धन को महातम्य र कमाउने दुई काइदा

कमाउने , धनी बन्ने , शौख गर्ने इच्छा कस्लाई हुन्न ? शुख शान्ती संबृधी को एउटै आधार खट खट सर सर सर सर गर्ने नोट धन सम्पत्ति उफ कस्ले गर्न सक्ने यस्को बर्णन हज्जार भएका शेस नाग ( कहिल्यै नदेखेको ) , ४ मुखे ब्रह्मा , तीन आखे महादेब , धन कि देबी लक्ष्मी को पती भएर पनि दुई आना जमिन नपाएर समुन्द्र मा बस्न पुगेका बिष्णु ले पनि नसकेका धन को महातम्य को बर्णन मैले के गर्न सकौला ?
त्यस्तो महातम्य बोकेको धन कमाउने काइदा खोज्न दुई चार आफन्त दस बिस साथी हरु को मा दौडियो हे बताइ देउन धन कमाउने काइदा भनेर उह त्यस्तो काइदा कोइ पनि बताउदैन रैछन । एक जना मित्र थिए पुतली सडक मा साइकल मर्मत पसल खोलेका । आफु बिहान बेलुका सरकारी नोकरी खाएर एक हात ले टोपी ले पसिना पुछ्दै एक हात ले सुरुवाल को इधार समात्दै सरकारी नोकरी गर्दै कुद्ने मनुवा । सरकारी कर्मचारी भएको गन्ध पाएछन र आँखा जुद्धा नमस्कार पनि भन्द्थे । कहिले काही चिया पनि खुलाउथे । आफ्नो जुत्ता को तलुवा फुस्के को फेर्न सकेको छैन उन्को त एक दुई बर्ष मै मोटर साइकल , मारुति कार हुँदै कार बेच्ने सो रुम खोली सकेछन । एक दिन भिजिटिङ कार्ड सर भन्दै थमाइ दिये मोटा चिल्ला हुँदै गएका थिए उनी । त्यस पछी अर्को तलुवा फुस्कुन्जेल त्यहा देखेको थिएन । दुई बर्ष पछी उन्ले फाइनान्स होकी के जात को बैंक
जस्तो के खोले छन उनी अध्यछ्य रे उद्घाटन मा मन्त्री को पछी पछी लुर्किदा पो थाहा पाये । पत्र पत्रीका मा उन्को नाम जता ततै । इन्ले चाँही कमाउने काइदा बताउलान कि भनी भोली पल्ट उन्को अफिस मा गये । सुरक्षा गार्ड , रिसेप्सन पि ए हुँदै नाम ठेगाना लेखी चिट भित्र छिर्यो बोलाहट भएन खाजा खाने निहु मा अफिस बाट निस्केको ढिला भैसके को थ्यो फर्कन्छु भनी उठेको थिए उनी बाहिर निस्किये पहिले झै हात उठाउलान र म फर्काउला भनी तयार भएको त देखेको नदेखै गरी अगाडि पो बडे । आँफै अगाडि बढी अभिबादन गरे पछी पो ए तपाईं ? तपाईं को नाम नै बिर्सें पो भन्छन । म हत्तार मा छु पछी फुर्सद मा आउनुहोस है भन्दै उनी कार मा गुडे ।
धन ले कस्तो कस्तो रङ देखाउछ ? पैसा कै आधार मा आमा को माया को अश लाग्द छ , पैसा कै आधार मा श्री मती दिने दर्जा छुटिन्छ , पैसा कै आधार मा बाल बच्चा ले दिने प्रतिस्ठा को तौल घटबड गर्छन् , पैसा कै आधार मा समाज ले ब्यक्ती को परिचय गराउद छ । पैसा को तुजुब को एउटा कथा सुन्ने ? कुनै समय मा एक गाउ मा धनी जमिन्दार् थिए । उन्को घर मा ढिकि चलाऊन एक गरीब र तल्लो जात ( पुरानो समाज ले गरेको बर्गीकरन ) कि महिला आउने गर्थिन । गाउ मा डाँका हरु को बिग बिगी बडेको ले जमिन्दार् ले आफ्नो ठुलो धन ढिकि मुनी गाडेछन । भोली पल्ट ति महिला ढिकि कुट्न अाइन कुट्दा कुट्दै तिन्ले जमिन्दारनि लाई भनी छीन एउटा कुरा गर्नु थियो ? के भनन ? होइन तपाईं कि छोरी को पनि मेरो छोरा को पनि बिहे गर्ने उमेर भयो आउने बैशाख मा साइत जुराएर बिहे गरी दिनु पर्‍यो । जमिन्दार्नि कड्किएर भनिन यो के भन्दै छे ? कहाँ त कहाँ हामी ? ति महिला ले भनी छन हामी पनि कम छैनौ धक्कु लाउनु पर्दैन । जमिन्दार्नि ले साझ बेली बिस्तार लगाइन पती लाई त्यो सुनेर विद्वान जमिन्दार् ले कुरा बुझे छन कि यो त्यो धन को तुजुब हो । त्यसै रात सबै सुते को बेला मा उन्ले धन अर्कै ठाउँ मा सारीदिये छन । भोली पल्ट ति महिला फेरी काम मा अाइन ढिकि कुट्दा कुट्दै रुदै भन्न थालिन हिजो मेरो बुद्धी के भो के भो के भन्न पुगे माफ पाउ ।

देख्नु भयो त धन को तुजुब ? त्यस्तो शक्ती साली धन कमाउने , बटुल्ने काइदा को खोजी मा समाज का हरेक सदस्य कुदेका कुदै छन ।

देख्नु भयो त धन को तुजुब कस्तो हुन्छ ? शक्ती कस्तो हुन्छ ? नकमाउने त धन ? म दिन्छु धन कमाउने बिशेष मन्त्र त्यो पनि एउटा होइन दुइटा । गरीबि मानब जीवन को एउटा दोस युक्त मात्र होइन यस्ले मानिस को छबी लाई नै बिक्रित बनै दिन्छ । गरीबि ले मानिस को आत्म विश्वाश मा कमी लेराउदछ । द्विबिधा , असुरक्षा ,मुस्किल र निस्क्रियता को जाल मा मानिस लाई बिछ्यिप्त बनाइ राख्दछ ।

बैदिक ज्योतिस का पर्बतक महर्शी पटासर का अनुसार ब्यक्ती को जन्म कुन्डली मा त्रिकोणिय धन , सम्पदा , र लक्ष्मी को बास हुन्छ अथबा (६८ र १२ औ स्थान ) दु:ख र दरिद्रता को बास हुन्छ । यदी मानिस को कुन्डली मा केम , द्रम , रेका , कालो सर्प , भिछ्यु र दरिद्र योग छ भने बिपन्नता भोग्नु पर्ने हुन्छ । जस्ले जीवन भर हिनता बोध गराइ , सताइ रहन्छ । पाठक ब्रिन्द आफ्नो जन्म कुन्डली देखौनुस आजै ।
हाम्रो पुर्बीय बैदिक शास्त्र मा योग , ध्यान लगायत कैऔ रोग निबारण एबम लछ्य प्राप्ती को लागि बैदिक मन्त्र को आबिस्कार भएको छ । सत्य मन र निस्ठाले शास्त्रीय बिधी अनुसार नियमा पालना गर्ने हो भने असम्भब केही छैन त्यसै लाई तपस्या पनि भन्दछन । आफ्नो जन्म कुन्डली , पेसा , शिक्षा को आधार मा आफु लाई डोर्याउन सकेमा दु:ख भन्दा सुख को अनुभुती दोब्बर तेब्बर हुनेछ र जीवन सार्थक बन्नेछ ।

शास्त्र अनुसार गरीबि को कारण मानिस मा आउने हिनता , निस्क्रियता , वा दुबिधा लाई नियन्त्रित गरी आत्म विश्वाश बढाउनु जरुरी हुन्छ र त्यस्तो आत्म विश्वाश बढाउन हाम्रो बैदिक शास्त्र मा ''सुर्य मन्त्र ''को उल्लेख गरिएको छ । निस्ठा पूर्वक सुर्य मन्त्र लाई निरन्तरता दिएमा गरीबि भागी सुख शान्ती प्राप्त हुने विश्वाश गरिन्छ । गरीबि कै कारण पारिवारिक , सन्तति बिग्रह , अशान्ति , बिक्रिती , हत्या , आत्महत्या , पागलपन को पिडादाइ घटना समाज मा घट्दछन । गरीबि कै कारण प्रशासन , राजनीति मा भ्रस्ताचार , सामाजिक न्याय प्रती अनास्था , ब्यक्ती एबम सामाजिक नैतीक आत्मबल मा कमी हुँदै गएको छ ।

समाज लाई स्वस्थ , सवल , आत्म सम्मान अवस्था मा डोर्याउन ब्यक्ती , ब्यक्ती को आत्मबल को बिकास हुनु जरुरी छ । सुद्रिढ आत्म्बल को लागि सम्पन्नता पनि जरुरी छ । तसर्थ यहाँ दुई मुलभुत मन्त्र उल्लेख गर्न गै राखेको छु सम्पन्न कसरी हुने सन्द्रभ मा । १ हो संसार को जूनसुकै भाग मा भये पनि लागु हुने बैदिक शास्त्र अनुसार को ''सुर्य मन्त्र '' र दोस्रो हो नेपाल मा मात्र काम लाग्ने आधुनिक शास्त्र '' नेता भजन '' यो दुइटै गर्न नसक्ने को लागि तेस्रो मन्त्र हो ' काम काम काम अहो रात्र काम ''
१ - सुर्य मन्त्र - सुर्य मन्त्र एबम ध्यान गर्नु अगाडि पूर्व दिशा तर्फ मुख फर्काइ कुशासन ( कुश को आसन ) मा बस्ने , चन्दन को टिका लगाउने , काँचो इता को चौकोट वा सम्म जमिन मा रातो कपडा बिछ्याउने , त्यस माथि स्वर्ण पत्र वा भोज पत्र मा रक्त चन्दन वा अनार को सिन्का को कलम ले श्री सुर्य पूजान यन्त्र लेख्ने ,बिधी अनुसार अछ्यता , फूल , धुप , दिप , नैबेध र भेटी ले श्री सुर्य पुजन् यन्त्र को एकाग्रहता पूर्वक मन्त्र उच्चारण र ध्यान गर्ने । सुर्य मन्त्र पूर्ण अनुस्ठान् को लागि दश लाख र लघु अनुस्ठान् को लागि सवा लाख पटक उच्चारण गर्ने , त्यसका साथै सुर्योदय , मध्यान्ह , र सुर्यास्त को समय मा सुर्य को पूजा , अर्चना , दिप गर्ने , यो मन्त्र को नियमित उच्चारण ले साधक को आत्मबिश्वास मा ब्रिधी भै जीवन मा सफालता ले नयाँ ढोका खोल्ने छ ।

'' सुर्य मन्त्र '' - "ॐ धि ध्रिनी सुर्य आदित्य श्री"
सुर्य को पाठ " - रक्त कमल मा बिराजमान , तीन आँखा भएका , बेद मुर्ती , चारै हात मा दानमुद्रा , कमल पदम र अभय भद्रा धारण गर्ने प्रभाल जस्तो आभा , केयुर , अंगद हार एबम बिभुसण बाट सुसोभित , कान मा कुन्डल लगाउनु भएका जगत को सृस्‍टि पालन र बिनास गर्नु हुने भगवान सुर्य को म ध्यान गर्दछु । यसरी आफ्नो दैनिकी मा सुर्य को मन्त्र एबम ध्यान गर्न सक्नु भयो भने जीवन मा गरिबी हटी शुख शान्ती आउने छ ।
होइन यो दश लाख , सवा लाख कसरी गन्ने , कता ध्यान गर्ने भन्ने लाग्दछ भंने आधुनिक सजिलो सर्ब ब्यापी भजन को पनि आबिस्कार गरिएको छ । त्यो हो नेता भजन , यो भजन तपाईं कुनै पनि बेला कही पनि मौका मिल्ने बित्तिकै गाउन सक्नु हुन्छ । आधुनिक संसार का शक्ती का श्रोत भनेका नेता नै हुन । तर कहिले काही भजन गाउदा गाउदै मुर्ती बदलिन् सक्तछ र त्यो बेला तपाईं को करङ भंगता वा घुडा भंगता हुन सक्तछ । छिट्टै सम्पन बन्ने नेता भजन र बिधी यस्तो छ । " यो भजन गाउदा गणेश ब्रिती र सस्कार युक्त भै नेता को घर , चुल्हो , अफिस नियमित धाउनु पर्ने छ । छिटो फल प्राप्ती को लागि नेता कि श्रीमती लाई खुशी पार्न सके झन राम्रो । बिस्वासिलो बन्न गुण दोश वास्तै नगरि नेता ले जे भने पनि ताली ठोक्नु पर्ने छ । कर्म नगरि फल पाइन्न भंने गीता को सार सम्झी नेता को सेवा , चाकडी , चुक्ली , र कान भर्ने गर्नु पर्द छ ।
समय ग्रह दशा अनुसार नेता हरु को शक्ती बदलिने हुँदा बेफिक्री भै रंग बदल्न सक्नु पर्दछ । दैनिक जती पटक सकिन्छ त्यती पटक तलको भजन गाये पछी सम्पन्नता को शिखर छुन कसैले रोक्न सक्तैन ।
हे मन्त्री त्वमेब पिता च माता त्वमेब
हे सासद गण त्वमेब बन्धु च शखा त्वमेब
हे दल दल का नेता त्वमेब अन्नदाता च शान्ती दाता त्वमेब अथबा त्वमेब सर्ब शक्ती नयाँ देब देब
चढाउछु चन्दा चुनाव मा
प्रभु ठेक्का मिलाइदेउ
जिताइ दिन्छु चुनाव तिमीलाई
गुण्डा जुटाइदेउ
जय होस जय होस
कसै लाई फुस्काएर भेनी
नोकरी लगाइ देउ
सके ठेक्का मिलाई देउ
नसके बिदेस पुर्याइ देउ
हे पसुका पती बाँदर का साथी
यत्ती का फोर्स छन यहाँ
एउटा मा त भर्ना गराइ देउ
हे त्रि कालदर्शी नेता
तिमी जस्तै छिट्टै सम्पन्न हुने
बाटो देखाइ देउ । --

शेखर ढुंगेल