अष्ट्रेलियन धनी मानिसमा नेपाली पनि

अष्ट्रेलियाको बि आर डब्लू म्यागेजिनले सन् २००९ मा छनौट गरेको २०० जना धनाड्यको सूचीमा एकजना नेपाली उद्योगी ब्यावसायी शेष घले १६४ औं नम्बरमा पर्न सफल भएका छन् । नेपालअष्ट्रेलियान्युजका अनुसार आज भन्दा १९ वर्ष अगाडि विद्यार्थी भिसाको रुपमा आपनी श्रीमती सहित एउटा सानो सुटकेश र हाते ब्यागमा अस्ट्रेलिया भित्रिएका घले आज दुइ सय आठ मिलियन डलर सम्पत्ति जोड्न सफल भएका छन् । नेपालको दुर्गम जिल्ला लमजुङ्गबाट सन् १९९० मा घले एमविए र उनकी श्रीमती जमुना गुरुङ्ग मार्केटिङ्ग डिग्री अध्ययनका लागि नेपालमा भएको सानो पूजी सबै बेचेर मेलवर्न आएका थिए ।
उनलाई अमेरिका यूके भन्दा पनि अष्ट्रेलियाको पोष्टरले मेलवर्न आउन उक्साएको थियो । मेलवर्न यात्राका क्रममा उनले निकैं समस्या झेल्नुपरता पनि साहसी घलेले आप्नो उद्धेश्यका लागि निरन्तर परिश्रम गरिरहे । फलस्वरुप उनले सन् १९९६ मा मेलवर्न इन्स्टीच्यूट अफ टेक्नोलोजी एमआइटी स्थापना गरेका थिए । आज उनको यो उद्योग मेलवर्न हुदै सिड्नी सम्म आइपुगेको छ । उनको लगानी यस बाहेक शेयर बजारमा पनि रहेको बताइन्छ ।

अब उनको योजना अर्को वर्ष बि्रसवेन र पर्थमा पनि कजेज संचालन गर्ने रहेको छ । उनले खोलेको एमआइटीमा अहिले मेलवर्नमा २००० जना र सिड्नीमा १००० गरी ३००० जना विदेशी विद्यार्थी अध्ययनरत छन् । उनले इन्स्टीच्यूट संचालनका लागि आप्नैं भवन पनि खरिद गरिसकेका छन् । उनले आप्नो गाउँमा अस्पताल विद्यालय लगायत अन्य सामाजिक विकासका लागि लाखौं चन्दा दिए पनि मिडियामा आउन नचाहेकाले कुनै पनि सहयोगमा उनको नाम आउने गरेको थिएन । परिश्रमी घलेले एउटा सानो देश नेपाल त्यसमा पनि दुर्गम गाउ लमजुङ्गबाट विदेशमा आइ गरेको प्रगतिको खुसी देश भित्र र वाहिर रहेका सबै नेपालीहरु बीच छाएको छ ।