यो समाज : हरेक पुरुषकी स्वास्नी एउटा बेश्या


” ऐया ..ऐया ….मलाई नकुट ..ऐया…मलाई छोडी देओ ….” यस्ता क्रन्दनपूर्ण चित्कार संगै हृदयमा डर, त्रास अनि एक्लोपनका अनुभूति माझ करिब ५ बजे बिहान मेरो नीद्रा खुल्यो | टाउको भारी भइरहेको थियो; हृदयमा ठूलो बोझ थियो |  केहि बेर बेड मै बसेर सोचे | ‘किन यस्तो सपना आयो होला ? मलाई कसै संग डर भय त थिएन | मलाई सबैले माया गर्छन | फेरि किन त्यस्तो सपना आयो होला ?’ अनि सम्झिए – केहि दिन अगाडी रत्नपार्कमा एक जना महिलालाई केहि नारी भक्षी पुरुषहरूले कुटे | ती महिलालाई निर्वस्त्र पारे बीच सडकमा | कता कता ती महिलासंग मेरो आत्मीयता गासिएको थियो| तिनको नग्नता संगै मैले आफु पनि नागिएको महसुस गरे| मान्छेका भिडमा मैले पनि आफुलाई एक्लो पाए | मेरो पनि आत्मस्वाभिमान मा ठेस पुग्यो|
मनमा अनेकथरी कुराहरु खेल्न थाले | अहिले तिनी कहा होलिन?
परिवारका सदस्यहरुले कस्तो प्रतिक्रिया दिए होलान ?  अझै सुर्य आकाशमा देखिएका थिएनन| झिसमिसे उज्यालो, सुनसान बस्ति, मस्त निद्रामा हराएका मानिसहरु ! तर मेरा आखामा भने निद्रा पटक्कै परेको होइन |

महिला यौनकर्मीका बारेमा अनुसन्धान गर्ने क्रममा करिब १५-१६ वर्षकी बालिकासंग मैले अन्तर्वार्ता लिएकी थिए| तिनले भनेका कुराहरु झल्झली सम्झना भैरह्यो| उनले भनिन ” भक्तपुरमा एउटा घरमा काम गर्थे……घरका मालिकले पढाई दिन्छु भनेर काम मा लागेका थिए….तर उल्टो मालिक्नी अस्पतालमा भएको मौका परेर त्यो घरका मालिकले मेरो बलात्कार गरे…सुरुमा त के गरेको थाह नै भएन…फेरी अर्को पटक पनि तेसै गरे …’कसैलाई नभन्नु, भने पछि तेरो आमा भाई गुन्डा लाएर मार्न लाउछु’ भने….यसै गरि अर्को पटक पनि त्यस्तो गर्न लाग्दा मा भागेर आमाको मा जान भनि हिडे …निकै राति भै सकेको थियो …कुर्ता च्यातिएको थियो …बाटामा केहि गुन्डा केटाहरुले मलाई भेटे…फेरी ती राक्ष्याश को शिकार हुन पुगे…पटक पटक बलात्कृत हुदा समाजका सभ्य भनौदा मानिसहरु बिच मा आफ़ुलाइ नितान्त एक्लो पाए…घरमा आमा बिरामी हुनु भएकाले कमाउने मान्छे एउटा म मात्रै थिए ….अनि आये …एस्तो  काम गर्न….दिनमा चिल्ला गाडी चदने सम्मान कमाएका तथाकथित सुनाम भएका पुरुषहरु राति भने यौन प्यास मेटौना हाम्रा नौकर हुन पनि तयार हुन्छन….एउटा त बिचबिचमा  सोधी रहने ‘ तिमीलाई रमाइलो लागि रहेछ ?’ धेरै पटक सोध्यो …मेरो पालो मैले प्यच्चै तेस्को मुखमा थुकी दिए र भने ‘येही हो मेरो उत्तर ‘ …त्यसले गाला रन्थनिने गरि एक झापड हान्यो ..मैले त्यसलाई दुइ झापड हाने ….’त  बेश्या को यत्रो हिम्मत….आज रातभरी को लागि तेरो शरिर मैले किनेको छु…’….’हामीलाई बेश्या बनाउने त जस्ता यौनपिपासु नारिभाक्षी पुरुष नै हुन्….जे गर्छौ हामि खुलेर गर्छौ….दिनमा धर्मात्माको खोल ओढेर राति अर्काकी दिदि-बहिनि , छोरी- बुहारी लाइ बेश्या बनाउदै हिड्ने त जस्ता कातर लाछी को जीवन भन्दा हाम्रो जीवन राम्रो ….”
सुर्य डाडामाथि झुल्किसकेछन् | केहि बेरमा खाना खाइ सकेर यसो बसेकी के थिए, शोभा दि आउनु भयो | फेरी अर्को कारुणिक  जीवन कथा सुने| शोभा दि ले भनिन ” माया, पारपाचुके देउ भन्दा उसले मान्दैन….उ संग बस्न म सक्दिन .. भोकाएको कुकुरले सिनो देखेर झम्टे झैँ हरेक रात मा त्यसले मेरो शरीर लुच्छ….माया, यो समाज का हरेक पुरुषकी स्वास्नी एउटा बेश्या हो …बिबाह सामाजिक मान्यता प्राप्त बेश्यवृति ..इच्छा  नहुदा नहुदै लोग्ने को सामु उनले आफुलाई समर्पण गर्नु पर्छ..अनि लोग्नेले उनलाई धन यश को भागिदारी बनाउछ…साच्चै भित्रि हृदये को कुरा खुलेर भन्ने हो भने करिब ९९.५ % विवाहिता हरुले यस्तै महसुस गर्छन …..”
उफ्फ ! जता गए पनि महिला उपभोग्य वस्तु ! म पनि यसबाट टाढा हुन सकिन | आज निकै आत्मग्लानी भै रह्यो| केहि महिना अघि, हाल अमेरिका बस्दै आएका इलाम आफ्नो घर बताउने एक जना तथाकथित पढेलेखेका पुरुष साथी संग मेरो भेट भयो इन्टरनेट मार्फत| म चाहन्थे मित्रता….कुराकानी ….तर उनि भने कुराकानी गर्न रुची नदेखाउने ….केहि दिन पछी त उनले च्याट मा भन्न थाले  ‘मेरो काखमा बसन…मैले तिमीलाई ओठमा किस   गरे …अगालो मारे ….मलाई त तातो लग्यो…तिमीलाई लाग्यो ?’ म भित्र उनि प्रति कुनै अनुभूति थिएन; त्यस्ता     पुरुषले आफुसंग गरेको त्यस्ता यौनजन्य क्रियाकलाप हरु चित्रित गर्दा मलाई निकै आत्मा घृणा जाग्यो|  कता कता आफु नै दोषी देख्न थाले| हप्ता  दिन सम्म त मानसिक द्वन्द नै चली रह्यो म भित्र|  केहि महिनामा  उनले विवाह गरे पछी त मलाई बहिनि भनेर पो बोलाए|  अनि सोचे कति खुकुलो रहेछ त्यो मानिसको बोलि…मूल्य मान्यता अनि चरित्र !  कति सतही रहेछ नेपाली समाजको सभ्यता -बहिनि र स्वास्नी संग गर्नु पर्ने आचरण पनि दर्ह्यो संग सिकाउन नसक्ने ! केहि दिन अघि सम्म दाई बहिनि भएर समाज मा चिनिने अनि केहि महिना पछी त श्रीमान श्रीमती भएर समाज सामु देखा पर्ने ….सायद यो त नेपाली समाज को चलन नै हो !
शोभा दि ले मेरो कुरा सुने पछी भनिन ” माया, त्यस्तै हुन् यी पुरुषहरु….जति सुकै महिला अधिकार का भाषण दिए पनि, यौन प्यास मेटाउन जहासुकै जहिलेसुकै भए पनि पुरुष आफ्नो इमान नैतिकता बिर्सन्छ….तिमीले भनेको जस्तो मान्छेले त रगतको नाता भएकी बहिनि संग आफ्नो यौन प्यास मेटाएर भोलिपल्ट उनी संगै भाइटीका लाउन पनि सन्कोच मान्दैन…आत्मा घृणा जाग्दैन उसमा किनकि उ पुरुष हो …”
आज दिन भरि महिलाका व्यथाहरु सुन्दै सुनाउदै दिन गयो| बाहिर जाने उमङ्ग जागर भएन| रातिको खाना खाएर फेरी कोठामा आये|  निद्रा अझै लागेको होइन| अनेक प्रश्नहरु बल्झेर आइरहेछन- किन महिला मात्रै बेश्या हुनु पर्ने? किन महिला मात्रै कलंकित हुनु पर्ने ? किन महिला मात्रै दोषी हुनुपर्ने ? ..किन ..किनकिनकिन…..???????