Showing posts with label health. Show all posts
Showing posts with label health. Show all posts

क्यान्सर ! क्यान्सर !! क्यान्सर !!!

क्यान्सरबाट बच्न त्यस्तो कुनै उपचार छैन जुन शतप्रतिशत प्रभावकारी होस् । तर, केही यस्ता पाइलाहरू छन् जसलाई पछ्याए तपाईं क्यान्सर हुने जोखिम कम गर्न सक्नुहुन्छ । विश्व स्वास्थ्य संगठन -डब्लूएचओ) का अनुसार विश्वमा बर्सेनि एक करोड २० लाख व्यक्तिमा क्यान्सरको लक्षण देखिन्छ । यस वर्ष भने क्यान्सरले मर्नेहरूको अनुमानित संख्या ७६ लाख छ । विश्वमै हुने हरेक आठ जनाको मृत्युमध्ये एउटा क्यान्सरले हुन्छ ।

क्यान्सरका दुई सयभन्दा बढी प्रकार छन् । प्रत्येकको आफ्नै नाम र उपचार विधि छ । डब्लूएचओका अनुसार विश्वव्यापी रूपमा पुरुषलाई क्रमशः फोक्सो, आमाशय, कलेजो, ठूलो आन्द्रा-मलासय, आहार नली र पौरुष ग्रन्थीको क्यान्सरले बढी सताउने गरेको छ । यस्तै महिलामा भने स्तन, फोक्सो, आमाशय, ठूलो आन्द्रा-मलासय र गर्भासय मुखको क्यान्सरको खतरा बढी रहन्छ ।

´आत्तिनुपर्दैन स्वाइन फ्लुबाट´

विश्व स्वास्थ्य संगठनले महामारीको घोषणा गरेको स्वाइन फ्लु (एएचवान /एनवान) बाट संक्रमित नेपालमा पनि भेटिएको पुष्टि भएपछि सरकारले रोग नियन्त्रणका लागि उच्च सर्तकता अपनाएको जनाएको छ ।
सरकारले रोग नियन्त्रणका र फैलनबाट रोक्नका लागि रोगबारे प्रचारप्रसार अभियानलाई तीब्रता दिएको र देशका विभिन्न नाकामा स्वाथ्य जाँचको ब्यवस्था मिलाएको बताएको छ ।
रोग भित्रिन नदिन सर्तकता अपनाएको भन्दै गर्दा सोमबार अमेरिकाबाट फर्किएका एकै परिवारका तीन नेपालीलाई फ्लुको संक्रमण भेटिएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.सेनेन्द्रराज उप्रेतिले रोग नियन्त्रणका लागि यथासम्भव प्रयत्न भईरहेको र आत्तिनुपर्ने गरी रोग नफैलिएको बताए । उनले रोग नियन्त्रणका लागि विमानस्थल लगायत अन्य नाकाहरुमा सुरक्षाको प्रबन्ध मिलाईएको र टेकु र शिक्षण अस्पताल महाराजगन्जमा उपचारको ब्यवस्था मिलाईएको बताए ।
'हावाबाट सर्ने रोग हुनाले रोक्न गाहृो छ', उनले भने-'तर, आत्तिईहाल्नुपर्ने गरी रोग फैलिएको छैन् ।' उनले संक्रमित भएका भनिएकाहरुको उपचार आईसुलेसनमा भईरहेको पनि बताए । महाशाखा प्रमुख उप्रेतिले फ्लु बारे ब्यापक सूचनाको प्रचार गर्नु जरुरी रहेको र जनता आफैं सचेत हुनुको विकल्प नरहेको पनि बताए ।
संक्रमित भेटिएपछि काठमाडौंमा रोगको सन्त्रास फैलिएको तर सचेतता अपनाए डराउनु नपर्ने उनले बताए । उनले फ्लु फैलन नदिन सचेतता अपनाउन पनि आग्रह गरेका छन् ।
विश्वब्यापी महामारीको रुप लिएको यो रोग हालसम्म विश्वका १६३ देशमा देखापरेको छ । यो रोगबाट ३११ ले ज्यान गुमाईसकेको र झन्डै ७० हजार ८९३ मा संक्रमण देखापरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।