Showing posts with label news. Show all posts
Showing posts with label news. Show all posts

नेपालको नाम मात्रको अन्तराष्टीय बिमानस्थल

जहाँसुकै लाइन, खचाखच भीड, जथाभावी भाँचिएका कुर्सीहरू, बिगि्रएका एक्सरे मेसिन, दुर्गन्धित शौचालय, काम नगर्ने सिसिटिभी, भत्किएका ढोका, चुहिने छाना र असहयोगी कर्मचारी ।
जब आम मानिस विदेश जाने क्रममा अन्तर्राष्ट्रिय विमानस्थल पुग्छन्, हरेक स्थानमा देखिने पट्यारलाग्दो लाइन, अस्तव्यस्त कार्यशैली र असहयोगी कर्मचारी भेटेपछि दिक्क देखिन्छन् ।
विमानस्थलमा सर्वसाधरणलाई विदेश जानका निम्ति मुख्य दुईवटा प्रवेशद्वार छन् । धेरै यात्रु पस्ने विमानस्थलको पहिलो मुख्य ढोका बन्द छ किनभने बन्द द्वारभित्र रहेका यात्रुका सामान जाँच गर्ने दुवै एक्सरे मेसिन बिगि्रएका छन् । खुला रहेको एउटा ढोकाभित्रको दुईमध्ये एउटा एक्सरे मेसिन पनि बिगि्रएका छ । चारमध्ये एउटामात्रै एक्सरे मेसिन सञ्चालनमा रहेका कारण भित्र प्रवेश गर्न यात्रुले बाहिरै घन्टौं लाइन लाग्नुपर्ने अवस्था छ ।

जताततै लाइन
घन्टौं लाइनमा लागेर भित्र पसेका यात्रु भारी सामान डोर्‍याउँदै एयरलाइन्सका टिकट काउन्टर पुग्ने लाइनमा बस्छन् । घरबाट टीका लगाई बिदा भएर आएका केही यात्रु त 'कन्र्फम' टिकट भए पनि एयरलाइन्सको झमेलामा फसेर र्फकन बाध्य हुन्छन् । सामानको तौल, टिकटको तिथिमिति अनेक नाममा स्पष्टीकरण दिँदादिँदा बोडिङ कार्ड हात पारेपछि तिनै यात्रु पुनः माथिल्लो तलामा रहेको अध्यागमन अधिकारीलाई भेट्ने लाइन लाग्न बाध्य हुन्छन् ।
अनेक बहानामा अध्यागमनका लाइनबाट पार पाउँदानपाउँदै यात्रु सुरक्षाकर्मीलाई शरीर खानतलासी गराउन लाममा बस्न तयार हुनुपर्छ । शरीर र हातमा बोकेको सामान चेकजाँच गर्ने स्थानमा राखिएका तीनमध्ये दुई एक्सरे काम नगर्ने भएपछि बन्द गरिएको छ । शरीर जाँच गराएर हस्याङफस्याङ गर्दै मुख्य सुरक्षित स्थान (इस्टलाइजिङ जोन) पुगेका सयौं यात्रु शौचालयका लागि पालो कुरेर लाइनमा बस्छन् । अन्तिम बिन्दुमा रहेको उक्त कक्षमा एक पटकमा दुई जनाले मात्रै शौच गर्ने सुविधा छ ।
लाइनमा बस्ने पीडा जाँदा मात्रै होइन । विदेशबाट आउने क्रम झनै भयावह छ । सबैभन्दा बढी जहाज आउने साताको तीन दिन सोमबार, बिहीबार र शनिबार यात्रुले अध्यागमन डेस्क पुग्न घन्टौं लाइनमा बस्नुपर्छ । कतिपय अवस्थामा त लाइनमा बस्दाबस्दै तल बेल्टमा घुमिरहेका सुटकेस र झोला कसले घर पुर्‍याइसकेको हुन्छ, पत्तै हुँदैन ।
'ओहो जाँदा मात्रै लाइन होला भनेको त र्फकंदा पनि उस्तै रहेछ,' बंैककबाट काठमाडौं फर्केका व्यापारी योगेश सिंहानिया भन्छन्, 'अबचाहिं विमानस्थल एकदमै साँघुरो भएजस्तो लाग्न थालेको छ ।'
स्थान अभावले जतासुकै लाइनमा बस्नुपर्ने भए पनि विमानस्थलको भित्री कक्षमा थप लाइन बस्ने निकाय खडा गरिँदै छ । केहीअघि कामका लागि विदेश जाने नेपालीलाई व्यवस्थित गर्न 'लेबर डेस्क' खडा गरिएको थियो भने हालै स्वास्थ्य मन्त्रालयले 'स्वाइनफ्लु' रोगको पहिचान गर्न थप डेस्क खडा गरको छ ।

जताततै फोहोर
सधैंभरि सफा र चिटिक्क देखिनुपर्ने विमानस्थलभित्र र बाहिर सधैं फोहोर र अस्तव्यस्त देखिन्छ । भित्री सरसफाइ र बाहिर घाँस काट्न पचासौं लाख उड्डयन प्राधिकरणले खर्च गर्छ तर न विमानस्थलभित्रै सफा छ न बाहिर सफासँग घाँस काटेको देखिन्छ । सुलुलु बग्ने 'ब्यागेज बेल्ट' कराएका आवाजले एकआपसमा बोलेको सुनिन छाडेको छ । जतासुकै बिग्रेका एक्सरे मेसिन, कुर्सी, फर्निचर यततत्र देखिन्छन् ।
'मेसिनरी उपकरण बिग्रनु स्वाभाविकै हो, बनाउने क्रममै छांै, नयाँ ल्याउनका लागि पनि टेन्डरको प्रक्रियामा छौं,' विमानस्थल प्रमुख त्रिरत्न मानन्धर भन्छन्, विमानस्थलभित्र भइरहेको साँघुरोपन हटाउन पनि आगामी आर्थिक वर्षमै तीन सय जना अट्ने छुट्टै स्थान बनाउने योजना छ ।'
सुरक्षाका लागि लगाएका तारजालीका घेरामा प्वालैप्वाल देखिन्छ । विमानस्थल प्रवेशका लागि वितरण गरिने पासको पनि व्यापक दुरुपयोग भएको देखिन्छ । चिनजान र व्यपारीलाई तत्कालै रनवेसम्मको पास दिइन्छ भने जरुरी परेकालाई अनेक बहानामा झुलाउने गरिन्छ । उड्डयन कार्यालयले हालसम्म ५ हजार ५ सयभन्दा बढीलाई तस्बिरसहितको भित्र प्रवेश गर्ने पास वितरण गरेको छ भने ४ सय ४६ पास होटल व्यवसायी, पि्रपेड ट्याक्सी, पोस्टपेड ट्याक्सी, र ट्रेकिङ एजेन्सीलाई वितरण गरेको छ ।
विशिष्ट व्यक्तिको आगमन र प्रस्थान क्रममा महत्त्वपूर्ण व्यक्तिसँगै अनावश्यक मान्छे घुइँचो लागेर भीआईपी कक्षसम्म पुग्ने गरेको देखिन्छ । तर निम्ता गरिएका आगन्तुक सम्बद्ध सरकारी कर्मचारीहरूलाई बाहिरै कुर्न लगाइन्छ । विमानस्थल सुरक्षा र आम यात्रुको सहयोगका लागि १८ वटा सरकारी, चार वटा अर्धसरकारी र दस वटा निजी संघसंस्था कार्यरत छन् ।
उड्डयन प्राधिकरणले विमानस्थल सुरक्षाका लागि वषौर्ंअघि जडान गरिएका ३२ वटा सिसिटिभीमध्ये ११ वटा मात्रै चालु हालतमा छन् । बाँकी मर्मतसम्भारका अभावमा बन्द छन् । सुरक्षाका लागि आवश्यक परेको स्थानमा प्रत्येक वर्ष सिसिटिभी थपिँदै जानुपर्नेमा बिग्रँदै गएकामा प्राधिकरण बेखबर देखिन्छ । 'बेलाबेला टिभी त भित्तातिर फर्काइएको हुन्छ,' विमानस्थलका एक अधिकारी भन्छन् ।


मान्दैनन् आदेश र नियम
विमानस्थलभित्र कार्यरत सबै निकायका कर्मचारीलाई पोसाकको सुविधा दिइएको छ । यात्रु र कर्मचारी छुट्याउने उद्देश्यले अनिवार्य लगाउन दिएको ड्रेस र परिचयपत्र गलत काम गर्दा पहिचान हुने डरले थोरैले मात्रै लगाउँछन् । उड्डयन प्राधिकरणको अन्तर्राष्ट्रिय प्रचलनअनुसार दिएको ड्रेस र परिचयपत्र अनिवार्य लगाउनुपर्ने प्रावधान कडाइ गर्दा पहिले समय मागिन्छ, तोकिएको समयमा कडाइ गर्न खोज्दा आन्दोलन प्रयास हुन्छ ।
यात्रुको आवागमन चुस्त रेकर्ड राख्न अध्यागमनलाई कम्युटर सर्भर राख्न दिएको निर्देशन वर्षौं बित्दा पनि कार्यान्वयन भएको देखिँदैन । हँसिला र सहयोगी हुनुपर्ने अध्यागमन अधिकारी कठोर र असहयोगी देखिन्छन् । छिटो र सजिलो कामका लागि एकजनाको काम सकिएपछि मात्रै अर्को यात्रु जान पाउने व्यवस्था तेस्र्यार्एर आम्दानी गर्ने बाटो बनेको देखिन्छ । अध्ययनका सिलसिलामा अस्ट्रेलिया र कोरिया जाने नक्कली युवा दम्पतीहरू केही समययता मुख्य सिकार बनेका देखिन्छन् ।

केदार ओझा/काठमाडौं
कान्तिपुर

अरबमा नेपालि युबतीहरुको कन्त बिजोग

'यस दूतावासमा हाल उद्धारका लागि शरणमा रहेका नेपाली महिलाहरूको विवरण निम्नबमोजिम छ । यी सबै महिलाहरू उद्दारको पर्खाइमा रहेका छन् । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सामाजिक संघसंस्था तथा महिला अधिकार एवं हकहित संरक्षणसम्बन्धी संगठनहरूलाई यी महिलाहरूको शीघ्रातिशीघ्र उद्दारसम्बन्धी कार्यमा सहयोग जुटाइदिनुहुन यो दूतावास हार्दिक अपिल गर्दछ ।' यो अपिल हो, साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासको । खाडी मुलुकहरूमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाइएको भए पनि रयिाद नियोगले सधैँजसो एक दर्जनभन्दा बढी अलपत्र नेपाली महिला कामदारलाई आश्रय दिँदै आएको छ । कतारको दोहा र संयुक्त अरब इमिरेट्सको आबुधावीस्थित नेपाली नियोगको पनि हालत उही छ । लैंगिक समानता र अवसरको समान उपयोगको युगमा यसैको वकालत गर्नका लागि काठमाडौँ र नेपालका प्रमुख सहरमा चेलीबेटी र बालबच्चा उद्दारका नाममा दर्जनौँ संस्था खुलेका छन् । उनीहरू ठूलठूला रपिोर्ट लेखन र अनुसन्धानका काममा व्यस्त छन् । व्यस्त मात्रै होइन, अति व्यस्त छन् । तर, घरेलु कामदार बनेर यो खाडीमा आएर हुनु नहुनुको बिचल्ली बेहोररिहेका महिलालाई उद्धार गर्न र यो अति असुरक्षित रोजगारमा नपठाउने पहल गर्नका लागि भने ती संघसंस्थाहरू पूरै मौन छन् । "दूतावासले बिचल्ली परेका नेपाली चेलीबेटीलाई आश्रयसम्म दिएको हो तर घरफिर्ती टिकट वा अरू उपचार खर्चका लागि सहयोग जुटाउने अवस्थामा दूतावास छैन," रयिाद नियोगका प्रथम सचिव खड्ग दाहाल भन्छन्, "त्यसैले बाध्य भएर सहृदयी संघसंस्था र व्यक्तिहरूसँग खुला रूपमा सहयोगको अपिल गरएिको हो ।" दूतावासमा आउनेमध्ये अधिकांश अरबी मालिकको मानसिक र शारीरकि सास्ती बेहोर्न नसक्ने, यौन शोषणमा पर्ने र मानसिक असन्तुलन भएका समेत हुने गरेका छन् । केही त गर्भ बोकेर मालिकको घरबाट भागेकाहरू पनि छन् । हो, जहिल्यै लैंगिक संवेदनशीलताका मुद्दा र विषय मात्रै खोज्ने महिलावादी एनजीओ/आईएनजीओका लागि रयिाद दूतावास आफैँले गतिलो खुराक पनि दिइरहेको छ । ती युवतीहरूलाई 'खाडीमा ल्याउने एजेन्ट को हो, कुन बाटोबाट आएका हुन्, कहिले र कसरी आएका हुन्, कामबाट किन भागेका हुन्, कहिलेबाट अलपत्र बनेका हुन्' सहितका सबै कारण दूतावासको वेब-पेजमै राखिदिएको छ । अब एउटी डोल्मा शेर्पाका लागि मात्रै बहसपैरवी गरेर हुने अवस्था छैन । उनी मृत्युदण्डको सजायबाट मुक्त त भइन् तर उनीमाथिको आजीवन कारावास अथवा लामो कारावासको सजायबारेका आशंका अझै टुंगिएको छैन । डोल्मासँगै त्यही कुवेतको जेलमा रहेका ३० भन्दा बढी नेपाली घरेलु कामदार युवतीको दुर्दशाबारे काठमाडौँका महिलावादी संस्थाहरूले कहाँ, कहिले बोल्न भ्याएका छन् ? कुवेतमा एक दशकदेखि रेस्टुराँ व्यवसाय गर्दै आएका मित्र सिञ्जालीका अनुसार, थुनामा रहेका मध्ये केहीको अभियोग पूरा भएकाले घरफिर्ती टिकटको मात्रै प्रतीक्षामा रहने पनि छन् । केही कुमारी-आमा जेलमा छन् भने केही गर्भ बोकेरै जेल परेका छन् । यो भयावह अवस्थामा कसले, के बोलेको छ ? घरेलु कामदार बनेर आएकाहरू सबै नै भारत वा बंगलादेशको बाटो भएर आएका होइनन् । जस्तोः डिसेम्बर अन्तिम सातादेखि कतारको दोहा दूतावासमा आश्रति बनेकी हेटौँडाकी मञ्जु बानियाँ, २८, श्रम विभागको कल्याणकारी कोषलाई ससम्मान पाँच सय रुपियाँ बुझाएर काठमाडौँको बाटो हुँदै 'सर्भेन्ट'को भिसामा चार महिनाअघि दोहा आएकी हुन् । अब संगठनात्मक निकाय वा संस्थाबाहेक नोकर र घरेलु कामदारको भिसामा काठमाडौँको बाटोबाट खाडीमा आउन कसले काठमाडौँ विमानस्थलको ढोका खोलिदिएको हो ? यो प्रश्न कहीँकतै कसैले उठाउन चाहेका छन् ? त्यही दुर्दशामा ओमानको सललहमा रसुवाकी लुसाङ तामाङ घरेलु बन्दीझैँ सात वर्षदेखि अरबी मालिकको घरमा थुनामा छिन् भने लेबनानका जेलमा पाँच जना युवती कोही उद्धारक विधाताको पर्खाइमा छन् । घरेलु कामदार बनेर रोजगारमा साउदी अरेबिया पुगेकी रूपन्देहीकी लोकमाया दर्जीको आकस्मिक निधन भएको एक वर्ष भएको छ । तर, उनको शव अहिले पनि रयिाद अस्पतालमै थन्किएको छ । अब उनको घरपरविार कता होला ? उनको शव फिर्ता गर्नमा के कठिनाइ आएको हो ? रयिादस्थित नेपाली दूतावासले के गररिहेको छ भनेर सोधिदिने अधिकारकर्मी संस्थाहरू खोइ त ? घुर्कौली नेत्रगन्ज, सर्लाही घर भएकी मुनामाया दमिनी, २५, यतिखेर साउदी अरेबियाको जेद्दास्थित भारतीय काउन्सिलर कार्यालयमा शरणमा छिन् ।
अरबी मालिकको घरमा घरेलु कामदार रहेकी उनी मालिकको शारीरकि र मानसिक शोषण बेहोर्न नसकेर भाग्दै हिन्दी भाषा बोलेकै भरमा भारतीय काउन्सिलर कार्यालयमा पुगेकी हुन् । रयिाद दूतावासका प्रथम सचिव खड्ग दाहालका अनुसार काउन्सिल कार्यालयबाट फोन आएपछि रयिादबाट एक हजार किलोमिटरको दूरीमा रहेको जेद्दाबाट नेपाली दूतावाससम्म आउनका लागि काम लाग्ने गरी दमिनीको अस्थायी परचिय-पत्र बनाएर पठाइसकिएको छ । आफूलाई गाउँका राजेश भन्ने व्यक्तिले साउदी पठाएको र भारतको बाटो हुँदै यता आएको मात्र दमिनीले बताएकी छन् । उनको यो अवस्था र कन्तबिजोगबारे पनि बोलिदिने कोही छैन । घरेलु कामदार बनेर रोजगारमा आउन प्रतिबन्धित खाडीको कतारमा यही काममा १० महिनाअघि आएकी रूपन्देही, केरबानी-४ की रेनु दर्जी, ३४, आफ्नो काम र सेवासुविधा चित्तबुझ्दो नभएपछि घर फर्किन चाहन्छिन् । आफ्नो हराएको पासपोर्ट बनाउन हालै नेपाली दूतावास आएकी रेनु भारतको मुम्बई नाकाबाट उडेर कतार आएकी हुन् । "सुरुका तीन महिना भने मैले तलबै पाइनँ, अहिले अर्को मालिककहाँ काम थालेपछि भने एक महिनाको सात सय रियाल पाएँ," राजदूतसमक्ष आफ्नो समस्या सुनाइरहेकी रेनुले भनिन्, "मेरो अहिलेसम्म भिसा पनि छैन, परचिय-पत्र पनि छैन ।" नवलपरासीकै एजेन्ट मोहन चौधरीलाई १५ हजार रुपियाँ तिर्ने सर्तमा यता आएकी उनी अहिले खर्तियातस्थित मालिकको घरमा काम गर्छिन् । गाउँमा श्रीमान्, सासू-ससुरा, १० वषर्ीया छोरी र ९ तथा ५ वर्षका दुई छोरासहितको परिवार रहेको उनले बताइन् । "सबै दिदीबहिनी परदेश हिँडेकै छन् भनेर यता आएकी हुँ," उनले भनिन्, "अहिले भने घरमा एक्लो रहेको मालिकसँग म पनि एक्लै काममा खटिनुपर्छ, म घर र्फकन चाहन्छु ।" कतारअघि साउदी अरेबियाको जेद्दामा दुई वर्ष काम गरेर घर र्फकेकी रेनुलाई अहिले भने घरमा रहेका छोराछोरीले फोनमा 'घर फर्किहाल्नु' भनेका रहेछन् । "एकैचोटि पैसा देख्नु र बेलाबेला देख्नु फरक कुरा हो," उनले सुनाइन्, "एकैचोटि धेरै देख्न भनेर यता आएकी हुँ, समस्या बेहोररिहेकी छु ।" यति विवरण सुनाएर घर मालिकले पठाएको भारत केरलाका एक ड्राइभरका पछि लागेर रेनु पिकअप चढिन् । त्यसपछि न तिनको सम्पर्क भेटियो, न खोजखबर । हो, अब खाडीका कतार र कुवेत अथवा साउदी अरेबिया र ओमान मात्रै होइन, रोजगारमा प्रतिबन्धित द्वन्द्वग्रस्त मुलुक इराकमा पनि नेपाली युवतीहरू जान थालेको रपिोर्ट कान्तिपुरमा छापिएपछि केही महिलावादी संस्थाका हर्ताकर्ताहरू यस प्रतिनिधिको इमेल-सम्पर्कमा आएका थिए । "के गर्न सक्नुहुन्छ, यो डरलाग्दो अवस्था रोक्न ?" प्रश्न गर्नासाथ निकै अन्तर्राष्ट्रिय पहुँच भएको एक संस्थाकी एक उच्च अधिकारीले भनिन्, "हेर्नुस्, हामीलाई यहीँका २०/२५ जिल्लाका चेलीबेटी बेचबिखन कार्यक्षेत्रमै काम गर्न भ्याइ-नभ्याई छ । अब इराकको कुरा के गर्ने ?" त्यसैको भोलिपल्ट अर्को गतिलो महिलावादी एनजीओकी अपरििचत अधिकारी चिनजानमा जीमेल-वार्तामा आइन् । भर्खरै रयिाद दूतावासका एक अधिकारीले दिएको जानकारी ती एनजीओकर्मीलाई यस प्रतिनिधिले दियो, जो सपना र रुनिया नामका दुई युवतीका बारेमा थियो । र, युवती त्यही दिन गल्फ एयरको विमानबाट बेलुकी ५ बजे काठमाडौँ उत्रँदै थिए, उनीहरू रियाद नियोगको आश्रयस्थलमा एक महिना बसेर घर फिर्न लाग्दै थिए । दुईमध्ये एकको गर्भमा चार महिनाको बच्चा छ भने अर्की मानसिक विचलनको अवस्थामा थिइन् । "के तपाइं एयरपोर्ट गएर ती युवतीहरूलाई साथ लिएर उद्दार, परामर्श र सुरक्षामा केही गरििदन सक्नुहुन्छ ?" उनलाई सोधियो । तर, उनले जवाफ दिइन्, "ओहो, यो त हाम्रो कार्यक्षेत्रमै पर्दैन । बरु म हाम्रो महिला हकहितको सञ्जाललाई रपिmर गरििदन सक्छु । दुई-चार दिनमा कुनै सकारात्मक जवाफ आउला नि !" यसो भन्दैमा खाडी महिलाका लागि सम्पूर्ण असुरक्षित पनि होइन । कतार विश्वविद्यालयमा क्लिनिङ् सुपरभाइजर काम गर्ने पुनम सुब्बा र प्रतिमा तामाङ, ग्रुप-फोर सुरक्षा समूहमा आएकी धरानकी महिमा श्रेष्ठसहितका ३० युवती, कतार पेट्रोलियमको सरकारी जागिरमा रहेकी जनकपुरकी सचिता ढकाल यस्ता केही सुरक्षित र गर्व गर्न मिल्ने नामहरू हुन् ।
तर, यो संख्या धेरै पातलो छ । "कर्पोरेट, कम्पनी र संगठनात्मक निकायमा खाडीको रोजगार एकदमै सुरक्षित छ," पुनमले भनिन्, "तर, घरेलु कामदार बनेर भने कोही पनि नेपाली दिदीबहिनी नआइदिए हुन्थ्यो भन्ने लाग्छ ।" दोहा दूतावासको परसिरमा केही महिनाको अन्तरमा धरानकी रेशमा राई भेटिइन् । उद्धार खोज्दै धनकुटाकी नदिम लिम्बू आइन् । हेटौँडाकी मञ्जु बानियाँ अहिले पनि दूतावासमै शरणार्थी छिन् । यस्ता नाम एक होइन, अनन्त छन् । महिला र बालबच्चाको 'ट्याग' राखेर राष्ट्रिय-अन्तर्राष्ट्रिय मञ्चमा राम्रै नाम बनाउन सफल हुनेहरूको चर्चालाई थाती राखेर सरकारकै कुरा गर्ने हो भने पनि स्थिति लाजमर्दो छ । "न बिचल्लीमा परेका चेलीबेटीलाई सहजै उद्धार गर्न सकिन्छ, न हामीसँग आर्थिक सामथ्र्य नै छ," रयिाद नियोगका प्रथम सचिव दाहाल भन्छन् । यता कतारको दोहास्थित नियोगका अनुसार सरकारले सामाजिक कार्य र लोककल्याणका लागि भनेर वर्षमा जम्मा दुई लाख रुपियाँ दिने गरेको छ । त्यो पैसाले दूतावास आएका अतिथिलाई चियापान गराउन मात्रै पनि पुग्दैन । "हामी पनि हारगुहारमै चलेका छौँ, पीडितलाई उद्धार गर्नमा कि त स्थानीय सामाजिक संस्था कि त सहृदयी व्यक्तिहरू आउने गर्नुभएको छ," राजदूत डा. सूर्यनाथ मिश्र भन्छन् । अब यो हविगत, दुर्गति र कन्तबिजोगमा महिलावादी राष्ट्रिय-अन्तर्राष्ट्रिय संघसंस्थाहरूले के जवाफ देलान्, त्यो हेर्न बाँकी छ ।
दुई महिनादेखि शरणागत घरेलु कामदार बनेर खाडी मुलुक आएका मध्ये साउदी अरेबियाको रयिाद दूतावासमा शरणागतमध्ये मोरङ, मधुमल्लाकी रामकुमारी दर्जी र नारायणघाटकी सुकमाया लामा पनि घरफिर्तीका सबै प्रक्रिया पूरा गरेर पनि फिर्ती टिकटको अभावमा दुई महिनादेखि बिचल्लीमा छन् । उनीहरूलाई घर र्फकन जनही दुई हजार साउदी रयिालसम्मको रकम जरुरी छ । "हामीसँग कल्याणकारी कोष नभएकाले विशेषतः महिला हकहितमा खुलेका संस्थासँग यसरी हारगुहार गर्नुपरेको हो," प्रथम सचिव खड्ग दाहाल भन्छन् । दाहालका अनुसार, रयिादस्थित दूतावासको आश्रयस्थल र आसपासका सरकारी सुरक्षागृहहरूमा अहिले पनि ५० भन्दा बढी नेपाली युवती बिचल्ली अवस्थामा बसिरहेका छन् । नेपाल सरकार स्वयंले आफ्नो श्रम नियममा सेवा र सुरक्षाको प्रत्याभूति नरहेकाले संगठनात्मक निकायबाहेक खाडी मुलुकहरूमा महिलालाई रोजगारमा नपठाउने नियम तोकेको छ । दूतावासमा अलपत्र परेर आएकालाई दैनिक १० रयिाल सहयोग प्रदान गरनिे भए पनि त्यो दुई छाक खानामा समेत कमी रहेको अवस्था छ । घरेलु महिला कामदारका लागि रोजगारमा जान प्रतिबन्धित रहेको भनिएको खाडीको साउदी अरेबियालगायतका मुलुकमा चेलीबेटी बिचल्ली बन्ने क्रम उस्तै छ । रयिादस्थित नेपाली दूतावासको आश्रयस्थलमा अहिले पनि एक दर्जन युवतीहरू उद्धारको पर्खाइमा छन् । नियोगका प्रथम सचिव खड्ग दाहालका अनुसार, यीमध्ये केही त साउदी सरकारको घरेलु कामदार विभागले प्रवेशाज्ञा भिसा हानिसकेका युवती पनि छन्, जो फिर्ती टिकटको अभावमा थन्किएर बसेका छन् । दूतावासका अनुसार, अहिले शरणमा काठमाडौँ, टोखाकी कल्पना कर्माचार्य, झापा, सतासीधामकी दीपकला राई, दाङ, शान्तिनगरकी बाटुली विक, सुर्खेत, उत्तरगंगाकी बाटुली सुनार, मोरङ, मधुमल्लाकी रामकुमारी दर्जी, झापा, चारपानेकी सुशीला बर्देवा, धादिङ, जीवनपुरकी शीला राई, वीरगन्ज, माईथानकी कुल्सुम खातुन र बर्दिया, बेलुवाकी कमला वली बढीमा दुई महिनादेखि रियाद दूतावासमा शरण लिएर बसेका छन् । उनीहरूले आफू शारीरकि, आर्थिक र मानसिक शोषणमा परेर जीवनरक्षाका लागि भागेर दूतावास आएको बताएका छन् । कतारको दोहा दूतावासमा पनि झन्डै दुई दर्जन युवकहरू बिचल्लीमा परेर बढीमा चार महिनादेखि शरणागत छन् ।
(यो लेख देबेन्द्र भट्टराई ले कतार बाट कान्तीपुर नेपाल को लागि लेख्नु भएको हो )