छोराको हालखबर पनि केही थाहा थिएन । तातो मरुभुमीमा नेपाली क्यालेण्डरका पन्नाहरु पल्टदै गए । मौसमले आफ्नो काचुली फेर्दै गयो । चार्डपर्व आउनेक्रम सुरुहुन थाल्यो । परदेशीहरु घर फिर्न थाले । हेर्दाहेर्दै दशैँले पनि झ्याप्पै छोपीहाल्यो । यही दशैँको मौका छोपेर प्रितम पनि मातृभुमी फिर्ने शुरसारमा छ । सामान पनि के नै किन्नु थियो र उसको लागी - उसको आफन्त भन्नु नै को नै थियो र - जे भए पनि आफुले एक पटक चुप्पा खाएर हीडेको छोराका लागी भने उसले केही कपडा तथा खेलौनाहरु खरीद गर्यो । "कल्पनाले छोरालाई लिएर गएकी हो या एक्लै "-उसले मनमनै गम्यो -" उता गएपछि छोरालाई बोलाएर सबै कपडा दिनु पर्ला "। कल्पनाले छोरालाई लिएर नगएकी भए बिचरो कहाँ गयो होला , छोराको अनिच्चित भविश्यको चिन्ताले पनि उसको छाती पोलेकै छ । हवाइजहाजले अरबलाई बाइबाइ गर्न थाल्यो । चालक सदस्यहरुले सीठी फुकेर यात्रा गर्दा पालना गर्नु पर्ने नियमहरु भन्न थालेपछि प्रितको सोचाइ भङ्ग भयो । सगैँको सीठमा एक महीला बसेकी थिइन , उसक काखमा लाडीदै थियो एक चञ्चले बालक । घरीघरी त्यो बालक प्रितमको पाखुरा समाउन पुग्थ्यो , उसको आखाँमा एक टकले हेरेर खितीत हास्ने गर्थो , जसले प्रितमलाई पलपलमा आफ्न छोराको याद दिलाउथ्यो । हवाइजहाज नेपालमा प्रबेश गरेपछि सबैजना कराउन थाले , दश औला जोडेर सबैले " जय पशपती"भनेको आवाज हवाइजहाजभीत्र गुञ्जियो । मात्रृभुमीमा पाइला टेके पछि रनभुल्मा पर्यो प्रितम् । कता जाने , के गर्ने - उसले एक पटक पशुपतीनाथको दर्शन गर्ने निर्णय गर्योर, पशुपतीनातसँगे कल्पनाको सुख ,शान्ति, छोरा सरोजको उज्वल भविश्य जस्ता वरहरु माग्यो उसले । मन्दिर परीसरबाट बाहीर निस्केपछि बाह्रबिषे जाने बषमा चढ्यो उ । उसको घर धेरै दुर्गम ठाउँमा भएको हुनाले गाडीबाट ओर्लेर धेरैबेर हिड्नु पथ्र्यो , । साच्चै उ आज धेरै बर्ष पछिको अन्तरालपछि आफ्नो गाउँ फिरेको छ । उसको गाउँमा केही परिबर्तनका रेखाहरु कोरीएका रहेछन् । गाउँमा बिजुली बत्ती पनि बलीसकेछ । अतीतलाई मानसपटमा सजाउदै उ लम्किरहेको छ । यो यहीँ गाउँ हो जहाँ उ जन्मियो , हुर्कियो, गाउँबेशी मेलापात , पानि पधेरो , सबै गरेको छ उसले यहाँ । कहीलेकाहीँ राग ढालेर गीत गाउँदै हिड्थ्यो उ । "ए उ हेर त प्रितम लाहुरे आएको जस्तो छ , हरीलालल ले भने "- " ओ हो कती मोटाए छ" । फेरी नन्दलाल भन्न थाले - बिचरो प्रितम, एउटी उत्ताउलीले छोडेर गइहाली , अब कसलाई यसलाई कसले हेरबिचार गर्ला - हरीलाल र नन्दलाल बिच कुरा हुदै थियो , प्रितम पनि त्यही पुग्यो । उसले दुबैलाई खुटामा ढोग्यो । धेरैबेर सम्म उनिहरुले भलाकुसारी गरे , कल्पनाको बिषयमा चर्चापरीचर्चा भए । छोरालाई गाउँमै छोडेर कल्पना र प्रितम काठमाण्डौँमा बसोबास गरीरहेको उसले थाहाँ पायो । छोरा सरोजलाई भने गाउँके रामप्रसाद सरले पाल्नुभएको रहेछ । राम प्रसाद सर प्रति कृतज्ञता प्रकट गर्दै उ नन्दलाल र हरीलालसँग छुटीयो । आफ्नो घरको आगनको डिलमा उभियो प्रितम् , यो आँगनमा धेरै गाउँलेहरु झुमिन्थे उ हुदा , केटाकेटीहरुको हुल लाग्थ्यो , तर आज यो घर रित्तो छ , ढोकामा बडेमाको भोटेचाल्चा लगाइएको छ , । घरपरीसरमा मात्र हैन घर भित्र पनि झारैझार उम्रिएको थियो । उसले एउटा पटुका फेला पार्यो जुन पटुका बिवाहमा कल्पनाका लागी उसले किनेको थियो । यि सबै दृश्यहरुले उसलाई निरास बनायो । मन बिरक्त भएर आयो, खै उसले के सोच्यो कुन्नि , त्यो पटुका बोकेर उ जङ्गलतिर जादै थियो । भोलीपल्ट प्रितमले आत्महत्या गरेको समाचार गाउँभरी फिजीँएको थियो । उता कल्पनाले प्रितमलाई छोडेर शहरकै एक होटलवालासँग पोइला गइ रे भन्ने हल्ला सनसनीपूर्ण फैलदैँ थियो । समाप्त