धन को महातम्य र कमाउने दुई काइदा

कमाउने , धनी बन्ने , शौख गर्ने इच्छा कस्लाई हुन्न ? शुख शान्ती संबृधी को एउटै आधार खट खट सर सर सर सर गर्ने नोट धन सम्पत्ति उफ कस्ले गर्न सक्ने यस्को बर्णन हज्जार भएका शेस नाग ( कहिल्यै नदेखेको ) , ४ मुखे ब्रह्मा , तीन आखे महादेब , धन कि देबी लक्ष्मी को पती भएर पनि दुई आना जमिन नपाएर समुन्द्र मा बस्न पुगेका बिष्णु ले पनि नसकेका धन को महातम्य को बर्णन मैले के गर्न सकौला ?
त्यस्तो महातम्य बोकेको धन कमाउने काइदा खोज्न दुई चार आफन्त दस बिस साथी हरु को मा दौडियो हे बताइ देउन धन कमाउने काइदा भनेर उह त्यस्तो काइदा कोइ पनि बताउदैन रैछन । एक जना मित्र थिए पुतली सडक मा साइकल मर्मत पसल खोलेका । आफु बिहान बेलुका सरकारी नोकरी खाएर एक हात ले टोपी ले पसिना पुछ्दै एक हात ले सुरुवाल को इधार समात्दै सरकारी नोकरी गर्दै कुद्ने मनुवा । सरकारी कर्मचारी भएको गन्ध पाएछन र आँखा जुद्धा नमस्कार पनि भन्द्थे । कहिले काही चिया पनि खुलाउथे । आफ्नो जुत्ता को तलुवा फुस्के को फेर्न सकेको छैन उन्को त एक दुई बर्ष मै मोटर साइकल , मारुति कार हुँदै कार बेच्ने सो रुम खोली सकेछन । एक दिन भिजिटिङ कार्ड सर भन्दै थमाइ दिये मोटा चिल्ला हुँदै गएका थिए उनी । त्यस पछी अर्को तलुवा फुस्कुन्जेल त्यहा देखेको थिएन । दुई बर्ष पछी उन्ले फाइनान्स होकी के जात को बैंक

के सुख, के दु:ख !-----------------श्रीओम श्रेष्ठ 'रोदन'

जसले जे सकै भनुन्, मान्छे समग्रमा मान्छे नै हो । जो जस्तो भए पनि, जसरी जीवन बाँचेको भए पनि, दुःख-सुखमा एउटै बन्छन् । अनुभूति एउटै हुन्छ । दुख्ने कुराले दुखेरै छाड्छ , हँसाउने कुराले हँसाएरै छोड्छ । दुःखको आँसु र सुखको हाँसोमा अन्तर हुँदैन । हुन सक्दैन भन्छु । जसरी प्रकृतिका सिर्जनाहरु एकै भएर पनि त्यसप्रतिको दृष्टिकोण फरक-फरक भए जस्तै मात्र हो । मलाई त्यस्तै अनुभूति गरायो त्यस दिन । जुन दिन देशभरि तिहारको झिलिमिली चलिरहेको थियो । प्रत्येक घर आ-आफ्नो गच्छे अनुसार दिपमालिकाले सिंगारिएका थिए । बाटोहरु बत्तिले सिंगारिएका थिए, मान्छेहरु सबै उज्याला देखिन्थे, प्रत्येकका निधारमा भाइटीकाको टीका, कसैका निधारमा रातो टीका, कसैकोमा सप्तरङ्गी । आ-आफ्नो घरमा खाएर, खेलेर पर्व मनाएर व्यस्त थिए ।
पाटन अस्पतालको परिसर व्यस्त थियो । सबै आ-आफ्नो विरामी प्रति चिन्तित थिए । आपतकालीन विरामीहरु संगै डाक्टरहरु व्यस्त बनिरहेका थिए ।
एउटी युवती नजिकैको वेडमा लम्पसार परिरहेकी थिईन्, अर्ध चेत अवस्थामा, वरिपरि आफन्तहरुले

ल्हासा टु सिनिङ----------- भोजराज भाट

आर यू पाकिस्तानी ?" रेलको बार्‍हौं डिब्बातिर लाग्दै गर्दा एक चिनियाँ युवतीले टुटेफुटेको अङ्ग्रेजीमा प्रश्न गरिन् । "नो..नो.. फ्रम नेपो" । कस्तो अनौठो ! नेपाल भन्दाखेरि कोही नबुझ्ने । 'ल' उच्चारण नगरेर नेपो मात्र भनेपछि बल्ल उनले नेपाली ठम्याइन् । अनि मैले रेलको टिकट देखाएर सोधेँ, "ह्वयर इज् माइ सिट ?" मुन्टोको इशारामा ती युवतीले त्यस डिब्बाको सबैभन्दा माथिल्लो सिट इंगित गरिन् । एकछिन त पर्‍यो फसाद ! पहिलो पटक रेल चढेको मान्छे, त्यसमाथि विश्वकै सबैभन्दा उच्च भूभागको रेलयात्रा । कसरी जाने हो आफ्नो सिटमा ? मैले रेलको मेसो नपाएको देखेर होला, चिनियाँ युवतीले छेउको बटनवाला खोपा निकालिदिइन् । त्यही खोपा-खोपा टेकेर तीन बेडमाथि जानुपर्ने रहेछ ।
हामी बसेको डिब्बा छ जनाको सिट रहेछ । एकापट्ट तीन र अर्कोपट्ट तीन । बीचको झ्यालतिरको किनारमा चियानास्ता खान मिल्ने चुच्चे आकारको टेवुल । मुल ढोकातिर मान्छे ओहोरदोहर गर्न मिल्ने बाटो रहेछ । त्यही बाटोसँगै जोडिएको भित्तामा फोल्डिङवाला टेवुलमा डिब्बाका यात्रुहरू बाहिरको दृश्य हेर्दै, चियाकफी लिएर बस्दा रहेछन् । यी सबै मेरा लागि नौला विषयवस्तु थिए । यसो हाम्रो डिब्बाको भूइतिर हेरेँ, त्यहाँ त तातोपानी राख्ने भाडो

एक पागलको डायरी--- मोमिला

मेरो देशको एक पतझड मौसम !
उकुसमुकुस सडक पार गरूँ भन्दाभन्दै रेडलाइट बलिहाल्यो । सुस्केरासहित सडकको वार िकिनारमै टक्क उभिएँ ।
मध्य चैतको घाम, बाफिलो सडक, हुरी र बतास । पुतलीसडकचोकमा बाटो क्रस गर्ने ध्याउन्नमा जेब्राक्रसिङ्नेर उभिएर म ग्रीनलाइट अधीरतासाथ पर्खन लागेँ ...। टाढाबाट बाढीले बगाउँदै ल्याएका वस्तुहरू कतै पर पुर्‍याएर किनारमा थुपारेजस्तै मेरापछि म उभिएको किनारमा एक निमेषको समयले बाटो पार गर्ने हूल मान्छे थुपारसिकेको थियो । म एकोहोरो ग्रीनलाइटको प्रतीक्षा गर्दै रहेँ ...। जब ग्रीनलाइट बल्यो, होडमा बाटो पार गरूँभन्दा त मसँगै उभिएको मान्छेको बाढी उर्लेर उहिल्यै रातो बत्ती छिचोल्दै