जेल र मेरो अनुभव

किरिरिङ किरिरिङ एक्कासी घण्टीको आवाज फोन उठाए । नमस्कार भाई थोरै सम्वोधन गर्दै मैले पनि नमस्कारको घण्टी तेस्र्याए । के छ खवर भन्दै गर्दा प्रतिउत्तरमा मैले ठिकै छ नी दाई भन्दा भन्दै वहाले मनका गुनासाहरु पोखे मेरो भाई त जेलमा । ए हो र कहिले भयो २ ४ दिन के भएर किन भागेर काम गर्दै थियो । यँहाको वुख्याचा र वुर्जुवाले भेटेछन् । ए भन्दै पर्दाफास भएका मनका गुजुल्टाहरु पोखिए सलल पानी वगेझैं । तिमी उसलाई भेट्न जाउ है भन्दै फोनको झन्कारहरु वेतार भए । तव मेरो मनमा पनि एक किसिमको अनौठो घण्टी वजे झै भयो आखिर जानु त अवस्य नै पर्छ भनेर ति रातका काँखमा मेरा आँचलहरु छोडिदिए ।


भोलिपल्ट उसलाई भेट्न जाने विहानको समयलाई टेके ३ः०० वज्न लागेको रहेछ । भोजराज हितैषी र म दुवै जना भेट्न जाने भईयो । विहानको नित्यकर्म अनि गुहेस्वरी यात्रा उदरस्थललाई पुर्णता दिए र खुल्ला ह्दय वनाएर हिडियो सहद्रयी र म । हिड्दै जादा केही दुरी भएकोले हुरुर जाने विचारले समयको ट्रयाक्टर खोजियो अनि हुईकियौ कतारको मोफसल ट्रयाक्टर पार्क । जव पुगियो संयोगवश पाईयो कतारी हाउडा तर गाह्ो त्यो हाउडाको पती नै रनभुल्ल किनकी उसैलाई नै थाहारहेनछ की मान्छे वस्ने चिडियाघर । हामी मनसुवालाई पनि थाहा थिएन कुन वाटो हो भनेर त्यै पनि अन्दाजमा पुगियो एक नं को राउण्डवोर्डमा अनि पैसा वुझाएर लागियो पैदल यात्रा बिकासे वाजरभुमिमा म र मनसुवा मित्र मान्छेका चिडियाघरको गेटमा पुगियो त्यहा त लाईनमा मान्छेहरु झुण्ड झुण्ड भएर आ आफ्नै तालमा लाईनमा भने कोहि देशका तिता राजनीतिका फ्याक्ट्रीको वारेमा चर्चा चलाईरहेको देखियो ।

समग्रमा हेर्दा वढि नेपाली देख्दा यस्तो महसुस हुन्थ्यो यस चिडियाघरमा पनि नेपाली नै वढि भेटिएला भन्ने । अन्य देशको तुलनामा नेपालीहरुको सेलरी पनि कम नै भएको कारणले हुत्तिने पनि नेपाली ने वढि हुन्छन भन्नेमा सहजै अनुमान लगाउन सकिन्थ्यो । त्यहाको दुईघण्टाको वसाईमा चिसो सिरेटोसँग जुध्दै हामी भित्र प्रवेश गर्नको लागि कुरिरहयौ । मेरा सहद्रयीको अचानक गडयाङगुडुङ उदरले त्यहाको माहौलमा वस्न नसकेको गुनासो पोखेर बिदा हुनु भयो । तव ६ः०० वजेको संकेत हुदाहुदै फलामे ढोकाहरु खोलिए त्यहाका वुख्याचाहरुले । जव फलामे ढोका खोलियो तव कहि नभएकेा जात्रा हाँडी गाउँमा भनेझैं मौरीका ेगोलो झै खनिए ति ढोकाहरुमा त्यो थेग्न नसकेर छोडिए भेडावाख्रा झै त्यहि क्रममा म पनि छिरे फलामे ढोका पार गर्दै । तर भित्र निस्चित क्षेत्र तोकिएकोले आफ्नो ६ नं को लाईनमा गएर चुपचाप उभिए निरिह वनेर । लाईन पनि लामो नै थियो सवै आ आफ्नो मान्छेलाई भेट्ने चाहाना र आशामा आँखाका परेलीहरु चलमलाई रहेको थिए । सवैले आ आफ्नो नागरिकता वुझाएर र त्यहा भित्रको अझ कष्टकर २ घण्टाको वसाई अत्यासलाग्दो । कोहि यता वरालिएका छन भने कोहि उता वरालिएका छन् वैचन आफ्नो मान्छे भेट्नको खातिर । चिसो साथै धुम्म परेकोले जाडो पनि निकै थियो कोहि भने मैसासुर वनेर भाषाका पातकी कसेर अगाडि वढ्ने र आफ्नो नाम लेखाउनमा व्यस्त देखिन्थे । कोहि भने जाडोले लगलग कामिरहेका पनि । झुण्ड झुण्डको भलाकुसारी आ आफ्नै पारा र शैलीमा म र अरु मित्रहरुको पनि एक झुण्ड । सुख दुःख के कसरी भन्दा भन्दै दुईघण्टा पनि वितेछ । भेट्न जाने वेलामा त्यहाका अन्तरेको गाडीको पछि पछि भेडाका वथान झै पछि लागियो करिव पाँच मिनेटको हिडाई पछि देखियो तरङ्गहरु अभिलाषाहरु सुखा अनुहारहरु ईच्छाहरु कोहि निरिह चेहेराहरु वगुन्द्र भिड फुसफुसाएको हिउँ जस्तो मान्छेका पोका । मौरीको गोलो झै झुम्मिएकॊ वारमा । म पनि मेरो मान्छे खोज्दै र हेर्दै जादै थिए । यतायता भनेपछि यसो आँखा फिराए त्यतातिर । आफ्नै मान्छेले पो चिच्याईरहेको रहेछ । भेटे खुसी लाग्यो सायद मलाई भन्दा उसलाई वढि खुसी हुदो हो । कसरी कहिले कहा भन्ने र दुःखसुखका वार्तालाप गरियो केहि क्षण । उसले गाउँघरको वारेमा मलाई जान्ने उत्सुकता व्यक्त गर्यो मैले पनि ठिकै छ भन्ने जवाफ दिए ।

जव म त्यहा भित्र प्रवेश गरे तव यस्तो लाग्थ्यो कि कुनै चिडियाघरमा प्रवेश गरेर हामी दृष्यवोलोकन गरिरहेका छौ । त्यहा निरिह चेहेराहरु आफ्नो मान्छेको खोजीमा फिस्स फिस्स चियाईरहेका थिए भने आफ्नो मान्छे भेटेकाहरु भने प्रसन्न मुद्रामा कोहि भने मलिन अनुहार लिएर टक्रयाक टुक्रुक्क वसेका । असिमित ईच्छाहरु टाल्नको लागि भागेर काम गर्दाको परिणामहरु । सवैको अनुहारमा अलिनो ईच्छा वेफ्वाङसँग चुरोटको धुवासरी उडिरहेका मनका पोका पन्तुराहरु । पिजडावाट वाहिरको संसार हेर्न चाहाने र स्वतन्त्र भएर नेपाल अनि स्वदेशमा नै केहि गरुला भन्ने मनसायहरु ईच्छाहरु अभिलाषाहरु । मैले मनमनै सोचे हेर देशको माया अतृप्त ईच्छाहरु भएर मनमा गुाजन भईरहेका वातावरण कोलाहलमा उनीहरुको आकांक्षाहरु दवाईएका रैछन केवल दुईवटा खव्वुस र पानीमा । हेर्दै कहाली लाग्ने त्यो मरुस्थलमा अझ पखेटाहरु कुजाएर वस्नु पर्ने वाध्यता ती चेतनशिल प्राणीहरु स्वतन्त्र मान्छेहरु ।

तितो मिठोको पन्तुराहरु वाड्दा वाड्दै यल्ला र सिठीका आवाजहरु गुन्जिए कानमा । र त्यहा वाट म पनि निक्लिए उनीहरुको मन लिएर आत्मा लिएर स्वतन्त्र संसारमा खुल्ला आकाशमा अन्तिम हातहरु वाड्दै र साट्दै । फेरी आ आफ्नो अस्थायी नागरिकता लिने ठाउमा के मात्र पुगे त्यहा देखे गिद्धले सिनो लुछ्न लागे झैं । जसको शक्ति उसको भक्ति भनेझै थियो त्यो माहौल र मैले आफ्नो नागरिकता वोकेर लागे गन्तव्य तिर लम्कदै थिए भारी मन लिएर फुस्स फुस्स फुसफुसाईरहेको चिसो सिरेटोमा अवकाश प्राप्त लाहुरै झैं पाउँहरु चलाईरहेकेा थिए वगुन्द्र आत्माहरु लिएर तर पनि मनमा कििाचत लोसेपन ।