परिभाषामा नपरेकी उनी

रात्री बसको सिटबाट उठेर हिड्नेबेलामा कागजको सानों टुक्रा हातमा थमाउँदै पुलुक्क मुखतिर हेरेर आफ्नों सिटमा फर्किन् उनी।
ट्याक्सीमा पोका पन्त्यौरा खादेर कलंकी बस स्टैण्ड छाड्दै आफू बसेको कोठातिर हुइकिए“। टुक्रा खोलेर पढें —“भोली बिहान ठीक १० बजे फोन नं. ... मा फोन गर्नुहोला।” दोहोर्‍याइ तेहेर्‍याइ पढेर खल्तीभित्र सम्हालेर राखें। कोठामा पुगेपछि संचो नभएको वाहाना ओछ्यानमा पल्टिए“। भोली पल्टको दश बजेको पर्खाइ मेरो लागि जुगौं भयो।
स्नातक तहको पढाईसकेपछि मैले काठमाडौं गएर पढ्ने निधो गरें। क्याम्पस छोडेपछि उनीसँगका भेटघाटपनि पातलिए। काठमाडौं आउनेबेलामा पनि भेट भएन। मध्यम परिवारमा हुर्किएको हुनाले काठमाडौंमा जागीर खाएर मात्रै पढाईलाई निरन्तरता दिन सकिने मेरो वाध्यता थियो। दशैंको छुट्टीमा उनको घरमा गएको थिएँ। ममता अलि फुसि्रएजस्तो लाग्यो। पुर्‍याउन अलि वरसम्म आइन्, तर खासै कुराकानी भएनन्। मायाका अनुरागहरु

चिहानमा सपनाहरू

लोग्नेको लासलाई हल्लाउँदै विक्षिप्त अवस्थामा श्रीमती प्रश्न गर्छ "तिमीलाई मर्ने सोचाइ थियो भने किन मलाई बिहे गरेर भित्र्यायौ ? किन बिहे गरेर बच्चा समेत जन्माउन लगायौ ? किन ? किन ?? हृवाँ.....।"
उसको श्रीमान्ले आत्महत्या गरेको थिएन । इच्छामृत्यु नगर्नेहरूलाई मरेवापत् गाली गर्नु भनेको भोकालाई खान नपाएवापत् गाली गर्नुजस्तै हो । तर, तनावले चेतना हराएकी उसकी श्रीमतीले यी कुनै कुरा बुझ्ने सम्भावना नै थिएन । उसलाई श्रीमान् जीवित हुँदाको समयको वाचा, सपना र एकिकृत जीवनको बाटोको मात्र याद थियो सायद । सपना भङ्ग हुनुको पीडा थियो उससँग । सपना भङ्ग भएपछि मानिस योजनाविहीन बन्छ । आफूले टेकेको जमिन भासिँदैं जान्छ, हरियाली क्रमशः डढेलोमा परिणत हुन्छ । माइला मुर्मुको जीवनको अन्त्य भएपछिको क्षणमा मैले यस्तै सोचलाई खोलाइरहेको थिएँ । उसकी श्रीमतीका लागि गोली लागेर क्षतविक्षत अवस्थाको लाश अप्रत्याशित थियो । तर, अव्यवस्थित विद्रोहको परिणाम अघिल्लो साँझ नै गाउँमा फैलिएकोले हामी अन्य गाउँलेहरू माइलाको हत्या/मृत्युभन्दा

चिसोपानी एउटा सुन्दर कैदी

हिमालयको अनुपम दृष्य आँखाबाट अटुटरूपले लहरिरहन्छ तवसम्म जब कोही पुग्छ चिसोपानी । काठमाडौँवासी कमैलाई थाहा छ चिसोपानीको सौन्दर्य बारेमा । महाकवि देवकोटाले 'सुन्दरीजल' माथि काव्य रचना गर्नु भयो । अपसोच उहाँ चुक्नु भयो सुन्दरीजलदेखि चौध किलोमिटर उत्तर तर्फको पर्वतीय थुम्को चिसोपानी अज्ञात रह्यो। जहाँबाट दर्जनौँ हिमश्रृङ्खलाहरू आँखा नथाकुन्जेल सम्म हेरिरहन पाइन्छ । एक पछि अर्को गर्दै पत्र-पत्र ढिकैढिकाका साङ्लाहरू बाँधिएको जस्तो देखिन्छ । जहाँ सूर्यको प्रथम किरणले आँखाभरि सुन्तला भर्छ र लम्किरहन्छ मध्यान्नको रफ्तारमा । धेरैलाई ज्ञान छ नगरकोटको प्रसङ्ग, भेँडेटारको स्मृति, गोसाइँकुण्डको बाटो, ककनीको यात्रा तर संयोगले चिसोपानी टेक्नेहरूलाई त्यहाँको सौन्दर्यसास्त्रबारे सोच्नेहो भने आश्चर्य लाग्न सक्छ । समुद्र सतह देखि बहत्तर सय फिट उँचाइमा रहेको चिसोपानी हिम पर्वतहरूले घेरिराखेको सुन्दर कैदी झैँ टुपुक्क बसिरहेको देखिन्छ । शिवपुरी राष्ट्रिय निकुञ्जसँगैको उत्तरी मोहोडामा अवस्थित यस ठाउँमा मान्छेहरूको आवतजावतको कहिले देखि भयो यकिन बताउन गाह्रो छ । तर बसोबासको हिसाबले सो क्षेत्रमा पहिलो पल्ट भकारी गोठ हालेर बसेको कथा स्थानीय वासिन्दा बलदेव केसीसँग छ । उहाँले पछि गएर सो क्षेत्रमा थप बस्तीको विस्तार समेत गर्नु भयो। उहाँ भन्नु हुन्छ - "हेर्नुस् म चालिस साल तिर यहाँ आउँदा थोरै

A Marriage Story

Once, beneath the moon, there lived a fisherwoman and her husband. They lived in a small hut by the sea, and they had lived there for many years. But somehow, they weren't happy.
It wasn't that they disliked each other; they were as comfortable together as they could hope. The sex was great. And it wasn't that they were sick of each other, either, because for half the year, in the fishing season, the fisherwoman was out on the sea; and half the year she sat at home and mended her nets. They were married both ways, but neither way were they happy.
Sometimes they talked about this problem, and sometimes they