आज पिएँ मैले..

हाँसो ठट्टा गर्दा गर्दै आज पिएँ मैले ।


छोप नछोप,तिम्लाई हात दिएँ मैले ।।

चाख्दा चाख्दै धेरै भयो प्रथमतः आज ।

अब खान्न,तिम्रो कसम लिएँ मैले ।।


दुःख र सुखमा,साथीहरु खाने गर्छन् ।

तिम्ले छोडे पछी त्यो साथ लिएँ मैले ।।

मुटु र मनको,कुनो सधैभरि बिझाउछ ।

बिझौन छोड्नेभए तिम्रोसाथ लिएँ मैले ।।

हासो ठट्टा गर्दा गर्दै आज पिएँ मैले ।

छोप नछोप,तिम्लाई हात दिएँ मैले ।।