Showing posts with label binya ghimire. Show all posts
Showing posts with label binya ghimire. Show all posts

पल्लो घरकी आइमाई

जीवनको अठारौं वसन्त पार गर्दै गरेका बेला, प्रेम र सुन्दरताको परिभाषा बुझ्दै गरेका बेला, स्त्री निकटताको तरंगको मदहोसी कल्पना बुन्दै गरेका बेला म उसको त्यो मुस्कानमा डुब्न थालेँ, उसको हेराइमा हराउन थालेँ


...लामो अन्तरालपछि आज व्यस्त पुतलीसडकमा उसलाई देख्दा एउटा अनौठो तरंग शरीरभरि नै व्याप्त भयो। मलाई देखेर उसमा एक किसिमको लाली चढ्यो, उसका ओठ खुल्दै गए। उनको त्यो मुस्कानले मलाई त्यसरी नै डुबाइदियो जसरी पहिले म डुब्न गर्थे - उसको सौन्दर्यको दीपिकामा।