यो समाज : हरेक पुरुषकी स्वास्नी एउटा बेश्या


” ऐया ..ऐया ….मलाई नकुट ..ऐया…मलाई छोडी देओ ….” यस्ता क्रन्दनपूर्ण चित्कार संगै हृदयमा डर, त्रास अनि एक्लोपनका अनुभूति माझ करिब ५ बजे बिहान मेरो नीद्रा खुल्यो | टाउको भारी भइरहेको थियो; हृदयमा ठूलो बोझ थियो |  केहि बेर बेड मै बसेर सोचे | ‘किन यस्तो सपना आयो होला ? मलाई कसै संग डर भय त थिएन | मलाई सबैले माया गर्छन | फेरि किन त्यस्तो सपना आयो होला ?’ अनि सम्झिए – केहि दिन अगाडी रत्नपार्कमा एक जना महिलालाई केहि नारी भक्षी पुरुषहरूले कुटे | ती महिलालाई निर्वस्त्र पारे बीच सडकमा | कता कता ती महिलासंग मेरो आत्मीयता गासिएको थियो| तिनको नग्नता संगै मैले आफु पनि नागिएको महसुस गरे| मान्छेका भिडमा मैले पनि आफुलाई एक्लो पाए | मेरो पनि आत्मस्वाभिमान मा ठेस पुग्यो|
मनमा अनेकथरी कुराहरु खेल्न थाले | अहिले तिनी कहा होलिन?