Showing posts with label अरेबियन. Show all posts
Showing posts with label अरेबियन. Show all posts

बाबु भाउजुलाई धोका नदिनु, यसको आँसु लाग्छ

बाबु भाउजुलाई धोका नदिनु, यसको आँसु लाग्छ । अहिले सबै घर धान्ने यहि छे । तिमीलाई पठाउने कागजपत्रमा सहि लगाएर आउदा डाडाको चौतारीमा बसेर छोरालाई दुध खुवाउदै निकै बेर रोई । रुपेशले उनका बा ले फोनमा भनेका कुराहरु सम्झे । उनले यति समयसम्म धेरै जना संग धेरै कुराहरु सुनेका थिए । कसैले यो काम राम्रै हो भनेका थिए भने कसैले यस्तो गर्नु भनेको आफु झन बन्धनमा परिन सकिने शंका पनि गरेका थिए । आफ्नो उद्धेश्य पुरा हुने दिन आइनपुग्दै कतै सोचेको काममा बाधा आएर बाले भनेजस्तै हुन्छ कि भनेर रुपेशलाई चिन्ता नलागेको होइन । प्यारी निर्मला र छोरालाई छिटै नै आफूसंग ल्याउनको लागी केही साथीको सल्लाह अनुसार उनले यो काम आटेका थिए । यस्तै कामको सिलसिलामा एजेन्सी मार्फत भेट भएकी हुन फतीमा । सरसर्ती हेर्दा सरल स्वभाव र साधारण पहिरन छ उनको । उनले आजसम्म कतिवटा अस्थाई श्रीमान बनाइसकिन भन्ने गन्न उनलाई केहीवेर सोच्नै पर्ने हुन्छ ।

अरेबियन समुन्द्री किनारमा

"सधै जसो उत्तर चढाब ,पीडा र आबेगहरुले बितिरहेको जिन्दगीलाई एकै छीन अरेबियन समुन्द्री किनार तिर डुलाउदै गर्दा एक किसिम कि अलौकिक आनन्द आउदो रहेछ " पर्बतका नारायण पुनले यसो भनिरहदा समुन्द्री लहरहरुले एकलासले किनाराहरु चुमीरहेको थियो ,यस्तो लाग्थ्यो बर्षौ देखिको पुनरमिलनको आ‍शामा यिनिहरुमा एक आर्कालाई सामिप्यमा लिईरहेका छन, मिलनको ज्बाला बनेर छालहरु किनारा सम्म ठोकिईरहदा युगौ युगको अटुट सम्बधलाई हरेक पछिल्ला पलहरु बनेर कहिले सान्त शितल त कहिले कठोर बनेर अबिरल अबिरल सामज्सता मा हराउदै लगेका छन ।