साबधान "विवाह पूर्वको सम्बन्धलाइ नदोहराउनुहोस "

विवाह पछि पहिलेको प्रेमी वा प्रेमिकासँग भेट हुन सक्छ। तर यस्तो भेटलाइ साधारण भेटमा नै सीमित नराखेमा यसको परिणाम दुखद हुन सक्छ। तसर्थ विवाहपछि आफ्ना विगतमा भएका सबै प्रेम प्रसंगलाई भूतकालमानै राख्न अत्यन्त जरुरी छ।
तर यो भनाइ वास्तविक जीवनमा धेरै कम मात्रामा मात्र लागु हुन्छ। मानिसहरु आफूलाई जतिसुकै नियन्त्रणमा राखे पनि विवाह अगाडिको प्रेमी वा प्रेमिकासँग भेट हुनासाथ " प्रेम तथा युद्धमा सबै ठीक हो " भन्ने उखानलाइ सम्झने गर्नाले खाफ्नो भविष्यलाईनै दाउमा लगाउन पछि हट्दैनन्।
हुन पनि मानव भएको नाताले विवाह अघिको प्रेमी वा प्रेमिकासँग भेट हुनासाथ मनमा ठूलो हलचल हुन्छ जसलाई नियन्त्रणमा राख्न त्यति सजिलो अवश्य पनि छैन तर यसलाई नियन्त्रणमा राख्नु अति आवश्यक छ भन्ने कुरामा दुई मत हुन सक्दैन।
अतीतलाई बिर्सन त्यती सजिलो अवश्य नै छैन तर समयको महत्वलाई मनन गर्दै यसलाई बिर्सदैजानमानै सबैको भलो हुन्छ भनेर सधै सम्झनु पर्छ।
जीवनको कुनै मोडमा अचानक तपाईको भेट आफ्नो पूर्व प्रेमी वा प्रेमिकासँग भएमा पुराना घाउहरु बल्झन सक्छ, तब तपाईलाई उनको वर्तमानबारे जान्ने ठूलो उत्सुकता हुन्छ तर तपाईको यस कदमले तपाईको यस कदमले तपाई तथा उनको वर्तमानलाई ठूलो असर पर्ने वास्तविकतालाई बुझेर यस अवस्थाबाट पन्छिन सक्नुपर्छ।
जब आफ्नो पूर्व प्रेमी वा प्रेमिका संग अचानक भेट हुन्छ तब तपाईलाई आफ्नो विगतका यादहरु ताजा हुन जान्छ। तपाईले पहिले आफ्नो जीवनमा गरेको प्रेमका पलहरु आँखा सामु आउन थाल्छ यसले गर्दा तपाईलाई विस्तारै विगततिर फर्कन मनलाग्न सक्छ तर यस्तो समयमा आफूलाइ संयममा राखी वर्तमानलाइ अगांल्नुनै राम्रो हुने तथ्यलाइ संधै सम्झनसक्नु पर्छ।
लामो समय पछि आफ्नो पूर्व प्रेमी वा प्रेमिकासंग भेट भएपछि यसलाइ वर्तमानसँग दाज्नु हुदैन। विना जिम्मेवारी जवानीमा गरेको संगत र जिम्मेवारीका साथ निभाउनुपर्ने वैवाहिक जीवनमा ठूलो भिन्नता हुन्छ।
यसरी तुलना गर्दा मानिसहरु समयको महत्वलाई बिर्सने गर्छन किन कि मानिस विवाह अगाडि तथा विवाह पछाडि एउटै रहन सक्दैन। विवाहपछि मानिसमा ठूलो जिम्मेवारी आउँछ, तब मानिसले सामाजिक रहन सहनलाई अंगाल्नु पर्ने हुन्छ।
विवाह अगाडि गर्न सक्ने कतिपय कामहरु विवाहपछि सम्भव हुदैन। लवाई, खवाई, हिडाई यसका प्रत्यक्ष उदाहरण हुन। यसले गर्दा विवाहपछि यस्तो तुलनामा धेरै जस्तो अवस्थामा विवाहपूर्वको साथीमा बढी गुण देखापर्ने हुन्छ।
मानिसले जब जब विवाहपूर्वको सम्वन्धलाई दोहराउन थाल्छ तब तब उनको व्यवहारमा परिवर्तन आउन थाल्छ।
बहाना बनाएर घरबाट बाहिर जान थाल्ने, एक्लै बजारमा किनमेल गर्ने, घरमा खाना नखाने, राम्रोसँग बोल्न छोड्ने, कतै हराएको जस्तो हुने लक्षण तपाईमा आउन थाल्छ। यसबाट तपाईको जीवनसाथीलाई तपाईप्रति शंका उठ्न थाल्छ। यसबाट तपाईको वैवाहिक जीवनमा कटुता आउन थाल्छ। तपाईले जति कोशिस गरेता पनि यी दुईलाई तपाई सन्तुलनमा राख्न सक्नु हुन्न, यसले तपाईको वैवाहिक जीवनलाई तहसनहस पार्छ। एक अर्कामा अविश्वास जाग्न थाल्छ, यसैले समयमा नै यस्तो स्थितिबाट मुक्तहुन सक्नुमा नै सबैको विजय हो भनेर सम्झनु पर्छ।
यी सबै कारणले गर्दा हरेक मानिसले आफ्नो विवाहपूर्वको सम्बन्धलाई बिर्सनु अति जरुरी छ । यसले भावनात्मक रुपमा फेरी एक अर्कालाई नजिक्याउने प्रयास गरेतापनि यसबाट बच्नुमा नै सबैको भलो हुन्छ भनेर सम्झनु अति जरुरी छ।