विदेशको व्यथा - मस्तीमा उडिरहेको जीवन

हरि अधिकारी, इजरायल,
काम खोजीमा विश्वको हरेक कुनामा पुगेका छौं। साउदी कतार, यूएईजस्तै धेरै मुलुक गएका छौ पुगेका छौं। रोजगारीको सिलसिलामा आज हामी इजरायलको तातो घाम खान धेरैजना नेपाली दिदीबहिनीसमेत आएका छौं। यसले धेरैको आर्थिक स्थिति मजबुत हैन, दरिलो बनाएको पनि छ। देशले पनि केही हदसम्म राहत पाएको छ।  यहाँ आउने क्रम लगभग सन् २००१ देखि सुरु भएको होला। इजरायलमा सुसारेको काम गर्नका लागि नेपालीहरू जुन नगण्य मात्रामा थिए र सन् २००४ तिरबाट धेरै मात्रामा हामीहरू यहाँको श्रमिक हुन पाएका छौं। आफ्नो घरको चर्को आर्थिक समस्या समाधान गरेका छौं। यहाँको काम त्यति गाह्रो नि हैन। सजिलो पनि हैन। जे होस्, ठीक नै छ।
'जब धेरै समय विदेशको बसाइ हुन्छ तब याद हुन्छ घर–परिवारको। 'इजरायल बस्दाको दिनहरू मलाई खल्लो होला जस्तो लाग्दैन किनकि विदेशको यात्रा रमाइलो नै हुन्छ। हामीलाई यहाँ भएको कलाकौशल जान्ने मौका मिलेको छ। धर्मसंस्कृति अनि भाषा विविध कुरोलाई हामीले जान्न पाउनु नि सानो कुरो हैन र अर्को कुरा आम्दानी पनि राम्रो भएको छ। म जस्ता धेरै दिदीबहिनी, दाइभाइ छन् यहाँ। उनीहरूले यहाँको चलनको सिको गरेर होला शुक्रबार डिस्को जानु अनि त्यहाँ भेटिएका केटाले केटी साथी र केटीले केटा साथी बनाउने अनि हिजो नेपालको दुःख, घर–परिवार चटक्क बिर्सिएर मोजमस्तीमा झुम्म हुने, जम्ने काम बढ्दो छ।

यो घटना हो एक शनिबारको। बिहान ५ बजेतिर होला, इजरायलको तेल अभिभ सहरको मैले देखेको चर्तिकला र हल्ला। राति डिस्को गएर बिहान डिस्कोबाट निस्केर? कुन डिस्कोमा गएर आएका दिदीबहिनीहरू हुन्, तिनीहरूलाई परिवारले भोलि के भन्छन् होला? यही बानी सिको गर्दा भविष्यमा के हालत होला? 'किन हामी सोच्दैनौं? जब हाम्रो उद्देश्य नै पैसा कमाउनु हो भने रगत–पसिना खर्च गरेर कमाएको धन बिरानो मुलुकमा हामीले सामाजिक परिबन्धभन्दा बाहिर गएर गर्नु कति ठीक? गरिब परिवारले ऋण–धन गरेर त्यत्रो लगानी गरेर पठाएको त विदेशमा डिस्कोमा नाचेर बर्बाद गर्न त होइन न नि। छाडा भएर डिस्कोमा नाचेर धन र जीवन बर्बाद पार्न नानी–बाबुलाई टुहुरो छाडेर किन आउनु हँ? 
यी र यस्ता कुरा गर्दा आफ्नो जिन्दगी आफ्नो तरिकाले चलाउने भनेर उत्तर पनि अवश्य आउन सक्छ। तर उनीहरूको आशा र भरोसा गरेर बसेका परिवारको हालत के होला? हामी विदेशमा अरूको नक्कल गरेर  गलत बाटोतिर लागेका छौं। त्यो दिनको बिहानको दृश्यले मलाई सधंै  सताउँछ। म सुतिरहेको थिएँ, बिहान हल्लाखल्ला अनि चमत्कार! नेपालमा फोन गर्ने तरिका, साथीसित बोलेको हाउभाउ!! 'अलिकति हामी हाम्रो जीवनलाई हाम्रो देश र भाषा–संस्कृतिलाई मनन गर्न हिँड्न सकिँदैन र? 'सबै दिदी–बहिनीलाई हैन है। विदेशमा साडी लगाउनु नै पर्छ पनि भनेको हैन। यहींको मिल्दोजुल्दो ड्रेसले फरक पर्दैन। तर त्यो दिनको जस्तो उत्ताउलो ड्रेस आवश्यक त छैन होला नि हैन? मलाई त  साह्रै दुःख लाग्छ– इजरायलमा काम गर्ने नेपालीहरूको जिन्दगी देखेर। मैले यो लेख्दा कतिजना दिदीबहिनीहरू र दाइभाइ रिसाउनुहुन्छ होला। एकचोटि आफ्नो परिवार सम्भि्कनुस्, सोच्नुस्। तपार्इंहरूका नि परिवार होलान्, तिनीहरू तपार्इंलाई कुरेर बसेका छन्। तपाईं आउने बाटो हेरेर बसेका छन्।
'तपार्इं इजरायलमा यही गतिमा अघि बढ्नु'भो भने कुन दिन के होला भन्न सकिन्न। र, 'जे हुन नि सक्छ। सोच्नुपर्छ घर–परिवार, सन्तान, लालाबालाहरू रोएर बसेका हुन्छन्। र, पैसा सबै कुरो हैन भने रमाइलो पनि सब कुरा हैन। हामीले अरुको नराम्रो कुरोलाई हैन, राम्रो कुरो पो टिप्न सक्नुपर्छ। जे होस्, इजरायलको धर्ती देखेर जानेको कला र संस्कृति भनेको डिस्को डान्स अनि मस्तीको धूम हैन।  अनि हामी गरिब देशका कामदारको प्रगतिको बाटो पनि डिस्को डान्स  हैन।' एकचोटि गम्भीर भएर जीवनलाई नियालेर सोच्न सकिन्छ कि?  आगे तपाईंहरूकै मर्जी...लौ त