कस्की श्रीमती कति असल ?


तपाईं आफ्नी पत्नीमा के-के गुणहरू हुनुपर्छ भन्ने ठान्नुहुन्छ भन्ने प्रश्नको उत्तरमा चार युवा पुरुष भन्छन्- ऊ शारीरिक रूपमा आकर्षक होस्, घरको देखभाल गरोस्, हास्यचेतले पूर्ण होस् ।
उनीहरूले आफ्नी पत्नी केमा कस्तो काम गर्छिन् भन्ने कुरो चाहिँ बताएनन् । तर, पत्नीले आफ्नो परिवारको ख्याल गर्नुपर्ने विषयलाई भने उनीहरूले सबैभन्दा पहिलो नम्बरमैै राखे । धेरैजनाले आफ्नी पत्नीले धेरै पैसा कमाउने जागिर खाएको भने रुचाएनन् ।
के यो अरूचिका पछाडि लैंगिक भूमिकाका कारण पुरुषले आफ्नो पुरानो असल दुनियाँ अर्थात् घरेलु संसार रोजेको त होइन ? के पुरुषले वृत्तिमुखी, सशक्त महिलासँग जीवन चलाउनु गार्‍है हुन्छ त ?
एकजना प्रख्यात सञ्चार संस्थाकी पत्रकार भन्छिन्- मेरा केही पुरुष साथीहरू एकदमै स्मार्ट केटीहरूसँग डेटिङमा जान्छन् । तर, अन्त्यमा उनीहरूले कलेज पढी नभ्याउँदैका भर्खरका युवतीलाई बिहे गर्न रुचाउँछन् किनभने उनीहरू ठुल्ठूला जागिर ताक्ने, अत्यन्त बढी वृत्तिमुखी महिलाभन्दा बढी स-साना भावी योजना भएका सामान्य युवती छनोट गर्छन् । उनीहरू बढी छलफल गर्ने, बुद्धि खियाउने, विवाद र बहसमा उत्रनमै बढी समय बिताउने युवती रुचाउँदैनन् । बरु आफ्नो जीवन-डुंगा चलाउने क्याप्टेनका रूपमा श्रीमान् रहोस् भन्ने विचार भएका केटी नै बिहे गर्न रुचाउँछन् ।
दिल्ली विश्वविद्यालयकी समाजशास्त्रकी एकजना रिडरले समाज दिनानुदिन विकसित भइरहेको परिप्रेक्ष्यमा पुरुषहरू आफ्ना व्यस्त जीवनसाथीसँग मिल्ने हिसाबले नभएर अझै उस्तै पुरानोखालको धारणा राख्छन् भन्नेबारेमा अध्ययन गरिन् । यो खासगरी पुरुषको भन्दा बढी महिलाको क्रियाकलाप बढी राम्रो भएको ठाउँमा देखिन्छ । ईष्र्या र अहंजस्ता पक्षले वस्तुतः सम्बन्धमा तिक्तता उत्पन्न गर्छन् । अझ कामकाजी महिला जीवनसाथी हुनुको अर्थ घरेलु कामकाजमा पनि हात बाँड्नु हो र धेरैजना पुरुष त्यस्ता घरेलु काममा अभ्यस्त हुँदैनन् । काम गर्ने समय अर्को एक कारक तत्त्व हो जसमा पुरुषलाई साह्रै गार्‍हो अनुभव हुन्छ । पति-पत्नीबीचको सम्बन्धमा यस्ता धेरै कारक तत्त्वहरूले काम गर्छन् । तथापि कोही-कोही त आफ्नी पत्नीले गरेका काम देखेर गौरवको अनुभव पनि गरिरहेका भेटिन्छन् । त्यसो भए केही मानिस स्मार्ट, स्वतन्त्र र वृत्तिमुखी महिलासँग व्यवहार गर्न अप्ठ्यारो मान्छन् त ?
एकजना सम्बन्ध विशेषज्ञ भन्छन्- केही पुरुष आफ्नी पत्नीले व्यावसायिक रूपमा आफूभन्दा एकदमै बढी राम्रो काम गर्न थाल्छिन् तब आफूलाई चुनौती खडा भएको र असुरक्षितजस्तो सम्झन्छन् । त्यसकारण त्यस्ता पुरुष घरेलु महिला मन पराउँछन् । उनीहरू आफ्नी महिला कामको सिलसिलामा बाहिरू घुम्न गएको, अबेरसम्म अफिसमा काम गरेको र आफ्नो शक्ति प्रदर्शन गरेको देख्न चाहन्नन् । आफ्नी श्रीमती सफल हँुदै गई भने उसले सबै कुरामा नेतृत्व हत्याउने र आफूलाई सम्मान गर्न छोड्लान् भन्ने डरले उनीहरू त्रस्त हुन्छन् ।
अझै पनि आफ्नो आत्मासँग मिल्ने श्रीमान्को खोजमा रहेकी एकजना ३६ वर्षे जागिरे महिला भन्छिन्- मैले भेटेका धेरैजना पुरुष उनीहरूमाथि आश्रति महिला नै उत्तम हुने ठान्छन् । तिनीहरूमध्ये केहीचाहिँ त सुशिक्षित, राम्रो आम्दानी भएकी महिलामा बढी नै अहं भाव हुने हुनाले उनीहरूसँग व्यवहार गर्नु कठिन मान्छन् । मेरा विचारमा सशक्त महिलाले घरेलु विषय र जीवनमा आइपर्ने चुनौतीको सामना गर्न सक्ने हुनाले उनीहरूबाट धेरै फाइदासमेत हुन्छ ।
तर, बदलिँदो समाजमा पुरुषहरूको पुरानो धारणा अझै बदलिएको छैन । के एक सशक्त कामकाजी महिला पत्नीका रूपमा रहनु फाइदाकै कुरो होइन र ?

अमूर्त सम्बादहरु,जगदिश घिमिरेसन्ग


मृत्युको सिलुएट (पाश्र्वछाया) मा उभिएर जगदीश घिमिरेले निकैपटक आफ्नो जीवनको सिंहावलोकन गरेका छन् । सन्ध्यामा अथवा जुनेली रातमा धेरै टाढा डाँडामाथि देखिने वृक्षका आकार, पर्वतका आकार, कुनै वस्तु वा व्यक्तिका आकारजस्तो केही अमूर्त वस्तु देखेका छन् । त्यो अस्पष्ट र भयप्रद भएर उनीअघि निकैपटक उभिएको छ । अस्पतालले भनेदेखिन् नै प्रत्येकपटक आफ्ना जीवनका दिनहरू सकिन लागेको जगदीश घिमिरेले देखेका छन् । उनले त्यो विराट् 'ब्ल्याकहोल' देखिसके । त्यसबाट हुने सम्भावित भय, सन्ताप, दुःखानुभूतिले उनलाई निमेष-निमेषमा छोइरहेको हुन्छ ।
टोल्स्टोयले 'बूढो खोल्सतोमेर' कथामा 'ईश्वरले मान्छेलाई तीनवटा रहस्यको ज्ञानबाट वञ्चित गरेको' बताएका छन् । ती के भनेमानिस जन्मेपछि कसरी सुरक्षित हुन्छ, उसको आयु कति लामो छ र मृत्युको घडी कसरी आउँछ । जगदीश घिमिरेलाई भेट्ने बेला मनमा लागेको थियो, सायद यी तीनै रहस्य खुल्ने भए सृष्टिको स्परूप नै भिन्न हुन्थ्यो । जवानीका जोसमा मान्छेले खोलाका ठूला जँघार पनि तर्छ, दुर्लंघ्य पहाड पनि नाघ्छ । भर्भराउँदो जवानीमा मृत्युबारे कसैले सोच्तैन । नत्र जीवनको मधुरतम रस पनि बाँकी रहने थिएन । त्यसबेला मान्छेलाई लाग्छयत्तिकैमा पुग्छ होला, मर्नेहरू मरिरहून्, म अमर छु । त्यसबेला शरीरको नश्वरता र क्षणभंगुरता पनि मान्छेले बिर्सेकै हुन्छ । जगदीश घिमिरेको जवानी सिद्धिएको धेरै भयो । यस बुढ्यौलीमा आएर उनले सुनाएकसैको जीवनको टुंगो छैन, तर मेरो जीवनको टुंगो छ ।
जगदीश घिमिरेले अमेरिकाको ओक्लोहामा सहर पुगेपछि थाहा पाएमलाईर् मल्टिपल माइलोमा क्यान्सर छ । त्यसै दिन उनको ढाड फ्रयाक्चर भयो र उनी हलचल गर्न नसक्ने गरी ढले । बाँकी जीवन ढलेरै बिताउनुपर्ने बाध्यताको त्यो पहिलो दिन थियो । 'हामी अमेरिका जाँदा जति उत्साही थियौँ, त्यहाँबाट फर्किंदा त्यसभन्दा हजारौं गुणा दुःखी थियौँ,' उनले सुनाए— 'म बाँचुन्जेल त्यो दिन बिर्सन सक्नेछैन ।' त्यसबेला डाक्टरले यिनको बाँच्ने आयु पनि तोकिदिए—'तीन-चार वर्ष । त्यसमा केही घटी-बढी हुनसक्छ ।' बढी भए त राम्रै भो । तर, घटी भयो भने ? उनी यही सोचेर तर्सिन्छन् ।
अब जगदीशका बालकझैँ नांगिने दिन पनि सुरु भए । नर्सहरूले ओछ्यानमै दिसा, पिसाब गराइदिन्थे, दिनको दुईपटक नुहाएर लुगा फेरिदिन्थे । खुवाउँथे । 'त्यही बेलादेखि म महिनौँसम्म अस्पताल र घरका सहायकका अगाडि निर्वस्त्र भएँ ।' मृत्यु पनि निर्वस्त्र भएर यिनको अगाडि आएको थियो । कुन बेला टपक्क टिपेर लैजान्छ के पत्तो ? रोगले मृत्युको निम्तो दिएको बेला यिनको मनमा के कुरा खेले हुन् ? 'त्यस रोगको पीडा म बताउन सक्तिनँ । एक दिन मर्नु त छँदै छ । यतिसारो पीडित भएर मरिजानु निको होइन,' उनले सुनाए, 'अन्ततः मृत्यु दुःखद होइन । रोएर बाँच्नुभन्दा रुवाएर जानु निको हो जस्तो लागेको थियो ।'
डाक्टरले बाँच्ने आयु तोकिदिए यता उनका सबै दिनरात अस्पतालको झ्यालखाना, कोठाको कठघरा र ओछ्यानको पिँजडामा बितिरहेका छन् । उनी अचानक जीवनको सबैभन्दा उज्यालो प्रकाशबाट एकाएक साह्रै अँध्यारो अन्धकारमा पुगे । त्यसबेला यिनलाई हेर्न भएजतिका आफन्त आउँथे, रुन्थे र स्तब्ध हुन्थे । आँखाबाट बरर्र.... आँसु खसाल्थे । थरीथरीका उपचार गर्न सल्लाह दिन्थे । 'उपचारका क्रममा म त्यो दन्त्यकथाको राजकुमारजस्तो भएको थिएँ, जसलाई टुनामुना गरेर मन्त्रेको अक्षताले हिर्काएर भेडो बनाइएको थियो । अनि, त्यो राजकुमार एकोहोरिएर टुना गर्नेको पछि लागेर हिँडेको थियो रे,' जगदीशले सुनाए, 'त्यो भेडोजस्तै खुरुखुरु मानेर मैले थरीथरीका उपचार गरेँ र सबैको चित्त बुझाएँ । मेरो चित्त भने समयले नै बुझाउनेछ भन्ने सोच्थेँ ।'
आज उनी मृत्यु कुरिरहेका छन् । टाढा उभिएको मृत्युको छाया नजिकै देखिरहेछन्, त्यो भयप्रद मुद्रा अघिल्तिर आफ्ना केही कथाव्यथा लेखिरहेछन्, सारा मनोभाव घोप्ट्याएर । चेखबको एक पात्रले आफ्नो हृदय अनेक पीडाले भरिएपछि अरू कोही नपाएर आफ्नै घोडासँग आफ्ना दुःख र वेदना कहेजस्तो, उनी अक्षरहरूलाई आफ्ना दुःखका कथा भनिरहेछन् । मलाई पनि आफ्नो मृत्यु चिन्तन सुनाइरहेछन् ।
काल त निष्ठुर हुन्छ । मृत्युचेतनाले हाम्रा सारा सुख समाप्त गरिदिन्छ । सोसिल रोड्सले मर्ने बेला भनेका थिए— 'यति मात्र गरियो, कत्रो बाँकी रह्यो ? सबैको त्यस्तै हो ।' मृत्युको पूर्वाभासले मानिसको भावनामा ठूलो परिवर्तन ल्याइदिन्छ । हामीले यस समाजमा यो कुरा अनुभव गरेकै छौँ । मन दान, धर्म, पुण्य गर्ने, यश-कीर्तिका कामपट्ट िजान्छ । टमस मानले भनेका छन्, 'मृत्युका बारेमा धार्मिक दृष्टिले चिन्तन गर्नु जीवनको अभिन्न पक्ष हो ।' जगदीश घिमिरेले पनि मृत्युको चिन्तन धार्मिक दृष्टिले गरे । गाउँ रामेछापको जग्गादान गरे । 'अब बाँचिँदैन भन्ने लाग्यो । मृत्युको अड्कल गर्दा लेनदेन टुंग्याउनुपर्छ भन्ने लाग्यो । मन्थलीमा भएको जग्गा केही दान गरेँ, त्यतिले मात्र पनि मनमा सन्तोष मिल्यो । शून्य, एकान्त जस्तो भयो,' उनले सुनाए ।
अहिले त जगदीश निकै तंगि्रएका छन् । पहिलेजस्तो दुःखी छैन समय । मर्छु जस्तो लागेको छ ? 'अहिले पो केही तंगि्रएँ, के थाहा कहिले मर्छु ? सबै मृत्युका मुखमा छन् । तर, यति थाहा छ चाँडै मर्नेछु,' जगदीश यति सुनाउँदा निकै भावुक भएका थिए । मृत्युलाई नजिकबाट देखेका जगदीशलाई मृत्युको अभिलाषा पनि छ होला ? 'छैन, त्यो त स्वाभाविक प्रक्रिया हो नि,' उनले भने, 'थला परेर, कुहिएर बस्नुभन्दा मर्नु ठीक हो । लामो समय बाँचौँ भन्ने पनि छैन ।'
जगदीशले अहिले चोभार डाँडाको आफ्नो घरमा बसिरहँदा धेरैपटक माइलोमा हुनुपूर्व र अहिलेको अवस्था दाँजेका छन् । र फेला पारेका छन्, मात्र शून्य, भयप्रद समय । आफ्नै घरका चोटा-कोठाले पनि कहिलेकाहीँ यिनलाई तर्साउँछन् । उनले धेरै कुरा दाँजेका छन् पहिले र अहिलेमा । पहिले जीवनमा रस हुन्थ्यो । रमाइलो हुन्थ्यो । तर, अहिले जीवन फेरिएको उनले देखेका छन् । जीवनका ती रमाइला दिन अहिले आँखाभरि नाच्छन् मात्र । उनले फेला पारेका छन्मात्र नीरस र चिच्याटलाग्दो समय । जीवनका धेरै इन्द्रधनुषी रङबाट धुलोमा पछारिएका उनी जीवनमा अहिले कुनै रङ देख्दैनन् ।
मृत्युशय्यामा रहँदा कवि लेखनाथ पौड्यालले लेखेका थिए
यो दुःख भोग्ने परमेश्वरै हो
यो देह उसको रहने घरै हो ।
यो भत्कँदा दुःख अवश्य मान्छ
सुटुक्क सामान लिएर जान्छ ।।
त्यसैगरी मृत्युशय्यामा छट्पटिँदा जगदीश घिमिरेले पनि आफ्नो कथा लेखेअन्तर्मनको यात्रा । कृतिमा मृत्युबोध, मृत्युचिन्तन, मृत्युप्रतिको समर्पणभाव लेखे । मृत्युको अनुभूति गर्दा अहिले पनि निकै भयप्रद लाग्छ जगदीशलाई । जुन कुरा अवश्यभावी छ, त्यसैप्रतिको भय कति त्रासद । यसरी लेखकले आफ्नैसामुन्ने मृत्यु उभिएको छर्लंगै देख्दाको मनोभाव कस्तो होला, म कल्पना पनि गर्न सक्दिनँ । के मृत्यु प्रकाशमान् हुन्छ ? 'देखिँदैन मृत्युलाई । कहाँ हुनु प्रकाशमान् ?' उनले सुनाए । जे भएको छैन त्यो अतिरेक पि्रय हुन्छ । तर, जगदीशलाई मृत्यु पि्रय लागेन रे ! 'यो स्वाभाविक प्रक्रिया हो । बरु आँखामा आफन्त आए, आफ्नो गाउँ लहरै आए । तर, पि्रय लाग्नेगरी मृत्यु आएन,' उनले भने ।
मृत्यु प्रबल हुँदै आएपछि पनि जगदीशमा लेख्ने कुरा धेरै थिए । सम्भावना पनि धेरै थिए । उनको पूर्वार्द्धको जीवनले त्यही भन्छ । हृदयभित्र कुनै कुनामा तृप्त हुनेगरी साहित्य पढ्ने, लेख्ने धोको छँदै थियो । आफूअगाडि उभिएको अँध्यारो उनले अक्षरहरूमा पोखे । अँध्यारामा बलेको झिल्कोझैँ, राँकोझैँ उनका अक्षरहरू बलेका छन् । कुराकानीमै पनि घिमिरे एक गम्भीर, दार्शनिक तहमा ओर्लिन्छन् । पहिलेका चालभन्दा फरक, आफ्ना पारिवारिक र पि्रयजनभन्दा प्रेमपूर्ण बोली र दृष्टिको आशामा अल्झेका, असहाय हुँदै गएका, 'डिस्टब्र्ड मुड' अर्थात् खल्बलिएको मुद्रा लिएर हतप्रभ स्थितिमा जगत्को अन्तिम रहस्यको चिन्तनमा डुबेजस्ता देखिएका छन् घिमिरे ।
जगदीशलाई मृत्युले कुनै एकदिन दाउ हान्छ जस्तो लाग्छ । 'दाउ हान्छ तर, थाहा हुँदैन । जन्मसँग मृत्यु छ । जीवनसँग गाँसिएको छ मृत्यु,' उनले भने । मृत्यु अँध्यारैमा पनि आउन सक्छ । जगदीशले भनी पनि सकेमृत्यु प्रकाशमान् हुन्न, अन्धकारमय हुन्छ । अन्धकारको आकृति कहाँ छ र ? 'मर्नु पनि अन्धकारजस्तै हो । त्यो आफैँ कुरिन्छ,' उनले भने, 'अँध्याराकै बीच लैजान्छ ।' जीवनको निचोडजस्तो दर्शन सुनाए उनले— 'सन्तुलन चुँडिएपछि, आत्मबल फुस्केपछि के गर्नु र ?'
जीवनको चौतारीमा आँखा बिछ्याएर टाढासम्म हेर्दा मृत्यु कुन स्थानमा पाएका छन् घिमिरेले ? उनले पनि पारिजातले शून्यबोध गरेजस्तै सुनाए—'मान्छे जन्मियो अर्थात् मृत्यु जन्मियो । आफ्नो मृत्यु मान्छेले देख्दैन । समयले निर्धारण गर्छ मृत्यु । सायद मृत्यु आत्महत्या गरेर आफूलाई सिध्याउनेले मर्नुअघि देख्छन् ।' उनलाई लाग्छमृत्युले कसैलाई टिपेर लैजान संकोच मान्दैन । 'मृत्यु समय हो । आफैँ बग्दोरहेछ,' उनले भने । जगदीशलाई के लाग्छ, जीवनको अन्तिम विन्दु नै मृत्यु हो वा त्यसभन्दा पछि पनि केही छ ? 'मरेको मान्छे त मरिगो नि ! त्यो मान्छे आफ्नो कृतिमा अमर रहन सक्छ । ऊ अमर हुनुको लाभ बाँच्नेहरूलाई छ । नत्र त अन्तिम विन्दु नै मृत्यु हो ।' बरु मान्छे शिथिल भएपछि, मर्ने चाहना बलियो भएर आउँछ भन्छन् जगदीश । 'त्यस्तो बेला मान्छेले आफैँ काल आओस् र टिपेर लैजाओस् भन्छ,' उनले सुनाए ।
मान्छे जति बूढो हुँदै जान्छ, मृत्युको भय पनि बलियो हुँदै आउँछ, होइन र ? 'मृत्युको भय हुनैपर्छ भन्ने जरुरी छैन । यो त यथार्थको स्वीकृति हो । आफैँले अनुभूति गरेको हो मर्छु भन्ने । मर्नु लेखेको रहेछ, मरिन्छ भन्छ मान्छेले,' उनले भने । त्यसो भए मृत्युको मुखबाट बाँचेर आउँदा कुनचैँ शक्तिशाली रहेछ जस्तो लाग्यो त, समय कि जीवनको त्यान्द्रो ? 'समयले जन्माउँछ । साइत हो समय । समयमा जीवन हुन्छ । समयले मार्छ । त्यो समय काल हुन्छ । जन्म, बालापन, यौवन, प्रौढावस्था, मृत्युसबै उही समयका फरक नाम र पर्याय हुन् । सबै समय उही हो, एकै हो,' उनी दार्शनिक चेतनामा भन्दै गए— 'जीवन बाँच्नुको अर्थ मर्नु हो । समय अस्तित्व मात्र होइन, सँगसँगै एकैपटक अस्तित्व र अस्तित्वहीनता समेत हो । समय कुनै राम्रो, कुनै नराम्रो हुँदैन । जन्म सुसमय, मृत्यु कुसमय होइन । उही एउटै समय सृष्टि, स्थिति र प्रलय अर्थात् जन्म, जीवन र मृत्यु हो । यसमध्ये कुनै समय मान्छेका लागि उत्सव हुन्छ, कुनै समय शोक । समय यथार्थ हो । त्यसैले जीवनको त्यान्द्रो नै समय हो ।
त्यही शक्तिशाली छ ।' उनलाई बाँच्नु जीवनको अल्पकालीन समाधान हो अनि मर्नु दीर्घकालीन समाधान जस्तो लाग्छ ।
मल्टिपल माइलोमाले आफूलाई गाँज्दै ल्याउँदा जीवनका अर्थपूर्ण दिनहरू आँखामा नाचिरहे । 'फर्केर हेर्दा जीवनका कुनै पनि दिन अर्थहीन लागेनन् । यो जीवन नै रहस्य रहेछ । सुख-दुःखका दिनहरू एक-एक गरी आँखामा आए । झसंग भएँ, कति टाढा आइपुगिएछ जीवनमा जस्तो लाग्यो । निकैबेर टोलाएर बस्थेँ उपचारका दिनहरूमा,' उनले भने । उनलाई मृत्यु बलवान् हुँदै आउँदाका ती दिनहरू बेथितीसँग गुजारिए, अर्थहीनसँग बिताइए, मूल्यहीनसँग कटाइए भन्ने लाग्दोरहेनछ । 'अर्थहीन भएनन् ती दिनहरू, बरु दुःख र अप्ठ्याराका दिन थिए,' उनले भने । त्यसो त जगदीशलाई दुई पाइला हिँड्न अहिले पनि निकै सास्ती हुन्छ । अहिले पनि कम्मरमाथि फलामकै पेटी बाँधेर बस्नुपर्छ । 'तैपनि, निकै भाग्यमानी रहेछु जस्तो लाग्छ,' उनले सुनाए ।
त्यसबेलाका सबै रात मर्छु भन्ने भयले गुजारिए होलान् । हरेक बिहान झुल्कने जाज्वल्यमान् सूर्यको पछिल्तिर अँध्यारोको अत्यासलाग्दो प्रताडना छैन ? 'राति आकाशमा थोरै प्रकाश लिएर झुल्कने जूनले पनि बाँच्ने शक्ति दिन्थ्यो । अस्पतालको बेडनजिकैको झ्यालबाट बाहिर म शीतल चन्द्रमा हेर्थें,' उनले सुनाए, 'त्यसले बाँच्ने इच्छा अझ प्रबल भएर आउँथ्यो । बरु साह्रै कालो अँध्यारो रातसँग भने निकै डर लाग्थ्यो ।'
उनलाई अझै पनि आफ्ना आँखैअगाडि मृत्यु सल्बलाइरहेभै"m लाग्छ र त्यसले अहिले पनि तर्साउँछ । तैपनि, उनले मृत्युलाई 'जीवन र दुःखको समापन' ठानेका छन् । 'यो आफ्नो अधीनमा रहँदैन,' उनले सुनाए । मृत्युसँग कहिल्यै माया पलाएन । 'जीवनप्रति मात्र माया हुँदोरहेछ,' उनले भने । स्वेच्छिक मृत्युवरण गर्नु संसारलाई अनादर गर्नु, जीवनलाई नै अनादर गर्नु हो ? 'ठीकै हो स्वेच्छिक मृत्यु । कोही जीवन समाप्त गर्ने कुरा सोच्छ भने त्यो जीवनप्रतिको अनादर होइन । बरु आदर गरिएको हो, आफू बाँचेको समयलाई,' उनले भने । उनलाई अभाव, आवेश, क्रोध, रिसले मृत्युसँग प्रेम गर्छन् जस्तो लाग्छ । 'प्रेमले पनि मार्न सक्छ मान्छे । प्रेम र मृत्यु सँगै आउँदारहेछन्,' उनको जीवनभरिको एक महत्त्वपूर्ण सिकाइ यस्तै रहेछ ।
देवकोटा, युद्धप्रसाद, हरिभक्त, पारिजातहरूले अभावै-अभावमा मृत्युवरण गरेका थिए । त्यस्तो मृत्युको अनुभव कस्तो हुँदो हो ? भन्छन्, 'पीडादायक हुन्छ नि ! देवकोटा, हरिभक्त, पारिजात । यिनको त समय नै अभावको थियो । जिन्दगीभरि अभाव भोगे उनीहरूले । उनीहरू र मबीच फरक बस् यत्ति हो, म अभाव र गरिबीमा मर्दिनँ ।'
जीवन धेरै दुखेको छ । इतिहास दुखेको छ । अब त शान्ति पाए हुन्थ्यो । कतै एउटा शून्यमा विलीन हुन पाए हुन्थ्यो भन्ने लागेन ? 'शून्यमा विलीन हुन पाए हुन्थ्यो जस्तो एकपटक लागेको थियो । बिरामी भएपछिको कुरा हो । म दिल्लीको रेल्वे स्टेसनमा थिएँ । त्यो रेल हुँइकिएर आउँदा त्यही रेलको लिगमा बसौँ र मृत्यु अँगालौँ जस्तो लागेको थियो । तर, आँखाअगाडि के अर्कै कालो वस्तु आएर बसेझैँ लाग्यो, सायद माया पो लाग्यो कि जिन्दगीको ?' उनले भने ।
जगदीशले जिन्दगीको कुनै अर्थ खोजेनन् । बरु बिरामी हुँदा थलिएर बाँच्नुपर्ने बाध्यताविरुद्ध अर्को बाध्यता (साहित्य) टिपेर मुक्त हुन खोजे । बीचमा चटक्कै त्यागिसकेको साहित्य-सिर्जनमा लागे । गाउँघर, आफन्तको माया खोजे र जीवन दुःखेको पीडाले छट्पटाइरहे । अब जगदीशले कसैलाई रिझाउनु छैन, कोही रिसाउला भन्ने पनि छैन । बरु एउटा निचोड फेला पारेका छन् उनले— 'जीवन छ र नै मृत्यु पनि अस्तित्वमा छ ।'

उमेरमा जिन्दगी जति गुलियो भए पनि अहिले जिन्दगी अमिलो र नमीठोपन मात्रै भेटाएका छन् उनले, साँच्चै अमिलो । छुट्नेबेला उनले सुनाए, 'मेरो जीवन काठमाडौंको फोहोरमा बित्यो । त्यसैले अमिलो लाग्यो यो जिन्दगी । म मरेपछि मेरो खरानी मेरा पुर्खाको थलो, मेरा स्वजन माझी, मझिनीहरू र मलगायत सबैको साझा, मन्थलीको तामाकोसी र सुकाजोरको सफा दोभानमा बगाइदेऊ । तर, खरानी छरेर तामाकोसीको सफा पानी नधमिल्याउनू । मेरो खरानी मन्थलीको कुनै पाखामा छरिदिए पनि हुन्छ ।'

साबधान "विवाह पूर्वको सम्बन्धलाइ नदोहराउनुहोस "

विवाह पछि पहिलेको प्रेमी वा प्रेमिकासँग भेट हुन सक्छ। तर यस्तो भेटलाइ साधारण भेटमा नै सीमित नराखेमा यसको परिणाम दुखद हुन सक्छ। तसर्थ विवाहपछि आफ्ना विगतमा भएका सबै प्रेम प्रसंगलाई भूतकालमानै राख्न अत्यन्त जरुरी छ।
तर यो भनाइ वास्तविक जीवनमा धेरै कम मात्रामा मात्र लागु हुन्छ। मानिसहरु आफूलाई जतिसुकै नियन्त्रणमा राखे पनि विवाह अगाडिको प्रेमी वा प्रेमिकासँग भेट हुनासाथ " प्रेम तथा युद्धमा सबै ठीक हो " भन्ने उखानलाइ सम्झने गर्नाले खाफ्नो भविष्यलाईनै दाउमा लगाउन पछि हट्दैनन्।
हुन पनि मानव भएको नाताले विवाह अघिको प्रेमी वा प्रेमिकासँग भेट हुनासाथ मनमा ठूलो हलचल हुन्छ जसलाई नियन्त्रणमा राख्न त्यति सजिलो अवश्य पनि छैन तर यसलाई नियन्त्रणमा राख्नु अति आवश्यक छ भन्ने कुरामा दुई मत हुन सक्दैन।
अतीतलाई बिर्सन त्यती सजिलो अवश्य नै छैन तर समयको महत्वलाई मनन गर्दै यसलाई बिर्सदैजानमानै सबैको भलो हुन्छ भनेर सधै सम्झनु पर्छ।
जीवनको कुनै मोडमा अचानक तपाईको भेट आफ्नो पूर्व प्रेमी वा प्रेमिकासँग भएमा पुराना घाउहरु बल्झन सक्छ, तब तपाईलाई उनको वर्तमानबारे जान्ने ठूलो उत्सुकता हुन्छ तर तपाईको यस कदमले तपाईको यस कदमले तपाई तथा उनको वर्तमानलाई ठूलो असर पर्ने वास्तविकतालाई बुझेर यस अवस्थाबाट पन्छिन सक्नुपर्छ।
जब आफ्नो पूर्व प्रेमी वा प्रेमिका संग अचानक भेट हुन्छ तब तपाईलाई आफ्नो विगतका यादहरु ताजा हुन जान्छ। तपाईले पहिले आफ्नो जीवनमा गरेको प्रेमका पलहरु आँखा सामु आउन थाल्छ यसले गर्दा तपाईलाई विस्तारै विगततिर फर्कन मनलाग्न सक्छ तर यस्तो समयमा आफूलाइ संयममा राखी वर्तमानलाइ अगांल्नुनै राम्रो हुने तथ्यलाइ संधै सम्झनसक्नु पर्छ।
लामो समय पछि आफ्नो पूर्व प्रेमी वा प्रेमिकासंग भेट भएपछि यसलाइ वर्तमानसँग दाज्नु हुदैन। विना जिम्मेवारी जवानीमा गरेको संगत र जिम्मेवारीका साथ निभाउनुपर्ने वैवाहिक जीवनमा ठूलो भिन्नता हुन्छ।
यसरी तुलना गर्दा मानिसहरु समयको महत्वलाई बिर्सने गर्छन किन कि मानिस विवाह अगाडि तथा विवाह पछाडि एउटै रहन सक्दैन। विवाहपछि मानिसमा ठूलो जिम्मेवारी आउँछ, तब मानिसले सामाजिक रहन सहनलाई अंगाल्नु पर्ने हुन्छ।
विवाह अगाडि गर्न सक्ने कतिपय कामहरु विवाहपछि सम्भव हुदैन। लवाई, खवाई, हिडाई यसका प्रत्यक्ष उदाहरण हुन। यसले गर्दा विवाहपछि यस्तो तुलनामा धेरै जस्तो अवस्थामा विवाहपूर्वको साथीमा बढी गुण देखापर्ने हुन्छ।
मानिसले जब जब विवाहपूर्वको सम्वन्धलाई दोहराउन थाल्छ तब तब उनको व्यवहारमा परिवर्तन आउन थाल्छ।
बहाना बनाएर घरबाट बाहिर जान थाल्ने, एक्लै बजारमा किनमेल गर्ने, घरमा खाना नखाने, राम्रोसँग बोल्न छोड्ने, कतै हराएको जस्तो हुने लक्षण तपाईमा आउन थाल्छ। यसबाट तपाईको जीवनसाथीलाई तपाईप्रति शंका उठ्न थाल्छ। यसबाट तपाईको वैवाहिक जीवनमा कटुता आउन थाल्छ। तपाईले जति कोशिस गरेता पनि यी दुईलाई तपाई सन्तुलनमा राख्न सक्नु हुन्न, यसले तपाईको वैवाहिक जीवनलाई तहसनहस पार्छ। एक अर्कामा अविश्वास जाग्न थाल्छ, यसैले समयमा नै यस्तो स्थितिबाट मुक्तहुन सक्नुमा नै सबैको विजय हो भनेर सम्झनु पर्छ।
यी सबै कारणले गर्दा हरेक मानिसले आफ्नो विवाहपूर्वको सम्बन्धलाई बिर्सनु अति जरुरी छ । यसले भावनात्मक रुपमा फेरी एक अर्कालाई नजिक्याउने प्रयास गरेतापनि यसबाट बच्नुमा नै सबैको भलो हुन्छ भनेर सम्झनु अति जरुरी छ।

कबिता

यो कस्तो भिड हो ? जन्ती हुन कि मलामी
भिच्छुहरुले दिदै छन् अगुलिमारलाई सलामी

रातमा नाङगै नाचछन, कोही आए करङ भाचछन
बिहान गेरु बस्त्रमा जप्छन, बुद्म सरणम गच्छामी

मुर्दा सान्ती छ सहर अचेल ,चकमन्न छ गाउघर
आधी बेरी मात्र होईन ,आउदै छ बिध्बन्सको सुनामी

साईनबोर्ड झिक,गुन्टा कस,भाग भाग
भलादमीहरु आउदैछन, बनाउन नया नेपाल

"किन्न पनि गाह्रो छ, एउटैलाई पाँच रुपैयाँ पर्छ" घनश्याम ढकाल

जीवन सधैं सोझो-सोझो बाटो नहिँड्दो रहेछ । कहिले यताको खाल्डो, कहिले उताको पहरो । त्यसै-त्यसै क्षणिक भएर जाँदारहेछन् सुखद् अनुभूतिहरू ! मन दुखाउने चोटहरू भने घरीघरी बल्झन्छन् । ठाडा-घुमाउरा उकालामा पनि कठिन-कठिन गौंडाहरू जोडिन आउँछन् । कहिलेकाहीँ यस्तो हुन्छ, जीवन जति-जति संघर्षपूर्ण हुँदै जान्छ, खुसी खोस्ने आँधीले हृदय त्यति-त्यति बिथोल्दै जान्छ । तैपनि, दुई-चार घुम्तीमा सुस्ताउँदैन साहित्यकार घनश्याम ढकालको ज्यान । न कुनै लोभ, लाभ वा स्वार्थले नै डोर्‍याउँने आँट गर्छ उनको ध्यान । असजिला अक्करहरूमा पनि अनवरत जागिरहने आस्था बोकेर उनी निस्केका हुन् जीवन-यात्रामा । तर, प्रगतिशील साहित्यकार ढकालको जीवनका दोबाटा-चौबाटामा 'विछोड' हात मिलाउन आइरह्यो । हुन त, उनले व्यक्तिगत जीवनका दुःख मात्रै होइन, वर्गीय दुःखका हाँगाबिँगा पनि छिमल्ने कसम खाएका छन् । र, त्यो कसम अहिलेसम्म तोडेका पनि छैनन् । तर, संयोगले हो या परिस्थितिले, बा-आमाको प्यार पनि उनीबाट खोसेर लग्यो, सन्तानमाथि देखेको सपनामा पनि आघात पुर्‍यायो । फरक यत्ति हो, स्मृतिले बारम्बार विचलित बनाउन खोज्दा पनि उनी सम्हालिएकै छन् । परिस्थितिका पहाडले थिचिरहे पनि जनताको 'मुक्ति-संघर्ष'को सांस्कृतिक नेतृत्व गर्न उनी तम्तयार नै छन् ।

दुईबीसे सोह्र हिउँदअघिको एक हिउँद । स्याङ्जा पुतलीबजारमा सायद माघमासे चिसो स्याँठ चलिरहेको हुँदो हो । हिउँदे खेतीका लागि बाँझो बारी खनजोत गर्ने वेलामा एउटा गरिब किसान परिवारमा उनी च्याँच्याँ गर्दै आएका थिए । त्यो सालको शिशिर ऋतुले घनश्याम ढकालको जीवनलाई संघर्षको मैदानमा छाडेर गयो । यी बालखालाई ताते सिकाउने र तोते बोलाउने बाले त्यतिवेलै संसार छाडे, जतिवेला उनी सात वर्ष पनि नाघिसकेका थिएनन् । 'टुहरै भएर हुर्केँ म,' बालाई सम्झँदै उनले भने । तर, छोरालाई टुहुरो पारेर जानुअघि नै बाले उनलाई कख सिकाएका थिए । कख सिकाउने बा प्रभाकरको सपना कस्तो थियो ? घनश्यामलाई कसैले भनेन, न उनी त्यस्तो सोध्न सक्ने उमेरका थिए । छोराको हात समातेर कख पढाउने बाको धोको पक्कै पनि 'धेरै पढाउने र ठूलो बनाउने' थियो होला । यही निष्कर्ष निकालेर घनश्याम 'दायाँबायाँ' नगरी पढ्न थाले । 'सपना त के थियो कुन्नि,' आमाको इच्छा सम्झँदै उनले भने, 'तर, आमाले पढ्नुपर्छ भनेर बारम्बार प्रोत्साहन गर्नुहुन्थ्यो । मेरी आमालाई छोराले धेरै पढोस् भन्ने चाहना थियो ।' विडम्बनाको कुरा त्यही भयो, घनश्यामले मिहिनेत गरेर पढेको र नाम चलेको क्याम्पसमा प्राध्यापन गरेको थाहा नपाउँदै आमा कौशल्याले पनि उनलाई छाडेर गइन् । 'आमा बित्नुहुँदा म १९ वर्षको मात्रै थिएँ,' अहिलेको पाको अनुहार मलीन बनाउँदै उनले आमालाई श्रद्धापूर्वक सम्झे ।

पुस्तक हुँदै प्रलेस
बा-आमा बाँचिराखेका भए छोराले पढेको र प्रगति गरेको देख्थे, खुसीले दुःखी मुहार पक्कै उज्यालो पार्थे । तीन छोरीपछिको यो एक्लो छोरो साहित्यकार बनेको, सांस्कृतिक आन्दोलनको नेतृत्वमा पुगेको र सबैले चिनेजानेको एउटा असल मान्छे बनेको थाहा पाएर सायद गमक्क पर्थे । तर, ती सुखद् दिनले घनश्यामलाई निठुरी पारामा उहिल्यै छाडेर गए । त्यसपछि घनश्याम नयाँ समयको हात समातेर पुरानो दुःख बिर्संदै आए । आउँदै गर्दा उनले 'अत्यन्तै मिहिनेत' गरेर तथ्यांक शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन सकाए । त्यसपछि पृथ्वीनारायण क्याम्पस, पोखरामा प्राध्यापन गरे, २२ वर्षसम्म । 'पढ्ने वेला अरूतिर कमै ध्यान गयो,' उनले भने, 'छनलाई म ०३० सालतिरै अनेरास्ववियुको सदस्य थिएँ, कम्युनिस्ट पार्टीको सदस्यता पनि ०३६ सालमा लिएको हुँ । तर, पढाइ नसकुन्जेल म संगठनमा भन्दा पढाइमा नै सक्रिय भएँ । मलाई त्यतिवेला 'मेरो पहिलो काम पढ्नु हो' भन्ने नै लाग्थ्यो ।' बाल्यकालदेखि नै कविता लेख्न थालेका भए पनि उनी अध्ययनको वेला साहित्यमा पनि उति साह्रो सक्रिय भएनन् । माक्र्सवादी चिन्तनसँग सम्बन्धित पुस्तक भने आइएस्सी पढ्ने वेलामै फेला पारिसकेका थिए घनश्यामले । त्यस्ता पुस्तक पढ्नुअघि उनी नेपाली कांग्रेसका समर्थक थिए । नौ कक्षामा पढ्दा-पढ्दै शिक्षकहरू दीनबन्धु अर्याल र शेषकान्त अर्यालको प्रभाव र प्रशिक्षणमा उनी स्याङ्जा जिल्लाको तरुण दलमा सक्रिय भइसकेका थिए । अहिले निख्खर कम्युनिस्ट विचारधारामा आस्था राख्ने यी लेखक क्याम्पसमा पनि सुरुमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघको सदस्य थिए ।

ऊवेलाका कांग्रेस घनश्यामलाई कम्युनिस्ट बनाएको 'माक्र्सवादी चिन्तन'का पुस्तकहरूले हो । जब उनले त्यस्ता पुस्तक फेलापारे, अनि आफूले अँगालेको कांग्रेसी विचारसँग तुलना गरेर अध्ययन गर्न थाले । 'म त्यसपछि नै कम्युनिस्ट विचारप्रति आकषिर्त हुन थालेँ,' अलि जोड दिँदै उनले भने, 'तर, मूलतः मलाई मेरो जीवनको यथार्थले नै वामपन्थी राजनीति र प्रगतिशील साहित्यमा लाग्न अभिप्रेरित गर्‍यो ।' नत्र उनी स्याङ्जाको मातृभूमि माध्यमिक विद्यालयको पुस्तकालयमा प्राप्त कथा, उपन्यास पढेको आधारमा मात्रै प्रगतिवादी आन्दोलनमा कहाँ आउँथे होला र ? बालादिनका पाना पल्टाउँदै उनले भने, 'गाउँमा पढालेखा मान्छे कोही थिएन, मैले स्याङ्जा, पर्वत र पोखराका विभिन्न स्कुल चहारेँ र एसएलसीचाहिँ मातृभूमि स्कुलबाटै उत्तीर्ण गरेँ ।' घनश्यामले पहिलोपल्ट पढेका किताब 'रामायण' 'महाभारत' थिए । अहिले आख्यान-लेखनमा बढी जमेका भए पनि उनले पहिलोपटक नौ कक्षा पढ्दा-पढ्दै कवितै लेखेका थिए । तर, अहिले समालोचना र माक्र्सवादी सौन्दर्यशास्त्रमा पनि उनले आफ्नो खुबीको पुष्टि गरिसकेका छन् ।

साहित्य-सिर्जनामा उनको लगाव विद्यार्थीकालपछिको अवधिमा बढेको हो । भर्खरै उनको पाँचांै कथासंग्रह प्रकाशित भयो, 'सहिदको सालिक' । लगत्तै उनले अर्को लघु कथासंग्रह प्रकाशनको तयारी गर्दै छन् । छिट्टै तयार पार्ने सोचसहित नयाँ उपन्यास पनि लेख्न सुरु गरिसकेका छन्, जुन उनको तेस्रो उपन्यास हुनेछ । उनलाई लागेको छ, सौन्दर्यशास्त्रसम्बन्धी दोस्रो पुस्तक पनि तयार पार्नुछ । यसअघि नै उनका कथा, कविता, निबन्ध, उपन्यास, समालोचना गरी एक दर्जनभन्दा बेसी मौलिक कृतिहरू 'बजार'मा आइसकेका छन् । चार वर्षअघि 'यथार्थवादी नेपाली समालोचना' नामक बृहद् समालोचना ग्रन्थको सम्पादन गरेका उनले अघिल्लो वर्ष 'पोखरेली समालोचना' को पनि सम्पादन गरेका थिए । आफ्नो निरन्तर सक्रियतालाई संकेत गर्दै उनले भने, 'सिर्जनासम्बन्धी मेरा अरू योजनाहरू पनि छन्, तर सबैभन्दा पहिले एउटा समालोचना ग्रन्थमाथि काम गरिरहेको छु, त्यसमा जनयुद्धकालीन सेरोफेरोका रचनाहरूको समालोचना समावेश गरिनेछन् ।'

प्रगतिवादी साहित्यमा उनको मुख्य परिचय आख्यानकारकै हो । त्यो आख्यान लेखनलाई उनले 'मुक्तिआन्दोलनकै अभिन्न अंग'का रूपमा लिन्छन् । आख्यानमा पनि उनी जनजीवनका दुःखसुख र संघर्षका तिनै पाटाहरूको अभिलेखीकरण गर्छन् । आइतबार बिहान कीर्तिपुरको डेरामा भेटिँदा घनश्याम खाटमाथि बसेर कागजमा खत्राकखुत्रुक लेखिरहेकै थिए । त्यो एकाबिहानैको लेखन सायद उनको सक्रिय-जीवनको छनक थियो (हुन त, लेखन-सिर्जनसम्बन्धी उनको यो सक्रियता अहिलेको मात्रै होइन) । घनश्यामको परिवार, छरछिमेक, नातागोतामा कोही पनि साहित्यकार थिएन । गाउँकै स्कुलको पुस्तकालयमा पाइएका साहित्यिक पुस्तक पढेर उनी यो बाटोतिर सोझिए । र, जीवनका कठिन-कठिन घडीमा पनि उनले साहित्य-सिर्जनामा ठेस पुग्न दिएनन् । 'कठोर परिश्रम' गर्दै क्याम्पस पढ्ने वेलादेखि जनयुद्धको अभियानमा भूमिगत हुने अवस्थासम्म उनी साहित्यिक-सांस्कृतिक क्षेत्रमा खटिइरहे । त्यो यात्रा अहिले वामपन्थी साहित्यकारहरूको साझा संस्था प्रगतिशील लेखक संघको नेतृत्व-मैदानमा आइसकेको छ । डेढ महिनाअघि सम्पन्न संघको आठौं राष्ट्रिय सम्मेलनले सर्वसम्मत उनलाई अध्यक्षको जिम्मेवारी सुम्प्यो । यसअघि नै संघको महासचिव र उपाध्यक्षमा रहिसकेका ढकालले ५५ वर्षे इतिहास बोकेको संस्थालाई नयाँ परिस्थितिअनुसार हाँक्ने हिम्मत गरेका छन् ।

उनी एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघअन्तर्गतको अखिल नेपाल लेखक संघमा पनि अध्यक्ष छन् । उस्तै प्रकृतिका दुई संस्था कसरी हाँक्ने हुन् उनले ? 'म एउटालाई गौण ठान्ने र अर्कोलाई प्राथमिकता दिने गर्दिनँ,' उनले भने, 'तैपनि आफू प्रतिबद्ध र संगठित व्यक्ति भएकाले मातृसंस्था (अखिल नेपाल लेखक संघ) को निर्देशनअनुसार चल्ने कुरा हुने भयो ।' प्रलेसलाई परम्परागतभन्दा बेग्लै ढंगले लैजाने, सिर्जनासम्बन्धी कार्यशाला गोष्ठी गर्ने, सौन्दर्यशास्त्रीय छलफलहरू चलाउने, विचारधारात्मक संघर्ष चलाउने, प्रकाशनलाई निरन्तरता दिनेलगायतका नयाँ योजनाहरू छन् उनीसँग । साझा संस्था भएका कारण कसैले पनि यसलाई मूलथलो नबनाउनाले समस्या र चुनौती पनि उत्तिकै देखेका छन् उनले । छिट्टै बैठक बसेर कार्यक्रमहरू तय गर्ने सुरमा छन् उनी ।


विजय-वियोग
असमयमा बा-आमा गुमाउनुपर्दाको पीडाले घनश्याम ढकाललाई केटाकेटीदेखि नै थप अन्तर्मुखी बनाएको थियो । तर, त्यसभन्दा कयौंगुना बेसी उनको छाती छिया-छिया पार्‍यो छोरो गुमाउनुपर्दाको पीडाले । उनकै प्रेरणाले जनयुद्धमा सामेल भएका छोरा विजय ढकाल गण्डकी क्षेत्रका परिचित युवा राजनीतिकर्मी थिए । पर्वत, स्याङ्जा, रूपन्देही, नवलपरासी, कास्कीलगायतका जिल्लामा विजय ढकाल एउटा लोकपि्रय नाम थियो । युवा विद्यार्थीबीच स्थापित विजय पिता घनश्यामको सपनाका प्रतीक थिए । त्यो समयमा घनश्याम पनि भूमिगत थिए, छोरा विजय पनि भूमिगत । छोराको प्रभावकारी नेतृत्व विकास र विशिष्ट प्रतिभाले घनश्यामलाई भविष्यमाथि थप विश्वस्त बनाएको थियो ।

संघर्ष हो जीवन
जीवन संघर्ष हो

रामेश-रायनको यही गीतजस्तो संघर्षको क्रममा घनश्यामले पनि घर छाडे । भूमिगत अवस्थामा बा अन्त कतै । पार्टीकै काममा छोरा अन्त कतै । घरमा रहेकी श्रीमती पारु र छोरीहरू सिर्जना-बन्दनाले पनि राज्यका अनेका यातना-ताडना बेहोरिरहे । निरन्तरको खानतलासी, निरन्तरको धरपकड, निरन्तरको धम्की । 'विजय एकातिर थियो, म अर्कोतिर,' छोरी र श्रीमतीलाई देखाउँदै उनले भने, 'यिनीहरू एकातिर दुःख खपिरहेका थिए ।' उनको जीवनको सबैभन्दा रमाइलो र खुसीको क्षण भन्नु दोस्रो युद्धविराममा सबै परिवार एकै ठाउँ भएर बसेको क्षण हो । । त्यसपछि विजय कहिल्यै नभेट्ने गरी गए, न बा-आमासित, न अरू हितैसीसित । 'त्यो दिनको झल्को अझै आइरहन्छ,' गहभरि आँसु बनाए उनले । छोराको सम्झना हुँदासाथ उनी अहिले पनि सम्हालिन सक्दैनन्, मन बिथोलिन्छ, गला अबरुद्ध हुन्छ । जीवनमा घरीघरी मन विचलित बनाउने कुनै घटना छ भने त्यो छोराको सहादतकै घटना हो । यी सरल, शिष्ट र मृदुभाषी साहित्यकारका छोरा पनि उस्तै सरल, लगनशील र इमानदार थिए । तर, ०६१ सालको पुस २९ गते कास्की निर्मलपोखरीको साम्मी मैदानमा सरकारी फौजले विजयको निर्ममतापूर्वक हत्या गर्‍यो । कमरेड विजयको जीवन आगोको रातो कोइलोजस्तो भर्भराउँदो थियो । तर, २८ वर्षे जवानको त्यो सम्भावनायुक्त जीवन त्यत्तिकैमा निमोठियो ।

बच्चैदेखि टुहुरे जीवन बाँचेका घनश्यामलाई जीवनका चोटहरूले थप संघर्ष गर्न प्रेरित गर्‍यो । जस्तासुकै घात-प्रतिघातमा पनि उनी हतोत्साही र निराश भएनन् । पुत्र-वियोगको पीडा समन गर्ने उनको उपाय साहित्य-सिर्जनामा थप सक्रिय हुनु थियो । समयले खोसेका खुसी प्राप्त गर्ने उनको उपचारविधि थप बलिदान गर्न अघि सर्नु थियो । उनले त्यसै गरे । विजयको सहादतलाई उनले लेखनको ऊर्जामा रूपान्तरित गरेका छन् । 'जनयुद्धमा सँगै बसउठ भएका र लामो समय संगत गरेका थुप्रै साथीहरू गुमाउनुपर्‍यो,' ढकालका आँखा रसाए, 'सेनजी (कृष्ण सेन इच्छुक) को सहादत हुँदा पनि मेरो जीवनमा ठूलो चोट लागेको थियो । त्यतिवेला अखिल नेपाल जनसांस्कृतिक संघको उहाँ अध्यक्ष हुनुहुन्थ्यो, म उपाध्यक्ष ।'


जीवन अझै विद्यार्थी जीवन
राजनीति र साहित्यको अभिन्न सम्बन्ध हुन्छ भन्ने विश्वासमा बाँचेका ढकालले आफ्नो जीवनको कुनै मूल्यांकन गरेका छैनन् । 'कति सफल भएँ, कति असफल- मैले केही सोचेकै छैन,' ढकालले भने, 'बढी त असन्तुष्टि नै छ, केही गर्न सकिएन भन्ने नै लागिरहेको छ ।' फुच्चे हुँदा पनि कुनै रहर वा सपना पालेका थिएनन् उनले । 'मेरो भविष्यमा के बन्ने भन्ने कुनै मेसो नै थिएन, राम्ररी पढ्नुपर्छ भन्ने मात्रै थियो । त्यही भएर संघर्ष गरेर पढियो,' उनले भने । जीवनमा धेरैलाई विश्वास गरे उनले । र, धेरैबाट धोका पनि पाए । कसकसले के-कस्तो धोका दिए नभने पनि उनलाई आफ्नो कमजोर पक्षचाहिँ त्यही थियो भन्ने लागेको छ- अरूलाई छिट्टै विश्वास गर्ने । 'जसलाई विश्वास गरेँ, उसैबाट ममाथि उल्टो प्रहार भएको छ,' पश्चातापको स्वरमा ढकालले भने, 'अहिले त्यसो नगर्न पर्ने रहेछ भन्ने लागेको छ ।' आफ्ना जीवनका बलिया पक्षको मूल्यांकनचाहिँ अरूले नै गरिदिऊन् भन्ने चाहना छ उनको ।

साहित्यिक-सांस्कृतिक अभियानमा पूर्णकालीन भएर जनताको मुक्ति आन्दोलन सफल पार्ने ध्याउन्नमा उनी अहिले घर छाडेर कीर्तिपुरको सानो कोठामा डेरावाल जीवन बाँचिरहेका छन् । श्रीमती र कान्छी छोरी बन्दनासँगै बसेका उनले अखिल नेपाल लेखक संघ र प्रगतिशील लेखक संघका कार्यक्रम कीर्तिपुरबाटै भ्याइराखेका छन् । काठमाडौंको जीवन यसै पनि कष्टकर छ । दैनिक पत्रिका हेर्न, पुस्तक खरिद गर्न वा अन्य अध्ययन सामग्री किन्न पनि समस्या छ उनलाई । 'म त यस्तो विद्यार्थीको जस्तो जीवन पो बाँचेको छु,' आफ्नै कोठा औंल्याउँदै उनले भने, 'पत्रिका किन्न पनि गाह्रो छ, एउटैलाई पाँच रुपैयाँ पर्छ ।' तैपनि बाँच्नका लागि उनी हतियारविहीन छैनन् । भर्खरै प्रकाशित कथासंग्रहमा उनले भनेका छन्, 'म आस्था, विचार र संघर्षले बाँचेको मान्छे हुँ ।'

sangeet.srota@gmail.com

सङ्गीतस्रोता


कम्प्युटर के हो ?

कम्प्युटर शब्द ल्याटिन शब्दको कम्प्युटिङबाट भएको हो। यो साधारणतया हिसाब किताब गर्ने मेशिनको रुपमा जन्मदै आएको हुँदा यसलाई कम्प्युटर नामकरण गरिएको हो। यसलाई विधुतीय उपकरणको रुपमा परिभाषित गर्न सकिन्छ। यो विधुतीय प्रभाबबाट संचालन हुन्छ र उसबाट विभिन्न प्रकारका कामहरु गर्न सकिन्छ। आवश्यकता नै आविष्कारको जननी हो भन्ने कुरालाई मनन गर्दै आफ्नो आवश्यकताको खोजी गर्दा गर्दै मानिसहरुले सर्बप्रथम हिसाब किताब सम्बन्धी सही तथ्यांकको खोजी गर्ने क्रममा इशापूर्व ३५०० तिर Abacus भन्ने साधारण काठको तथ्यांकमा प्रयोग हुने साधनको अविष्कार गरी आफ्ना साधारण हिसाब किताबहरुको काम गर्न थालेको पाइन्छ। यसैको विकसित रुप हुदै सन् १६१४ तिर बेलायतका वैज्ञानिकहरुबाट Amount Calculation सम्बन्धी मेसिनको आविश्कार गरे भने सन् १६२० मा नै फेरि बेलायती वैज्ञानिकहरुले Slider Rules को आविश्कार गरि यसलाई अगाडि बढाएका थिए।
अहिलेको २१ औं शताब्दीलाई सूचना तथा सञ्चार प्रविधिको युग पनि भनिन्छ। विश्व हाल सूचना प्रविधिकै आडमा बाँचेको छ भन्न कर लागेको छ। हालको विश्व ब्यापार, वाणिज्य, उधोग, शिक्षा, विज्ञान आदि क्षेत्रमा सुचना प्रविधिले एकलौटी अधिकार जमाउन थालेको छ। सन् १९६९ तिर सूचनालाई सुस्पष्ट, सुरक्षित अति द्रूतगतिमा ओसार प्रसार गर्न अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अध्ययन अनुसन्धान पश्चात स्पष्ट रुपरेखा तयार पारी आफ्नो सन्जालमा रहेका सम्पूर्ण कम्प्यूटरहरुसँग सूचनाको आदान प्रदानको सुरुवात गरे। यही सञ्जालनै हामी आज सूचना सञ्जालको रुपमा प्रयोग गर्दैछौं। त्यसताको शिक्षा क्षेत्र अनि विश्व विध्यालयहरुले मात्र सीमित रुपमा यसको अनुसन्धान र अनुगमन गर्दथे। सन् १९७९ को ब्यक्तिगत कम्प्युटरको वि.सी विकाससँगै सूचना सन्जालको वृद्धि विकासमा नयाँ आयाम आएको पाईन्छ।
कम्प्युटर के हो त? डिजीटल साधान अर्थात विद्युतबाट चल्ने इलेक्ट्रोनिक साधान हो जसको माध्यमबाट विभिन्न किसिमका तथ्याङ्कहरुलाई प्रोसेस गर्ने काम गरिन्छ। वर्तमान अवस्थामा कम्प्युटर हेर्दा साधारण लागे पनि त्यसभित्र हुने प्रोसेसिङ् प्रणालीबारे कसैलाई थाहा नहुनसक्छ। मोनिटर, किवोर्ड, सिस्टम युनिट, मेमोरी, प्रोसेसर, कन्ट्रोल युनिट, लजिकल युनिट, माउस, प्रिन्टर, स्क्यानर जस्ता साधानलाई साधारणतया समग्रमा कम्प्युटर युनिट भनिन्छ। यीबाहेक अन्य कम्प्युटर सम्बन्धी साधनहरु पनि हुन्छन्। यस्ता फिजिकल साधानहरु नै कम्प्युटर हार्डवेयर हुन्।
हार्डवेयरमा प्रयोग हुने सम्पूर्ण सामाग्रीहरु ईलेक्टिक र ईलेक्ट्रोनिक्स नै हुन। सिसलकन र जमैनियम धातुबाट बनेका ईलेक्ट्रिक सर्किटहरुको समिश्रणबाट नै चिप्सहरु निमार्ण भएका हुन्छन्। सिलिकन धातुबाट विभिन्न किसिमका ट्रान्जिटर र डायोडहरुको संयोजनबाट तयार हजारौवटा लोजिकल गेट्सहरुको तयारी रुपमानै आई सी चिप्स भनिन्छ। धेरै किसिमका आई सी चिप्सहरुको संमिश्रणबाट नै कम्प्युटिङ प्रणालीको रुप तयार हुन्छ। यी विभिन्न किसिमका आई सी चिप्सलगायत अन्य चिप्सहरुमा ईलेक्ट्रिकबाहेक अन्य कुनै पनि कुराहरु हुदैनन्। मोनिटर किवोर्ड माउस प्रिन्टर स्क्यानर सिस्टम युनिटभित्रका विभिन्न यसनिट कन्ट्रोल लोजिकल युनिटहरु जस्ता साधनहरु प्रयोग हुने चिप्सहरु आई सी नै हुन्।
यिनै आई सी चिप्सहरुलाई सञ्चालन गर्नका निमित्त अन्य विभिन्न ईलेक्ट्रिकल प्रणालीहरुको पनि प्रयोग भएको हुन्छ। यी नै विद्युतीय प्रणालीहरुको आपसी मिलनबाट नै कम्प्युटर चलिरहेको हुन्छ। यी हार्डवेयरहरुलाई सक्रिय गराउनको लागि सफ्ट्वेयरको आवश्यकता पर्दछ। हार्डवेयर र सफ्टवेयर एकअर्कामा निहीत भएका हुन्छन्। कम्प्युटर हार्डवेयरहरुलाई एक अर्कासँग मितेरि गास्ने सिस्टमलाई नै सफ्टवेयर भनिन्छ। अहिले विश्वमा चर्चित रहेको ईमेल र ईन्टरनेटलाई पनि एउटा सफ्टवेयरको रुपमा लिन सकिन्छ।
परिचित रुपमा मिलाएर राखिएको ईलेक्ट्रिक सर्किटहरुलाई सफ्टवेयरले सुक्ष्म तरिकाले एक अर्कासँग जुधाँएर बनाएको हुन्छ। ती सुक्ष्म करेन्टहरुलाई चिन्नको लागि वाइनरी नम्बर दिएको हुन्छ र त्यही बाईनरी नम्बरहरुको जोड घटाऊ गुणन भागबाट नै विभिन्न किसिमका स्पटहरु दिइएको हुन्छ। त्यही सफ्टवेयरले हार्डवेयरलाई काम लगाउने गर्दछ।
कम्प्युटरको अत्यन्त संवेदनशिल र महत्वपूर्ण अंग हो। सिष्टम युनिटिभित्रका मुख्य सामानहरु यस प्रकार छन्।

मदरबोर्डः
यसलाई कम्प्युटरको जग भने पनि हुन्छ, यो अतिनै सुक्ष्म मसिना तारहरुको जाल हो ,यो मसिना तारबाट विद्युत सप्रेषण भएर कार्य सम्पादन गर्दछ। यस वार्डमा प्रोसेसर र्‍याम चिप्स डिस्पेकार्ड मोडेन कार्ड कन्ट्रोलर कार्ड, टि भी कार्ड साउन्ड कार्ड प्रिन्टर पोर्ट हार्ड डिक्स, फयोपि डिक्स, सिडी डाईभ कन्ट्रोलर पोर्टहरु हुन्छन्।

प्रोसेसरः
यसलाई कम्प्युटरको मुटु भने पनि हुन्छ। अर्थात कम्प्युटरको अतिनै आवश्यक र संवेदनशिल अंग नै प्रोसेसर हो। कम्प्युटरका लागी विभिन्न निर्देशन अनुसार कार्य सम्पादन गराउने मुख्य अंग नै यहि हो।

र्याम चिप्सः
कम्प्युटर संञ्चालन भइृरहेको बेलामा दिइएको निर्देशनहरुलाई स्मरण गर्ने कार्य यसले गर्दछ। हामी दिएका निर्देशनहरु ठिक छ छैन सम्झेर कार्य सम्पादन गर्छै तर कम्प्युटर बन्द गरि सकेपछि यसको स्मरण शक्ति स्वत बन्द हुन्छ अथवा मेटिएर जान्छ।
हार्ड डिक्स ड्राईभ:
यो कम्प्युटरमा नभै नहुने साधनमा पर्दछ, यसमा कम्प्युटर संञ्चालन गर्नका लागि चाहिने प्रोगामहरुसाथै हामीले सम्पादन गरेका कार्यलाई भण्डार गरि राखिन्छ। हार्डडिक्समा राखेका प्रोग्रामहरुले कम्प्युटर संचालन गर्दछ र यँहा राखिएका एप्लिकेशनहरुबाट डाटा संशोधन गरि हामीले आफ्नो आवश्यकता अनुसारको कार्य सम्पादन गर्दछौ। यसको डाटा भण्डार गर्ने शक्ती धेरै हुन्छ।

अन्यः सि डी डाईभ, साउन्ड कार्ड, भोडेन कार्ड, टि भी कार्ड,पावर सप्लाई
****

सूचना सञ्जाल अर्थात इन्टरनेट

न्टरनेटको सुरुवात अमेरिकी संस्था रक्षा मन्त्रालय पेन्टागनले ई.वि. सन् १९६९ मा गरेको हो । यद्यपि यसलाई इन्टरनेट भन्ने शब्द सन् १९८२ बाट मात्रै नामाकरण गरिएको हो । अमेरिकी प्रतिरक्षा तथा सैनिक क्षेत्रमा नेटवर्किङ स्थापना गरेको प्रोजेक्ट हो, जसका लागि सन् १९६९मा डिपार्टमेन्ट अफ डिफेन्स भन्ने त्यतिबेलाको अमेरिकी सरकारी विभागको खर्च ब्योहोरेको थियो । सन् १९७० मा अमेरिकाका ३ यूनिभर्सिटी र १ रिसर्च सेन्टरका गरी ४ वटा कम्प्युटर मात्र नेटवर्कमा थिए ।

त्यहीबेलाटेलनेट भन्ने कम्प्युटर सफ्टवयर को सहायताले सूचना आदान-प्रदान हुन्थ्यो । त्यसताका शिक्षा क्षेत्र अनि विश्व विद्यालयहरुले मात्र सीमित रुपमा यसको अनुसन्धान र अनुगमन गर्दथे ।
सन् १९७९ को व्यक्तिगत कम्प्युटरको विकाससाग सूचना सन्जालको वृद्धि विकासमा नयाा आयाम आएको पाईन्छ ।
सूचना प्रविधिको व्यापकतालाई समेट्नलाई अब सूचना तथा सञ्चार प्रविधिले मात्र नपुग्ने भई सूचना, सञ्चार अनि मनोरञ्जन प्रविधिको रुपमा समेत अहिले लिने गरिन्छ । तर पनि पूर्वाधारको रुपमा यही सूचना सञ्जाललाई नै यसले आत्मसातसमेत गरेको पाइन्छ ।
दुई वा दुईभन्दा बढी कम्प्युटरलाई इन्टरफेस कार्डमार्फत एउटै स्थानमा जोडेर सूचना वा डाटाहरु सहभागी हुने प्रक्रियालाई लोकल एरिया नेटर्वक भनिन्छ । दुई नेटर्वक वा कम्प्युटरहरु भिन्न स्थानसाग जोड्ने प्रक्रियालाई वाइड एरिया नेटवर्क भनिन्छ । यसरी विभिन्न स्थानमा रहेका कम्प्युटरलाई प्रयोग गरी विभिन्न सूचनाहरु दिने लिने प्रविधिलाई सूचना सञ्जाल भनिन्छ ।
यसरी सूचना सञ्जालमार्फत विभिन्न व्यापारीका सूचनादेखि सामाजिक सन्देश, संरचना अनि सहयोगको आदान-प्रदान लिन वा दिन सकिन्छ । यस्तो सेवाको लागि वल्र्ड वाइड बेव साइटहरुको निमार्ण गरिएको हुन्छ । यसमा प्रवेश गर्ने वेब पेजहरुको आफनो सूचनाहरुलाई पस्किन जान्नु पर्दछ ।
आधारभूत रुपमा वेब पेज डिजाइन हाइपर टेक्स्ट मार्कअप ल्याङ्वेज (HTML) मा लेखिन्छ । विकास क्रममा सिधै (HTML) मा आफै प्रोगाम लेख्न नपर्ने गरी वेव पेज डिजाइन गर्ने विभिन्न ज्यावल (Tools) हरुको विकास भइसकेको छ । ती मध्ये Dream weaver, flash, ultramodern आदि Tools हरु चलन चल्तिमा रहेको पाइन्छ ।

मेरा एक सय एक अप्रेसन

वन्यजन्तु तस्करविरुद्धका अप्रेसनमा रमेश चन्दले धेरै भेष बदलेका छन् । कहिले व्यापारी, कहिले तस्कर, कहिले एजेन्ट, कहिले दलाल, कहिले सहयोगी, कहिले सुराकी भएका छन् उनी । उनी लगातार अप्रेसन गरिरहेका छन् । तर, कुनै चिकित्सकीय औजार प्रयोग गर्दैनन् उनी । र, उनका अप्रेसन कहिल्यै असफल हुँदैनन् । अहिलेसम्म गरेका १०१ अप्रेसनमा सफल भएका छन् उनी । यी सामान्य अप्रेसन भने हुदै होइनन्, ज्यानको जोखिम भएका अप्रेसन हुन् । चिकित्सकीय औजारबिना नै अप्रेसन गर्न सिपालु उनी हुन्- जिल्ला वन अधिकृत (डिएफओ) रमेश चन्द । एक साता कैलालीको खानीडाँडामा सिकारीलेझै कुरेर बसेका रमेश वन्यजन्तु तस्करीविरुद्धको १०१ औं अप्रेसनमा पनि सफल भए ।

वन र वन्यजन्तुप्रतिको लगावले वनविज्ञान पढ्न पुगेका रमेशले विसं. २०५९ मा थाइल्यान्डको एसिएन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्नातकोत्तर गरेका छन् । त्रिचन्द्र कलेजबाट बिएससी (२०३९) गरेका उनी पञ्चायतविरुद्धको विद्यार्थी आन्दोलनका हिरो पनि हुन् । भारतीय सैनिक बुबा बजिर चन्दको वेला-वेलामा भइरहने सरुवाले झन्जट ल्याए पनि आमा देवी चन्दले उनको पढाइमा असर पर्न दिइनन् ।

सरकारी जागिरे भई कट्टर वन र वन्यजन्तुवादी भएर २२ वर्ष बिताइसके उनले । यस अवधिमा उनले आफ्नो जीवन र जागिर धेरैपटक धरापमा पारे । उनी वर्षमा तीन/चारपटक काठमाडौं पुग्छन् स्पष्टीकरण दिन । 'वन्यजन्तुका तस्करलाई कारबाही गर्‍यो कि नेताहरू रिसाइहाल्छन्,' उनले गुनासो गरे । जिल्लास्तरमा त कोही नेता बोल्न सक्दैनन् । धम्क्याउन आउने नेतालाई राजनीतिको पाठ पढाएर फर्काइदिन्छन् उनी । तर, तस्करहरू नसमात्दै फोनले सताइहाल्छ । तत्कालीन वनमन्त्री मातृका यादवलाई त उनले आफूलाई जागिरबाट निकाल्न चुनौती नै दिएका थिए । एलडिओलाई ट्वाइलेटमा थुनेको, सिडिओलाई कुटेका खबर दिमागमा खेलाउँदै तत्कालीन वनमन्त्री यादवको कार्यकक्षमा स्पष्टीकरण दिन पुगेका रमेशले यथार्थ कुरा बताएपछि वनमन्त्री यादव पनि ट्वाल्ल परे रे ! 'कुटाइ खानुपर्ने हो कि भन्ने डर थियो,' मन्त्री यादवलाई स्पष्टीकरण दिन जानुअघिको कुरा सम्झि

ँदै डिएफओ रमेशले भने, 'आफ्ना कुरा राखेँ । उहाँ केही बोल्नुभएन । सरासर आएँ ।'

जागिर र ज्यान जोखिममा पारेर तस्करविरुद्ध एक्सन लिने उनी भन्छन्, 'म वन र वन्यजन्तु संरक्षणका लागि खटिएको हुँ । यो मेरो ड्युटी हो । गलत काम गर्नु हुन्न । सही काम गर्दा डराउनु पनि हुन्न ।' तस्करहरूको सम्बन्ध राजनीतिक दलका नेता, उच्च ओहोदाका कर्मचारी, सुरक्षाकर्मी, ठुल्ठूला आपराधिक समूहसँग भएको उनलाई राम्ररी थाहा छ ।

उनले पहिलो अप्रेसन अछामबाट सुरु गरे । लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर २०४४ सालमा सहायक वन अधिकृत भएर अछाम पुगे उनी । भर्खर अछाम पुगेका उनलाई गाउँठाउँका बारेमा जानकारी पनि थिएन । पूर्वी आछामबाट बाघको छाला सुर्खेत हुँदै काठमाडौं लगिँदै छ भन्ने खबर आयो, हावासरी । 'केही थाहा थिएन । तुर्माघाटबाट सुर्खेततिर लगिँदै छ भन्ने मात्र जानकारी थियो ।' हाकिमको आदेश पालना गरेर पूर्वी अछामको तुर्माघाट पुगेका रमेशले पहिलो अप्रेसनमै बाजी मारे । तस्कर बनेर गएका उनले बाघको छालासहित एक दर्जन तस्कर समाते । उनले पहिलो अप्रेसनमै थाहा पाए- तस्करहरूसँग हतियार पनि हुँदो रै'छ । उनले भने, 'उनीहरूले थोरै सुराक पाएको भए मार्ने थिए, धन्न बाँचियो ।' तुर्माघाट अप्रेसनले नै उनलाई वन र वन्यजन्तुसँग झन् नजिक बनायो । र, तस्करविरुद्धका हरेक अप्रेसनमा उत्साहित भएर लाग्ने बनायो ।

रमेशलाई राम्ररी थाहा छ- वन र वन्यजन्तुको कारोबार गर्नेहरूसँग हतियार हुन्छ, उनीहरू मार्न र मर्न डराउँदैनन्, आफ्नो काममा भाँजो हाल्नेविरुद्ध जे गर्न पनि तयार हुन्छन् । तस्करहरूलाई झ्

यापझ्याप समात्न सकिँदैन । प्रमाणसहित समात्नुपर्छ । हतियार बोकेर युद्ध लडेजस्तै आम्नेसाम्ने गोली पड्काएजस्तो पनि हुँदैन । 'भेष बदलेर जानुपर्छ,' उनले भने, 'सुराकी पनि आफैं, लडाकु पनि आफैं । कहिले व्यापारी, कहिले तस्कर, कहिले एजेन्ट, कहिले दलाल, कहिले सहयोगी, कहिले सुराकी, धेरै भेष बदल्नुपर्छ ।' सुरक्षाफौज लगेर झ्याप कि झ्याप तस्करहरू समातेका घटनालाई उनी अप्रेसन भन्दैनन् । ती घटना, उनले गरेका एक सय एक अप्रेसनभित्र परेका छैनन् । चार दिनदेखि एक महिनासम्म भेष बदलेर पिछा गर्दागर्दा तस्करहरूलाई समातेका घटना नै उनको परिभाषामा अप्रेसन हुन् । 'मर्न पनि सक्छु भन्ने सोचेर जान्छु ।'

एक सय एकमध्ये 'अब बाँचिन्न' भन्नेजस्तो लागेको अप्रेसन चितवनको हो । २०४९ सालको कुरा हो । चितवनको एक होटलमा गैडाको खागसहित तस्करहरू छन् भने सूचना आयो । उनी एजेन्ट बने । एक साताजति कुरा चलाए । अन्तिम दिन तीस लाख रुपैयाँ बोके, पेस्तोल बोकेर होटलभित्र पसे । एक करोडमा कुरा मिल्यो । दस मिनेट समय गुजार्न कमिसनको कुरा झिकँे । एक लाख कमिसन दिन तस्कर तयार भयो । होटलभित्र पसेको १२ मिनेटपछि तस्करले पैसा समात्यो र खाग उनलाई दिन खोज्यो । त्यतिवेला रमेशले खाग समातेनन्, तस्करको कन्चटमा पेस्तोल तेस्र्याए । तर, अर्को कोठाबाट गोली चल्यो । उनले फिल्मी शैलीमा काखी च्यापेका तस्करलाई आड बनाए । 'गोली दायाँबाँया कानबाट सुर्रसुर्र गए,' उनले चितवन अप्रेसनबारे बताउँदै भने, 'तीन मिनेट कटाउन साह्रै गाह्रो भो ।' पन्ध्र मिनेटभन्दा ढिलो भए भित्र पस्न वन सुरक्षाफौजलाई होटल परिसरमा तैनाथ गरेका थिए उनले । 'सोह्रांै मिनेटमा ढोका फुटालेर सहयोगीहरू भित्र पसे, धन्न ज्यान जोगियो ।'

केही अप्रेसन रमाइला पनि हुन्छन् । यस्तै एउटा अप्रेसन नवलपरासीको झ्

यालबासको हो । झ्यालबास-अप्रेसन बताउनुअघि मज्जाले हाँसे उनी । मध्यराति जंगलभित्र गस्तीमा जाँदा खाली ट्रक भेटिएछ । त्यही ट्रकलाई चार दिनसम्म बजारमा घुमाएछन् । तस्करीको सामान बोक्ने कुरा चलाएछन् । एकजना तस्करसँग काठमाडौं सामान ढुवानी गर्न कुरा मिलेछ । मध्यराति बीचजंगलमा लगेर ट्रकमा वन्यजन्तुका अंग, छाला, काठ लोड गरे । चारैतिर गहुँका भुस हाले । तस्करलाई पनि ट्रकमै बसाले । आफू ड्राइभर बने उनी । ट्रक राजमार्गमा पूर्वतिर नगुडाएर रेन्जरपोस्टभित्र छिराए । 'ऊ (तस्कर) त केही बोल्नै सकेन । ट्वाल्ल परेर मेरो मुखमा एकोहोरो हेरिरह्यो ।'

हरेक अप्रेसन नाटकजस्तै हुन्छन् । उनको कार्यक्षेत्र दार्चुला भए पनि कञ्चनपुर जिल्ला वन अधिकृत सूर्यकान्त सिग्देलको 'निम्तो' मान्न उनी हिमालबाट तराई झरे । गत वर्षको तराई अप्रेसनमा उनले नयाँ अनुभव बटुले- प्रहरी हिरासतको । गैंडाको खाग भारततिर लगिँदै छ भन्नेे सुराकका आधारमा आठ दिनदेखि तस्करलाई पछ्याइरहेका थिए । महेन्द्रनगरको एक होटलबाहिर गिद्धले सिनो कुरेझंै कुरिरहेका थिए । होटलबाट खाग लिएर तस्करले मोटरसाइकल 'स्टार्ट' गर्न लाग्दा बाघलेझंै झम्टे । खाग र तस्करलाई शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पठाए । आफू लुखुर-लुखुर पाँच/दस कदम के हिँडेका थिए, इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोलीले गिरफ्तार गर्‍यो । रमेशलाई कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको थुनुवा कोठामा हुलियो । कञ्चनपुरका डिएफओको रोहबरमा बल्लतल्ल छुटे उनी ।

वन विभाग तथा वन मन्त्रालयबाट हौसला बढाउने काम नहुने गुनासो गर्दै उनले भने, 'कहिलेकाहीँ आफंैलाई प्रश्न गर्छु, म किन गरिरहेको छु यो सब ?' आफ्नै प्रश्नको चित्त बुझ्दो उत्तर नपाएका डिएफओ रमेशलाई ज्यानै मार्ने धम्की पनि आउँछ । उनलाई लाग्छ- ज्यान जाने एउटै गोलीले हो । हतियार र शत्रुको डर सबैलाई उत्तिकै हुन्छ । 'एक होस् या सयौं हुन्, आखिर शत्रु शत्रु नै हुन्,' उनले भने, 'एउटा शत्रु बनाउनु र सयौं शत्रु बनाउनुमा फरक छैन । जति भए पनि मर्नु परिहाले एउटै गोलीले मरिने हो ।'

'राम्रो गरेछु' भनेर जिन्दगीभरि सम्झि

ने उनीसँगै थुप्रै अप्रेसन छन् । स्मरणको लाइब्रेरीमा घटनाहरूका थुप्रै ठेली छन् । तैपनि एउटा कामले भने सधैंभरि आत्मसन्तुष्टि दिइराख्छ । माथिको आदेशमा कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष अतिक्रमण गरेर बसेका परिवारलाई हटाउन थाले । हात्ती, सेना र प्रहरी लगाएर घर भत्काए, आगो लगाए, धपाए । सबैले घर छोडे, तर एउटा घरबाट कोही बाहिर निस्केन । यसो भित्र हेरे । दुई दिनकी सुत्केरी महिला रहिछन् । शिशु रुँदै थियो, आमा भुइँमै रगत लत्पतिएर पल्टिएकी थिइन् । रमेश केही नबोली बाहिर निस्के । जसरी पनि घर फाल्नु नै थियो । सरासर गाउँमा गए । कटेरो बनाउने जग्गा मागे । सबै सुरक्षाकर्मी लगेर कटेरो बनाए । काठको नै खाट बनाए । सबै मिलेर शिशु र आमालाई नयाँ घरमा पुर्‍याए । गाउँलेसँग खानेकुरा मागेर घरमा राखिदिए । खल्तीमा उनको पचास रुपैयाँ मात्र रहेछ, त्यति दिए । घर भत्काइएकाले रमेशसँग सबै आगो भए, तर बिदा हुँदा उनी भने धुरुधुरु रोइन् ।

बच्चु विक

bachubk@gmail.com

भगबान लाई भेटेको यादहरु


राति बाह्र बज्यो । निद्रा त कहाँ पुग्यो कहाँ ! बाहिर वर्षा रोकिएको छैन । अरू जोड-जोडले दर्केको छ । उछिट्टिएर झ्यालको चेप हुँदै बाछिटा कानसम्म आइपुग्यो । छटपटी बढ्यो । गाउँको बर्खे-परिदृश्य आँखावरिपरि नाचिरह्यो निरन्तर । विगतमा हराउनुको रोमान्स र विरक्तिको मध्यविन्दुमा अल्मलिएँ म ।

त्यहाँ पनि पानी नै छ । खोला-नाला, कुलो-खोल्सा, पाखा-पखेरा सबैतिर । छिपछिपे छपनी टेकेर गुन्यु उचाल्दै मेला जाँदाका दिन अब फेरि यो जुनीमा फर्केर आउलान् र खै ! गाउँको पानीले मकैका पात र स्याखु बजाउँछ, तर यता थोत्रा मिनिबस, सिमेन्टका छत र रेनकोटमा चित्त बुझाउनुपर्छ । उता पानीले भिजाउँछ पसिना उमार्ने खेत र आशा फुल्ने आली, तर यता त्यही पानीले घिसारेको छ ढलसँगै मिनरल वाटरका रित्ता बोत्तल ।

बिहानै उठ्यो घाँसको जोहो गर्न हिँड्यो । आयो, हतार-हतारमा 'भात' खायो । र, लाग्यो स्याखु च्यापेर पर्ममा । दिनभर खेतलासँग कहिले जिस्क्यो, कहिले गीत गायो, कहिले अरूका कुरा काट्यो र निरन्तर बीउसँग खेल्यो । यी उपक्रममा कुनै पनि वेला लपक्कै कपडा टाँस्सिने गरी भिजाउँथ्यो, उही पानीले । भिज्नु नै त थियो जिन्दगी ।
डाँडामा घाम डुबेपछि केश-केशबाट पानी चुहाउँदै घर फक्र्यो । जोस थियो, जवानी थियो र हिम्मत पनि । त्यसैले त मध्यरातसम्म काम गर्दा पनि कुनै ऐया थिएन, कुनै अत्था थिएन । ओहो ! सम्झँदा पनि कति मीठो दुःख त्यो । रहरलाग्दो व्यस्तता । सिमिसिम पानी परिरहेको थियो । हामी खेताला हिलाम्मे गह्रामा रत्तिँदै थियौँ । बाउसेहरू आली लगाउने निहुँमा हामी खेतालीलाई हिलो छ्याप्थे । र, उभिएर हास्नसम्म हाँस्थे । हलीदाइ पनि कम थिएनन् । गोरु फर्काउँदै हिलै उराल्थे उनले पनि घरी-घरी । मलाई थाहा थियो, यही मेसोमा उसका चोर नजर ममाथि परेका थिए । अरूका आँखा छलेर उसले जे विनिमय गरिरहको थियो त्यसले मलाई अरू रोमान्चित पाथ्र्यो । लाजले रातै हुन्थेँ । अजीव आकर्षणले तरंगीत हुन्थ्यो सिंगो शरीर । हल्लन्थ्यो मुटु । शारीरिक रूपमा ऊ हेमान थिएन, तर हँसिलो, पटक-पटक ठट्टा गरिरहनुपर्ने, हँसाइरहनुपर्ने । घतलाग्दो बोल्थ्यो ऊ ।

मेला सकेर फर्किंर्दै गर्दा डाँडाको चौतारीमा उसले मेरो हात मुसार्दै प्रशंसा गरेको थियो, 'तिमी साँच्चै राम्री छ्यौ मनिता ! ठूलो निधार छ, गोलो अनुहार र लाम्चा आँखा । तिम्रो मायाले मलाई पागल बनायो ।' प्रशंसाका शब्द मेरा कानमा गुन्जिरहँदा म केवल दाँतले ओठ टोकेर सुनिरहेँ उसलाई । भन्न त मलाई पनि मन लागेको थियो, 'तिमी पनि कम छैनौ नि ! तिमीमा म लठ्ठै छु । रातभर तिम्रै कुरा खेल्छन् यो मनमा । साँच्ची, म तिमीलाई माया गर्छु ।' तर शब्दमै नभए पनि मेरो भंगीमाले यही सम्प्रेषण गरिरहेको थियो ।
बरको छेल पारेर प्रणय-संलाप चलिरहँदा खेतालाको लर्को गीत गाउँदै चौतारो छिचोल्थ्यो । हलो-जुवा बोकेका बाउसेहरू गोरुका ताँती अघि लगाएर स्याँ-स्याँ र सुइँ-सुइँ गरेको सुनिन्थ्यो । योभन्दा पि्रय थियो, मलाई उसको बोली, सामीप्य र तल बेंसीमा बगिरहेको मोदी खोलाको सुसावट ।

पानी थियो, प्रेमी थियो र पानीजस्तै मनग्गे प्रेम । हिलो र धान-बीउको सम्बन्धजस्तै अन्योन्याश्रति बन्दै गयो हाम्रो प्रेम । बर्खामै उसले मलाई धेरैपटक भेट्यो । गफ गर्‍यो । कहिले रोयो । कहिले हाँस्यो । र, कहिले सपना बाँड्यो । डाँडाको चौतारीको छपनीमा बसेर जून हेर्दै गफ गरेको सम्झना कहिले मेटिएला र ! अन्नपूर्ण शृंखलाबाट मोदीसँगै बग्दै आएको मन्द हावा, पानीले भरिएका गह्रामा टल्केको जुनेली छाया र मेरो गालामा पोखिएको उसको तातो हावा । सम्झँदा पनि मन झंकृत हुन्छ । उसले भन्थ्यो, 'बर्खाले जुरायो हाम्रो प्रेम । पानी र प्रेमको नाता हाम्रा लागि गहिरो छ ।' उसले कविता लेखेको मलाई थाहा त छैन, तर ऊ पूरै कवि हृदयको भन्ने लाग्थ्यो ।

एकपटक उसले रोपाइँ गर्दा फाँटको एउटा थुम्कामा उभिएर 'भलो' गायो । लाग्यो, उसले मलाई फकाइरहेछ । माया गरिरहेछ । जे भनेको छ, त्यो मेरा लागि हो । भलोमा कहिएकी कान्छी मै हुँ । पानीसँगै गाँसियो भलोमा पोखिएको माया पनि ।

भर्खरै रोपेको धानले हिलो समाउँदै थियो । पानीमा तैरिएकाजस्ता देखिने गाभा हरिया बन्दै थिए गह्राछेउछाउका खाँझ र खरबारीमा अर्को छिमल घाँस मौलाउँदै थियो । बाली लगाइसकेका गाउँका अनुहारमा फुर्सदको ताजगी देख्न सकिन्थ्यो ।
एकदिन उसले मलाई सिमेखेतको धारामा भेट्यो । ऊ हतारोमा थियो, खुसी गुमेको देखिएको । मैले कपडा धुँदैगर्दा उसले मूलगह्राको आलीमा उभिएर भन्यो, 'अब म गाउँ बस्न नपाउने भएँ ।' अध्ययनको सिलसिलामा उसले गाउँ छाड्नुपर्ने भयो । ऊसको यो खबरले म रन्थनिएँ । धारातल जमेको पानीमा देखिएको चम्किलो सूर्यको प्रतिविम्ब पनि केवल एउटा भ्रमजस्तो लाग्यो मलाई । साथ गुम्नुको सम्भावनाले मेरा आँखा रसाए । मैले निर्निमेष उसलाई हेरिरहेँ । उसको मुहारमा पनि 'सियाँल' छाएको थियो । आँखा झमिझमि पार्दै उसले भन्दै थियो, 'म भइनँ भने पनि तिमीले आफ्नो ख्याल गर्नू । पढ्न नछाड्नू । हामी गाउँलेको जिन्दगी यस्तै हो ।'

उसले मलाई जे भनेर सम्झायो त्यसले म अरू विचलित बनेँ । निरन्तर बग्दो धाराको पानी मुखमा छ्याप्दै आँखा मिचेँ, यो सपना थिएन ।
अन्ततः उसले झोला बोकेर घर छाडेको दृश्य हेर्नुपर्‍यो मैले । ऊ हिँडेको देखिन्जेलसम्म हेरिरहेँ । उसले गाउँ छाडेको महिनाँसम्म पनि उसको सामीप्यता याद आइरह्यो । अरूभन्दा पनि हाम्रो प्रेमको भविष्यबारे चिन्तित थिएँ म । मनमा अनेक कुरा खेले । कतै उसले मलाई बिर्सने पो हो कि ? यो प्रश्नले मलाई पटक-पटक झस्क्याइरह्यो । डाँडाको चौतारी, चौतारीमा उभिएका वर-पीपल, घरछेवैको धारो, रातो-दिन ऊ हिँडेको बाटो र रोपाइँ गरेको फाँट, सबैतिर उसको छाया देख्थेँ म ।

उसले मैले पत्र लेखुँला भनेको थियो । घरगाममा हुलाकी आउँदा कतै उसले मलाई चिठी पो लेख्यो कि भनेर मुटु धड्कन्थ्यो । जब हुलाकी हाम्रो घरछेउको बाटो हुँदै अर्को गाउँतिर लाग्थ्यो, त्यतिवेला म मूर्छित हुनुसिवाय अरू केही विकल्प थिएन । म झोक्राएर बस्थेँ ।
कहिलेकाहीँ सोच्थेँ 'मैले उसलाई यतिसाह्रो किन माया गरिरहेकी छु ?' यसको सत्य जवाफ मसँग थिएन, थियो त केवल उसको याद ।

असोज लागेपछि गामघरमा पूजाआजा हुन थालेँ । कतै सत्यनारायणको पूजा, कतै चण्डी र कतै सप्ताह वाचन । सबै पूजाआजामा भजन-कीर्तन हुन्थ्यो । हामी साथीसंगी पनि 'रुमानी रङ'मा रग्मगाउँथ्यौँ । रमाइलो गर्दैगर्दा बीचमा मलाई अचानक उसको यादले सताउँथ्यो । र, म शून्यमा हराउँथे । नाचगानको वातावरण एकाएक एउटा निस्सार परिदृश्यमा बदलिन्थ्यो मेरा लागि । र, मैले साथीहरूलाई भन्थेँ, 'आज पुग्यो, घर जाम भो ।'

मोराको न कुनै पत्र प्राप्त भएको थियो न त कुनै समाचार । गाउँले कसलै मलाई भनेको थियो, ऊ काठमाडौं पुगेको छ रे ! ऊ काठमाडौं पुग्यो भनेपछि मेरो मनमा अरू धेरै शंका-उपशंका उब्जिन थाले । उतै कुनै केटी पो पायो कि उसले ! एक्लै रिसाउन थालेँ म । कतिसम्मको पापी त त्यो, कमसेकम एउटा पत्र त लेख्न सक्थ्यो नि ! मैले उसका अप्ठ्यारा, बाध्यता र संघर्षका पाटालाई कहिल्यै सोच्न सकिनँ वा चाहिनँ । मलाई उसको साथ, तृप्ति र संवेगको खाँचो थियो ।

बिहे महिना सुरु भयो । हुर्केका छोरा-छोरीका लागि आफन्तहरू मिल्दो जोडी खोज्न थाले । कहिले सानीलाई केटा हेर्न आएको कुरा सुनियो, कहिले तल गोबिन्देले वधू हेर्न गएको । त्यति मात्र होइन, मेरा कतिपय साथीको बिहे नै तय भएको खबर सुनियो ।

एकदिन मलाई पनि केटा हेर्न आयो । म विवश थिएँ, मलाई मेरो उसले बिहेको वचन दिएको थिएन । परिवार र आफन्तहरूको चौघेरामा उभिएँ म । 'तैले धेरै सपना नदेख कान्छी, अब बिहे गर्नुपर्छ । केटा राम्रो छ' अहिल्यै आफ्नो बिहेको उमेर नभएको भन्ने मेरो जिकिरको प्रतिरोधमा आमाले भनिन्, 'अब अरू कुरै छैन । बिहे पक्कापक्कीजस्तो भयो ।'

नभन्दै बिहे तय भयो । मलाई यस्तो चंगुल बनाएर मनाइयो, मसँग विद्रोहको ताकत थिएन । मेरी एउटी संगीले सोधी, 'जीवनलाई तैले अब छाड्छेस् त ?' मैले आँखाबाट आँसु झार्दै मेरो बाध्यता र उसको बेखबरको अवस्था दर्साएँ । बिचरी, संगी काली पनि रोई ।

प्रकृतिमा पानी थिएन, त्यसैले मेरो औपचारिक प्रेमी पनि थिएन । अब मसँग थियो, एउटा अपरिचत, अन्जान र राम्रो भनिएको अर्कै साथी । घरपरिवारका तमाम रंग-ढंग, शैली र रिवाज । सबै मलाई नाटकजस्तै लाग्थे । शरीर र व्यवहार एउटा थियो, मनमस्तिष्क र सपना अरू-अरू नै । पृथक् ।
मैले पछि सुनेँ, उसले मेरो बिहेको खबर पायो रे ! रोयो रे ! विछिप्त भयो रे ! र, अरू अरू... पनि । तर, सबै मेरा लागि केवल सन्तप्त पार्ने समाचार मात्रै थिए, कुनै विद्रोही उद्दीपक थिएनन् ।

बिहेपछिका पाँच वर्षसम्म पनि मैले उसलाई भेट्न सकेकी छैन । देख्न पाएकी छैन । सुन्छु 'उ पनि सहरमा कहीँ कतै समयसँग भौँतारिँदै छ ।' त्यतिवेला मैले उसलाई भनेकी थिएँ, 'तिमी मेरो भगवान् हौ । हामी सँगै नभए पनि भगवान् त जहाँ पनि हुन्छन् ।' तर, अहिलेसम्म मैले भगवान् भेट्न सकिनँ ।

हरेक वर्ष वर्षात्मा उसको यादले मलाई तड्पाउनसम्म तड्पाउँछ । बाहिर पानी दर्किरहेको रात एकातिर उसको मीठो सम्झना र अर्कोतिर आफूसामुको तीतो यथार्थले मलाई अनौठो चेतमा भसाएको छ ।
अहिले मसँग वर्षात् त छ, तर ऊ छैन । उसका कुरा छैनन् । हलो-जुवा, रोपाहार छैनन् । अर्म-पर्म छैन । रोपाइँ छैन । भलो छैन । पानी भरिएर समाबाट पानी छचल्काउने गह्रा छैनन् । मोदीको सुसावट छैन । भन्ज्याङको चौतारी छैन । छेल पार्ने वर-पीपल छैन । मात्र पानी छ र साथमा फगत जुनेली विगतको तिर्सना ।

नारायण अमृत
narayan.amrit@gmail.com

मन्त्रीज्यूको साप्ताहिकी (लघुकथा)

आईतवार:

बिहानको कार्यक्रम: शाकाहार र स्वस्थ जीवन बिषयक तीन दिने शिविरको उद्घाटन ।
अपरान्ह: मद्यपान विरुध्द सचेतना र्‍यालीमा सरिक हुने ।
साँझको कार्यक्रम: पाँच तारे होटेलमा ककटेल डिनर ।

सोमवार

बिहान: ‘भौगोलिक जटिलता र सीमा सुरक्षा’ बिषयक अन्तरक्रिया कार्यक्रममा प्रवचन ।
अपरान्ह: नेपाली भू-भागमा विदेशी हस्तक्षपको विरोधमा सडक नाटकको उद्घाटन ।
रातको कार्यक्रम: छिमेकी राजदूताबासमा जलपानमा सरिक ।

मंगलवार

बिहान: भ्रष्टाचार विरुद्ध युवा कार्यक्रममा आतित्थ ग्रहण ।
मध्यान्न: निष्पक्ष न्याय संपादन र घुस-विहीन समाज नामक अन्तरक्रियामा सहभागी हुने।
राती: बिदेशी ठेकेदार र व्यापारीसंग निजी भेट ।

बुधवार

बिहान: नागरिक अधिकार र सभ्य समाजको सृजना नामक बिचार गोष्ठिमा मन्तव्य ।
अपरान्ह: न्यायीक सर्बोच्चता र शान्ति बिषयमा नागरिक समजसंग छलफल।
साझ: दोश्रो दिन आयोजना गरीएको बन्द सफल पार्न रातमा मशाल जुलुश निकाल्न कार्यकर्तालाई निर्देशन ।

बिहीवार

बिहान: बुद्ध जयन्तीको उपलक्षमा भगवान बुद्धको मूर्तिमा माल्यार्पण ।
मध्यान्न: ७ दिने विश्वशान्ति महायज्ञको समापन समारोहमा सरीक ।
साँझ: द्वन्दात्मक भौतिकवाद र ईश्‍वरको अन्धविश्वास नामक बिचारगोष्ठीमा मन्तव्य ।

शुक्रवार

बिहान: ‘सुलभ चिकित्सा जनताको अधिकार’ बिषयक छलफल कार्यक्रममा सरकारी कार्यपत्र प्रस्तुत
मध्यान्न: महंगो उपचार खर्च घटाउने माग सहितका जन-प्रतिनिधिहरु संग बिचार विमर्श
अपरान्ह: निजी क्षेत्रबाट सञ्चालन हुने नव निर्मित नर्सीङ होमको रिबन काटेर उद्घाटन ।

शनिवार

बिहान: मितव्ययीता र खर्च कटौती सम्बन्धित गोष्ठीको पानस बालेर शुभारम्भ ।
अपराह्न: सादा जीवन उच्च बिचार बिषयक प्रवचन कार्यक्रममा मन्तव्य ।
राती: ७ दिने विदेश भ्रमणको सिलसिलामा सपरिवार विमानस्थल प्रस्थान ।

दिलिप आचार्य,काठमान्डौ

जवानीमा साथीहरुसंग संगतगर्दा ध्यान दिनुहोस:

१. कुनै पनि कुरामा निर्णय गर्दा मन भन्द दिमागको प्रयोग गर्ने गर्नु होला ।

२. पढाई नै सब भन्दा मह्त्वपुर्ण काम हो भन्ने कुरा कहिल्ये नबिर्सनु ।

३. एक अर्काको भावनाको आदर गर्ने गर्नुस।

४. आफु कतै जाँदा आफ्नो नजिकको मित्रलाई भन्ने गर्नुस

५. बाबु आमा लाई साथी झै सम्झनुहोस । हरेक कुराहरु मिलाएर भन्ने गर्नुहोस ।

६. साथीहरुको लह लहैमा लग्नु भन्दा सोचेर निर्णय गर्ने गर्नुहोस ।

७. साथीले भन्छ भन्दैमा अफ्नो निर्णय नब्दलिनुस, आफ्नो भावनाहरुलाई नियन्त्रनमा राख्नुहोस।

८. पछि पछुटाउनुपर्ने कुनै काम नगर्नुहोस।

९. एक अर्का संग भेट्दा सके सकेसम्म एकान्तमा कहिले नभेत्नु ।

१०. बिश्वासको सिमा निर्धारण गर्नुहोस ।

११. आफ्नो पहिरनलाई शालिनताको हदमा रख्नुहोस।

१२. पैसाको लेनदेनलाई एक सिमा सम्म मात्र गर्ने गर्नुहोस।

१३. ग्लामोरको पछाडी नलाग्नुहोस

१४. आफ्नो सामर्थ अनुसारको ब्यबहार गर्नुहोस।

नेपालको नाम मात्रको अन्तराष्टीय बिमानस्थल

जहाँसुकै लाइन, खचाखच भीड, जथाभावी भाँचिएका कुर्सीहरू, बिगि्रएका एक्सरे मेसिन, दुर्गन्धित शौचालय, काम नगर्ने सिसिटिभी, भत्किएका ढोका, चुहिने छाना र असहयोगी कर्मचारी ।
जब आम मानिस विदेश जाने क्रममा अन्तर्राष्ट्रिय विमानस्थल पुग्छन्, हरेक स्थानमा देखिने पट्यारलाग्दो लाइन, अस्तव्यस्त कार्यशैली र असहयोगी कर्मचारी भेटेपछि दिक्क देखिन्छन् ।
विमानस्थलमा सर्वसाधरणलाई विदेश जानका निम्ति मुख्य दुईवटा प्रवेशद्वार छन् । धेरै यात्रु पस्ने विमानस्थलको पहिलो मुख्य ढोका बन्द छ किनभने बन्द द्वारभित्र रहेका यात्रुका सामान जाँच गर्ने दुवै एक्सरे मेसिन बिगि्रएका छन् । खुला रहेको एउटा ढोकाभित्रको दुईमध्ये एउटा एक्सरे मेसिन पनि बिगि्रएका छ । चारमध्ये एउटामात्रै एक्सरे मेसिन सञ्चालनमा रहेका कारण भित्र प्रवेश गर्न यात्रुले बाहिरै घन्टौं लाइन लाग्नुपर्ने अवस्था छ ।

जताततै लाइन
घन्टौं लाइनमा लागेर भित्र पसेका यात्रु भारी सामान डोर्‍याउँदै एयरलाइन्सका टिकट काउन्टर पुग्ने लाइनमा बस्छन् । घरबाट टीका लगाई बिदा भएर आएका केही यात्रु त 'कन्र्फम' टिकट भए पनि एयरलाइन्सको झमेलामा फसेर र्फकन बाध्य हुन्छन् । सामानको तौल, टिकटको तिथिमिति अनेक नाममा स्पष्टीकरण दिँदादिँदा बोडिङ कार्ड हात पारेपछि तिनै यात्रु पुनः माथिल्लो तलामा रहेको अध्यागमन अधिकारीलाई भेट्ने लाइन लाग्न बाध्य हुन्छन् ।
अनेक बहानामा अध्यागमनका लाइनबाट पार पाउँदानपाउँदै यात्रु सुरक्षाकर्मीलाई शरीर खानतलासी गराउन लाममा बस्न तयार हुनुपर्छ । शरीर र हातमा बोकेको सामान चेकजाँच गर्ने स्थानमा राखिएका तीनमध्ये दुई एक्सरे काम नगर्ने भएपछि बन्द गरिएको छ । शरीर जाँच गराएर हस्याङफस्याङ गर्दै मुख्य सुरक्षित स्थान (इस्टलाइजिङ जोन) पुगेका सयौं यात्रु शौचालयका लागि पालो कुरेर लाइनमा बस्छन् । अन्तिम बिन्दुमा रहेको उक्त कक्षमा एक पटकमा दुई जनाले मात्रै शौच गर्ने सुविधा छ ।
लाइनमा बस्ने पीडा जाँदा मात्रै होइन । विदेशबाट आउने क्रम झनै भयावह छ । सबैभन्दा बढी जहाज आउने साताको तीन दिन सोमबार, बिहीबार र शनिबार यात्रुले अध्यागमन डेस्क पुग्न घन्टौं लाइनमा बस्नुपर्छ । कतिपय अवस्थामा त लाइनमा बस्दाबस्दै तल बेल्टमा घुमिरहेका सुटकेस र झोला कसले घर पुर्‍याइसकेको हुन्छ, पत्तै हुँदैन ।
'ओहो जाँदा मात्रै लाइन होला भनेको त र्फकंदा पनि उस्तै रहेछ,' बंैककबाट काठमाडौं फर्केका व्यापारी योगेश सिंहानिया भन्छन्, 'अबचाहिं विमानस्थल एकदमै साँघुरो भएजस्तो लाग्न थालेको छ ।'
स्थान अभावले जतासुकै लाइनमा बस्नुपर्ने भए पनि विमानस्थलको भित्री कक्षमा थप लाइन बस्ने निकाय खडा गरिँदै छ । केहीअघि कामका लागि विदेश जाने नेपालीलाई व्यवस्थित गर्न 'लेबर डेस्क' खडा गरिएको थियो भने हालै स्वास्थ्य मन्त्रालयले 'स्वाइनफ्लु' रोगको पहिचान गर्न थप डेस्क खडा गरको छ ।

जताततै फोहोर
सधैंभरि सफा र चिटिक्क देखिनुपर्ने विमानस्थलभित्र र बाहिर सधैं फोहोर र अस्तव्यस्त देखिन्छ । भित्री सरसफाइ र बाहिर घाँस काट्न पचासौं लाख उड्डयन प्राधिकरणले खर्च गर्छ तर न विमानस्थलभित्रै सफा छ न बाहिर सफासँग घाँस काटेको देखिन्छ । सुलुलु बग्ने 'ब्यागेज बेल्ट' कराएका आवाजले एकआपसमा बोलेको सुनिन छाडेको छ । जतासुकै बिग्रेका एक्सरे मेसिन, कुर्सी, फर्निचर यततत्र देखिन्छन् ।
'मेसिनरी उपकरण बिग्रनु स्वाभाविकै हो, बनाउने क्रममै छांै, नयाँ ल्याउनका लागि पनि टेन्डरको प्रक्रियामा छौं,' विमानस्थल प्रमुख त्रिरत्न मानन्धर भन्छन्, विमानस्थलभित्र भइरहेको साँघुरोपन हटाउन पनि आगामी आर्थिक वर्षमै तीन सय जना अट्ने छुट्टै स्थान बनाउने योजना छ ।'
सुरक्षाका लागि लगाएका तारजालीका घेरामा प्वालैप्वाल देखिन्छ । विमानस्थल प्रवेशका लागि वितरण गरिने पासको पनि व्यापक दुरुपयोग भएको देखिन्छ । चिनजान र व्यपारीलाई तत्कालै रनवेसम्मको पास दिइन्छ भने जरुरी परेकालाई अनेक बहानामा झुलाउने गरिन्छ । उड्डयन कार्यालयले हालसम्म ५ हजार ५ सयभन्दा बढीलाई तस्बिरसहितको भित्र प्रवेश गर्ने पास वितरण गरेको छ भने ४ सय ४६ पास होटल व्यवसायी, पि्रपेड ट्याक्सी, पोस्टपेड ट्याक्सी, र ट्रेकिङ एजेन्सीलाई वितरण गरेको छ ।
विशिष्ट व्यक्तिको आगमन र प्रस्थान क्रममा महत्त्वपूर्ण व्यक्तिसँगै अनावश्यक मान्छे घुइँचो लागेर भीआईपी कक्षसम्म पुग्ने गरेको देखिन्छ । तर निम्ता गरिएका आगन्तुक सम्बद्ध सरकारी कर्मचारीहरूलाई बाहिरै कुर्न लगाइन्छ । विमानस्थल सुरक्षा र आम यात्रुको सहयोगका लागि १८ वटा सरकारी, चार वटा अर्धसरकारी र दस वटा निजी संघसंस्था कार्यरत छन् ।
उड्डयन प्राधिकरणले विमानस्थल सुरक्षाका लागि वषौर्ंअघि जडान गरिएका ३२ वटा सिसिटिभीमध्ये ११ वटा मात्रै चालु हालतमा छन् । बाँकी मर्मतसम्भारका अभावमा बन्द छन् । सुरक्षाका लागि आवश्यक परेको स्थानमा प्रत्येक वर्ष सिसिटिभी थपिँदै जानुपर्नेमा बिग्रँदै गएकामा प्राधिकरण बेखबर देखिन्छ । 'बेलाबेला टिभी त भित्तातिर फर्काइएको हुन्छ,' विमानस्थलका एक अधिकारी भन्छन् ।


मान्दैनन् आदेश र नियम
विमानस्थलभित्र कार्यरत सबै निकायका कर्मचारीलाई पोसाकको सुविधा दिइएको छ । यात्रु र कर्मचारी छुट्याउने उद्देश्यले अनिवार्य लगाउन दिएको ड्रेस र परिचयपत्र गलत काम गर्दा पहिचान हुने डरले थोरैले मात्रै लगाउँछन् । उड्डयन प्राधिकरणको अन्तर्राष्ट्रिय प्रचलनअनुसार दिएको ड्रेस र परिचयपत्र अनिवार्य लगाउनुपर्ने प्रावधान कडाइ गर्दा पहिले समय मागिन्छ, तोकिएको समयमा कडाइ गर्न खोज्दा आन्दोलन प्रयास हुन्छ ।
यात्रुको आवागमन चुस्त रेकर्ड राख्न अध्यागमनलाई कम्युटर सर्भर राख्न दिएको निर्देशन वर्षौं बित्दा पनि कार्यान्वयन भएको देखिँदैन । हँसिला र सहयोगी हुनुपर्ने अध्यागमन अधिकारी कठोर र असहयोगी देखिन्छन् । छिटो र सजिलो कामका लागि एकजनाको काम सकिएपछि मात्रै अर्को यात्रु जान पाउने व्यवस्था तेस्र्यार्एर आम्दानी गर्ने बाटो बनेको देखिन्छ । अध्ययनका सिलसिलामा अस्ट्रेलिया र कोरिया जाने नक्कली युवा दम्पतीहरू केही समययता मुख्य सिकार बनेका देखिन्छन् ।

केदार ओझा/काठमाडौं
कान्तिपुर

मृत्युसँग लडाइँ x

आजभन्दा पाँच वर्षअगाडिको कुरा हो। एउटा बादल नामको केटासँग प्रेम गर्थें। उसले दराजबाट फ्रेममा राखेको फोटो देखाउँदै भनी। यो बादलको तस्वीर हो जुन बादलले मलाई औधि माया गथ्र्यो। हामी एक-अर्कामा सँगै बाँच्ने सँगै मर्ने कसम खान्थ्यौं। हाम्रो प्यार एउटा पवित्र सागर जस्तै थियो।

यात्रा धेरै प्रकारको हुन्छ। यात्राले प्रेम, विछोड, मृत्यु जे पनि ल्याउन सक्छ। एउटा यस्तो यात्राको वर्णन गर्दैछु। जुन यात्रा एउटा कहालिलाग्दो घनघोर जंगलको हो। रात केवल चुक पोखिएको गाडा कालो थियो। विडम्बना भनौ वा समयको खेल त्यसैमाथि मुसल्धारे पानीको अविरल वर्षा वर्षिन लाग्यो।


आकाशमा तोप पडकिए जस्तै गड्याङ्ग-गुडुङ्ग आवाजको बज्रपात चक्रो मात्रामा भई नै राखेको थियो।

बेला-बेलामा अनायस बालक रोएजस्तो अस्पष्ट आवाजका तरङ्गहरू गुञ्जिरहेका थिए। त्यो भयानक रातको डरलाग्दो दृष्यको छातीलाई एउटा सानो टर्च लाइटले चिर्दै, जंगलका ति कांडे झाडिहरूमा बेरिदै काँडाहरूले चिथोरिदै, कोतरिदै हिडिरहेको थिए। त्यसवखत मेरो अगाडिको वडेमान सालको रुखमा चट्याङ्गको बज्रपात पर्यो।

कानै फूट्नेगरी एउटा भयङकर आवाज चिच्चायो। ती रुखका पत्र पत्र उडेर सिन्का जत्रा टुक्रा-टुक्रा भएर छरिए। धन्न बाँचे मेरो सातो पुत्लो उड्यो मैले चिच्चाउदै भने-'नाई बचाऊ...द्रद्र बचाउ...द्रद्र' मेरा ती अर्थहीन शब्दको चित्कारको गुञ्जन कता बिलायो कता, केवल शून्य मात्र थियो। त्यसको केही समयपश्चात् परबाट खितितिति गर्दै हाँसेको आवाज आयो। यो मध्यरातमा यो घनघोर जंगलमा को हाँस्यो। अचम्ममा परें। झन डर लाग्यो निकैडराए मैले टर्चलाईट लगाएर हाँसेको आवाज आएतिर लगाएर केहि देखिएन। मेघ गर्जियो विजुति चम्कियो, बिजुलीको प्रकशमा एउटा डरलाग्दो आकृति खित्का छाड्दै मतर्फ आइराखेको थियो। त्यो देखेर 'नाई...द्रद्र मलाई बचाऊ...बचाऊ...' भन्दै अन्दाजको भरमा दौडिएँ, जता पायो त्यतै जहाँ पायो त्यहीँ दौडिएँ। परको रुखमा गएर जोडले ठोक्किएँ, थुचुक्क बसें, त्यो खित्काको आवाज सुन्न थालें तर ती खित्काहरू जंगललाई थर्काउने गरी झन्झन् जोडले बसेतर्फ आइसकेका थिए। निकै नै डराएँ। शरीरभरी डरका पसिना चिडचिड गरी झरेका थिए, नाडी मुटुको धड्कन बढ्यो। मेरो हातखुट्टा थर्थर् काम्न थाले। जोडले चिच्चाएँ- भगवान् मलाई बचाऊ, भगवान मलाई बचाऊ।

यो कुन पापको यातना हो बाँच्न चाहान्छु। खित्का रोकिए गोजीबाट चुरोटको पाकेट झिक्दै एकाएक गर्दै चुरोटको पाकेट नै डरले काँप्दै धुवामा उडाइदिएँ। केही शान्तको आभाष भयो, जुरुक्क उठें टर्चलाईट बालेर यताउती हेर्न थालें। फेरि केटाकेटी रोएको जस्तो अनौठो आवाज आयो, पानी पर्न भने बन्द भइसकेको थियो। केही वस्तु रुखको हाँगाबाट झ्वाम्म हामफाल्यो निकैबेर ती झुन्डिएका स्याउला हल्लायो। मैले टर्चलाईट लगाएर मेरो टर्चलाईटको फोकस त्यो भयानक आकृतिमा गएर टक्क रोकियो। बडेमानका लट्टाहरू थिए, विचित्रको मुख थियो। कालो कालो यमराजको दूधजस्तो थियो। यसको आकृति यस्तो देखें, जो खतरनाक फिल्ममा भूतको देखेको थिएँ। गोजीबाट लाइटर निकालेर पानीले भिजेका स्याउला जम्मा गरे लाइटरले आगो बाल्ने प्रयास गरें तर असफल ! एकतमासको आधी सुसेली हाल्दै आयो मैले जम्मा गरेका सबै पातहरू उडाइदियो। फेरी टर्चलाइट लगाएर त्यो आकृति मन्द-मन्द गतिमा भएतिर आइराखेको थियो। नाइ... भूत... बचाओ द्रद्र भन्दै जोडले चिच्चाएँ।

त्यो आकृति मेरो स्वरमा हाँस्यो- 'हा...हा...हा... भाग्न जुरुक्क उठे अध्यारोले वाटो नै देखिएन। हातमा टर्चलाइट पनि थिएन हतार-हतार भूइँमा टर्च छामछुम गर्न थालें। त्यतिकैमा त्यो आकृति आएर मलाई पछाडिबाट ग्वाम्म अँगालो मार्यो। एक तमासले छटपटाउन थाले। चिच्चाउँदै उफ्रिएँ। जेनतेन त्यसको पञ्जाबाट फुत्किएँ एकातिर कुलेलाम ठोकें। झाडीहरूमा बेरिँदै, काँडाहरूले चिथोर्दै, केही दूरी पार गर्दै थिएँ। अचानक केही वस्तुमा ठोकिएँ। ठोकिएको वस्तु पनि ऐया भन्दै केही पर ढल्यो। अचम्म परें गोजीबाट लाइटर झिकेर बालें। त्यो मसँग ठोकिने एउटी राम्री युवती थिई। यो घनघोर जंगलमा एक्लै युवती देख्दा झन् डरले काँप्न थाले भने- यति रातमा तिमी को हौ ?'मलाई चिनेनौ ? पनि तिमीजस्तै एउटी बटुवा।' झन् डराएँ, मेरो श्वास हिक्क-हिक्क गर्दै रोकियो। त्यो युवतीले मायालु स्वरमा भनी- 'तिमी किन डराउछौं ? नडराऊ तिमीलाई केही पनि हुन दिन्नँ।' 'बरु हिँड सँग, यहाँ खतरा ' भन्दै मेरो हातमा समातेर तानी मैले भनें- 'नाई...नाई... कहीँ पनि जान्न... एक्लै जान्छु, कसैसँग पनि जान्न।' फेरि एक तमासले बिजुली चम्कियो। केही अगाडि मलाई लछार-पछार गरेको त्यो कालो वस्तु आउदै थियो। झन् आतिएँ, मेरो सबै बाटाहरू थुनिए। अब अचेत अवस्थामा पुगेर चिच्चाउँदै त्यो युवतीको हातमा झुन्डिएर भने- 'हिँड...हिँड... तिमीसँग जान्छु। मलाई बचाऊ मलाई मार्छ, त्यो आयो।' त्यो युवतीले मेरो हातमा समातेर हिँडाली। उसले जता-जता डोर्याउँछे उता-उता पनि लाग्न विवश भएँ। अँध्यारो भए पनि बिजुली चम्कँदा मैले ख्याल गरेको थिएँ। त्यो युवतीले अरुतिर लैजाली भन्दा झन्-झन् घनघोर जंगलतिर लैजान थाली। के गर्ने, इन्तु चिन्तु भएर त्यो युवतीको पछि लागें मनमनै सोच्न थाले- 'त्यो युवती साधारण केटी होइन। मानिसहरू भन्ने गर्थे, रातमा जंगलमा राम्रा-राम्रा तरुनी हिँड्ने गर्छन् भनेर, ती मान्छे नभएर किचकन्या हुन्छन्। तिनीहरूदेखि जोगिनुपर्छ। तर झन् फँस्दै पो गएँ।' अब मलाई भने बाँच्ने आशा मनबाट क्रमशः हराउँदै जान थालेको थियो। एकपटक बाबु, आमा, भाइ, बहिनी साथीसंगीनिलाई सम्भिmएँ। आँखाबाट आँशुका धारा बगाउँदै एकपटक स्मरण गरें। घडी हेरें, रातको ठीक बजेको थियो। यो सब के भइराखेको छ। केही पनि बुझ्न सक्ने अवस्थामा थिइन। केवल एउटा नाबालक जस्तै अचेत अवस्थाको जालोमा अल्झेको थिएँ।

यो अन्धकार क्रमशः हट्दै गयो। एक तमासको एउटा यस्तो ठाउँ आयो सायद त्यो ठाउँ हाम्रो पृथ्वीभन्दा अलग्गै थियो। त्यो ठाउँको बारेमा मैले सुनेको नै थिएँ देखेको नै थिएँ। त्यो सायद अनौठो शहर थियो। अनौठो तरिकाले बिल्डिङहरू सजिसजाउ थिए। सबै ठाउँमा रङ्गीविरङ्गी बत्तीहरू, आर्कषक फूलहरू झकमक्क फुलेका थिए। अचम्म मान्दै यो सुन्दर दृश्य हेरेर सबै भूलें। लाग्यो एक्लै यो वातावरणमा घुमिरहेको छु। त्यत्तिकैमा एउटा आवाजले झसङ्ग हुन पुगें। 'के सोचेको अब मेरो घर आयो।'

अचम्म मानी यो कुन ठाउँमा ल्याए ? घडी हेरें, रातको बजेको थियो। तर पनि यो ठाउँ उज्यालो छ। सूर्य नअस्ताए जस्तो मैले एउटा ठूलो दृष्य देखें। जहाँ चित्र-विचित्रका ठूला-ठूला राँकाहरू बलिरहेका थिए। त्यो बलिरहेको आगोमा जिउँदा केटाकेटी छोपेर जबरजस्ती आगो भौरामा हाल्दै थिए। अली वर १०/१२ जना राक्षसहरू बसेर जिउँदा केटाकेटीहरूलाई जिउँदै झिरमा उनेर पोल्दै थिए। अर्को ठाउँमा ताता तेलका कराईहरूमा भकभकी तेल पाकिरहेको थियो। अली पर काटिएका मान्छेहरूलाई लतारिएको थियो। मलाई अब भने पूर्ण विश्वास भयो कि मरिसकेछु यो नरक लोकमा आएछु। अब मलाई पनि ताता तेलका कराईमा पकाउँछन्। कराउँदै चिच्चाएँ 'नाई मरेको छैन, मेरको छैन।' त्यो युवतीले मेरो मुख छोपिदिई मेरा आवाज रोकी, तर केही आवाज भने फुस्किसकेको थियो। सबै राक्षसहरू काम छोडेर हातमा तरवार लिएर भएतर्फआए। तर त्यो युवतीले एउटा घरको कोठामा छिट्टै नै लगेर लुकाई।

यो सब के भइराखेको थियो, मैले केही पनि बुझ्न सकिनँ, कहाँ छु त्यो पनि जान्न सकिनँ। त्यो उज्यालोमा बल्ल त्यो युवतीको प्रष्ट चित्र देखें। त्यो युवतीलाई मैले एकपल्ट हेरें। निकै राम्री थिई, अप्सरा जस्तै, स्याउजस्ता गाला, अंगुर जस्ता नशालु आँखा, हल्का चुच्चो नाक, लामो सिल्की परेको कपाल, बारुले कम्मर मिलेको जीउडाल थियो। अझ त्यसमाथि सेतो कपडाको पैरनले गर्दा अनुहार नै थपक्क बलेको थियो। त्यो युवती मेरो अगाडि बसी मसँग सोधी-

'तिम्रो नाम के हो ?''राम'

'के तिमीलाई यो ठाउँ मन पर्यो ?'

'मन पर्यो, कुन ठाउँ हो यो ?'

'यो एउटा स्वतन्त्र ठाउँ हो। यहाँ धोका हुँदैन।'

'कस्तो धोका के धोका ?'

' तिमीलाई पछि बताउने छु'

' पनि तिम्रो नाम जान्न सक्छु ?'

'मेरो नाम सपना थियो।'

'अनि अहिले नि ?'

'तिम्रो लागि सपना नै भयो।'

यसपछि सपनाले भनी- 'बस्दै गर ! आउँछु बाहिर नजानु नी।' त्यसपछि ढोका लगाएर बाहिर गई मैले ढोका राम्रोसँग लगाएँ। निकै थाकेको थिएँ। मेरो शरीरमा निकै चोटहरू लागेका थिए। मेरो पेटमा गञ्जी माथि सारेर हेरें, त्यहाँ नङराका निल डाम थिए। जुन जंगलको राक्षसले छोप्दा लागेको थियो। मलाई सुतौं-सुतौं लाग्यो तर डरका कारणले सुत्न सकिन। कोठाको चारैतिर हेर्न थालें। कोठा सेतो रङ्गले चम्काइएको थियो। बीचमा टेबुल थियो। त्यसमा एउटा ठूलो डायरी थियो। अलि पर एउटा दराज थियो। उठेर दराजको ढोका खोलें एउटा रातो कपडाले केही वस्तु ढाकिएको थियो। मैले हात कमाइ-कमाई त्यो कपडा हटाएँ। एउटा सुनको फ्रेममा एउटा राम्रो केटाको फोटो थियो। त्यसमा तलपट्टि 'धोका' ठूलो अक्षरमा लेखिएको थियो। यो के हो भनेर सोच्न थालें। त्यत्तिकैमा ढोकामा टक्-टक् आवाज आयो। डराउँदै ढोका खोलें। त्यो युवती थिई सपना। ढोका बन्द गरेर सपना बसी। उसले सेतो पट्टी विभिन्न पातहरू ल्याएकी थिई। मैले सोचें यो किचकन्याको खाना होला। अब मलाई यी घाँस पट्टी खुवाएर मार्ने भई। त्यसको ठीक विपरीत उसले मेरा रगत बगेका घाउहरूमा ती पात लगाइदिएर त्यो पट्टी बाँधिदिई। मलाई कता-कता सितलको अनुभव भयो।

सपनाले आफ्नो कोठामा राखेको त्यो डायरी पल्टाउन थाली आँखाबाट आँशुका थोपाहरू बगाउन थाली। मैले अचम्म मान्दै सोधें-

'के भयो सपना'

'राम यो छाति भित्र-भित्र दुख्यो।'

'किन ?'

'छातिभित्र एउटा कथा त्यसैले पिरोल्छ।'

'के कथा, भन्न मिल्छ ?'

'हो, भन्न मिल्छ कसैलाई सुनाउन पाए हल्का पनि हुन्छ।'

'त्यसो भए मलाई सुनाऊ।'

'हो तिमी सुन्छौ भने सुनाउँछु' भनेर सपनाले आफ्नो छातिभित्र दुखाउने कथा आत्माभित्र पिल्सिएको कथा आँशुका थोपाहरू बगाउँदै भन्न लागी। 'आजभन्दा पाँच वर्षअगाडिको कुरा हो। एउटा बादल नामको केटासँग प्रेम गर्थें। उसले दराजबाट फ्रेममा राखेको फोटो देखाउँदै भनी। यो बादलको तस्वीर हो जुन बादलले मलाई औधि माया गथ्र्यो। हामी एक-अर्कामा सँगै बाँच्ने सँगै मर्ने कसम खान्थ्यौं। हाम्रो प्यार एउटा पवित्र सागर जस्तै थियो। समयको गतिसँगै हाम्रो प्यार झाङ्गिँदै गयो। नयाँ-नयाँ आँकुराहरू हाल्दै गयो। एक सच्चा प्यारको परिभाषाको रूपमा बादल परिचित थियौं।

तर त्यसको केही दिनपछि मैले थाहा पाएँ। वास्तवमा बादलले मलाई प्यार होइन मेरो जीवनसँग खेलेको रहेछ। उसको प्यार गर्ने वाहना मात्र रहेछ। जस्ता कयौं कुमारीहरूलाई उसले प्यारको नाममा जीवनसँग खेलेको रहेछ। त्यसपछि मैले उसलाई यस्तो कार्यको विरोध जनाएँ। मैले उसलाई मसँग विवाह गर्न सल्लाह दिएँ आफू बच्चाको आमा बनिसकेको कुरा पनि सुनाएँ। त्यसपछि एकाएक आवेशमा आयो भन्यो- ' बेश्या, मुख सम्हालेर बोल, तँ जस्ती बेश्यालाई मैले विवाह गर्ने ? कसको पाप बोकेकी छस् भनेर मलाई भन्छ। मैले निकै सम्झाएँ, बिलौना गरें तर उसले सुनेन। अन्त्यमा आत्महत्या गर्नु बाहेक अरु के पो गर्न सक्थें ? समाजमा चलेको हल्लाले आत्महत्या गर्न विवश भएँ। हो एउटा रुखमा झुन्डिए आत्महत्या गरें।'

अचम्म मान्दै सपना समक्ष भने?

'हैन तिमी जीवित नै छौ ?'

'होइन, जीवित छैन, आजभन्दा वर्ष पहिला मरेको थिएँ।'

'त्यसो भए पनि मरिसकें ? कहाँ छु।'

'तिमी अहिले यो नयाँ दुनियाँमा छौ, जहाँ धोका हुँदैन।'

'मलाई छाड, मर्न चाहन्न, जान्छु।'

'नाई, राम तिमी फर्केर नजाऊ, त्यो स्वार्थीहरूले रङ्गिएको पृथ्वीमा धोकैधोकाले भरिएको, पापीहरूको मुलुकमा रक्तपात अनि आतंकले कोलाहल मच्चाएको त्यो रणभूमिमा के जान्छौ ? कमसेकम यहाँ शान्ति , स्वार्थी छैन। दुःख, पीडा, पाप, धर्म, जातजाति, भेदभाव, मुर्ख, विद्वान्, शिक्षा अशिक्षा केहीको पनि गन्ध छैन यहाँ, तिमी पृथ्वीमा नर्फक तिमीलाई धोका हुन्छ।'

होइन सपना, मलाई रोक्न नखोज, मलाई जान देऊ। मेरो आमाबुबाले मेरो बाटो हेरेका होलान्, साथीसंगी पर्खेर बसेका होलान्। मेरो देशले मबाट केही पाउने आशाले पर्खिरहेको होला। गाउँका बुढापाकाले पुर्पुरोमा हात लगाएर भन्दै होलान्- 'राम कहाँ गयो ?' त्यसैले जानु छ। यो देशलाई केही गरेर देखाउनु , बरु एकदिन तिमीसमक्ष फर्केर आउनेछु आज मलाई नरोक।'

मेरो बिलौना सुनेर सपनाले थालभरि अक्षता लिएर आँशुका भल बगाउँदै भन्न थाली- 'ठीक राम, तिमीले धेरै इच्छा आकांक्षा बोकेका रहेछौ, धेरै सपनाहरू सजाएर राखेका रहेछौ। त्यसैले तिमीलाई मैले रोक्दिन, तिमी जाऊ, तर पृथ्वीमा गएर तिमीले केही गर्नुपर्छ। धोका कसैलाई नदिनु, स्वार्थको दलदलमा कहिल्यै पनि नफस्नु, जातजातिप्रति भेदभाव नगर्नु, धनका पछि कहिल्यै नलाग्नु। एउटा देश समाजको सच्चा नागरिक भएर बाँच्नु, यत्तिकैमा अचानक ढोका फोडिएला जस्तै आवाज आयो। सपनाले हत्तपत्त मलाई दराजमा लुकाइन् ढोका खोलिन्। एउटा राक्षसको हुल आयो सपनालाई तैंले जिउँदो मान्छे लुकाएर राखेकी छेस् भन्दै चुल्ठामा समातेर, लतारेर घिसार्दै लगे। दराजको चरबाट सबै दृश्य हेरिरहेको थिएँ। अचम्म परें। ती राक्षसले जिउँदो मान्छे भनेर त्यसरी लतार्दै लगेकोमा दराजबाट बिस्तारै निस्किएर झ्याल खोलेर हेरें।

सपनाले मलाई लुकाएको कारणबाट काँटी निलकाँडा भएको चौरमा लगत्तै ती राक्षसहरूले उनलाई लगे। मैले आफ्नो आवाज नियन्त्रण गर्न सकिन चिच्याएँ- 'नाई सपनालाई छोड, सपनालाई छोड...' मलाई देखेपछि एउटा हुल मतिर आयो मलाई लतार्दै लगे एउटा डरलाग्दो ठाउँमा। त्यहाँ फुटबल खेल्ने पोल जस्तो दुईवटा पोल थियो। मलाई ती राक्षसहरूले छोपेर हात एवं खुट्टा बाँधेर पोलमा बाँधे। अब भने मर्ने निश्चित भएँ। ती राक्षसहरूले मलाई पोलेर खाने भए। निकै छटपटाएँ, चिच्याएँ मलाई छाड भनेर। मैले बिन्ती गरें तर मेरो चित्कार कसैले पनि सुनेन। मलाई छाड्नुको सट्टा झन् एउटा कालो-कालो टाउकोमा तीनवटा सिङ्ग भएको डरलाग्दो राक्षस दुवै हातमा धारिलो तरबार लिएर मतिर मलाई काट्न निशाना लगाउँदै आयो। के पो गर्न सक्थें ? जञ्जिनमा कैद भएको थिएँ। एउटा अनौठो चित्कार आयो त्यो राक्षस जोशिएर मलाई त्यो तरवारले हान्न थाल्यो। चिच्याएँ 'नाई, मलाई नमार, बाँच्न चाहन्छु... मलाई नकाट... मलाई नमार... ... बाँच्न चाहन्छु।' मेरो आँखा खुले। झसङ्ग भएँ, अर्को संसारमा पो आइसकेको रहेछु। मेरो नाक मुखमा अक्सिजनको पाइप लगाइएको थियो। हातमा रगत चढाइराखेको थियो। वरिपरि / जना डाक्टरहरू चिन्तित अवस्थामा देखिन्थे। यत्तिकैमा एकजना नर्स बहिनीले बाहिर संकेत गर्दै भनिन्- 'लौ बिरामीको होश आयो, तपाईंहरू भेट्न सक्नुहुन्छ' यत्तिकैमा आमा, बुबा, भाइ, बहिनी अन्य छिमेकी साथीहरू सुतिरहेको बेडमा आए सबै डाँको छाडेर रुन थाले मेरो मुखबाट अक्सिजनको पाइप निकालेपछि मैले भने- 'मलाई के भयो रुनुभयो' फेरि पनि हर्षे सबैले आँशु बगाए। सबैले भने- विचाराको बल्ल दिनपछि होश आयो। कसैले चाहिँ 'हामी सबैलाई रुवाएर गएको कठै बरा ! बाँच्यो' भने।

शंकरप्रसाद गौतम