क्यान्सर ! क्यान्सर !! क्यान्सर !!!

क्यान्सरबाट बच्न त्यस्तो कुनै उपचार छैन जुन शतप्रतिशत प्रभावकारी होस् । तर, केही यस्ता पाइलाहरू छन् जसलाई पछ्याए तपाईं क्यान्सर हुने जोखिम कम गर्न सक्नुहुन्छ । विश्व स्वास्थ्य संगठन -डब्लूएचओ) का अनुसार विश्वमा बर्सेनि एक करोड २० लाख व्यक्तिमा क्यान्सरको लक्षण देखिन्छ । यस वर्ष भने क्यान्सरले मर्नेहरूको अनुमानित संख्या ७६ लाख छ । विश्वमै हुने हरेक आठ जनाको मृत्युमध्ये एउटा क्यान्सरले हुन्छ ।

क्यान्सरका दुई सयभन्दा बढी प्रकार छन् । प्रत्येकको आफ्नै नाम र उपचार विधि छ । डब्लूएचओका अनुसार विश्वव्यापी रूपमा पुरुषलाई क्रमशः फोक्सो, आमाशय, कलेजो, ठूलो आन्द्रा-मलासय, आहार नली र पौरुष ग्रन्थीको क्यान्सरले बढी सताउने गरेको छ । यस्तै महिलामा भने स्तन, फोक्सो, आमाशय, ठूलो आन्द्रा-मलासय र गर्भासय मुखको क्यान्सरको खतरा बढी रहन्छ ।


अमेरिकन क्यान्सर सोसाइटीको अनुमानअनुसार यदि व्यक्ति विशेषले क्यान्सरको उपचारलाई अपनाएको भए यसबाट हुने आधाभन्दा बढी मृत्युबाट मानिसलाई जोगाउन सकिन्थ्यो । डब्लूएचओका अनुसार क्यान्सरको ३० प्रतिशत मामिलामा सजिलै उपचार सम्भव छ । 

नेपालमा भने सबैभन्दा बढी फोक्सोको क्यान्सर देखिएको

छ । त्यसपछि पाठेघरको मुख र स्तन क्यान्सर तेस्रो नम्बरमा

छ । जीवनशैलीमा परिवर्तन र केही उपाय अपनाए यी सबै क्यान्सरबाट केही हदसम्म भने बच्न सकिने विशेषज्ञहरू बताउँछन् ।

भक्तपुर क्यान्सर अस्पतालकी वरिष्ठ स्त्रीरोग क्यान्सर विशेषज्ञ डा. सरिता घिमिरे भन्छिन्, 'तपाईं के खानुहुन्छ, के पिउनुहुन्छ, कसरी रहनुहुन्छ, काम कसरी गर्नुहुन्छ यो सबै कुराले क्यान्सरसँग जोडिएको जोखिम प्रभावित हुन्छ ।' क्यान्सरबाट बच्न आफ्नो शरीरको बारेमा जान्नुपर्ने उल्लेख गर्दै डा. घिमिरे भन्छिन्, 'यदि तपाईंको शरीरमा कुनै असमान्य परिवर्तन देखिन्छ भने तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुस् ।'

उनी मासिकस्रावमा परिवर्तन, आन्द्राको गतिविधिमा परिवर्तन, शरीरको तौल कम हुनु, भोक कम लाग्नु चार साताभन्दा बढी समयसम्म जारी खोकी, मासिक सुकेपछि पनि रगतको टाटो आउनु, कुनै घाउ निको नहुनु, पिसाब फेर्नमा असजिलो आदि समस्या देखिए तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्ने बताउँछिन् । यस्तै मुखमा बिनाकुनै दुखाइ नभएको घाउ छ भने चिकित्सकलाई देखाउनुपर्छ ।

धूमपान नगर्नेहरू पनि अरूद्वारा छाडिएको धूवाँ अर्थात् अपरोक्ष धूमपानले गर्दा क्यान्सरलगायतका अन्य रोगको जोखिममा रहने गरेको उल्लेख गर्दै भक्तपुर क्यान्सर अस्पतालकै कन्सलटेन्ट सर्जिकल अंकोलोजिस्ट डा. प्रकाशराज न्यौपाने भन्छन्, 'तमाखुलाई तपाईं कुनै पनि रूपमा प्रयोग गर्नुस् यसले मुख, घाँटी, स्वर यन्त्र, अन्नासय, स्वासनली, फोक्सो, कोलोन, मृगौला, मलद्वार र मूत्राशयको क्यान्सर हुने खतरा हुन्छ ।' प्रारम्भिक समयमै रोग पहिचान भए उपचार प्रक्रियासमेत सहज हुन्छ ।

यतिमात्र नभई कीटनाशक र अन्य प्रदूषक तत्त्वबाट बाँच्ने सल्लाहसमेत डा. घिमिरे दिन्छिन् । 'आहार अर्थात् फल सब्जी र अनाज तथा पर्यावरणमा भएको कीटनाशक शरीरको हरेक तन्तुमा पुग्छन् र समयको सँगै यो हाम्रो शरीरको ब्लु पि्रन्टलाई समेत नोक्सान पुर्‍याउन सक्छन्,' उनी भन्छिन् 'केही समयपछि यो पनि क्यान्सरको कारण हुन सक्छ ।' कृत्रिम रंग र खाद्य पदार्थको संरक्षण गर्ने पि्रजरभेटिभबाट बाँच्नुपर्ने सल्लाहसमेत डा. घिमिरेको छ ।

'ताजा खाना खानुस्, जसमा कीटनाशक र पि्रजरभेटिभ नहोस्,' डा. घिमिरे भन्छिन्, 'दिनहँु थुप्रै फरक-फरक प्रकारको ताजा फल र तरकारी खानुस् ।' फल र तरकारीमा विभिन्न भिटामी, केरोटिनाइड, र फाइटोकेमिकल्स जस्तो कि लेबोनाइडसमेत प्राप्त हुन्छ । फल र तरकारीमा एन्टी आक्सिडेन्ट तत्त्व आफ्नो प्राकृतिक रूपमा हुन्छन् । 'यसमा इनिहरू अन्य पोषकतत्त्व र फाइबरसँग एउटा अनौठो मिश्रणमा रहन्छन् र हालसम्म थाहा पाइएअनुसार यसले क्यान्सरलगायतका हृदयाघात र स्ट्रोकको जोखिमसमेत कम हुन्छ,' डा. घिमिरे भन्छिन्, 'आफ्नो दैनिक खानामा ट्रान्स फ्याट अर्थात् वनस्पतिको उपयोग कम गर्नुस् ।' 

फल सब्जीमा भएको पदार्थले प|mी रैडिकल तत्त्वलाई समाप्त गरेर डीएनएलाई बढी क्षति हुनबाट रोक्छ । यसले शरीरको ब्लु पि्रन्टलाई समेत नोक्सान पुर्‍याउन दिँदैन । हालसम्मको अनुसन्धानअनुसार नेपाल-भारतमा पाइने शुद्घ र बिनामिसावटको मसला र साग सब्जीहरू ती एन्जाइम्सलाई रोक्छन् जसले क्यान्सरलाई निम्त्याउँछ ।

धूमपान र रक्सी मुक्त जीवन, पोषक तत्त्वले युक्त भोजन, नियमित ब्यायाम र क्यान्सर फैलाउने संक्रमणबाट जोगिँदा आधा जति मामिलामा क्यान्सरबाट सजिलै बचाउ गर्न सकिने डा. घिमिरे बताउँछिन् । यस्तै क्यान्सरको केही मामिलामा छिट्टै लक्षण थाहा पाइए सजिलैसँग उपचारसमेत हुन्छ ।

क्यान्सर के हो ?

कोषिकामा उत्पन्न हुने अनेक सम्बन्धित रोगको समूहलाई क्यान्सर भनिन्छ । शरीर थुपै्र कोषिकाहरूले बनेको हुन्छ । सामान्यतया कोषिका वृद्घ िहँुदै र विभाजित हँुदै रहन्छन् । किनभने स्वस्थ शरीरको रेख देखका लागि यसको आवश्यकता

हुन्छ । कहिलेकाहीं जब शरीरलाई कोषिकाको आवश्यकता हुँदैन र कोषिकाहरू समाप्त हुने समयमा समाप्त हँदैनन् भने नयाँ कोषिका उत्पन्न हुन्छ । यही अतिरिक्त कोषिकाहरू एउटा जालोको रूपमा जम्मा हुन्छन् जसलाई गाँठो -ग्रोथ ट्युमर) भनिन्छ । तर, सबै गाँठोबाट क्यान्सर हुँदैन । खराब गाँठोले गर्दा क्यान्सर हुन्छ । यो खराब गाँठो शरीरको अन्य भागमा समेत फैलिन सक्छ । क्यान्सरको कोषिका मूल गाँठोबाट टुटेर र रगतको नलीमा प्रवेश गरेर फैलिन्छ । कोषिकाहरू अन्य अंगमा हमला गर्छन् र नयाँ गाँठो बनाउँछन् । जसले ती अंगहरूलाई समेत बिगार्छ । क्यान्सरको यो फैलावटलाई मेटास्टेसिस भनिन्छ ।