गरिब अमेरिकामा

'गरिब र घरबारविहीन हुनु संसारको जुनसुकै कुनामा दुःखद् हुन्छ । अझ, अमेरिकामा यस्तो हुनु दोब्बर दुःखद् हुन्छ,' टिम बार्करको यो भनाइले सुपि्रम अमेरिकाको एउटा भिन्नैखाले वास्तविक चित्र प्रस्तुत गर्छ । तेस्रोविश्वका 'गरिबहरू' गरिखान जाने स्वप्नदेशमा अहिले गरिब र घरवारविहीनहरू दिन दुई गुना रात चौगुना बढिरहेका छन् ।

टिम बार्करले घरको सट्टा ट्रकमा बस्नुपर्ला भनेर कहिल्यै सोचेका थिएनन् । उनी प्लम्बर हुन् । चार महिनाअघिसम्म क्यालिफोर्निया राज्यको सान फर्नान्डो भ्यालीमा एक बेडरुमवाला 'भव्य' अर्पाटमेन्ट थियो उनको, पौडी-पोखरी र ज्याकुजी भएको ।
अमेरिकीहरू आफ्नो जन्मदिवस विशेष तामझामका साथ मनाउँछन् । अक्टोबरमा बार्करको जन्मदिवस पर्छ । उनले पनि सन् २००९, अक्टोबर १४ का दिन आफ्नो ४७औँ जन्म दिवस रमाइलोसँग मनाउने विचार गरेका थिए

जहाँको त्यहीं छु

सानो छँदासँगै खेल्ने साथी

जीवन जिउने शिलशिलामा

कोही अमेरीका कोही जापान पुगे

कोही वाईसीएलका लिडर बनिसके

कोही यूथ फोर्सका हिरो वनीसके

तर म भने जहाँको त्यहींछु ।

आज पिएँ मैले..

हाँसो ठट्टा गर्दा गर्दै आज पिएँ मैले ।


छोप नछोप,तिम्लाई हात दिएँ मैले ।।

चाख्दा चाख्दै धेरै भयो प्रथमतः आज ।

अब खान्न,तिम्रो कसम लिएँ मैले ।।

सम्बाद कबिता: मृत्यु

उ आयो

अनि झस्कायो
फेरी चिच्याहटका साथ भन्यो
म आए,केबल तिम्रो लागी आय।


अब यो सन्सार तिम्रो रहेन
तिम्रै आफन्त आफ्ना भएनन
तिमि यात्रु भयौ
बाटो कठिन छ

तिन पटक हास्नोस्

र्स्वर्गकी परी


(पत्नी पीडितहरु आपसमा कुरा गर्दै थिए ।)

पहिलोः यार, मेरी श्रीमती त र्स्वर्गकी अप्सरा छे ।
दोश्रोः बधाई छ यार, मेरी त ज्यूदै छे ।

क्यान्सर ! क्यान्सर !! क्यान्सर !!!

क्यान्सरबाट बच्न त्यस्तो कुनै उपचार छैन जुन शतप्रतिशत प्रभावकारी होस् । तर, केही यस्ता पाइलाहरू छन् जसलाई पछ्याए तपाईं क्यान्सर हुने जोखिम कम गर्न सक्नुहुन्छ । विश्व स्वास्थ्य संगठन -डब्लूएचओ) का अनुसार विश्वमा बर्सेनि एक करोड २० लाख व्यक्तिमा क्यान्सरको लक्षण देखिन्छ । यस वर्ष भने क्यान्सरले मर्नेहरूको अनुमानित संख्या ७६ लाख छ । विश्वमै हुने हरेक आठ जनाको मृत्युमध्ये एउटा क्यान्सरले हुन्छ ।

क्यान्सरका दुई सयभन्दा बढी प्रकार छन् । प्रत्येकको आफ्नै नाम र उपचार विधि छ । डब्लूएचओका अनुसार विश्वव्यापी रूपमा पुरुषलाई क्रमशः फोक्सो, आमाशय, कलेजो, ठूलो आन्द्रा-मलासय, आहार नली र पौरुष ग्रन्थीको क्यान्सरले बढी सताउने गरेको छ । यस्तै महिलामा भने स्तन, फोक्सो, आमाशय, ठूलो आन्द्रा-मलासय र गर्भासय मुखको क्यान्सरको खतरा बढी रहन्छ ।

मौनतामा एक्लै

किन खोजि हिड्छौ मसानमा
म चित्तामा जलेको खरानी होइन

आऊ आज मेरो अगेनीमा
आगो विना म जलेको हेर

खरानी भई बतासमा उडेको हेर
किन खोजि हिड्छौ समसानमा

शुन्यता

क्षीतीज पारीको बिरानो बाट
बिरक्तीएका मान्छेहरुको भिडबाट
एउटा ज्बाला भएर आयो


कोही पुश्पगुच्छा सहित
कोहि लाबा लास्कर सहित
-आफ्ना राग गाय
मान्छेहरु मदमस्त भय

म जन्मदा

म जन्मदाको
त्यो शुन्य समयमा
यो शुन्य मस्तिष्कले के सोच्यो होला ?
शुन्यतालाई चिर्दै रोएथे रे ।
दुनियाँ चिहाएको
त्यो पहिलो क्षण
यी आँखाहरूमा कहाँको प्रेत लाग्यो होला ?
भयभित भई रसाएथे रे ।
आखिर,

अलिखित पानाहरु

कसै गरि पनि फुकाउन सकिएन यो धमिलिएको मनलाइ। नेपाल छोड्ने बेलामा उसले भनेकै थियो 'एकदिन तिमीलाइ महसुस हुनेछ अहिले जुन दौडमा तिमी जिबनलाइ नापीरहेछौ, त्यो ब्यर्थ हुनेछ। तेतिखेर तिम्रो जिबनको महत्वपुर्ण समय बितिसकेको हुनेछ।' उसको भनाइ कति ठिक थियो वा बेठिक, मैले अझै बुझेकि छैन तर म त्यो दौडमा कहिँ पुग्न सकिन। अब त हिंड्ने सामर्थ्य पनि छैन मलाइ। एक फड्का मारिएको जिबनमा केहि चाहना नभएपछि शायद उसले भनेको निरथर्क समय येही हुन सक्छ। हरेक बिहान खुशी हुने प्रयाश र हरेक साँझ भोलीको नयाँ बिहानीलाइ देख्ने कल्पनामा मनलाइ सम्झाउन

यौन सम्बन्धि भ्रमहरु

यौन मानिसहरुकालागी रोचक तथा नितान्त आवश्यक तत्वको रुपमा रहेको छ। यसलाई पश्चिमी समाजले साधारण रुपमा लिईसकेतापनि हाम्रो सस्कृतीले यस माथी अनेकौ बन्देजहरु लगाएको छ। यस्ता बन्देजहरुले मानिसलाई उच्छिखंल बनाउन रोक लगाएता पनि यौन ज्ञानको अभावमा कतिपय समय यसले ठुलो समस्याहरु निम्त्याउने गरेको छ। समयको बदलाव संगै यसबारे एक अर्कासंग ज्ञान आदन प्रदान गर्ने बढेको छ। यसले मानिसमा भएको यौन सम्बन्धि अनेकौ भ्रमहरुबाट निस्कन मद्यत पुर्याएको छ।
समय संगै परिर्तन भईरहेने मानिसका लागी अहिले पुरा बिश्व नजिकिसकेको छ। पहिले भेटघाट

परिभाषामा नपरेकी उनी

रात्री बसको सिटबाट उठेर हिड्नेबेलामा कागजको सानों टुक्रा हातमा थमाउँदै पुलुक्क मुखतिर हेरेर आफ्नों सिटमा फर्किन् उनी।
ट्याक्सीमा पोका पन्त्यौरा खादेर कलंकी बस स्टैण्ड छाड्दै आफू बसेको कोठातिर हुइकिए“। टुक्रा खोलेर पढें —“भोली बिहान ठीक १० बजे फोन नं. ... मा फोन गर्नुहोला।” दोहोर्‍याइ तेहेर्‍याइ पढेर खल्तीभित्र सम्हालेर राखें। कोठामा पुगेपछि संचो नभएको वाहाना ओछ्यानमा पल्टिए“। भोली पल्टको दश बजेको पर्खाइ मेरो लागि जुगौं भयो।
स्नातक तहको पढाईसकेपछि मैले काठमाडौं गएर पढ्ने निधो गरें। क्याम्पस छोडेपछि उनीसँगका भेटघाटपनि पातलिए। काठमाडौं आउनेबेलामा पनि भेट भएन। मध्यम परिवारमा हुर्किएको हुनाले काठमाडौंमा जागीर खाएर मात्रै पढाईलाई निरन्तरता दिन सकिने मेरो वाध्यता थियो। दशैंको छुट्टीमा उनको घरमा गएको थिएँ। ममता अलि फुसि्रएजस्तो लाग्यो। पुर्‍याउन अलि वरसम्म आइन्, तर खासै कुराकानी भएनन्। मायाका अनुरागहरु

चिहानमा सपनाहरू

लोग्नेको लासलाई हल्लाउँदै विक्षिप्त अवस्थामा श्रीमती प्रश्न गर्छ "तिमीलाई मर्ने सोचाइ थियो भने किन मलाई बिहे गरेर भित्र्यायौ ? किन बिहे गरेर बच्चा समेत जन्माउन लगायौ ? किन ? किन ?? हृवाँ.....।"
उसको श्रीमान्ले आत्महत्या गरेको थिएन । इच्छामृत्यु नगर्नेहरूलाई मरेवापत् गाली गर्नु भनेको भोकालाई खान नपाएवापत् गाली गर्नुजस्तै हो । तर, तनावले चेतना हराएकी उसकी श्रीमतीले यी कुनै कुरा बुझ्ने सम्भावना नै थिएन । उसलाई श्रीमान् जीवित हुँदाको समयको वाचा, सपना र एकिकृत जीवनको बाटोको मात्र याद थियो सायद । सपना भङ्ग हुनुको पीडा थियो उससँग । सपना भङ्ग भएपछि मानिस योजनाविहीन बन्छ । आफूले टेकेको जमिन भासिँदैं जान्छ, हरियाली क्रमशः डढेलोमा परिणत हुन्छ । माइला मुर्मुको जीवनको अन्त्य भएपछिको क्षणमा मैले यस्तै सोचलाई खोलाइरहेको थिएँ । उसकी श्रीमतीका लागि गोली लागेर क्षतविक्षत अवस्थाको लाश अप्रत्याशित थियो । तर, अव्यवस्थित विद्रोहको परिणाम अघिल्लो साँझ नै गाउँमा फैलिएकोले हामी अन्य गाउँलेहरू माइलाको हत्या/मृत्युभन्दा

चिसोपानी एउटा सुन्दर कैदी

हिमालयको अनुपम दृष्य आँखाबाट अटुटरूपले लहरिरहन्छ तवसम्म जब कोही पुग्छ चिसोपानी । काठमाडौँवासी कमैलाई थाहा छ चिसोपानीको सौन्दर्य बारेमा । महाकवि देवकोटाले 'सुन्दरीजल' माथि काव्य रचना गर्नु भयो । अपसोच उहाँ चुक्नु भयो सुन्दरीजलदेखि चौध किलोमिटर उत्तर तर्फको पर्वतीय थुम्को चिसोपानी अज्ञात रह्यो। जहाँबाट दर्जनौँ हिमश्रृङ्खलाहरू आँखा नथाकुन्जेल सम्म हेरिरहन पाइन्छ । एक पछि अर्को गर्दै पत्र-पत्र ढिकैढिकाका साङ्लाहरू बाँधिएको जस्तो देखिन्छ । जहाँ सूर्यको प्रथम किरणले आँखाभरि सुन्तला भर्छ र लम्किरहन्छ मध्यान्नको रफ्तारमा । धेरैलाई ज्ञान छ नगरकोटको प्रसङ्ग, भेँडेटारको स्मृति, गोसाइँकुण्डको बाटो, ककनीको यात्रा तर संयोगले चिसोपानी टेक्नेहरूलाई त्यहाँको सौन्दर्यसास्त्रबारे सोच्नेहो भने आश्चर्य लाग्न सक्छ । समुद्र सतह देखि बहत्तर सय फिट उँचाइमा रहेको चिसोपानी हिम पर्वतहरूले घेरिराखेको सुन्दर कैदी झैँ टुपुक्क बसिरहेको देखिन्छ । शिवपुरी राष्ट्रिय निकुञ्जसँगैको उत्तरी मोहोडामा अवस्थित यस ठाउँमा मान्छेहरूको आवतजावतको कहिले देखि भयो यकिन बताउन गाह्रो छ । तर बसोबासको हिसाबले सो क्षेत्रमा पहिलो पल्ट भकारी गोठ हालेर बसेको कथा स्थानीय वासिन्दा बलदेव केसीसँग छ । उहाँले पछि गएर सो क्षेत्रमा थप बस्तीको विस्तार समेत गर्नु भयो। उहाँ भन्नु हुन्छ - "हेर्नुस् म चालिस साल तिर यहाँ आउँदा थोरै

A Marriage Story

Once, beneath the moon, there lived a fisherwoman and her husband. They lived in a small hut by the sea, and they had lived there for many years. But somehow, they weren't happy.
It wasn't that they disliked each other; they were as comfortable together as they could hope. The sex was great. And it wasn't that they were sick of each other, either, because for half the year, in the fishing season, the fisherwoman was out on the sea; and half the year she sat at home and mended her nets. They were married both ways, but neither way were they happy.
Sometimes they talked about this problem, and sometimes they

ठकुरी माइलाको नर्कलोकमा मृत्यु --कुमार लामा

 नामले नेपाली सेना तर कामले अझै शाही नेपाली सेनाले गैरकानूनीरुपमा सिकार गरेर ल्याएको दुर्लभ हरिणको सुकुटी चपाउँदै एक बोतल स्कच ह्विस्की घुड्क्याएर सदाको रात झैँ निदाएका ठकुरी माइला यसपल्ट भने बिहान ब्युँझिएनन्। राति घमासान भटट र रटट गरेर घुर्दै मस्त सुतेका थिए, तर फेरि कहिल्यै ब्युँझिएनन्। कसैलाई अत्तोपत्तो भएन, उनले राति कतिखेर खुट्टा तन्काए। यमराजले निमेष नसोची तुरुन्त नर्कलोकतर्फ उडाइदिए ठकुरी माइलालाई।

ठकुरी माइलालाई लिएर उडेको यमराजको यान नर्कलोकको नर्क अन्तर्राराष्ट्रिय विमानस्थलमा उत्रियो।"नर्कलोकमा तपाईंलाई हार्दिक स्वागत छ," ठकुरी माइलालाई स्वागत गर्न आएका एडल्फ हिटलरले हात मिलाउँदै भने। "यात्रा कस्तो रह्यो त?"ठकुरी माइला केही नबोली धुम्धुम्ती उभिइरहे। एकैछिनपछि यात्रा ठीकै थियो भन्ने संकेत गर्दै उनले बांगो मुण्टो हल्लाइदिए।
नर्कलोकमा ठकुरी माइलाको आगमनमा एक विशाल स्वागत भोजको आयोजना गरिने भयो। ठकुरी माइलालाई सत्कार गर्नेहरूमा एडल्फ हिटलर, जोसेफ स्टालिन, बेनितो मुसोलिनी, अगुष्टो पिनोसेट, इदी अमिन, पोल पोट, सद्दाम हुसेन लगायत थुप्रै

मेरी आमा --------------हस्त गौतम 'मृदुल'

कठोर निष्ठुरी कालो रातमा, दियोको उज्यालो रोशनी प्रकास खुलेका झै प्रिय! तिमी मेरो जीवनमा खुल्दै खुल्द झपक्कै फुलेका मेलका रहरलाग्दा फुलका फुप्पाहरुमा भमरा झुले झै प्रिय!! तिमी मेरो जीवनमा खुल्दै खुल्दै आउ। यहाँ मैले यस श्र्राप परेको भुगोलमा आलो रगतको वीउ छरेको छु। तिमी आए पछि यो उर्मने छ। नयाँ नयाँ पालुवाहरु फेर्दै हराभरा हुँदै, हरीतपनले छाउने छ। सौम्य सुन्दर स्वादिलो सुवास फैलाउदै थुप्रै थुप्रै अपार स्नेहशील लटरम्म फुलहरु फुल्ने छन। ती मनमोहक फुलहरुमा आत्माविभोर पार्ने आर्कषक सौर्न्दर्यले छाउने छ। क्रमसःफुलबाट फल भएर जन्मिदा फुलको परिचय मेटिदै जाने छ।


त्यस फलभित्र थुत्रै आ-आफना अस्तित्वका वियाँहरुले जन्मलिने छन। यस बिशाल बसुन्धरामा विउबाट विस्तारै टुसाहरु हलक्क बढ्दै जाने छन।आज मलाइ यो पलाउदै गरेको टुसा झै सम्वेदनशील अबस्थामा समयले छोडिदिएको छ।
यो संकटकालिन अवस्थामा मलाइ तितरबितर हुनबाट बचाउन तिमी अन्तिम ताराको मन्द प्रकास पछयाउदै म कहाँ आउ। उज्यालो पूर्व बाट नै उदाउछ, त्यसैले तिमी

धन को महातम्य र कमाउने दुई काइदा

कमाउने , धनी बन्ने , शौख गर्ने इच्छा कस्लाई हुन्न ? शुख शान्ती संबृधी को एउटै आधार खट खट सर सर सर सर गर्ने नोट धन सम्पत्ति उफ कस्ले गर्न सक्ने यस्को बर्णन हज्जार भएका शेस नाग ( कहिल्यै नदेखेको ) , ४ मुखे ब्रह्मा , तीन आखे महादेब , धन कि देबी लक्ष्मी को पती भएर पनि दुई आना जमिन नपाएर समुन्द्र मा बस्न पुगेका बिष्णु ले पनि नसकेका धन को महातम्य को बर्णन मैले के गर्न सकौला ?
त्यस्तो महातम्य बोकेको धन कमाउने काइदा खोज्न दुई चार आफन्त दस बिस साथी हरु को मा दौडियो हे बताइ देउन धन कमाउने काइदा भनेर उह त्यस्तो काइदा कोइ पनि बताउदैन रैछन । एक जना मित्र थिए पुतली सडक मा साइकल मर्मत पसल खोलेका । आफु बिहान बेलुका सरकारी नोकरी खाएर एक हात ले टोपी ले पसिना पुछ्दै एक हात ले सुरुवाल को इधार समात्दै सरकारी नोकरी गर्दै कुद्ने मनुवा । सरकारी कर्मचारी भएको गन्ध पाएछन र आँखा जुद्धा नमस्कार पनि भन्द्थे । कहिले काही चिया पनि खुलाउथे । आफ्नो जुत्ता को तलुवा फुस्के को फेर्न सकेको छैन उन्को त एक दुई बर्ष मै मोटर साइकल , मारुति कार हुँदै कार बेच्ने सो रुम खोली सकेछन । एक दिन भिजिटिङ कार्ड सर भन्दै थमाइ दिये मोटा चिल्ला हुँदै गएका थिए उनी । त्यस पछी अर्को तलुवा फुस्कुन्जेल त्यहा देखेको थिएन । दुई बर्ष पछी उन्ले फाइनान्स होकी के जात को बैंक

के सुख, के दु:ख !-----------------श्रीओम श्रेष्ठ 'रोदन'

जसले जे सकै भनुन्, मान्छे समग्रमा मान्छे नै हो । जो जस्तो भए पनि, जसरी जीवन बाँचेको भए पनि, दुःख-सुखमा एउटै बन्छन् । अनुभूति एउटै हुन्छ । दुख्ने कुराले दुखेरै छाड्छ , हँसाउने कुराले हँसाएरै छोड्छ । दुःखको आँसु र सुखको हाँसोमा अन्तर हुँदैन । हुन सक्दैन भन्छु । जसरी प्रकृतिका सिर्जनाहरु एकै भएर पनि त्यसप्रतिको दृष्टिकोण फरक-फरक भए जस्तै मात्र हो । मलाई त्यस्तै अनुभूति गरायो त्यस दिन । जुन दिन देशभरि तिहारको झिलिमिली चलिरहेको थियो । प्रत्येक घर आ-आफ्नो गच्छे अनुसार दिपमालिकाले सिंगारिएका थिए । बाटोहरु बत्तिले सिंगारिएका थिए, मान्छेहरु सबै उज्याला देखिन्थे, प्रत्येकका निधारमा भाइटीकाको टीका, कसैका निधारमा रातो टीका, कसैकोमा सप्तरङ्गी । आ-आफ्नो घरमा खाएर, खेलेर पर्व मनाएर व्यस्त थिए ।
पाटन अस्पतालको परिसर व्यस्त थियो । सबै आ-आफ्नो विरामी प्रति चिन्तित थिए । आपतकालीन विरामीहरु संगै डाक्टरहरु व्यस्त बनिरहेका थिए ।
एउटी युवती नजिकैको वेडमा लम्पसार परिरहेकी थिईन्, अर्ध चेत अवस्थामा, वरिपरि आफन्तहरुले