म कहाँसम्म आएँ त ?

मानिसका निष्ठा, धर्म, स्वाभाव यावत मानवीय सत्यहरु
छेपाराका रंग जस्तै अवसर , मौसम र स्वार्थ अनुसार
परिवर्तन भइरहेछन् । अचेल कता कता मलाई लाग्छ
हामीसँग अब जीवनबोधको कुनै निश्चित सत्य छैन ।
लाग्छ अहिले यतिखेर हामी कुन यात्रामा लागेका हौं -
जीवनयात्राको कुनै यकिन छैन । हामी सुख, आनन्द र

सुरक्षाका लागि निरन्तर प्रयत्नशील छौं, तैपनि
 अहिलेसम्म
दुःख, निराशा र असुरक्षामै बाँच्न बाध्य छौं ।


इच्छा, तृष्णा लोभ आदि यावत प्रपञ्चनासँग गाँसिएको
महन्वाकाँक्षाभित्र कैंद- हामी जब छटपटाउँछौं, त्यसलाई
कसैले नाच भन्छ । संवेदनाले छाती भरिएर जब
सुसाउँछौं - कसैल्ो गीत भन्छ अथवा कविता । भित्रभित्रै
चुँडिएर, टुक्रिएर, खुम्चिएर जब मर्ुछा पर्र्छौं- कसैले
त्यसलाई संगीत भन्छ, कसैले अनिश्चित रंगमा निश्तिपना
दिन कोरेको, पोतेको चित्रकला । एउटा दृश्य हर्ेर्ने
आँखाहरु पनि फरक-फरक छन् । एउटै आवाज सुन्ने
कानहरु पनि फरक-फरक छन् । एउटै अनुभूति गर्ने मनहरु
पनि फरक-फरक छन् । मान्छे पिच्छेका आँखा, कान र
मनहरु - जुन युगदेखि स्थापित दृश्य, आवाज र
मौसमलाई फरक फरक देख्छन्, सुन्छन् र अनुभूति गर्छन्
। बाजेले जे देखे, बाबुेले अर्को देखे , छोराले अर्कै ्
नातिले अर्कै । सत्य छुन पुस्ता दर पुस्ताले सकेनन् ।
एउटा निश्चित विश्वास र एउटा दृढ एकिनसाथ कोही
साक्षात्कार भएनन् । सम्झन्छु, बाल्यकालमा हाम्रो मन
कस्तो स्निग्ध र स्पष्ट थियो । त्यही मन किशोरवय र
युवामा प्रवेश गरुन्जेलसम्म पनि ऐना जस्तै र्छलङ्ग थियो
त्यसबेला कुनै पनि साथी, साथी नै थिए अन्तरघाती
थिएनन् । त्यसबेलाको हाँसो , हाँसो नै थियो - अहिले
कसैले केही भन्ला कि भनेर हाँस्ने हाँसो जस्तो बाध्यताको
पासो थिएन । अहा



११ त्यसबेलाका संवेदनाका लहरहरु छातीमा कति विचित्रसँग
उठ्दथे , आफ्ना वयकी कुनै किशोरीसँग मुस्कुराउन पाउँदा
मनमा कस्तो थाहा पाइनसक्नु भावनाका इन्द्रेणीहरु
तरङ्गति हुन्थे । के गरौं, कसो गरौं - भाषा नपाएको
अनुभूति उठ्थ्यो , बस्थ्यो र कैयौ दिनसम्म हृदयका
वरिपरि फन्को मारिरहन्थ्यो । त्यसबेला बाँच्नु अहिले
जस्तो हरेक दिन बाध्यता नभएर एउटा रमाइलो उत्सव
जस्तै लाग्थ्यो ।



उमेरका क्रमशः आरोहणसँगै घर परिवारको जिम्मेवारी,
पेशागत जीवन र बढ्दो महँगीको बीचमा , मुलुकको
अस्थीर राजन्ौतिक वातावरण र यसका चारैतिर फैलिएका
संस्थागत विकृतिहरुमाझमा - अहिले जीवन कस्त्ाो
कहाली लाग्दो क्षणका उभिएको क्षण प्रतिक्षण अनुभूति
भैरहेको छ । त्यति सफा त्यति स्निग्ध र ऐना जस्तै
त्यसबेलाको मनमा समयले कति धुलो जमाइसकेछ ।
चढ्दो उमेरको आरोहणसँगै बाँच्नु पर्ने बाध्यताले फूल जस्तो
कोमल , लचिलो यो मन अहिले कति कठोर बनाइसकेछ
। त्यसबेलाको निष्ठा, धर्म र स्वभाव थाहै नपाई समयले
कतिवटा काँचुली फेरिसकेछ । आज आफूलाई टाढा उभ्याएर
त्यो तस्वीर तुलना गरेर हेर्दा आफैंलाई स्वयं आफैं कस्तो
चिन्ानसक्नु भइएछ ।



यस्तो संवेदनाहीन, यस्तो तरङ्गविहीन एउटा कुरुप बूढी
कन्याको उमेरमा बाँच्न बाध्य मानिससँगै कुन उत्साहको
ज्वारभाटा होस् कुन आशाको झंकार होस् कुन विश्वासको
सञ्चार होस् । ठाउँ छाडेर लडिसकेको ढुङ्गाले कहाँ आफ्नो
निश्चित धर्ती भनेर अडिने - अरुको इच्छामा अरुकै कौशीको
गमलामा फुल्न अभ्यस्त भइसकेको फूललाई आफ्नो धर्तीमा
उम्रन, बढ्न र फुल्न्ा कति अप्ठ्यारो । बाँच्नुको कति
मीठो भ्रम पालेर बाँचिरह्यौं । मनभरिखुसी र आनन्दै छ

भन्ने भन्ने भ्रम पार्न कतिपल्ट हाँस्यौ - मुख हाँसेर मन
रोइरहेको कसले देख्ने - अरुलाई ढोग्दा ढोग्दा बनाएको
आफ्नो आत्मसम्मानको भ्रममा कति सजिलै लोकका
अगाडि स्वाभिमानी चरित्र प्रस्तुत गरी रह्यौं । अहा १
अहिलेसम्म बाँच्नुका नाउँमा कति अभिनय गर्‍यौं, गर्‍यौं ।
अवसर, मौसम स्वार्थ अनुसार हिड्नु पर्ने यो सांसारिक
यात्रामा आफ्नो लागि भनेर त कति हिडियो र - आफ्नो
खुसी बाँच्न्ा कतिपल्ट आफूलाई किनियो, बेचियो ।
समयको नियतिमा बग्दै जाँदा मन लागेका काम कुरा र
सम्बन्धलाई कति पूरा गर्न सकियो र -



जीवन यात्राको यो उमेरसम्म आइपुगेर संझदा लाग्छ
यात्राको पूर्वाद्धसम्म त आफैं हिडियो, उत्तरार्द्धतिर आएपछि
अहिलेसम्म मेरो नाउँमा को हिडियो - को हिड्यो, घरीघरी
हेर्छु, नियाल्छु - त्यो मानिस म चिन्दिनँ । यतिबेला
मनमा बारम्बार एउटा प्रश्न उत्तर खोजिरहेछ ,आखिर म
कहाँसम्म आएँ त ?