लोग्नेको लासलाई हल्लाउँदै विक्षिप्त अवस्थामा श्रीमती प्रश्न गर्छ "तिमीलाई मर्ने सोचाइ थियो भने किन मलाई बिहे गरेर भित्र्यायौ ? किन बिहे गरेर बच्चा समेत जन्माउन लगायौ ? किन ? किन ?? हृवाँ.....।"
उसको श्रीमान्ले आत्महत्या गरेको थिएन । इच्छामृत्यु नगर्नेहरूलाई मरेवापत् गाली गर्नु भनेको भोकालाई खान नपाएवापत् गाली गर्नुजस्तै हो । तर, तनावले चेतना हराएकी उसकी श्रीमतीले यी कुनै कुरा बुझ्ने सम्भावना नै थिएन । उसलाई श्रीमान् जीवित हुँदाको समयको वाचा, सपना र एकिकृत जीवनको बाटोको मात्र याद थियो सायद । सपना भङ्ग हुनुको पीडा थियो उससँग । सपना भङ्ग भएपछि मानिस योजनाविहीन बन्छ । आफूले टेकेको जमिन भासिँदैं जान्छ, हरियाली क्रमशः डढेलोमा परिणत हुन्छ । माइला मुर्मुको जीवनको अन्त्य भएपछिको क्षणमा मैले यस्तै सोचलाई खोलाइरहेको थिएँ । उसकी श्रीमतीका लागि गोली लागेर क्षतविक्षत अवस्थाको लाश अप्रत्याशित थियो । तर, अव्यवस्थित विद्रोहको परिणाम अघिल्लो साँझ नै गाउँमा फैलिएकोले हामी अन्य गाउँलेहरू माइलाको हत्या/मृत्युभन्दा
