नयाँ पुरानो वर्ष

आजभन्दा २०६६ वर्ष अघिको कुनै दिन भारतवर्षका उज्जैनीका नरनारी नवसम्राट विक्रमादित्यका नाउँबाट ३६५ दिने पात्रोको थालनी गर्दैथिए होलान्। कल्पना गर्छु, उज्जैनी राजप्रासादका ताबेदारले सुगन्धित मसीको भाँडोमा मयुरपँखी कलमको चुच्चो चोबल्दै पीपलको पातमा बडो गर्वसाथ पहिलोपटक लेखेहोलान्, .....श्री विक्रमाब्द प्रथम साल महिना गते, बार। नेपालमा लिच्छवीकालदेखि नै औपचारिक शक संवत्सँगै चलनचल्तीमा रहेको विक्रमसंवत्, १९५८ वर्षपछिमात्र औपचारिक प्रयोग हुन थालेको विभिन्न सन्दर्भसामग्रीबाट पुष्टि हुन्छ। नयाँवर्ष छेक पुरानो वर्ष त बितिगो, अब नयाँवर्षभरि के कस्ता उत्तरआधुनिक अक्षर, ध्वनी र दृश्यका सामना गर्नुपर्ने हो भन्ने एउटै प्रश्नले दिमाग खान्छ।
आफ्नासँग मिलेर दुःखजिलो गर्दै बाँडीचुँडी भाग लाउन, ख्यालठट्टामा रमाउन, तथा प्रेमबात्सल्यका भावले छुन छोईन कसैले कसैलाई सिकाउन पर्दैन। विषधरसँगको लाप्पापश्चात् कुन झार चबाएर वा जीउमा दलेर उत्निखेरै विष मुक्त होइन्छ भन्ने न्याउरीलाई प्रकृतिले