जहाँको त्यहीं छु

सानो छँदासँगै खेल्ने साथी

जीवन जिउने शिलशिलामा

कोही अमेरीका कोही जापान पुगे

कोही वाईसीएलका लिडर बनिसके

कोही यूथ फोर्सका हिरो वनीसके

तर म भने जहाँको त्यहींछु ।




लुत्ने ठाँउमा लुत्न पर्छ

झुक्ने ठाँउमा झुक्नु पर्छ

मौका आउछ पर्खीदैन

पाउने सबै घिच्नु पर्छ भन्ने साथीहरु

कोही आज वकिल वनिसके

कोही भन्सारका हाकीम वनि

ठाँऊ ठाँऊमा घर घडेरी जोडीसके

तर म भने जहाँको त्यहीं छु ।







भुक्ने ठाँउमा भुक्नु पर्छ

ढुक्ने ठाँउमा ढुक्न पर्छ

समय परिवर्तनसिल छ

हक र अधिकारको लागि मौकामिले

चक्काजाम गरेर सडकमै टायरबाली

माग्नु पर्छ अधिकार भन्नेहरु

आज कुनै सभासद वनिसके

कोही संगठन विभाग प्रमुख वनीसके

तर म भने जहाँको त्यहीं छु ।







सानो छँदा मेरो घरको काँक्रो चोर्ने

गहिरी गाँउको ठुले दाई

पल्लो घरको खसी चोरी

बजारमा बेचिदिने त्यही ठट्ठले दाई

आज व्यापारीहरुको पनि व्यापारी वनि

सोझो हातले नआउने घिउ बाँङ्गो गरी

टोल टोलमा संगठन बिस्तार गरी सकेछ

तर म भने जहाँको त्यहीं छु ।