'गरिब र घरबारविहीन हुनु संसारको जुनसुकै कुनामा दुःखद् हुन्छ । अझ, अमेरिकामा यस्तो हुनु दोब्बर दुःखद् हुन्छ,' टिम बार्करको यो भनाइले सुपि्रम अमेरिकाको एउटा भिन्नैखाले वास्तविक चित्र प्रस्तुत गर्छ । तेस्रोविश्वका 'गरिबहरू' गरिखान जाने स्वप्नदेशमा अहिले गरिब र घरवारविहीनहरू दिन दुई गुना रात चौगुना बढिरहेका छन् ।
टिम बार्करले घरको सट्टा ट्रकमा बस्नुपर्ला भनेर कहिल्यै सोचेका थिएनन् । उनी प्लम्बर हुन् । चार महिनाअघिसम्म क्यालिफोर्निया राज्यको सान फर्नान्डो भ्यालीमा एक बेडरुमवाला 'भव्य' अर्पाटमेन्ट थियो उनको, पौडी-पोखरी र ज्याकुजी भएको ।
अमेरिकीहरू आफ्नो जन्मदिवस विशेष तामझामका साथ मनाउँछन् । अक्टोबरमा बार्करको जन्मदिवस पर्छ । उनले पनि सन् २००९, अक्टोबर १४ का दिन आफ्नो ४७औँ जन्म दिवस रमाइलोसँग मनाउने विचार गरेका थिए
Showing posts with label विनोदविक्रम केसी. Show all posts
Showing posts with label विनोदविक्रम केसी. Show all posts
Subscribe to:
Comments (Atom)
