कम्प्युटर के हो ?

कम्प्युटर शब्द ल्याटिन शब्दको कम्प्युटिङबाट भएको हो। यो साधारणतया हिसाब किताब गर्ने मेशिनको रुपमा जन्मदै आएको हुँदा यसलाई कम्प्युटर नामकरण गरिएको हो। यसलाई विधुतीय उपकरणको रुपमा परिभाषित गर्न सकिन्छ। यो विधुतीय प्रभाबबाट संचालन हुन्छ र उसबाट विभिन्न प्रकारका कामहरु गर्न सकिन्छ। आवश्यकता नै आविष्कारको जननी हो भन्ने कुरालाई मनन गर्दै आफ्नो आवश्यकताको खोजी गर्दा गर्दै मानिसहरुले सर्बप्रथम हिसाब किताब सम्बन्धी सही तथ्यांकको खोजी गर्ने क्रममा इशापूर्व ३५०० तिर Abacus भन्ने साधारण काठको तथ्यांकमा प्रयोग हुने साधनको अविष्कार गरी आफ्ना साधारण हिसाब किताबहरुको काम गर्न थालेको पाइन्छ। यसैको विकसित रुप हुदै सन् १६१४ तिर बेलायतका वैज्ञानिकहरुबाट Amount Calculation सम्बन्धी मेसिनको आविश्कार गरे भने सन् १६२० मा नै फेरि बेलायती वैज्ञानिकहरुले Slider Rules को आविश्कार गरि यसलाई अगाडि बढाएका थिए।
अहिलेको २१ औं शताब्दीलाई सूचना तथा सञ्चार प्रविधिको युग पनि भनिन्छ। विश्व हाल सूचना प्रविधिकै आडमा बाँचेको छ भन्न कर लागेको छ। हालको विश्व ब्यापार, वाणिज्य, उधोग, शिक्षा, विज्ञान आदि क्षेत्रमा सुचना प्रविधिले एकलौटी अधिकार जमाउन थालेको छ। सन् १९६९ तिर सूचनालाई सुस्पष्ट, सुरक्षित अति द्रूतगतिमा ओसार प्रसार गर्न अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अध्ययन अनुसन्धान पश्चात स्पष्ट रुपरेखा तयार पारी आफ्नो सन्जालमा रहेका सम्पूर्ण कम्प्यूटरहरुसँग सूचनाको आदान प्रदानको सुरुवात गरे। यही सञ्जालनै हामी आज सूचना सञ्जालको रुपमा प्रयोग गर्दैछौं। त्यसताको शिक्षा क्षेत्र अनि विश्व विध्यालयहरुले मात्र सीमित रुपमा यसको अनुसन्धान र अनुगमन गर्दथे। सन् १९७९ को ब्यक्तिगत कम्प्युटरको वि.सी विकाससँगै सूचना सन्जालको वृद्धि विकासमा नयाँ आयाम आएको पाईन्छ।
कम्प्युटर के हो त? डिजीटल साधान अर्थात विद्युतबाट चल्ने इलेक्ट्रोनिक साधान हो जसको माध्यमबाट विभिन्न किसिमका तथ्याङ्कहरुलाई प्रोसेस गर्ने काम गरिन्छ। वर्तमान अवस्थामा कम्प्युटर हेर्दा साधारण लागे पनि त्यसभित्र हुने प्रोसेसिङ् प्रणालीबारे कसैलाई थाहा नहुनसक्छ। मोनिटर, किवोर्ड, सिस्टम युनिट, मेमोरी, प्रोसेसर, कन्ट्रोल युनिट, लजिकल युनिट, माउस, प्रिन्टर, स्क्यानर जस्ता साधानलाई साधारणतया समग्रमा कम्प्युटर युनिट भनिन्छ। यीबाहेक अन्य कम्प्युटर सम्बन्धी साधनहरु पनि हुन्छन्। यस्ता फिजिकल साधानहरु नै कम्प्युटर हार्डवेयर हुन्।
हार्डवेयरमा प्रयोग हुने सम्पूर्ण सामाग्रीहरु ईलेक्टिक र ईलेक्ट्रोनिक्स नै हुन। सिसलकन र जमैनियम धातुबाट बनेका ईलेक्ट्रिक सर्किटहरुको समिश्रणबाट नै चिप्सहरु निमार्ण भएका हुन्छन्। सिलिकन धातुबाट विभिन्न किसिमका ट्रान्जिटर र डायोडहरुको संयोजनबाट तयार हजारौवटा लोजिकल गेट्सहरुको तयारी रुपमानै आई सी चिप्स भनिन्छ। धेरै किसिमका आई सी चिप्सहरुको संमिश्रणबाट नै कम्प्युटिङ प्रणालीको रुप तयार हुन्छ। यी विभिन्न किसिमका आई सी चिप्सलगायत अन्य चिप्सहरुमा ईलेक्ट्रिकबाहेक अन्य कुनै पनि कुराहरु हुदैनन्। मोनिटर किवोर्ड माउस प्रिन्टर स्क्यानर सिस्टम युनिटभित्रका विभिन्न यसनिट कन्ट्रोल लोजिकल युनिटहरु जस्ता साधनहरु प्रयोग हुने चिप्सहरु आई सी नै हुन्।
यिनै आई सी चिप्सहरुलाई सञ्चालन गर्नका निमित्त अन्य विभिन्न ईलेक्ट्रिकल प्रणालीहरुको पनि प्रयोग भएको हुन्छ। यी नै विद्युतीय प्रणालीहरुको आपसी मिलनबाट नै कम्प्युटर चलिरहेको हुन्छ। यी हार्डवेयरहरुलाई सक्रिय गराउनको लागि सफ्ट्वेयरको आवश्यकता पर्दछ। हार्डवेयर र सफ्टवेयर एकअर्कामा निहीत भएका हुन्छन्। कम्प्युटर हार्डवेयरहरुलाई एक अर्कासँग मितेरि गास्ने सिस्टमलाई नै सफ्टवेयर भनिन्छ। अहिले विश्वमा चर्चित रहेको ईमेल र ईन्टरनेटलाई पनि एउटा सफ्टवेयरको रुपमा लिन सकिन्छ।
परिचित रुपमा मिलाएर राखिएको ईलेक्ट्रिक सर्किटहरुलाई सफ्टवेयरले सुक्ष्म तरिकाले एक अर्कासँग जुधाँएर बनाएको हुन्छ। ती सुक्ष्म करेन्टहरुलाई चिन्नको लागि वाइनरी नम्बर दिएको हुन्छ र त्यही बाईनरी नम्बरहरुको जोड घटाऊ गुणन भागबाट नै विभिन्न किसिमका स्पटहरु दिइएको हुन्छ। त्यही सफ्टवेयरले हार्डवेयरलाई काम लगाउने गर्दछ।
कम्प्युटरको अत्यन्त संवेदनशिल र महत्वपूर्ण अंग हो। सिष्टम युनिटिभित्रका मुख्य सामानहरु यस प्रकार छन्।

मदरबोर्डः
यसलाई कम्प्युटरको जग भने पनि हुन्छ, यो अतिनै सुक्ष्म मसिना तारहरुको जाल हो ,यो मसिना तारबाट विद्युत सप्रेषण भएर कार्य सम्पादन गर्दछ। यस वार्डमा प्रोसेसर र्‍याम चिप्स डिस्पेकार्ड मोडेन कार्ड कन्ट्रोलर कार्ड, टि भी कार्ड साउन्ड कार्ड प्रिन्टर पोर्ट हार्ड डिक्स, फयोपि डिक्स, सिडी डाईभ कन्ट्रोलर पोर्टहरु हुन्छन्।

प्रोसेसरः
यसलाई कम्प्युटरको मुटु भने पनि हुन्छ। अर्थात कम्प्युटरको अतिनै आवश्यक र संवेदनशिल अंग नै प्रोसेसर हो। कम्प्युटरका लागी विभिन्न निर्देशन अनुसार कार्य सम्पादन गराउने मुख्य अंग नै यहि हो।

र्याम चिप्सः
कम्प्युटर संञ्चालन भइृरहेको बेलामा दिइएको निर्देशनहरुलाई स्मरण गर्ने कार्य यसले गर्दछ। हामी दिएका निर्देशनहरु ठिक छ छैन सम्झेर कार्य सम्पादन गर्छै तर कम्प्युटर बन्द गरि सकेपछि यसको स्मरण शक्ति स्वत बन्द हुन्छ अथवा मेटिएर जान्छ।
हार्ड डिक्स ड्राईभ:
यो कम्प्युटरमा नभै नहुने साधनमा पर्दछ, यसमा कम्प्युटर संञ्चालन गर्नका लागि चाहिने प्रोगामहरुसाथै हामीले सम्पादन गरेका कार्यलाई भण्डार गरि राखिन्छ। हार्डडिक्समा राखेका प्रोग्रामहरुले कम्प्युटर संचालन गर्दछ र यँहा राखिएका एप्लिकेशनहरुबाट डाटा संशोधन गरि हामीले आफ्नो आवश्यकता अनुसारको कार्य सम्पादन गर्दछौ। यसको डाटा भण्डार गर्ने शक्ती धेरै हुन्छ।

अन्यः सि डी डाईभ, साउन्ड कार्ड, भोडेन कार्ड, टि भी कार्ड,पावर सप्लाई
****

सूचना सञ्जाल अर्थात इन्टरनेट

न्टरनेटको सुरुवात अमेरिकी संस्था रक्षा मन्त्रालय पेन्टागनले ई.वि. सन् १९६९ मा गरेको हो । यद्यपि यसलाई इन्टरनेट भन्ने शब्द सन् १९८२ बाट मात्रै नामाकरण गरिएको हो । अमेरिकी प्रतिरक्षा तथा सैनिक क्षेत्रमा नेटवर्किङ स्थापना गरेको प्रोजेक्ट हो, जसका लागि सन् १९६९मा डिपार्टमेन्ट अफ डिफेन्स भन्ने त्यतिबेलाको अमेरिकी सरकारी विभागको खर्च ब्योहोरेको थियो । सन् १९७० मा अमेरिकाका ३ यूनिभर्सिटी र १ रिसर्च सेन्टरका गरी ४ वटा कम्प्युटर मात्र नेटवर्कमा थिए ।

त्यहीबेलाटेलनेट भन्ने कम्प्युटर सफ्टवयर को सहायताले सूचना आदान-प्रदान हुन्थ्यो । त्यसताका शिक्षा क्षेत्र अनि विश्व विद्यालयहरुले मात्र सीमित रुपमा यसको अनुसन्धान र अनुगमन गर्दथे ।
सन् १९७९ को व्यक्तिगत कम्प्युटरको विकाससाग सूचना सन्जालको वृद्धि विकासमा नयाा आयाम आएको पाईन्छ ।
सूचना प्रविधिको व्यापकतालाई समेट्नलाई अब सूचना तथा सञ्चार प्रविधिले मात्र नपुग्ने भई सूचना, सञ्चार अनि मनोरञ्जन प्रविधिको रुपमा समेत अहिले लिने गरिन्छ । तर पनि पूर्वाधारको रुपमा यही सूचना सञ्जाललाई नै यसले आत्मसातसमेत गरेको पाइन्छ ।
दुई वा दुईभन्दा बढी कम्प्युटरलाई इन्टरफेस कार्डमार्फत एउटै स्थानमा जोडेर सूचना वा डाटाहरु सहभागी हुने प्रक्रियालाई लोकल एरिया नेटर्वक भनिन्छ । दुई नेटर्वक वा कम्प्युटरहरु भिन्न स्थानसाग जोड्ने प्रक्रियालाई वाइड एरिया नेटवर्क भनिन्छ । यसरी विभिन्न स्थानमा रहेका कम्प्युटरलाई प्रयोग गरी विभिन्न सूचनाहरु दिने लिने प्रविधिलाई सूचना सञ्जाल भनिन्छ ।
यसरी सूचना सञ्जालमार्फत विभिन्न व्यापारीका सूचनादेखि सामाजिक सन्देश, संरचना अनि सहयोगको आदान-प्रदान लिन वा दिन सकिन्छ । यस्तो सेवाको लागि वल्र्ड वाइड बेव साइटहरुको निमार्ण गरिएको हुन्छ । यसमा प्रवेश गर्ने वेब पेजहरुको आफनो सूचनाहरुलाई पस्किन जान्नु पर्दछ ।
आधारभूत रुपमा वेब पेज डिजाइन हाइपर टेक्स्ट मार्कअप ल्याङ्वेज (HTML) मा लेखिन्छ । विकास क्रममा सिधै (HTML) मा आफै प्रोगाम लेख्न नपर्ने गरी वेव पेज डिजाइन गर्ने विभिन्न ज्यावल (Tools) हरुको विकास भइसकेको छ । ती मध्ये Dream weaver, flash, ultramodern आदि Tools हरु चलन चल्तिमा रहेको पाइन्छ ।