मौनतामा एक्लै

किन खोजि हिड्छौ मसानमा
म चित्तामा जलेको खरानी होइन

आऊ आज मेरो अगेनीमा
आगो विना म जलेको हेर

खरानी भई बतासमा उडेको हेर
किन खोजि हिड्छौ समसानमा

म गाडि राखेको  मुर्दा होइन
आऊ आज मेरो बिपनीमा

जिउँदो लाश हिडेको हेर
शिशा झै टुक्रिएको शरीर जोडेको हेर

किन खोजि हिड्छौ मसानमा
म चित्तामा जलेको खरानी होइन

आऊ आज मेरो अगेनीमा
म समाधि भई विलाएको हेर

शुन्यतामा एक्लै हराएको हेर
मौनतामा एक्लै रमाएको हेर ।।