चालिसेले छुँदाको यो क्षण

सुनेको थिए चालिसे र साठी लाग्दा बैश उम्रन्छरे एकचोटी फेरी । अनि मैले पनि आफैले आफैलाई बिचार गर्दै थिए याकि चालिसे पर्खन्दै थिए । यसै बर्ष नभन्दै चालिसेले झ्याप्प समातेछ थाहानै नपाई । सोचेथे उनान्चालीस तिर हिड्दोहुं । नेपालजाँदा मंङ्गल बजारको बज्राचार्य पण्डितको मा चिना देखाउदा पो झल्यास्स भए चालीसे भन्ने बितिक्कै झस्किए ।
घर आएर ऐनाहेरे गालामा पहिलाको भन्दा खुम्चिएको पाँए मःम जस्तो बिशेष हाँस्दा खेरी । कपाल रँङ्गाएकोले फरक पाइन पाखुराका मसलहरु यथावतनै पाँए हल्का जिम गन्र्नेबानीले होला । आखिरी चालीसेले छोए पनि नछोएको झै महशुस गरे । त्यसो त म माघ २६ गते २०२६ सालेले चालिसेले छोएकै हूँ ।
-सुनेथे यो उमेरमा अलिकति मान्छेहरु मात्तिन्छन् रे नयाँ उधुमहरु मच्चाउन्छ रे नर नारीमा नारी नरतिर आकर्षित हुन्छन् रे । सोचिन्छ गरिन्छ भनिन्छ वा भयोहोला थियोहोला रत हाम्रा पुस्तौ-पुस्तौदेखी आजसम्म पनि चालीसेको बखान गर्नमा कमि भाछैन हाम्रो समाजको वरीपरी ।

-सानोछँदा हजुरबुबालेनै पढाए कखग पहाडमानै । श्री ३ चन्द्र शमशेरको आठ पहरिया सम्म गरेका बाजे अनेरी कप्तानमा पे_िन्सन पकाएपनि सामाजिक तथा राजनैतिक क्षेत्रमा बढि चासो राख्नुहुन्थ्यो । आफुले राम्रो नपढेपनि छोरा नातीलाई सक्दो पढाउने उहाँको सोच थियो । यसै क्रममा मेरो बुबाले पनि रानी पोखरीछेउको दरबार हाईस्कुलमा पढ्न सम्म भ्याएछन् । त्यसताका दरबार हाईस्कुलमा जोपायो त्यही पढ्न पाउने थिएनन् रे । आज भोलीको एस।एल।सीलाई मेटि्रक भनिन्थ्यो त्यतीखेर । मेटि्रक पास सम्म गरेछन् आज नेपालका बरिष्ठ सङ्गितकार शम्भुजित बास्कोटा सङ्गै ।

-हामीलाई बेला बेलामा हजुरबाले राम्रो पढ नत्र क्षेत्रीहरुको हली बन्लास भन्नु हुन्थ्योू । हाम्र गाउँमा क्षेत्री गाउँहरु बाक्लै भएकाले मुद्धा मामला गर्नु त्यतीखेर स्वभाविकै ठानिन्थ्यो । हजुरबाको गाउँमा उपनाम थियो ूझगडिया कप्तान बुडाू । बाजे बाउहरु झगडा गरेर हिडेतापनि हामी नाती नातीनीहरु चैँ कुखुरे बैशमा गाई भैसी चराउथ्यौं पाखा भित्तामा अनि लुकामारी पनि खेल्थ्यौ बुट्टुन र ओडारहरुमा । त्यतिखेरको उमेर अनुभव र समयकालमा हामीले केहि थाहा पाएका रैनछौंै । आज संझन्छु ज्ञान विज्ञान र सभ्यताको सिँढी भन्दा हामी धेर्रै टाढा रहेछौं यती टाढा की कुरै नगरौ आज । तर बाजेहरु भने साठी काटि सक्दा पनि पाखुरा सुर्काउदै फुइ-फुइ गर्थे एक अर्कामा संझन्छु आजकल कचहरी भना-भैरी तेतिखेरको फेसननै रहेछ ।

-मेरा बाबाले मेटि्रक पास गरेर गाँउको भिमसेन थानमानै पाँच कक्षा सम्मको हेडमास्टर बन्नुभाुको थियो । केही वर्ष पछि लाग्नुभएछ काठमाण्डौतिर बरालिन मलाई मात्र िझंनो याद छ । अहिलेको ललितपुरको इन्जिनेरिङ कलेजमा ठेक्का-पट्टा गर्दा म बालाई भेट्न काठमाण्डौ गएको थिए । मलाई एकदिन लानुभएको थियो पाटनढोका तिर घुमाउन पछि आफै पाटन कलेजमा अध्ययन गर्न जाँदा प्रस्ट थाहाभयोकि म पहिलानै यो ठाँऊमा आइपुगेको ।

-म पनि तेही भिमसेनथानमानै कक्षा पाँच सम्म बेतालीमा सात कक्षा अनि जिरी हाइस्कूलमा दश सम्म जेन-तेन सकेर यहाँ सम्म आइपुगेको थिए । बेतालीमा पढ्न जाँदा हजुरबाले बेला बेलामा कुरौनी अनि जिरी छँदा मावलको बजुले सुङ्गुरको मासु भुटेर लिएर दिएको सँम्झना एकदम ताजै छ आजपनि ममा । काठमाण्डौमा आएर मामाकोघरमा बसेर अध्ययन गर्न थाले ललितपुरको महालक्ष्मीस्थानमा । यतिखेर बाबा पाल्पाको दर्छा टाँडीमा नहर बनाउने प्रोजेक्टमा कार्यरत हुनुहुन्थ्यो । हजुरबुबा लगाएत स-परिवार पहाडमा । दाइ सूर्य नागालेण्ड तर पछि मैले नेपालमानै झिकाएँ हाल काठमाण्डौमानै बसोबास छ उहाँको ।

-आज धेरै लेख्न मन लागेको छ भन्नमन लागेको छ तर आफ्नो एकहोरो गनथनले श्रोताहरुलाई दिक्क लाग्नेपो होकी भन्ने डरपनि एउटा लेखकले सोच्न सके राम्रो आजभोलीको समयमा । कलेज पढ्दा म एक्कासी अनौठो पाराले बदलिन थाले । म सङ्गै पढ्ने अर्का दाइ थिए रामकृष्ण आँकाला । उहाँको पनि नजिकको नाता पर्दथ्यो बाजे बजुको मेरा मामा-माइज्यूलाई । उहाँ साइन्स पढ्नु हुन्थ्यो अमृत साइन्स कलेजमा । हल्का कबिता लेख्नु हुन्थ्यो तेतिखेर साहित्य मासिक गरिमामा पनि उहाँका कविता प्रकाशित हुन्थ्यो बेलाबखत । रामदाईको दाइृ्र र बाबा पनि लाहुरे भएको नाताले रबाफैलो भएर हिड्नु हुन्थ्यो हाल बेलाएतमानै सैनिक सैक्षिक शाखामा कार्यरत हुनुहुन्छ ।

उहाँ फुत्त भर्ति¬भएर हङ्गकङ्ग लाग्नुभो । म भने राजनीति र ब्याकरण घोक्न थाले कलेजमा । मानविकी प्रथम बर्ष हा-हुमानै बित्यो । यति बेलासम्म मैले सहरिया काँचुली फेरी सकेको थिए । सत्र वर्षको जवानीका यी पापी आँखा खाली तरुणी तिर मात्र घोत्लिन थाले । नभन्दै एउटै ब्याजको केटी प्रती आकर्षित बन्न पुगे । करिव एक बर्ष सम्मत सँङ्गै बसियो हिडियो तर एक्कासी उनको बिबाह भएपछि म एक्लो भए एक्लै बाँच्ने सँकल्प गरे । तर त्यो उनीप्रती बसेको माया भने ममा गाढीएको थियो कहिल्यै ननिस्कने गरेर । त्यती बेला म सँङ्ग बस्ने दाई रामकृष्ण भने भर्ती भएर गैसकेकाले मेरो पनि लाहुरे बन्न खोज्यो यो मनल¬े र फलस्वरुपः बने पनि ११ नोभेम्बर १९८९ का दिन पोखराको ब्रृटिस क्याम्पबाट । हामी धरान घोपाक्याम्पको अन्तिम छनोटको तथा पोखराको लागी पहिलो पूर्वेली जवानहरु थियांै ।

-१९९२ मा पहिलो छुट्टि गइयो नेपालमा बिबाह बन्धनमा बाँधियो । साथमा श्रीमती पार्बती छोरी प्रेरिका १५ र प्रकृति ९ बर्षका साथमा आनन्दमय जीवन बिताएको बेलामा नेपथ्यमा साथीहरुले संकेतजी ल अब एउटा छोरात पाउनुप¬र् र्या नी भन्ने पुराना पनि अति पुराना प्रवृर्तीका साथीहरुले मेरो श्रीमतीको मनमा रिक्तता रोप्ने काम गरिदिन्छन् कहिलेकाही । अनि सोध्ने गर्छे बेलाबखत छोराको खातिर कान्छी चंै नलेउ है मै पाइदिउला भन्दै मेरो मन चिमोट्छे । म चालीसेले गाँजीएको मान्छेलाई तेस्तो सोच्न सम्म भ्याएको छैन भनेपछि मख्ख पर्छे । तर भविश्यलाई कसैले पढ्न चंै सकेको छैन आज सम्म भन्दा खिन्नताले मुख बिगार्छे ।

-पाटनमा छंदा धेरथोर राजनीतिमा लागियो । तर त्यस्को टेस्ट लिन नपाउदै विदेशिन पुगियो । साायद खरदार जागीरमा नाम निस्केको र पि्रयसीसँङ्ग टाढा नभाको हुँदो हुँत यतिखेर जिन्दगीको मोडनै अर्कै तिर मोडिएको हुन्थ्यो होला जस्तो महसुस भै राख्या छ ।

-प्रत्येक मान्छेको जीवन शैली फरकत भैनैहाल्छ । गाँउले समाज शहरको भन्दा पृथक अनि शहर गाँउको भन्दा । बेलायत र अमेरिकाको पनि न बोलीको ऐक्सन मिल्छ न समाजनै । केही मिल्दैन मात्र सैनिकीकरण सिवाए । भारत र चाइनाको मिल्दैन अनि मिल्दैन कुनै पनि राष्ट्रको सभ्यता । मिल्नेभए संसारको विकाश क्रम देखी लिएर सबै एकैनासका हुन्थे । यो धर्म िहंसा लडाई धनी र गरीव बिचको दुरी टाढा रहने थियो। सभ्यताले जनस्तरमा ठुलो भूमिका खेल्दो रैछ । सभ्यता भनेको देखेर पढेर सिकिने कुराहो तर हामीले कहिल्यै तेसलाई हाम्रो सभ्यताभित्र समावेश गर्न सकेनौं । गर्या भने पनि अपच खालका गर्याै । तर त्यो पनि चाहिन्दोनै रहेछ समाज अनि देशलाई ।

-जगदीश घिमिरेज्यूले भनेझैं आत्मलापमा सधै धुमलिएका आकाश जस्तो देशू बेलायतमा पिँजडाको सुगाजस्तो जीवन गुजारा गरिरहेको छु । म मात्र हैन अरु थुप्रै छन् म जस्ता यो अनुभवमा रातदिन सल्किने भित्र मन मनै ।

-भर्खरै मात्र जीवनमा पढ्नै पर्ने किताबहरु मध्य केहीको अध्ययन गरि भ्याँए अझै थुप्रै छन् बिस्तारै पढौंला । मैलेत केही बुैझेकै रैनछु पढेकै रैनछु जस्तो लागीरहेछ । संसारका कुरा त परैजावस । अध्ययन नगरी नबुझीकन् लेखकले एकोहोरो आफ्नैमात्र विचार पस्कनु हुन्नकी भन्ने मलाई लागेको छ यस बखत ।
-नगरी नहुने मानव जीवनमा केहिपनि छैन रैनछ पनि । यतिहो लागीपरिरहनु पर्छ । संघर्ष गर्न छोड्नहुदैन । ूप्रुीडम इज नेभर कम इजिली वी हुव टु फाइट फर इटू भने जस्तै सधै संघर्ष गर्नु पर्छ केही पाउनको लागी सबैले प्राप्त नगरलान त्यो अर्कै कुरा हो ।

-अबपो बल्ल लेख्ने कम्मर कसेको छु । कबिता गीत गजल नियात्रा खण्डकाव्य उपन्यास नाटक सबै लेख्छु अब । नगरीकन् नभन्नु भन्छन् म भने नगरीकन भन्छु मेरो यो ईच्छा हो । ईच्छा र भावना आजको युगमा पनि ओकालत गर्न पाएन भने के उत्तरआधुनिकवाद के साइवर युग

-२८ सेप्टेम्बर २००९ का दिन राजेश पायल राईको दर्शन नमस्ते एलबमको बिमोचन थियो होटेल ऐभरेष्टमा । मेरो पनि एउटा गीत छ तुँवालो । उत्त एलबमका सबै सहकर्मीहरुलाई विशिष्ट सँङ्गितकार अमर गुरुङज्यूले सबैलाई ट्रफी र खादा ओडाएर सम्मान गर्नुभयो । चिया पान गर्दा अमरदाइले तीन-चार वटा गीत दिनुस म छानेर एउटामा सँगीत भर्छु भन्ने बचन दिनुभयो । तँुवालो गीतमा नयाँ शब्द र थिम पाउनुभयो रे खुशी लाग्यो । त्यसैले गीत पनि लेख्दै छु् । एउटा एलबम निकाल्ने रहर जागेको छ । नियात्रा प्रेसमा छ । आफैजलेको देश कबिता सँग्रह आफ्नै गाउँ सम्म पुर् याउन नपाउदा फेरी दोश्रो सँस्करण छापिन्दै छ । पुराना कलेजका साथीहरु सम्पर्कमा आएका छन् । कोही ब्यापार गरौ भन्छन् । कोही भट्टी जाँउ भन्छन् । पुराना मायालुहरु अझै माया लगाऔं । माया गर्रौ भन्छन् । यी सबै चालीसेले छोएपछि आएका प्रस्तावहरुबाट भन्नुनै पर्दा पुर्ण रुपले म मुछिएको छु । हालसालै काठमाण्डौमा एउटा कन्सेल्टेल्सी पनि खोली भ्याएको छु काम भै रहेको छ । त्यसैले केहिहद सम्म मैले हल्का मन भएको महशुस पनि गरेको छु । झन डा।तुलसी भट्टराईको साठी लाग्दाको क्षण पढेपछित मन्मा अर्कै आँटले टम्म भरिएको छ ठेकीमा जमेको दही जस्तो भएर । दही पनि छ भगवान कृष्ण पनि पाएको छु तर लिलामोचन गर्न गोपिनीहरु भेटेको छैन । भेटेपनि ज्ञान र मोचन भन्दा भिक्षामाग्ने र दानमाग्नेको विचमा पातलो विश्वाशभित्र रित्तताको आभाष निलो आकाशमा मडारिएको देख्छु ।

-जीवनको जिउने क्रममा आफुले आफैलाई हामीले चिनेका रैनछौ । अनि आफुले आफैलाई नचिनेको मान्छेले अरुको पछाडीबाट किन बोल्ने जो कसैलाइपनि प्रत्यक मान्छेमा एक भन्दा बढि समस्याबाट निचोरी रहेको हुन्छ । समस्या नभएको मान्छे आजसम्म पाउन सकेको छैन यो विशाल ब्रम्हाण्डमा । एउटा बालक पनि एक प्रकारले टोलाइरहेको हुन्छ उस्ले पनि कलिलो दिमाग बाट निस्केको कलिलो विचारबाट उब्जेको समस्याले सताएको हूँदो हो । अनित मान्छे न सन्तुष्ट हुन्छ न पूर्ण नै । जीवन यसरिनै बगिरहेको; चलिरहेको अनि कसैले प्रयोगमा लिइरहेको हुदो रहेछु । बिनाप्रयोगमा बाँचेको मान्छेको मन कस्तो हुन्छ आजसम्म उत्तर मिलिरहेको छैन ममा ।
-चालीसे नकाट्दा सम्म साथी भाइ ईष्ट मित्रहरुले मलाई छटपटे छस् त भन्थे तर आज म चालीसे नाघीसके तरपनि छटपटेनै छँु म ।

- १७ मार्च २००७ मा यूकेमा सुनुवार समाजको स्थापना गरियो मेरै पहल र आग्रहले । त्यो मेरो रहर थिएन । अरुले सँस्था खोले हामीले पनि खोलौ भन्ने देखासेखीले पनि थिएन । अनी थिएन पदको कुनै लालचा । कुनै पनि सँघ सँस्थाहरु जाति बिशेष तथा हाना थापीले खोलीने हैन । सँस्थाको उदेश्य भनेको भ्याएसम्म हरेक क्षेत्रमा विकाश आफ्नो संस्कृति भाषा-भेषभूषा रहन-सहनको सँरक्षण तथा सम्बर्द्धन गर्नुको साथ-साथै कुनैपनि आपतकालीन समयमा सहयोग पुर्याउनु हो । यो भन्दा बढि अरु होइनन् । अझैं सामाजिक सु-सम्पन्न राष्ट्रमाहरुमा त यो गरिरहन पनि वास्तवमा समयको बर्बादी बाहेक अरु होइन भन्ने कुरा प्रमाणित गर्नु नपर्ला ।

- ११ तारिक २००८ सालमा डा. लाल स्याँकुरेल रापचा ज्यूलाई वेलायतमा किराँत सुनुवार सेवा वेलफेर सोसाइटीले गरेको अन्र्तकि्रया किराँत समुदायहरु वीच सु-मधुर सँझौता तथा परामस्रू कार्यक्रममा सँस्थाको सचिवको हैसियतले बेलायत झिकाउने बन्दोबस्त गरियो जर्मनबाट । आह्वान गरियो सँस्थाका सबै सदस्यहरुलाई हैसेमा होस्टे थप्न । भन्नु पर्ने सवै संस्थाका पदाधिकारीहरुलाई पनि इमेल तथा पत्रमार्फत अबगत गराइयो । आफु इराकमा कार्यरत भएता पनि विभिन्न माध्यमबाट हरप्रयत्न गरियो । फोन गरियो जर्मनमा युकेमा नेपालमा केचैं गरिएन कंपनीले दिएको समयमा युके आइनपुग्ने भएपछि आफ्नैखर्चमा कंपनिका घोरण्डा गोरा र हाल्फ गोराहरुसँङ्ग भनाभन पनि गरियो । कार्यक्रममा याकथुङ चुम्लुङ यायोख्खा र देवान समुदाएका सबै सस्थापक कार्यकारिणी सदस्यहरु लगाएत बिभिन्न बुद्धिजिवी तथा पत्रकार साथीहरुलाई चुले निम्तो दिइयो । सबैको उपस्थिती रहुे । भ्याएसम्म आफुले जानेको बुझेको सबै गरियो । प्रकाश, धर्मबिक्रम, राम हरी र होमदाई लगाएत अरु थुप्रै साथीहरुले ज्यानदिलो दिए कार्यक्रमको माहौलमा कमिकमजोरी आउननदिनको खातिर । कारणबस आफ्नै सँस्थाका अध्यक्ष उपाध्यक्ष र सल्लाहकारहरु नआउदापनि कार्यक्रम सफल बनायौ । लागेको खर्च सँस्थाले बेहोर्नेकुरा भएपनि आजसम्म फर्किएको छैन अनि मैले अपेक्षा पनि राखेको छैन । खर्चको हकमा डा. लाल सरकॊ टिकट भाडा लगाएत सबै मैलेनै बेहोरेको थिए । मैले आपनै गोजी टकटकाएर तिरेपनि मलाई कुनै पछुतो छैन । तर आज आएर मज्जाले यी दाँतहरुमा ढुङ्गा लागेको महशुस भने मनग्यैनै गरेको छु । मान्छेहरु फाटीएका छन् । कुराहरु काटीएका छन् । अरुले बिस्रे पनि डा. लालसरलेचैं बिर्षनु हुन्नहोला भन्ने लागेको थियो तर मज्जालेनै बिस्रनु भो । यहाँ संझना पोख्ने बाटाहरु धेरैछन् गर्नेलाई यो जीवन र जगतमा । यतिखेर कस्तो लाग्दै छ भने आफ्नो जस्तो भलोमन चिताएर समाजलाई मीठो चिज पस्किन्दा पनि नमीठो हूँदो रैछ । खाएपनि अपच हुँदो रहेछ भने यो सँस्थाप्रती आफ्नो परिवारबाट समय चोरेर निकाल्नु ढाँटेर अफिस नजानु जस्ता कुरा फेरी मबाट दोहोरिनेछैनन् कहिल्यै पनि आगामी दिनहरुमा । यो मेरो रिक्तता हो तर वास्तविक यथार्थ पनि । यथार्थता छेक्नुहुन्न । ढाँटेर लेख्नाले वास्तविकता लुक्छ यस्तो गर्नुहुन्न । तेसोत जुनसुकै समाज तथा सँघसँँस्थाहरु प्रति आफ्नो दक्षतलाले सक्ने सहयोगको भावनामा म पछि भने पक्कै पर्नै छैन ।

- अबत झन् चालीसेले छोयो गाला च्याउझैं चाउरिएतापनि मन चाहुरिएको छैन । झन् भित्रभित्रै काउकुती लागीरहेछ बेतोडले । हेरौ यो बुढो उमेर तर कलिलो मनमा अरु के केले छुनेहो भविष्यमा लेख्दै जाने छु ।