घुडाँको खत देखाउदै अफगानिस्तानको कोसेली देखाए उनले, फोल्डरका फोटोहरु देखाउदै उनको चोरि भएका २ वटा साइकलको सम्झना गरे । मान्छे जति भद्र देखिन्छ त्यतिनै उनको मन सोझो छ, इमान्दार छ । त्यो भन्दा बढि पत्याउनै नसकिने, सुन्ने बुझने सबैलाई प्रेरणा हुने उनको जीवन कथा छ । तर उनी भर्खरै २९ वर्षमात्र टेक्दैछन् ।
संखुवासभा, माम्लिङ्ग ६ मा बुबा गेन्जु शेर्पा र आमा मिङमा शेर्पाको कोखमा जन्मिएका फूर्तेम्बा शेर्पा अहिले विश्व साइकल यात्रामा छन् । उनको यहा सम्मको जीवन यात्राको कथा यसरी शुरु हुन्छ । उनका २ दिदीहरु छन् । तिहारको बेला दिदी माइतीघर आएको थियो । आमाले अर्हाए अनुसार भाईटिकामा ठूली दिदिलाई १० रुपैया र कान्छी दिदीलाई ५ रुपैया दियो उनले ।
चालिसेले छुँदाको यो क्षण
सुनेको थिए चालिसे र साठी लाग्दा बैश उम्रन्छरे एकचोटी फेरी । अनि मैले पनि आफैले आफैलाई बिचार गर्दै थिए याकि चालिसे पर्खन्दै थिए । यसै बर्ष नभन्दै चालिसेले झ्याप्प समातेछ थाहानै नपाई । सोचेथे उनान्चालीस तिर हिड्दोहुं । नेपालजाँदा मंङ्गल बजारको बज्राचार्य पण्डितको मा चिना देखाउदा पो झल्यास्स भए चालीसे भन्ने बितिक्कै झस्किए ।
घर आएर ऐनाहेरे गालामा पहिलाको भन्दा खुम्चिएको पाँए मःम जस्तो बिशेष हाँस्दा खेरी । कपाल रँङ्गाएकोले फरक पाइन पाखुराका मसलहरु यथावतनै पाँए हल्का जिम गन्र्नेबानीले होला । आखिरी चालीसेले छोए पनि नछोएको झै महशुस गरे । त्यसो त म माघ २६ गते २०२६ सालेले चालिसेले छोएकै हूँ ।
घर आएर ऐनाहेरे गालामा पहिलाको भन्दा खुम्चिएको पाँए मःम जस्तो बिशेष हाँस्दा खेरी । कपाल रँङ्गाएकोले फरक पाइन पाखुराका मसलहरु यथावतनै पाँए हल्का जिम गन्र्नेबानीले होला । आखिरी चालीसेले छोए पनि नछोएको झै महशुस गरे । त्यसो त म माघ २६ गते २०२६ सालेले चालिसेले छोएकै हूँ ।
ट्याग
story
जेल र मेरो अनुभव
किरिरिङ किरिरिङ एक्कासी घण्टीको आवाज फोन उठाए । नमस्कार भाई थोरै सम्वोधन गर्दै मैले पनि नमस्कारको घण्टी तेस्र्याए । के छ खवर भन्दै गर्दा प्रतिउत्तरमा मैले ठिकै छ नी दाई भन्दा भन्दै वहाले मनका गुनासाहरु पोखे मेरो भाई त जेलमा । ए हो र कहिले भयो २ ४ दिन के भएर किन भागेर काम गर्दै थियो । यँहाको वुख्याचा र वुर्जुवाले भेटेछन् । ए भन्दै पर्दाफास भएका मनका गुजुल्टाहरु पोखिए सलल पानी वगेझैं । तिमी उसलाई भेट्न जाउ है भन्दै फोनको झन्कारहरु वेतार भए । तव मेरो मनमा पनि एक किसिमको अनौठो घण्टी वजे झै भयो आखिर जानु त अवस्य नै पर्छ भनेर ति रातका काँखमा मेरा आँचलहरु छोडिदिए ।
ट्याग
संस्मरण
सैन्ट पिटर्सवर्गमा दुई दिन एक रात
१० जुन २००९, रुसको सांस्कृतिक राजधानी सैन्ट पिटर्सवर्गमा सुर्योदय भइरहेको थियो । केही तुंवालो, बिहानी झिसमिसेझै लाग्ने पिटर्सवर्गमा हामीले पहिलो पाइला टेक्दै थियौ । रुस यात्रामा रहेका हामी तीन -डा. गोविन्दराज भट्टराई, डा. धु्रवचन्द्र गौतम, दिनेश बस्नेत) रुसमै रहनु भएका बरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठ सैन्ट पिटर्सवर्ग सकेसम्म लिएरै आउने योजनासाथ पुगेका थियौ ।
९ जुन सांझ मस्कोस्थित नाकाचिन्स्कायमा हांसको मासु भन्दै कुनै ठुलै पंक्षीको मासु भोजकै रुपमा खाएर राति ११ बजेतिर डा. मणिराज पोखरेलका साथ रेल यात्रा तय गरेका थियौ । हामी बिहान १० बजे सैन्ट पिटर्सवर्ग पुग्ने कार्यक्रम थियो ।
९ जुन सांझ मस्कोस्थित नाकाचिन्स्कायमा हांसको मासु भन्दै कुनै ठुलै पंक्षीको मासु भोजकै रुपमा खाएर राति ११ बजेतिर डा. मणिराज पोखरेलका साथ रेल यात्रा तय गरेका थियौ । हामी बिहान १० बजे सैन्ट पिटर्सवर्ग पुग्ने कार्यक्रम थियो ।
ट्याग
travell
ऊ को थिई र मेरी ?
साह्रै चकचके केटाकेटीहरू बिहानै ड्यूटीमा आएपछि भेट हुन्छ दिनैपिछे । शायद उनीहररू मेरै पर्खाइमा रात बिताउँदा हुन् । म पनि साँच्चै भन्नु पर्दा तिनीहरूकै सम्झनामा रात बिताउँछु । ठूलै परिवार छ तिनीहरूको । एउटी सानी बुने छ । अरु ४ जना दाइहरू बुबाको ठेगाना छैन । न तिनीहरूलाई थाहा छ न तिनीहरूकी आमालाई नै । मलाई पनि थाहै छैन । मेरा मिल्ने साथीहरू हुन् यी बिदेश बसाइका । परिवारबाट टाढा रहनु र एउटा अर्को परिवार परदेशमा पाउनु ठानेको छु मैले। मेरो ड्यूटी तिनीहरूसँगकै भलाकुसारीबाट सुरु भएर तिनीहरूको विदाइसम्ममा सकिन्छ । म यो सउदी अरबको एउटा क्याफेमा वेटरको काम गर्दैछु । ड्यूटीमा आइपुग्ने बित्तिकै पानी भए नभएको, वाश बेशिनमा साबुन पानी भए नभएको, ट्वाइलेटमा पेपर भए नभएको , टेबुल कुर्सीहरू साफ भए नभएको, सबै काम गर्नुपर्थ्यो । भुईंमा मोप लगाउनु पर्थ्यो सर्फ लगाएर । कतै दाग धूलो या फोहोर हुनुहुन्नथ्यो । म त्यसै पनि काम एकदमै फेअर गर्नु पर्छ भन्ने मान्छे । जे काम गरिन्छ त्यो काम अत्यन्तै होशियारीका साथ गर्नुपर्छ भन्ने लाग्थ्यो मलाई र लाग्छ अहिले पनि । मेरो आफ्नै फिलोसफी थियो जीवन र हरेक कुरालाई हेर्ने ।
ट्याग
story
Subscribe to:
Posts (Atom)