जिउ खप्टिएर निदाइरहेको अवस्थामा शालिन-सुन्दरी: स्प्रिङ-समर-फल-विन्टर एन्ड स्प्रिङ


‘तिम्रा लागि औषधि त त्यो पो थियो ?’, आफ्नो चेलासँग जिउ खप्टिएर निदाइरहेको अवस्थामा शालिन-सुन्दरी हा योलाई भेटेपछि बौद्ध भिक्षुको प्रश्न। जवाफ केही आउँदैन। हुन पनि हो जीवनले सबै प्रश्नहरुको जवाफ छाडेको पनि त हुँदैन। अनि आफ्नो मनोवैज्ञानिक रोगको उपचार सेक्स हो वा बौद्ध गुम्बाको परम्परागत औषधि भन्ने निर्क्योल फरक संसारमा हुर्किएर गुम्बा पुगेकी युवतीलाई के थाहा। हा योसँग कुनै उत्तर नभए पनि उनी अभिनित स्प्रिङ-समर-फल-विन्टर एन्ड स्प्रिङले सिंगो मानव जीवन क्षेत्र के हो भन्ने विषयलाई गहिराइमा पुगेर जवाफ दिएको छ। फिल्मको थिम विश्वव्यापी छ- संसारका हरेक मान्छे जन्म-बच्चा-यौवन-वृद्ध अनि मृत्युको चक्रमा घुम्छन्।
एउटा तालको बीचमा अवस्थित बौद्ध गुम्बाबाट सुरुभएको फिल्मले ऋतुहरुको चक्रमा जीवनलाई तुलना गरेर पालैपालो मान्छेको बाल, यौवन, वृद्ध र मृत्युको कथा बोल्छ। जीवन चक्र एउटा नदीको अविराम प्रवाह हो र यसलाई मान्छेका कर्म (कुसल-अकुसल) ले निर्धारण गर्छ भन्ने बुद्ध दर्शनलाई फिल्मले सरल ढंगले प्रस्तुत गर्दछ। अविद्या (युनिभर्सिटिले सिकाउने विद्या हैन मान्छेमा रहने विशेष शक्ति पहिचान बिनाको अवस्था) को समयमा मान्छे अरुको हित छाडेर आफ्नो खुशी मात्र हेर्छ। आफ्नो खुशीका लागि अन्य (प्राणी) लाई दुःख दिन्छ, हत्या गर्छ भन्ने पक्ष बालक भिक्षुमार्फत् उजागर गरिएको छ। र, जानेर/नजानेर गरिएका सबै कर्मको फल जीवनको कुनै कालखण्डमा स्वयंले भोग्नै पर्छ भन्ने सन्देश फिल्ममा छ।
१ सय २ मिनेटको फिल्ममा प्रशस्त सिम्बोलिज्म प्रयोग भएको छ। सिम्बोलिज्ममा पनि जापान र कोरिया केन्द्रित झेन बुद्धिज्मका मिथकीय कथा हाबी छन्। वृद्ध भिक्षुले आत्मदाह गरेपछि सर्प गुम्बा छिरेको दृश्यले गुम्बामा मानव नभएको संकेत गर्छ, हाँसका भालेपोथीबीचको क्रिडाले किशोर भिक्षु र हा योसँगको यौन क्रिडाको संकेत गर्छन्। फिल्ममा यौन प्यासको लागि एउटा युवामा जाग्ने भोक र त्यसको विछोडमा हुने मानव छटपटिका दृश्य बेजोड छन्। यौन भोग्न गुम्बा छाडेर संसार छिरेको भिक्षु श्रीमती अर्कैसँग लागेपछि हत्या गर्नेसम्मको आवेगमा पुग्छ। संसार भोगिसकेपछि मात्र गुम्बाभित्रको शान्ति र संसारको दुःखलाई छुट्याउन सक्ने बन्छ। र श्रीमती हत्याको सजाय भोगिसकेपछि नयाँ रियलाइजेशन सहित फेरि गुम्बामै फर्किन्छ। त्यसपछि आफ्ना खराब पूर्व कामका लागि उसले गरेको प्रायश्चितले त्रिपिटकमा बुद्धले व्याख्या गरेका दुःखका स्रोतहरुको सम्झाउँछ– यौन (तृष्णा), सम्बन्ध (अट्याचमेन्ट) र तिनमा निहीत इन्फाचुवेशन (भ्रम) दुःख हुन्। र तिनमा निहीत दुःख भोग्न मानव संसार अभिसप्त छ।
स्प्रिङमा सुरु भएको फिल्म मानव जीवनका हरेक उमेर समूह व्याख्या गर्दै अन्त्यमा स्प्रिङमै गएर टुंगिन्छ जसरी मान्छे जन्म-बाल-युवा-वृद्ध हुँदै मर्छ र फेरि जन्मन्छ। थोरै सम्वाद प्रयोग भएको स्प्रिङ-समर-फल-विन्टर एन्ड स्प्रिङ सामान्य गतिमा बगेको छ तर फिल्मले व्याख्या गरेको विषय असाध्यै गहन छन्। निर्देशन किमकी डुकले बौद्ध दर्शनको अधिकतम फिल्मीकरण गरेका छन्। फिल्म हेरिरहँदा लाग्छ आजको मान्छे त जन्मन्छ र शारीरिक विकाससँगे यौन र धनको इच्छा मात्र थप्छ। अनि जीवनभरि यौन र धनका लागि घोटिएर कहिलै आँखा नउघारी अविद्याको अवस्थामै मर्छ।

काँच सरह भएको सेक्स

हाम्रो सामाजिक परिवेशमा महिलाहरूमाथि सानो उमेरमै उनको इज्जतनराम्रो हो, पाप हो जस्ता भावना थुपारिन्छ । सही जानकारी सही ढंगबाट प्राप्त नहुनाले उनीहरू सहवासलाई लिएर एक किसिमको अपराधबोध, ग्लानी वा हीनताको भावना पाल्छन् र यौवनावस्थासम्म आइपुग्दा पनि यो हीनता यथावत् रहन्छ । त्यतिबेला शरीरमा बढ्ने हार्मोन्सले आफ्नो प्रभाव देखाउन थाल्छ र पूरा शरीर स्पर्शलाई लिएर अत्यधिक संवेदनशील हुन्छ । जहाँ एकातिर स्पर्शको कामना बढ्दै जान्छ, त्यहीं अर्कातिर पुरुषको सामिप्यबाट मनमा डर उत्पन्न हुन्छ ।
रहस्यमय अनुभूति
अधिकांश नवयुवक विवाहपश्चात् शारीरिक सुख प्राप्तिको मानसिकता राख्छन् । श्रीमतीलाई सुखको आभास प्रारम्भ

एक सर्वांग नग्न युवती : यौन चित्र

एउटा कोठाको बीचमा एक सर्वांग नग्न युवती बसेकी छे । उसलाई २०/३० जना कलाकारले घेरेका छन् । त्यो युवती चित्र कोरिरहेका कलाकारहरूका लागि विभिन्न आसनमा बस्छे या उभिन्छे । उसको नांगो शरीर विभिन्न कोणबाट हेरिन्छन् ।
ललितकला अध्ययन गरिरहेका विद्यार्थीका लागि मानव शरीर (स्त्री शरीर) को बनोट र वान्की जान्नका लागि लाइफ मोडेल भनिने यस्ता केटीहरू आवश्यक हुन्छन् । लन्डनकी साराह स्नी लाइफ मोडेल हुन् । २०/२५ जोडी आँखा उनका शरीरका एक एक अंगलाई हेरिरहेका हुन्छन्, जाँचिरहेका हुन्छन् । अरुलाई दुस्वप्न लागे पनि साराह स्नीका लागि यो दैनिक काम हो ।
लियोनार्दा दा भिन्चीदेखि ल्युसियन फ्रायडसम्म, कलाकारहरू लाइफ मोडेलका नांगा शरीरबाट लाभान्वित भएका छन् । नग्न कला सिर्जना गरेर विख्यात हुने कलाकार धेरै छन् । तिनका कलाका लागि योगदान गर्ने लाइफ मोडेल भने कहिल्यै चर्चामा आउँदैनन् ।
मोडेलिङ सुरु गर्दा साराह स्लेड स्कुल अफ फाइन आर्ट, लन्डनमा पढिरहेकी थिइन् । पैसाको खाँचोले उनलाई कलाका लागि मोडेलिङ

मलाई मार्नेहरुको लागी

म त 
 मेरै बाटो हिडिरहेको थिएँ 
 जसोतसो - बाचिरहेको थिएँ 
 आफ्नै सन्सारमा- हासिरहेको थिएँ । 


अनायसै मेरोसामु 
 उ एक्कासी आयो 
 र भन्यो- 
 तिमी त बर्बाद भएछौ! 
 तिमी त मरे तुल्य भएछौ!! 


उ गयो । 
 अनी 
 तिमी आयौ र भन्यौ- 
 तिमी त सखाप भएछौ 
 तिमी त बर्बाद भएछौ 
 तिमी त मरेतुल्य भएछौ 
 तिमी त चक्नाचुर भएछौ 


तिमी पनि गयौ । 
 त्यसपछि- 
 जो जो आए, त्यसै भने । 

अन्त त: 
 म वर्बाद भएँ 
 म सखाप भएँ 
 म चक्नाचुर भएँ 
 म मरेतुल्य भएँ । 


निस्कर्स: 
 चितामा जलिरहदा थाहाभयो! 
 म तिमीहरु द्वारा मारिएँ ।

म भित्रको चरो

आफूलाई आफैंभित्र हराएर

निर्भिकतापूर्वक यात्रामा अघि बढिरहँदा

थाहा छैन गन्तव्यको बिन्दु कता अलमलियो

टक्क उभिएर दृष्टि दौडाउँदा

यथास्थितिको कुरुपताले

दाह्रा ङिच्याएको हेर्न नसकीे

पाइला चालेको हो

सिउँढीका काँढा शीतल हुँर्दैनन् भन्ने

बाबु भाउजुलाई धोका नदिनु, यसको आँसु लाग्छ

बाबु भाउजुलाई धोका नदिनु, यसको आँसु लाग्छ । अहिले सबै घर धान्ने यहि छे । तिमीलाई पठाउने कागजपत्रमा सहि लगाएर आउदा डाडाको चौतारीमा बसेर छोरालाई दुध खुवाउदै निकै बेर रोई । रुपेशले उनका बा ले फोनमा भनेका कुराहरु सम्झे । उनले यति समयसम्म धेरै जना संग धेरै कुराहरु सुनेका थिए । कसैले यो काम राम्रै हो भनेका थिए भने कसैले यस्तो गर्नु भनेको आफु झन बन्धनमा परिन सकिने शंका पनि गरेका थिए । आफ्नो उद्धेश्य पुरा हुने दिन आइनपुग्दै कतै सोचेको काममा बाधा आएर बाले भनेजस्तै हुन्छ कि भनेर रुपेशलाई चिन्ता नलागेको होइन । प्यारी निर्मला र छोरालाई छिटै नै आफूसंग ल्याउनको लागी केही साथीको सल्लाह अनुसार उनले यो काम आटेका थिए । यस्तै कामको सिलसिलामा एजेन्सी मार्फत भेट भएकी हुन फतीमा । सरसर्ती हेर्दा सरल स्वभाव र साधारण पहिरन छ उनको । उनले आजसम्म कतिवटा अस्थाई श्रीमान बनाइसकिन भन्ने गन्न उनलाई केहीवेर सोच्नै पर्ने हुन्छ ।

पैसा फल्ने रुख भईदिएको भय बिदेसमा

हजारौका मनमा हजारौ सपना हुन्छन् । सपनाका सयौ क्रमहरु उतार चढाव भईरहन्छन् । एक मान्छेका एक सपना मात्र भए पो पुरा हुने सम्भावना हुन्छ । एकका अनेक सपनाहरुले मान्छेलाई राजधानीको असनमा हराएको जस्तो अलपत्र पार्देछ ।
हाम्रो देशका अधिकाश युवाहरु विदेशिने होडबाजीमा रहन्छन् । राम्रो घरानाका राम्रै देशमा अनि बाँकी रहेकाहरु छानी छानी । त्यो छानेर जाने देशहरुको श्रेणीमा गल्फ पर्दछ । यहाँको नेपालीहरुको ओईरो पनि कम्ताको छैन । यहाँ स्थित नेपाली नियोगका प्रथम सचिव रामकाजी खड्काका अनुसार झण्डै ६००/७०० को अनुमानित नेपाली युवाशक्ति यतैतिर पस्दैछन् रे । 

एउटा यौन कथा

रात त्यस्तै हो, चकमन्न अध्यारो छ, मैले सबै भन्दा मन परायकी केटी साथैमा छे, एउटा सानो बिस्तारा अनी एउटै ओढ्ने। उ अझै कुनपट्टी नै फर्केर सुत्दै थिई, शायद निदैसकिछ, कती छिटो निदाएकी, बिचरा मातेर आएकी छे, उस्लाई आज केही मत्लब छैन, शायद उस्लाइ यहाँ सुत्नु र आफ्नो कोठामा सुत्नुको फरक पनि थाहा थिएन होला। मेरो मन्मा नानाथरिका कुराहरु खेल्न थाले, थोरै राम्रा धेरै नराम्रा। नराम्रओ त के भन्नु राम्रै हो तर अली रमाइलो किसिमको। मलाई अली अली जाडो भएपनी पुरै तन्ना उस्लाई नै ओडाइदिये। कोल्टे फर्के अर्थात म पनि कुना तिर नै फर्के।
उसको त्यो सिल्की कपालले मेरो अनुहार नै लत्पतियो, त्यस्को कपालको त म पहिले देखिनै फ्यान। प्रत्य्क रेसा रेसा सलल बगेको अनी लामो पनि त्यत्तिकै। उ कुनापट्टी फर्किदा त्यस्को कपालले पुरै मेरो अनुहारभरी झट्का हानेको थियो,

पल्लो घरकी आइमाई

जीवनको अठारौं वसन्त पार गर्दै गरेका बेला, प्रेम र सुन्दरताको परिभाषा बुझ्दै गरेका बेला, स्त्री निकटताको तरंगको मदहोसी कल्पना बुन्दै गरेका बेला म उसको त्यो मुस्कानमा डुब्न थालेँ, उसको हेराइमा हराउन थालेँ


...लामो अन्तरालपछि आज व्यस्त पुतलीसडकमा उसलाई देख्दा एउटा अनौठो तरंग शरीरभरि नै व्याप्त भयो। मलाई देखेर उसमा एक किसिमको लाली चढ्यो, उसका ओठ खुल्दै गए। उनको त्यो मुस्कानले मलाई त्यसरी नै डुबाइदियो जसरी पहिले म डुब्न गर्थे - उसको सौन्दर्यको दीपिकामा।

रातो गुलाफ

बिहान उठ्नासाथ पहिले म पत्रिका नपढी नहुने भएकोले ढोका खोलेर हेरे। अगाडी एउटा सुन्दर रातो गुलाफको एक झुप्पा फुल थियो र फुलको बिचमा एउटा रातो कार्ड।

"आज भ्यालेन्टाइन डे त होइन नि?" आफैले आफैलाइ प्रश्न गरें। फुल बोकेर डाइनिङ् टेबुलमा राँखे र हत्तनपत्त क्यालेन्डर हेरें। आज १३ फेबुअरी रहेछ। अनि रातो गुलाफ चाहि पठाउने भ्यालेन्टाइन को परेछ मलाइ? उत्सुकताबस त्यो रातो खामभित्र को भ्यालेन्टाइन कार्ड खोलेँ।
कार्डमा पनि रातो गुलाफको चित्र थियो र एउटा कबिता।

O, my love is like a red, red rose,
That is newly sprung in June.
O, my love is like the melody,
That is sweetly played in tune.

- Robert Burns.

कबिताले मलाइ झस्कायो। पछिल्लो केही महिना देखी येस्तो फुलहरु सङ येही कार्ड कसैले पठाइ रहेको छ। पहिलो चोटी

म कहाँसम्म आएँ त ?

मानिसका निष्ठा, धर्म, स्वाभाव यावत मानवीय सत्यहरु
छेपाराका रंग जस्तै अवसर , मौसम र स्वार्थ अनुसार
परिवर्तन भइरहेछन् । अचेल कता कता मलाई लाग्छ
हामीसँग अब जीवनबोधको कुनै निश्चित सत्य छैन ।
लाग्छ अहिले यतिखेर हामी कुन यात्रामा लागेका हौं -
जीवनयात्राको कुनै यकिन छैन । हामी सुख, आनन्द र

नयाँ पुरानो वर्ष

आजभन्दा २०६६ वर्ष अघिको कुनै दिन भारतवर्षका उज्जैनीका नरनारी नवसम्राट विक्रमादित्यका नाउँबाट ३६५ दिने पात्रोको थालनी गर्दैथिए होलान्। कल्पना गर्छु, उज्जैनी राजप्रासादका ताबेदारले सुगन्धित मसीको भाँडोमा मयुरपँखी कलमको चुच्चो चोबल्दै पीपलको पातमा बडो गर्वसाथ पहिलोपटक लेखेहोलान्, .....श्री विक्रमाब्द प्रथम साल महिना गते, बार। नेपालमा लिच्छवीकालदेखि नै औपचारिक शक संवत्सँगै चलनचल्तीमा रहेको विक्रमसंवत्, १९५८ वर्षपछिमात्र औपचारिक प्रयोग हुन थालेको विभिन्न सन्दर्भसामग्रीबाट पुष्टि हुन्छ। नयाँवर्ष छेक पुरानो वर्ष त बितिगो, अब नयाँवर्षभरि के कस्ता उत्तरआधुनिक अक्षर, ध्वनी र दृश्यका सामना गर्नुपर्ने हो भन्ने एउटै प्रश्नले दिमाग खान्छ।
आफ्नासँग मिलेर दुःखजिलो गर्दै बाँडीचुँडी भाग लाउन, ख्यालठट्टामा रमाउन, तथा प्रेमबात्सल्यका भावले छुन छोईन कसैले कसैलाई सिकाउन पर्दैन। विषधरसँगको लाप्पापश्चात् कुन झार चबाएर वा जीउमा दलेर उत्निखेरै विष मुक्त होइन्छ भन्ने न्याउरीलाई प्रकृतिले

अरेबियन समुन्द्री किनारमा

"सधै जसो उत्तर चढाब ,पीडा र आबेगहरुले बितिरहेको जिन्दगीलाई एकै छीन अरेबियन समुन्द्री किनार तिर डुलाउदै गर्दा एक किसिम कि अलौकिक आनन्द आउदो रहेछ " पर्बतका नारायण पुनले यसो भनिरहदा समुन्द्री लहरहरुले एकलासले किनाराहरु चुमीरहेको थियो ,यस्तो लाग्थ्यो बर्षौ देखिको पुनरमिलनको आ‍शामा यिनिहरुमा एक आर्कालाई सामिप्यमा लिईरहेका छन, मिलनको ज्बाला बनेर छालहरु किनारा सम्म ठोकिईरहदा युगौ युगको अटुट सम्बधलाई हरेक पछिल्ला पलहरु बनेर कहिले सान्त शितल त कहिले कठोर बनेर अबिरल अबिरल सामज्सता मा हराउदै लगेका छन ।

गरिब अमेरिकामा

'गरिब र घरबारविहीन हुनु संसारको जुनसुकै कुनामा दुःखद् हुन्छ । अझ, अमेरिकामा यस्तो हुनु दोब्बर दुःखद् हुन्छ,' टिम बार्करको यो भनाइले सुपि्रम अमेरिकाको एउटा भिन्नैखाले वास्तविक चित्र प्रस्तुत गर्छ । तेस्रोविश्वका 'गरिबहरू' गरिखान जाने स्वप्नदेशमा अहिले गरिब र घरवारविहीनहरू दिन दुई गुना रात चौगुना बढिरहेका छन् ।

टिम बार्करले घरको सट्टा ट्रकमा बस्नुपर्ला भनेर कहिल्यै सोचेका थिएनन् । उनी प्लम्बर हुन् । चार महिनाअघिसम्म क्यालिफोर्निया राज्यको सान फर्नान्डो भ्यालीमा एक बेडरुमवाला 'भव्य' अर्पाटमेन्ट थियो उनको, पौडी-पोखरी र ज्याकुजी भएको ।
अमेरिकीहरू आफ्नो जन्मदिवस विशेष तामझामका साथ मनाउँछन् । अक्टोबरमा बार्करको जन्मदिवस पर्छ । उनले पनि सन् २००९, अक्टोबर १४ का दिन आफ्नो ४७औँ जन्म दिवस रमाइलोसँग मनाउने विचार गरेका थिए

जहाँको त्यहीं छु

सानो छँदासँगै खेल्ने साथी

जीवन जिउने शिलशिलामा

कोही अमेरीका कोही जापान पुगे

कोही वाईसीएलका लिडर बनिसके

कोही यूथ फोर्सका हिरो वनीसके

तर म भने जहाँको त्यहींछु ।

आज पिएँ मैले..

हाँसो ठट्टा गर्दा गर्दै आज पिएँ मैले ।


छोप नछोप,तिम्लाई हात दिएँ मैले ।।

चाख्दा चाख्दै धेरै भयो प्रथमतः आज ।

अब खान्न,तिम्रो कसम लिएँ मैले ।।

सम्बाद कबिता: मृत्यु

उ आयो

अनि झस्कायो
फेरी चिच्याहटका साथ भन्यो
म आए,केबल तिम्रो लागी आय।


अब यो सन्सार तिम्रो रहेन
तिम्रै आफन्त आफ्ना भएनन
तिमि यात्रु भयौ
बाटो कठिन छ

तिन पटक हास्नोस्

र्स्वर्गकी परी


(पत्नी पीडितहरु आपसमा कुरा गर्दै थिए ।)

पहिलोः यार, मेरी श्रीमती त र्स्वर्गकी अप्सरा छे ।
दोश्रोः बधाई छ यार, मेरी त ज्यूदै छे ।

क्यान्सर ! क्यान्सर !! क्यान्सर !!!

क्यान्सरबाट बच्न त्यस्तो कुनै उपचार छैन जुन शतप्रतिशत प्रभावकारी होस् । तर, केही यस्ता पाइलाहरू छन् जसलाई पछ्याए तपाईं क्यान्सर हुने जोखिम कम गर्न सक्नुहुन्छ । विश्व स्वास्थ्य संगठन -डब्लूएचओ) का अनुसार विश्वमा बर्सेनि एक करोड २० लाख व्यक्तिमा क्यान्सरको लक्षण देखिन्छ । यस वर्ष भने क्यान्सरले मर्नेहरूको अनुमानित संख्या ७६ लाख छ । विश्वमै हुने हरेक आठ जनाको मृत्युमध्ये एउटा क्यान्सरले हुन्छ ।

क्यान्सरका दुई सयभन्दा बढी प्रकार छन् । प्रत्येकको आफ्नै नाम र उपचार विधि छ । डब्लूएचओका अनुसार विश्वव्यापी रूपमा पुरुषलाई क्रमशः फोक्सो, आमाशय, कलेजो, ठूलो आन्द्रा-मलासय, आहार नली र पौरुष ग्रन्थीको क्यान्सरले बढी सताउने गरेको छ । यस्तै महिलामा भने स्तन, फोक्सो, आमाशय, ठूलो आन्द्रा-मलासय र गर्भासय मुखको क्यान्सरको खतरा बढी रहन्छ ।