काँच सरह भएको सेक्स

हाम्रो सामाजिक परिवेशमा महिलाहरूमाथि सानो उमेरमै उनको इज्जतनराम्रो हो, पाप हो जस्ता भावना थुपारिन्छ । सही जानकारी सही ढंगबाट प्राप्त नहुनाले उनीहरू सहवासलाई लिएर एक किसिमको अपराधबोध, ग्लानी वा हीनताको भावना पाल्छन् र यौवनावस्थासम्म आइपुग्दा पनि यो हीनता यथावत् रहन्छ । त्यतिबेला शरीरमा बढ्ने हार्मोन्सले आफ्नो प्रभाव देखाउन थाल्छ र पूरा शरीर स्पर्शलाई लिएर अत्यधिक संवेदनशील हुन्छ । जहाँ एकातिर स्पर्शको कामना बढ्दै जान्छ, त्यहीं अर्कातिर पुरुषको सामिप्यबाट मनमा डर उत्पन्न हुन्छ ।
रहस्यमय अनुभूति
अधिकांश नवयुवक विवाहपश्चात् शारीरिक सुख प्राप्तिको मानसिकता राख्छन् । श्रीमतीलाई सुखको आभास प्रारम्भ

हुनुपूर्व नै सबै कुरा सकिएको हुन्छ । चरम सुखको अनुभूति जीवनको आन्तरिक र रहस्यमय पक्ष भएकाले यस विषयमा उनले अरूसँग सोध्न पनि सक्दैनन् । सोध्ने स्थिति भए पनि उत्तर आइहाल्छ भन्ने अवस्था पनि कमै रहन्छ । धैर्यता अँगाल्ने, प्रतीक्षा गर्ने, सबैसँग सबै कुरा ठीक भैहाल्छ भन्ने सल्लाह र परामर्श बढी पाइन्छ । सही जानकारीको अभावमा उनीहरू गलत मान्यता र धारणाहरूको सञ्जालमा फस्न पुग्छन् । पुरुषले के कुरा बुझ्नुपर्छ भने आन्तरिक सम्बन्धमा महिलाको अनुभव पुरुषको जस्तै प्रारम्भ भएर तुरुन्तै सकिँदैन । तिनमा बिस्तारै प्रारम्भ हुने र लामो समयसम्म प्रेमको आदान-प्रदान भैरहोस् भन्ने चाहना हुन्छ । जति स्वतन्त्रतापूर्वक पुरुषले आफ्नो शरीरका माध्यमबाट प्रेम प्रदर्शन गर्छ त्यति नै उसलाई प्राप्त होस् भन्ने चाहना उनमा रहन्छ तर उनले त्यो अवसर प्राप्त गर्दैनन् । यही कारणले गर्दा अधिकांश महिलाको जीवनमा चरम सुखको अनुभव जहिले पनि रहस्यमय रहन्छ । अधिकांश पति-पत्नी यस विषयमा कुराकानी पनि गर्दैनन् ।
कैयन् व्यक्तिमा चरम सुखका सम्बन्धमा अनेकन भ्रान्ति पाइन्छ । चलचित्रको पात्र वा पोर्नो चलचित्रका दृश्य वा सस्ता खालका किताब, पत्रपत्रिकामा विकृत रूपमा प्रस्तुत गरिएको जानकारी यसको कारण हुन्छ । विवाहित संगिनीद्वारा प्रभाव जमाउन बढाई-चढाई गरी व्यक्त गरिएका अनुभवका कारण पनि मनमा डर जन्मन्छ— के उनी आफू पनि संयम गुमाउँछिन् ? के उनी पनि आउट अफ कन्ट्रोल हुन पुग्छिन् ? के उनीबाट आवाज निस्कन्छ ? के उनलाई पनि अद्भूत आनन्द महसुस हुन्छ ? यी भयका कारण कैयन् महिला आफ्ना उत्तेजनात्मक अनुभव रोकेर राख्न बाध्य हुन्छन् । पतिका सामु आफ्नो इमेज खराब नहोस् भन्ने डर महिलामा हुन्छ तर वास्तविकता के हो भने यदि श्रीमती आफ्नो मनबाट डर निकाल्न सक्षम भए श्रीमान्बाट पनि सहयोग प्राप्त हुन्छ र जुन चरम सुख मात्र १५ देखि २० प्रतिशतको उचाइमा अनुभव भएको थियो त्यो शतप्रतिशत हुन पुग्छ । कैयन् अवस्थामा महिला स्वयं आफूलाई के कुराले उत्तेजित गर्छ भन्ने कुरा बुझ्न सक्दैनन् । अतः आफ्नो उत्तेजनाको विन्दु थाहा पाउनुपर्छ र त्यसलाई श्रीमान्समक्ष व्यक्त गर्नुपर्छ । यसबाट फोरप्लेमा सहजता एवं सुविधा प्राप्त हुन्छ ।
सही जानकारी आवश्यक
कैयन् अवस्थामा श्रीमान्-श्रीमती दुवैलाई एकैपटक चरम सुखको अनुभूति हुँदैन तर यसले धेरै फरक भने पार्दैन । महिलालाई एकभन्दा बढीपटक चरम सुखको अनुभव हुन्छ । यस विषयमा महिला सजग हुनुपर्छ र यसलाई सुखद् अनुभव गर्नुपर्छ । मातृत्वको सुख प्राप्त भैसकेपछि महिलामा सहवासप्रति रुचि हुँदैन भन्ने कुरा पनि गलत हो । वास्तवमा शिशुको जन्मपश्चात् चरम सुखको इच्छा अझ बढ्छ किनभने गर्भावस्थापछि योनीमा रहेको नर्व एन्डिङ बढी संवेदनशील हुन्छ । महिला आफूले जे अनुभव गछिर् न् त्यसका सम्बन्धमा उनलाई ज्ञान हुनुपर्छ र यसका बारेमा जान्नु आवश्यक छ । कुन रूपमा र कसरी आफू ‘अन’ हुन्छ र कुन रूपमा हुँदैन, जानेर आफ्नो सुखलाई बढाउनुपर्छ । स्वयंसित प्रेम गर्नु र आत्मस्वीकृति वैवाहिक जीवनको महत्त्वपूर्ण पक्ष हो । यौन सम्बन्धमा आफ्नो सुखप्रति धेर-थोर स्वार्थी हुनु नराम्रो होइन । वैवाहिक जीवनको प्रारम्भिक समयमा नवयुवाहरू श्रीमतीलाई आफ्नो यौनसुखको साधन मान्छन् तर समय वित्दै जाँदा तिनमा जिम्मेबारीको अनुभूति बढ्छ र उनीहरू आफ्नी श्रीमतीको सन्तुष्टिलाई लिएर अघि बढ्ने प्रयास पनि गर्छन् ।
यो कुरा आश्चर्यजनक लाग्न सक्छ तर वास्तविकता के हो भने कैयन् महिलालाई वैवाहिक जीवनको लामो समयपछि पनि चरम सुखका बारेमा समुचित र सही जानकारी हुँदैन । अधिकांश पुरुष पनि महिला सन्तुष्टि र अनुभवका बारेमा जान्ने-बुभmने प्रयास गर्दैनन् । दुविधा तथा लाजका कारण अधिकांश महिला यो अनुभवबाट वञ्चित रहेको पाइन्छ । उनीहरू पढ्छन्, सोंच्छन् तर के हुन्छ, कसरी हुन्छ भन्ने बुझ्दैनन् किनभने यसलाई अभिव्यक्त गरेर बुझाउन सकिँदैन, अनुभव र अनुभूतिबाट मात्र महसुस गर्न सकिन्छ । ६ वर्ष पहिले विवाह बन्धनमा बाँधिएका ३० वषर्ीया सीमा र ३५ वषर्ीय समिर डाक्टरकहाँ जाँदा समिरमा केही शारीरिक कमी भएको र आफ्नो वैवाहिक जीवन सन्तुष्टदायक नभएको गुनासो सीमालाई थियो । सम्पूर्ण टेस्ट र एक-दुई सेसनपश्चात् समिरको प्रेम र क्षमतामा कुमै कमी नभएको कुरा पुष्टि भयो । शारीरिक सम्बन्धको सम्पूर्ण कुरा सामान्य देखियो । त्यसपछि भने सीमाको संकोचमा कमी आयो । उनी खुलेर कुरा गर्न थालिन् । कुराकानीका बखत उनले भनिन्- उनको नजिकको आफन्तले बताएअनुसार चरम सुख तब प्राप्त हुन्छ जब सर्बिकसमा भएको युट्रसको टिपमा टप प्राप्त हुन्छ । ६ वर्षको अनुभवमा जुन सुखद् अनुभूति सीमालाई भैरहेको थियो, त्यसलाई इन्जोय गर्नुको साटो उनी त्यो काल्पनिक आनन्दको प्रतीक्षा गरिरहेकी थिइन् जुन निराधार थियो । वास्तविकता के हो भने योनीको एक तिहाइ भाग मात्र संवे दनशील हुन्छ । यसैगरी लिंगको आकारका सम्बन्धमा पनि कैयन् भ्रान्ति छन् । संवेदनशीलता योनीको एक तिहाइ भागमा नै हुने भएकाले सेक्स पोजिसनमा सामान्यभन्दा छोटो आकारको लिंगले पनि चरम सुख प्रदान गर्न सक्छ ।