Showing posts with label जिन्दगी. Show all posts
Showing posts with label जिन्दगी. Show all posts

मलाई मार्नेहरुको लागी

म त 
 मेरै बाटो हिडिरहेको थिएँ 
 जसोतसो - बाचिरहेको थिएँ 
 आफ्नै सन्सारमा- हासिरहेको थिएँ । 


अनायसै मेरोसामु 
 उ एक्कासी आयो 
 र भन्यो- 
 तिमी त बर्बाद भएछौ! 
 तिमी त मरे तुल्य भएछौ!! 


उ गयो । 
 अनी 
 तिमी आयौ र भन्यौ- 
 तिमी त सखाप भएछौ 
 तिमी त बर्बाद भएछौ 
 तिमी त मरेतुल्य भएछौ 
 तिमी त चक्नाचुर भएछौ 


तिमी पनि गयौ । 
 त्यसपछि- 
 जो जो आए, त्यसै भने । 

अन्त त: 
 म वर्बाद भएँ 
 म सखाप भएँ 
 म चक्नाचुर भएँ 
 म मरेतुल्य भएँ । 


निस्कर्स: 
 चितामा जलिरहदा थाहाभयो! 
 म तिमीहरु द्वारा मारिएँ ।

बाबु भाउजुलाई धोका नदिनु, यसको आँसु लाग्छ

बाबु भाउजुलाई धोका नदिनु, यसको आँसु लाग्छ । अहिले सबै घर धान्ने यहि छे । तिमीलाई पठाउने कागजपत्रमा सहि लगाएर आउदा डाडाको चौतारीमा बसेर छोरालाई दुध खुवाउदै निकै बेर रोई । रुपेशले उनका बा ले फोनमा भनेका कुराहरु सम्झे । उनले यति समयसम्म धेरै जना संग धेरै कुराहरु सुनेका थिए । कसैले यो काम राम्रै हो भनेका थिए भने कसैले यस्तो गर्नु भनेको आफु झन बन्धनमा परिन सकिने शंका पनि गरेका थिए । आफ्नो उद्धेश्य पुरा हुने दिन आइनपुग्दै कतै सोचेको काममा बाधा आएर बाले भनेजस्तै हुन्छ कि भनेर रुपेशलाई चिन्ता नलागेको होइन । प्यारी निर्मला र छोरालाई छिटै नै आफूसंग ल्याउनको लागी केही साथीको सल्लाह अनुसार उनले यो काम आटेका थिए । यस्तै कामको सिलसिलामा एजेन्सी मार्फत भेट भएकी हुन फतीमा । सरसर्ती हेर्दा सरल स्वभाव र साधारण पहिरन छ उनको । उनले आजसम्म कतिवटा अस्थाई श्रीमान बनाइसकिन भन्ने गन्न उनलाई केहीवेर सोच्नै पर्ने हुन्छ ।

विदेशको व्यथा - मस्तीमा उडिरहेको जीवन

हरि अधिकारी, इजरायल,
काम खोजीमा विश्वको हरेक कुनामा पुगेका छौं। साउदी कतार, यूएईजस्तै धेरै मुलुक गएका छौ पुगेका छौं। रोजगारीको सिलसिलामा आज हामी इजरायलको तातो घाम खान धेरैजना नेपाली दिदीबहिनीसमेत आएका छौं। यसले धेरैको आर्थिक स्थिति मजबुत हैन, दरिलो बनाएको पनि छ। देशले पनि केही हदसम्म राहत पाएको छ।  यहाँ आउने क्रम लगभग सन् २००१ देखि सुरु भएको होला। इजरायलमा सुसारेको काम गर्नका लागि नेपालीहरू जुन नगण्य मात्रामा थिए र सन् २००४ तिरबाट धेरै मात्रामा हामीहरू यहाँको श्रमिक हुन पाएका छौं। आफ्नो घरको चर्को आर्थिक समस्या समाधान गरेका छौं। यहाँको काम त्यति गाह्रो नि हैन। सजिलो पनि हैन। जे होस्, ठीक नै छ।
'जब धेरै समय विदेशको बसाइ हुन्छ तब याद हुन्छ घर–परिवारको। 'इजरायल बस्दाको दिनहरू मलाई खल्लो होला जस्तो लाग्दैन किनकि विदेशको यात्रा रमाइलो नै हुन्छ। हामीलाई यहाँ भएको कलाकौशल जान्ने मौका मिलेको छ। धर्मसंस्कृति अनि भाषा विविध कुरोलाई हामीले जान्न पाउनु नि सानो कुरो हैन र अर्को कुरा आम्दानी पनि राम्रो भएको छ। म जस्ता धेरै दिदीबहिनी, दाइभाइ छन् यहाँ। उनीहरूले यहाँको चलनको सिको गरेर होला शुक्रबार डिस्को जानु अनि त्यहाँ भेटिएका केटाले केटी साथी र केटीले केटा साथी बनाउने अनि हिजो नेपालको दुःख, घर–परिवार चटक्क बिर्सिएर मोजमस्तीमा झुम्म हुने, जम्ने काम बढ्दो छ।

कस्की श्रीमती कति असल ?


तपाईं आफ्नी पत्नीमा के-के गुणहरू हुनुपर्छ भन्ने ठान्नुहुन्छ भन्ने प्रश्नको उत्तरमा चार युवा पुरुष भन्छन्- ऊ शारीरिक रूपमा आकर्षक होस्, घरको देखभाल गरोस्, हास्यचेतले पूर्ण होस् ।
उनीहरूले आफ्नी पत्नी केमा कस्तो काम गर्छिन् भन्ने कुरो चाहिँ बताएनन् । तर, पत्नीले आफ्नो परिवारको ख्याल गर्नुपर्ने विषयलाई भने उनीहरूले सबैभन्दा पहिलो नम्बरमैै राखे । धेरैजनाले आफ्नी पत्नीले धेरै पैसा कमाउने जागिर खाएको भने रुचाएनन् ।
के यो अरूचिका पछाडि लैंगिक भूमिकाका कारण पुरुषले आफ्नो पुरानो असल दुनियाँ अर्थात् घरेलु संसार रोजेको त होइन ? के पुरुषले वृत्तिमुखी, सशक्त महिलासँग जीवन चलाउनु गार्‍है हुन्छ त ?
एकजना प्रख्यात सञ्चार संस्थाकी पत्रकार भन्छिन्- मेरा केही पुरुष साथीहरू एकदमै स्मार्ट केटीहरूसँग डेटिङमा जान्छन् । तर, अन्त्यमा उनीहरूले कलेज पढी नभ्याउँदैका भर्खरका युवतीलाई बिहे गर्न रुचाउँछन् किनभने उनीहरू ठुल्ठूला जागिर ताक्ने, अत्यन्त बढी वृत्तिमुखी महिलाभन्दा बढी स-साना भावी योजना भएका सामान्य युवती छनोट गर्छन् । उनीहरू बढी छलफल गर्ने, बुद्धि खियाउने, विवाद र बहसमा उत्रनमै बढी समय बिताउने युवती रुचाउँदैनन् । बरु आफ्नो जीवन-डुंगा चलाउने क्याप्टेनका रूपमा श्रीमान् रहोस् भन्ने विचार भएका केटी नै बिहे गर्न रुचाउँछन् ।
दिल्ली विश्वविद्यालयकी समाजशास्त्रकी एकजना रिडरले समाज दिनानुदिन विकसित भइरहेको परिप्रेक्ष्यमा पुरुषहरू आफ्ना व्यस्त जीवनसाथीसँग मिल्ने हिसाबले नभएर अझै उस्तै पुरानोखालको धारणा राख्छन् भन्नेबारेमा अध्ययन गरिन् । यो खासगरी पुरुषको भन्दा बढी महिलाको क्रियाकलाप बढी राम्रो भएको ठाउँमा देखिन्छ । ईष्र्या र अहंजस्ता पक्षले वस्तुतः सम्बन्धमा तिक्तता उत्पन्न गर्छन् । अझ कामकाजी महिला जीवनसाथी हुनुको अर्थ घरेलु कामकाजमा पनि हात बाँड्नु हो र धेरैजना पुरुष त्यस्ता घरेलु काममा अभ्यस्त हुँदैनन् । काम गर्ने समय अर्को एक कारक तत्त्व हो जसमा पुरुषलाई साह्रै गार्‍हो अनुभव हुन्छ । पति-पत्नीबीचको सम्बन्धमा यस्ता धेरै कारक तत्त्वहरूले काम गर्छन् । तथापि कोही-कोही त आफ्नी पत्नीले गरेका काम देखेर गौरवको अनुभव पनि गरिरहेका भेटिन्छन् । त्यसो भए केही मानिस स्मार्ट, स्वतन्त्र र वृत्तिमुखी महिलासँग व्यवहार गर्न अप्ठ्यारो मान्छन् त ?
एकजना सम्बन्ध विशेषज्ञ भन्छन्- केही पुरुष आफ्नी पत्नीले व्यावसायिक रूपमा आफूभन्दा एकदमै बढी राम्रो काम गर्न थाल्छिन् तब आफूलाई चुनौती खडा भएको र असुरक्षितजस्तो सम्झन्छन् । त्यसकारण त्यस्ता पुरुष घरेलु महिला मन पराउँछन् । उनीहरू आफ्नी महिला कामको सिलसिलामा बाहिरू घुम्न गएको, अबेरसम्म अफिसमा काम गरेको र आफ्नो शक्ति प्रदर्शन गरेको देख्न चाहन्नन् । आफ्नी श्रीमती सफल हँुदै गई भने उसले सबै कुरामा नेतृत्व हत्याउने र आफूलाई सम्मान गर्न छोड्लान् भन्ने डरले उनीहरू त्रस्त हुन्छन् ।
अझै पनि आफ्नो आत्मासँग मिल्ने श्रीमान्को खोजमा रहेकी एकजना ३६ वर्षे जागिरे महिला भन्छिन्- मैले भेटेका धेरैजना पुरुष उनीहरूमाथि आश्रति महिला नै उत्तम हुने ठान्छन् । तिनीहरूमध्ये केहीचाहिँ त सुशिक्षित, राम्रो आम्दानी भएकी महिलामा बढी नै अहं भाव हुने हुनाले उनीहरूसँग व्यवहार गर्नु कठिन मान्छन् । मेरा विचारमा सशक्त महिलाले घरेलु विषय र जीवनमा आइपर्ने चुनौतीको सामना गर्न सक्ने हुनाले उनीहरूबाट धेरै फाइदासमेत हुन्छ ।
तर, बदलिँदो समाजमा पुरुषहरूको पुरानो धारणा अझै बदलिएको छैन । के एक सशक्त कामकाजी महिला पत्नीका रूपमा रहनु फाइदाकै कुरो होइन र ?