सम्बाद कबिता: मृत्यु

उ आयो

अनि झस्कायो
फेरी चिच्याहटका साथ भन्यो
म आए,केबल तिम्रो लागी आय।


अब यो सन्सार तिम्रो रहेन
तिम्रै आफन्त आफ्ना भएनन
तिमि यात्रु भयौ
बाटो कठिन छ

बिस्तारै आउ
सुस्तारै आउ



ति दिनहरु सम्झ
जुन तिमिले मायामा बितायौ
ति पाईलाहरु सोच,
जाह तिमि हिडन डरायौ



सायद तिमि गलत थियौ
या तिम्रो जिन्दगी असफल थियो
पलहरु आज तिमि बिनाको छन
सम्बादहरु आज शुन्य हुन ।



तर अब चिताका रापहरु सगै
धुबा बनेर तिमि जलिरहदा
गुन्जयमान ज्वालामा बलिरहदा



केहि मानिसको झुण्डबाट
तिम्रो अस्थित्वका बाक्याङ्क्सहरु
तिम्रा लागी आशु बनेर झर्नेछन
बिगतका अस्तु र तथास्तुहरु