अरेबियन समुन्द्री किनारमा

"सधै जसो उत्तर चढाब ,पीडा र आबेगहरुले बितिरहेको जिन्दगीलाई एकै छीन अरेबियन समुन्द्री किनार तिर डुलाउदै गर्दा एक किसिम कि अलौकिक आनन्द आउदो रहेछ " पर्बतका नारायण पुनले यसो भनिरहदा समुन्द्री लहरहरुले एकलासले किनाराहरु चुमीरहेको थियो ,यस्तो लाग्थ्यो बर्षौ देखिको पुनरमिलनको आ‍शामा यिनिहरुमा एक आर्कालाई सामिप्यमा लिईरहेका छन, मिलनको ज्बाला बनेर छालहरु किनारा सम्म ठोकिईरहदा युगौ युगको अटुट सम्बधलाई हरेक पछिल्ला पलहरु बनेर कहिले सान्त शितल त कहिले कठोर बनेर अबिरल अबिरल सामज्सता मा हराउदै लगेका छन ।



नेपाल जस्तो भुपेरीबेष्टीत देशबाट सुनौला सपनाहरु बोकेर अबसरको खोजिमा बहिरिएकाहरुले,सुनेका समुन्द्रलाई आत्मसात गरेर यसको मजा लिन पछि पर्नु भनेको अलौकिक अबसरको अबसर गुमाउनु जस्तै हो ।काम का पीडा ,बेदना,एक्लोपनका छटपटाहटहरुलाई पलभरको लागी बिर्सेर बिसाल पानिको लहरहरु सग आखाले मितेरी लगाई रहदा जिन्दगीका उत्तमपलहरुको रुपमा बयान नगरिरहन सकिन्न ।

अझ नेपालमा पहाड माथि बाट उदाउने सुर्यलाई यहाको बिसाल समुन्द्रको क्षितीजबाट बिस्तारै उकालो लाग्दै गरेको हेर्दा जो कोहीको मुहारमा पनि खुसीको मुस्कान छाउन सक्छ । सायद दिन भरीको रापले अतालिएर सुर्य आफै साझ परे पछि समुन्द्रमा गएर डुबिरहदा अथबा क्षितीजमा समुन्द्रले कर्ल्याप्प निलिदिदा जो कोहिलाई पनि मनमा खिन्नता लागी रहन सक्छ । " यि याबत कुरा हरु युगौ युग देखी आनबरत रुपमा चलिरहेका धुर्ब सत्यलाई नियालिरहन जरुरी नदेख्नेहरुलाई पनि लोघ्याउन सक्छ सायद " बिगत दुई बर्ष देखि कुबेतमा कार्यरत कास्की,मिजुरेडाडाका महेन्द्र गुरुङ भन्छन "खास गरी बिहान र बेलुका को बेला समुन्द्रका लहरहरु सग खेल्नु को मजा नै बेग्ले हुन्छ ।यि छालहरु एक आपस मै तछाड मछाड गर्दै किनारलाई चुम्न हतारीईरहे जस्ता देखीन्छन ।"अनि यी छाल सगै आउने माछा र किराहरुलाई निशाना बनाईरहेका चराहरुको चिरचिराहटले मनलाई नै तरगीत नबनाईरहन सकिन्न । उनि थप्छन," आखीर नेपाल गए पछि यि समुन्द्र र यस सग जोडिएका आनन्द लिन कहा पाईन्छर ?
किनार बाट देखिने बिसाल भोयाजहरुको यात्रालाई सुभकामना दिईरहेका जिबन गुरुङ चै यि कहा सम्म कती दिन सम्म पुग्दा हुन ,भनेर बडो अचम्म मानिरहेका थिय । उनिले भोजपुर छोडिरहदा यो सब कुराको पनि आनन्द पनि लिने निश्चय गरेर नै आएको बताउछन । यि किनारा हरु को जिबन्तता लाई अबलोकन गरेर मन देखि नै खुसी हुन खुब मन पर्छ रे उनलाई ।



 दन्दबादमा अल्झेकाहरु,अरुले गरेको मा खोट देख्नेहरु ,आफूलाई एक्लो महशुस गर्नेहरु,आफ्नो कार्य ब्यस्ततालाई थाती राख्दै एक पटक किनार सम्म पुगेर ति लहर सग आफ्नो मुल्याङकन गर्नु सायद एउटा नया पन पो दिनेछ ति अरेबियन समुन्द्री किनारले ।

अस्तू



बिमल लामीछाने
मिसीला बीच क्लब
कुबेत