एक सर्वांग नग्न युवती : यौन चित्र

एउटा कोठाको बीचमा एक सर्वांग नग्न युवती बसेकी छे । उसलाई २०/३० जना कलाकारले घेरेका छन् । त्यो युवती चित्र कोरिरहेका कलाकारहरूका लागि विभिन्न आसनमा बस्छे या उभिन्छे । उसको नांगो शरीर विभिन्न कोणबाट हेरिन्छन् ।
ललितकला अध्ययन गरिरहेका विद्यार्थीका लागि मानव शरीर (स्त्री शरीर) को बनोट र वान्की जान्नका लागि लाइफ मोडेल भनिने यस्ता केटीहरू आवश्यक हुन्छन् । लन्डनकी साराह स्नी लाइफ मोडेल हुन् । २०/२५ जोडी आँखा उनका शरीरका एक एक अंगलाई हेरिरहेका हुन्छन्, जाँचिरहेका हुन्छन् । अरुलाई दुस्वप्न लागे पनि साराह स्नीका लागि यो दैनिक काम हो ।
लियोनार्दा दा भिन्चीदेखि ल्युसियन फ्रायडसम्म, कलाकारहरू लाइफ मोडेलका नांगा शरीरबाट लाभान्वित भएका छन् । नग्न कला सिर्जना गरेर विख्यात हुने कलाकार धेरै छन् । तिनका कलाका लागि योगदान गर्ने लाइफ मोडेल भने कहिल्यै चर्चामा आउँदैनन् ।
मोडेलिङ सुरु गर्दा साराह स्लेड स्कुल अफ फाइन आर्ट, लन्डनमा पढिरहेकी थिइन् । पैसाको खाँचोले उनलाई कलाका लागि मोडेलिङ

गर्ने कामतिर डोर्‍यायो । ‘अरुका अगाडि नांगिनु मेरा लागि सहज थिएन । म त्यतिवेला बीस वर्षकी थिएँ । यो उमेर आफ्नै शरीरका बारेमा अति उत्सुक हुने र यौनिकता विकास गर्ने उमेर हुन्छ । मेरा लागि यो एउटा रोमान्टिक अनुभव थियो ।’
साराह पहिलोपटक मोडेलिङ गरेको सम्झिन्छिन् । आफ्नो नग्न शरीरलाई क्यानभासमा उतार्न ठिक्क परेर बसेका विद्यार्थीका आँखामा हेरेपछि उनलाई संकोच लाग्नु स्वाभाविकै थियो । ‘म वास्तवमा डराएकी थिएँ । मानिसलाई मेरो शरीर कस्तो लाग्यो होला, आकर्षक या भद्दा ? यही सोचिरहेकी थिएँ म । तर, केही मिनेटपछि आफू प्राकृतिक अवस्थामा छु भन्ने महसुस गरेपछि म निकै सहज अनुभव गर्न
थालेकी थिएँ ।’
केही समयपछि साराह पुरुष तथा महिला कलाकारका नजरसित अभ्यस्त हुन थालिन् । ‘म आफ्नो शरीरप्रति मेरो आत्मविश्वास बढ्दै गइरहेको थियो । म एकदम मुक्त अनुभव गरिरहेकी थिएँ । साथीहरूसँग विकिनी लगाएर किदा मनाएको वेलाभन्दा नौला मानिसका बीचमा नांगै पल्टिएका वेला म बढी सचेत भइरहेकी हुन्थेँ । कलाकारका दृष्टिका केन्द्रमा रहनु र उनीहरूलाई सिर्जनशील हुन सहयोग गर्नु साँच्चिकै रोमाञ्चक हुन्छ ।’
केही कलाकार अवलोकन गर्दै चित्र कोर्नुलाई सर्वात्कृष्ट साधना मान्छन् । फोटो हेरेरभन्दा सजीव मोडेललाई हेरेर क्यानभासमा कला सिर्जना गर्नुको आनन्द र सन्तुष्टि नै बेग्लै हुन्छ भन्छन् उनीहरू । कलाकार एलेक्स केनका अनुसार यस प्रकारको लाइफ ड्रइङ शिक्षाप्रद हुन्छ । यो गैरयौनिक नग्नता हो ।
तथापि, लाइफ मोडेलिङलाई केही खराब मानिसले बदनाम पनि गरिदिएका छन् । साराह भन्छिन्, ‘मानिस मलाई लाइफ मोडेलिङ खराब हुँदैन र ? भनेर सोध्ने गर्छन् । नांगी महिलाको चित्र कोर्दा यौन-आनन्दको अनुभूति लिने र रोमाञ्चित हुने मानिस पनि होलान्, तर सच्चा कलाकारले लाइफ मोडेललाई कहिल्यै यौनका दृष्टिले हेर्दैनन् । उनीहरू मोडेलको शरीरलाई रेखा र छायाहरूको एक चक्र र यौटा कलाकृतिका रूपमा हेर्छन् ।’
एउटै पोजमा हलचल नगरी घनटौं बस्नु कष्टकर हुन्छ । कहिलेकाहीँ त रिंगटा पनि लाग्छ । ‘मलाई एकदम शारीरिक पीडा हुन्थ्यो । कुहिनाले भुइँमा टेकेर सुत्नु या कुनै आसनमा लामो समयसम्म बस्नु कम्ती पीडादायी हुँदैन । नाडी कटकटी खान्छ भने कम्मर बेस्सरी दुख्न थाल्छ ।’
लाइफ मोडेलको जीवनमा सबभन्दा सुखको क्षण त्यतिखेर आउँछ जतिखेर उनको चित्र या उनको शरीरलाई हेरेर बनाइएको चित्र चर्चित हुन्छ । एक कलाकार साराहका केही नग्न तस्बिर एकजना रइस कलापारखीलाई बेच्न सफल भए । उनको यौटा तस्बिर त प्यारिसको एक ग्यालरीमा प्रदर्शित छ । ‘आफ्नो चित्र त्यहाँ देख्दा मलाई साह्रै खुसी लाग्यो । मेरो कलात्मक चित्रले मानिसलाई आनन्द दिइरहेको छ ।