शुन्यता

क्षीतीज पारीको बिरानो बाट
बिरक्तीएका मान्छेहरुको भिडबाट
एउटा ज्बाला भएर आयो ।


कोही पुश्पगुच्छा सहित
कोहि लाबा लास्कर सहित
आ-आफ्ना राग गाय ।
मान्छेहरु मदमस्त भय ।


भुमरीमा भासिएकाहरुको बिच
क्रन्दनको लागी गाईएका मुक्तीका गीत
झुण्ड झूण्ड भएर गाय।

भोलीको लागी सपना देखाय,
सुनौलो सन्सारको मोहजाल बताय।
हात समाय,अलाप रटाय

तर अफसोच ,
 
अझै पनि उस्तै छ बिहानी
सधै चकमन्न छ शुन्यताको कहानी ।।।