म जन्मदा

म जन्मदाको
त्यो शुन्य समयमा
यो शुन्य मस्तिष्कले के सोच्यो होला ?
शुन्यतालाई चिर्दै रोएथे रे ।
दुनियाँ चिहाएको
त्यो पहिलो क्षण
यी आँखाहरूमा कहाँको प्रेत लाग्यो होला ?
भयभित भई रसाएथे रे ।
आखिर,

अलिखित पानाहरु

कसै गरि पनि फुकाउन सकिएन यो धमिलिएको मनलाइ। नेपाल छोड्ने बेलामा उसले भनेकै थियो 'एकदिन तिमीलाइ महसुस हुनेछ अहिले जुन दौडमा तिमी जिबनलाइ नापीरहेछौ, त्यो ब्यर्थ हुनेछ। तेतिखेर तिम्रो जिबनको महत्वपुर्ण समय बितिसकेको हुनेछ।' उसको भनाइ कति ठिक थियो वा बेठिक, मैले अझै बुझेकि छैन तर म त्यो दौडमा कहिँ पुग्न सकिन। अब त हिंड्ने सामर्थ्य पनि छैन मलाइ। एक फड्का मारिएको जिबनमा केहि चाहना नभएपछि शायद उसले भनेको निरथर्क समय येही हुन सक्छ। हरेक बिहान खुशी हुने प्रयाश र हरेक साँझ भोलीको नयाँ बिहानीलाइ देख्ने कल्पनामा मनलाइ सम्झाउन