म त
मेरै बाटो हिडिरहेको थिएँ
जसोतसो - बाचिरहेको थिएँ
आफ्नै सन्सारमा- हासिरहेको थिएँ ।
अनायसै मेरोसामु
उ एक्कासी आयो
र भन्यो-
तिमी त बर्बाद भएछौ!
तिमी त मरे तुल्य भएछौ!!
उ गयो ।
अनी
तिमी आयौ र भन्यौ-
तिमी त सखाप भएछौ
तिमी त बर्बाद भएछौ
तिमी त मरेतुल्य भएछौ
तिमी त चक्नाचुर भएछौ
तिमी पनि गयौ ।
त्यसपछि-
जो जो आए, त्यसै भने ।
अन्त त:
म वर्बाद भएँ
म सखाप भएँ
म चक्नाचुर भएँ
म मरेतुल्य भएँ ।
निस्कर्स:
चितामा जलिरहदा थाहाभयो!
म तिमीहरु द्वारा मारिएँ ।