क्यान्सर ! क्यान्सर !! क्यान्सर !!!

क्यान्सरबाट बच्न त्यस्तो कुनै उपचार छैन जुन शतप्रतिशत प्रभावकारी होस् । तर, केही यस्ता पाइलाहरू छन् जसलाई पछ्याए तपाईं क्यान्सर हुने जोखिम कम गर्न सक्नुहुन्छ । विश्व स्वास्थ्य संगठन -डब्लूएचओ) का अनुसार विश्वमा बर्सेनि एक करोड २० लाख व्यक्तिमा क्यान्सरको लक्षण देखिन्छ । यस वर्ष भने क्यान्सरले मर्नेहरूको अनुमानित संख्या ७६ लाख छ । विश्वमै हुने हरेक आठ जनाको मृत्युमध्ये एउटा क्यान्सरले हुन्छ ।

क्यान्सरका दुई सयभन्दा बढी प्रकार छन् । प्रत्येकको आफ्नै नाम र उपचार विधि छ । डब्लूएचओका अनुसार विश्वव्यापी रूपमा पुरुषलाई क्रमशः फोक्सो, आमाशय, कलेजो, ठूलो आन्द्रा-मलासय, आहार नली र पौरुष ग्रन्थीको क्यान्सरले बढी सताउने गरेको छ । यस्तै महिलामा भने स्तन, फोक्सो, आमाशय, ठूलो आन्द्रा-मलासय र गर्भासय मुखको क्यान्सरको खतरा बढी रहन्छ ।