पैसा फल्ने रुख भईदिएको भय बिदेसमा

हजारौका मनमा हजारौ सपना हुन्छन् । सपनाका सयौ क्रमहरु उतार चढाव भईरहन्छन् । एक मान्छेका एक सपना मात्र भए पो पुरा हुने सम्भावना हुन्छ । एकका अनेक सपनाहरुले मान्छेलाई राजधानीको असनमा हराएको जस्तो अलपत्र पार्देछ ।
हाम्रो देशका अधिकाश युवाहरु विदेशिने होडबाजीमा रहन्छन् । राम्रो घरानाका राम्रै देशमा अनि बाँकी रहेकाहरु छानी छानी । त्यो छानेर जाने देशहरुको श्रेणीमा गल्फ पर्दछ । यहाँको नेपालीहरुको ओईरो पनि कम्ताको छैन । यहाँ स्थित नेपाली नियोगका प्रथम सचिव रामकाजी खड्काका अनुसार झण्डै ६००/७०० को अनुमानित नेपाली युवाशक्ति यतैतिर पस्दैछन् रे । 
यो कुरा साधारण होला । अनि यसको प्रतिउतर पनि त्यतिकै सहज । देशमा रोजगार छैन, के गर्नु त ?  भोकै मर्नु भएन । आफु त जे होला सो होला । तर परिबार ! अलेतियामा हजुर आरामै भनेर हात समाएका मोरङ्गका विष्णु दाहालसँग एकघण्टा अपरिचित हुलमा चिया पिएर गफिए पश्चात सहज जवाफ पलाएको थियो । यो विष्णु दाहालहरुको बाध्यता यहीबाट चुलिन्छ । अनि मौका नताकीकन ८० हाती अंकित कागज बुझाएर जीन्दगी चलाउन हुतिनु परेन त ? अनि बाबु नी ? ४५ नाघेका दाहालको प्रश्नको जवाफ दिन पाईन किनभने उता सँगै मस्जिदमा हुल समेटिएको तस्वीर उतार्न बिदा भएँ । शायद त्यो समय रातको झण्डै ११ बजेतिर हो ।

लगभग त्यहाँबाट मध्यरातको २ बजेतिर फर्किदै थिए । चार/पाँच जनाको समुह भेटे । बाटो गफिएर काटिन्छ नी भन्ने स्वार्थमा म बोल्न खोजे । मजाले बोलेर अघि बढ्यो । नेपाली मित्रहरु रातको रोजगारका लागि एक कामको ठेक्का लिएका रहेछन् अनि त्यही काम गर्न हिडेका रे । यो गजबको अबसर भयो । मेरो आँखामा नयाँ दृश्य आयो । यही मौका हो पैसा सजिलै कमाइन्छ भनेर विदेशिनेहरुका लागि सन्देश भनेर उनीहरु सँगै लागे कार्यस्थल तिर । अनुरोध गरेर त लग्यो तर तस्वीरको अनुमति अर्थात मित्रहरु राम्रो सँग बोल्न चाहनु भएन । तस्वीर खिचेको देखेपछि काम पनि रोके उनीहरुले । अनि दर्जन अनुरोध गर्दे हाम्रो दुखको सन्देश गयो पो अरु आउँदैन त यसै गरि काम गर्ने भन्दै निकै तस्वीरहरु उतारे । तर उनीहरुका मिहिनेत र ईच्छालाई सम्मान गर्दे बिना प्रकाशमा तस्वीर लिए । जसमा मेरा पाठकलाई तस्वीर अस्पस्ट भएको अनुभव हुनेछ । 
कतिपय तस्वीरहरु सान्दर्भिक र राम्रा खिच्न सके । तर ती तस्वीरहरु मैलै अर्काे पालीको लागि साँचेको छु । यहाँ राखेको यो तस्वीर श्रृंखलाले मैलै एक स्तम्भ भत्काउन एक मिहिनेती पाखुराले गरेको बल देखाउन खोजेको मात्र हुँ । यसको बारेमा एक लेख तयार गर्देछु । चाँडै नै सम्पुर्ण विवरण सहित तपाईहरुले पढ्न पाउनु हुनेछ । यो कुरा कोरिरहँदा मलाई एक अपरिचित तर नेपाली माटोको आफ्नै साईनो पर्ने जो महिना दिन अघि उमसाईडको मेडिकलमा भेटेका थिए । उनले भनेका थिए । सर खुब पैसाका रुख होलान् अनि निकै पैसा फल्दोहोला भनेर बिदेश आईयो । यहाँ पैसा यस्तै हो खजुर पो खुब फल्दोरहेछ ।