म जन्मदा

म जन्मदाको
त्यो शुन्य समयमा
यो शुन्य मस्तिष्कले के सोच्यो होला ?
शुन्यतालाई चिर्दै रोएथे रे ।
दुनियाँ चिहाएको
त्यो पहिलो क्षण
यी आँखाहरूमा कहाँको प्रेत लाग्यो होला ?
भयभित भई रसाएथे रे ।
आखिर,


के चाहि पचाउन गाह्रो भएको थियो ?

कुन चाहि रुप थियो यो दुनियाँको ?

त्यति गाह्रो भएको ।

असह्यय भएको ।



आज त्यहि शुन्य समय

जव सेकेण्ड, दिन, बर्षहरू हुदै,

शरद बसन्तहरू पार गर्दै,

जलवायुसँग परिवर्तन हुदै,

केहि स्मरणले,

जव शुन्य मस्तिष्कमा केहि ठाउँ लियो ।

बासना अनि चेतनाको विकास भयो ।

अनि,

मैले महसुस गरे,

सबै व्यर्थ,

झन गलाउछ सधैं

रुवाउछन् सधैं सधैं

शुन्यता मेट्न चाहदैनन् कोहि ।

गलामा हाड भईदिन्छन् ।

प्रेत भएर मडारिदिन्छन् ।

अनि मात्र,

मैले थाहा पाए ।

म जन्मदा,

मेरो आँखा किन रसाएथ्यो ।

मेरो चिच्याहट किन बढेथ्यो ।



त्यसैले त, इच्छा हुदैनथ्यो, यस धर्तिमा आउन ।

अपच भई पीडाँ बढेथ्यो ।

यो सुन्दर दुनियाँको,

कुरुप व्यवहारले गर्दा ।

स्वार्थले सीमा नाघ्दा ।

पीडाँको झझल्को देखि,

आउन चाहन्दैनथ्यो ।

भाग्न चाहन्थ्यो ।

टाढा टाढा धेरै टाढा,

क्षितिज पारि,

कहिल्यै नभेट्ने गरि ॥