जिल्लाका सयौं दुक्ख
यात्राका क्रममा लार्के भञ्ज्याङमा मृत्युलाई सारै नजिकबाट देखेका छन् पत्रकार मोहन
मैनालीले । मोहन मैनाली अहिले पनि सम्झिन्छन्, चौध वर्षअघिको एउटा हिमाली यात्रा ।
यात्रा पत्रकार मोहनलाई हिमाल-कन्दराको दुर्गम यात्रा गर्न चौपट्टै मन पर्छ ।
त्यतिवेला मोहन र उनका मित्र ध्रुव बस्नेत गोरखा जिल्लाको उत्तरी सीमाको अन्तिम गाउँ
साम्दोबाट पाँच हजार सय मिटर अग्लो लार्के भञ्ज्याङ काट्दै थिए । उनीहरूको लक्ष्य
मनास्लुभन्दा तीन हजार मिटर होचो लार्के भञ्ज्याङ पार गर्नु थियो । 'हामी पुगेको ठाउँ
साँच्चै अनौठो थियो । हाम्रा दुवैपट्टि हिउँ जमेका टाकुरा थिए । पछाडि फर्केर हेर्दा हामी
हिमालभन्दा माथि, बादलभन्दा माथि छौँ भन्ने भान पथ्र्यो,' मोहन रोमाञ्चित हुँदै भन्छन् ।
वातावरण पत्रकार समूह आँखीझ्याल युनिटमा उनीसँगै गएका पत्रकार धु्रव बस्नेत लार्के भञ्ज्याङ
पुग्दा निकै बिरामी भइसकेका थिए । उनी एक पाइला पनि हिँड्न नसक्ने भएका थिए । मोहन
मैनाली धु्रवलाई लार्के भञ्ज्याङमै कुर्न बसे । र, सँगै गएका पत्रकार भैरव रिसाल उनीहरूको
उद्धारका लागि मान्छे खोज्न तलतिर लागे । 'रात पर्दै थियो र हिमाली चिसो पनि बढ्दै
थियो,' मोहनले अतीत उधिने, 'बास्तवमा हामीलाई उद्धार गर्न चाहेर पनि कोही मान्छे
रातिको ११ बजेभन्दा पहिला आइपुग्ने सम्भावना थिएन । ज्वरोले लखतरान भएका धु्रव र तीन
साताको हिँडाइले गलेको म जीवित रहन सक्ने
कुरै थिएन ।'
'प्रत्येक ठाउँमा दुःख सुनाउने मान्छे हामीलाई पर्खेर बसेजस्ता लाग्छन् । उनका दुःखका केही
अंश सुन्दा हामी पनि दुःखी हुँदारहेछौं।'
लार्के भञ्ज्याङमा काल कुरिरहेका मोहनले अब मरिने नै भइयो भन्ने भएपछि धु्रवको मृत्युलाई
सहज बनाउन एकचक्की 'एभोमिन' खुवाइदिए । 'धु्रव एभोमिनको प्रभावमा एउटा ठूलो
ढुंगोलाई सिरानी लगाएर सुतिरहेका थिए । म पनि अरू केहीछिनमै एभोमिन खानेवाला थिएँ,'
मोहन सम्झिन्छन्, 'त्यत्तिकैमा तलबाट एकजना मान्छे नागबेली बाटो हिँड्दै माथि आएजस्तो
लाग्यो । मलाई सपना देखेजस्तो लाग्यो र आफूलाई धेरैपटक चिमोटेँ । उसले हामीनेर आएर
बोलायो र बल्ल बाँचिने भइयो भन्ने भयो । ती देउतै भएर आएका मान्छे भैरव दाइले उद्धार
गर्न पठाएका ग्याल्जन रहेछन् ।'
**
अनेक खोंच, गोरेटा र ढुंग्यान पहिरोका तीरैतीर धेरै हिँडेका छन् मैनाली । कति जिल्ला घुमे
होलान् त यी यात्रा पत्रकारले ? 'मैले नेपालका लगभग ७० जिल्ला घुमेको छु ।' लगभग पूरै
नेपाल घुमेका मैनाली भन्छन्, 'यो नेपालमा जता पुगे पनि मान्छेका दुःखका कथा एउटै भेट्टाएँ ।'
०२१ सालमा जन्मेका हुन्, मोहन । पढ्न भनेर काठमाडौँ आए । अनेक हन्डर र दुःख भोगेर
पत्रकार भए । ०४६ देखि उनी पत्रकारितालाई गरिखाने बाटो बनाइरहेका छन् । यात्रा
पत्रकारितामा उनले राम्रो योगदान पुर्याएका छन् ।
उनका मनमा यात्राका अनेक ठेली सुरक्षित छन् । यिनले सबैभन्दा लामो यात्रा २२ दिनसम्म
गरेका रहेछन् । 'बूढीगण्डकीको तीरैतीर गरेको यात्रा सबैभन्दा लामो हो,' मोहनले सुनाए,
'त्यसवेला सरकारी सुविधाको दुरुपयोग पनि देखियो, जनताका दुःखका अग्ला पहाड पनि देखियो ।'
**
गोरखाको साह्रै दुर्गम चुनचेत गाउँको यात्रा सम्झिन्छन्, उनी । त्यो अँध्यारोमा बाँचेको
एउटा गाउँले पहिलोपटक जेनेरेटर र बिजुलीबत्तीको उज्यालो देखेको थियो । यो ०५०
सालतिरको कुरा हो । 'सुरुमा खासै सहयोग गर्लान्जस्ता नदेखिएका गाउँलेले जिन्दगीमा
पहिलोपटक राति बिजुलीको उज्यालो देख्न पाएपछि हामीलाई बस्न गलैंचा दिए । खान मकै
दिए । कति मायालु गाउँले !' मोहन उनीहरूको त्यो हार्दिकता कहिल्यै बिर्सन सक्दिनँ भन्छन् ।
यात्रामा के देखियो ? 'मान्छेका फरक-फरक बाँच्ने शैली र बोल्ने शैली प्रस्टै देखियो ।'
उनी गुफा-पोखरीको यौटा घटना सम्झिन्छन् । मोहनहरूको टोलीलाई एउटी होटल साहुनीले
'कहाँ बस्ने' भनी सोधिछन् । मोहनका साथीहरूले 'यहीँ पिँढीमा बस्ने' भनेछन् । साहुनीले
पटक-पटक त्यही प्रश्न दोहोर्याइछन् । र, उनीहरूले पनि त्यही उत्तर पटक-पटक
दोहोर्याएछन् । पछि त साहुनी असाध्यै रिसाइछन् । रिसाउनुको कारण के रहेछ भने उनले
'कहाँ बस्ने' भनी सोधेको अर्थ त 'घर कहाँ हो' पो रहेछ । मोहन भन्छन्, 'यस्तो प्राविधिक
अप्ठ्यारो भाषाको कारण परेको हो । यस्ता कुरा यात्रामा पटक-पटक दोहोरिन्छन् ।'
**
यात्रामा नयाँ ठाउँमा पुग्दा उनलाई कस्तो लाग्दोरहेछ त ? 'नयाँ ठाउँमा पुग्दा जिन्दगी नै
त्यसैका लागि बनेको हो जस्तो लाग्नेरहेछ । इतिहासका पुराना पाना हामीसँगै समाहित हुन
आएजस्तो पनि लाग्थ्यो,' मोहनले सुनाए, 'त्यो मिठास फेरि अनुभव गर्न कहाँ सकिन्छ र ?
स्मृतिमा हराउन निकै रमाइलो हुन्छ । तर, सबै स्मृति रमाइला हुन्छन् भन्ने होइन । उनी
पुगेका हरेक ठाउँमा बग्रेल्ती थिए, दुःखका कथा । 'प्रत्येक ठाउँमा दुःख सुनाउने मान्छे
हामीलाई पर्खेर बसेजस्ता लाग्छन् । दुःख पाएका मान्छेले आफ्ना दुःखका केही अंश हामीलाई
पनि सुनाउँदा हामी पनि दुःखी हुँदारहेछौँ,' मोहन भन्छन्, 'आफ्ना दुःख र सुख बाँड्ने ती
गाउँलेलाई अहिले पनि सम्झिरहन्छु ।'
यात्राका के कुराले बढी पछ्याउँछन् होला मोहनलाई ? 'विषयको गाम्भीर्यले,' मोहनले झट्ट
एउटा घटना सम्झिहाले, 'बिराटनगरमा निकै लामो समयपछि पानी पर्यो । होटलमा बसेका
हामीलाई खुब सताएको थियो गर्मीले । त्यो लामो समयपछिको पानीले मान्छेसँगै भ्यागुता पनि
खुसी भएछन् र खेतै हरियै हुनेगरी भ्यागुताहरू आए ।
त्यो दृश्य खिच्नु थियो, तर सारा पूर्वाञ्चलका घर-घरबाट आएको दिसा-पिसाब बगाएर त्यहीँ
थुप्रिएको थियो । त्यो दृश्य फेरि कहिल्यै खिच्न सकिने पनि थिएन । त्यसैले त्यो
दिसा-पिसाबको मतलब नगरी हामी भ्यागुता खिच्न तल ओर्लियौँ । भ्यागुताहरू खिचिसकेपछि
फोहोरका कारण हाम्रा गोडाभरि ठुल्ठूला फोका निस्किए । र, पछि मात्र निको भयो,'
विषयको गम्भीरता यसरी प्रस्ट पारे मोहनले ।
यात्रामा भेटिएका ढिस्का, जंगल र नीलो आकाशले मोहनलाई के शिक्षा दिए होलान् ? 'एउटा
चेतना सिकायो, आफ्नो देशको सौन्दर्य आफ्नै आँखाले पटक-पटक देखायो र आफ्नै देशप्रति गौरव
गर्न सिकायो,' मोहनले सुनाए, 'कामकै वेला बडो चरम आनन्द दिए यात्रामा भेटिएका
सौन्दर्यहरूले ।'
यात्रामा उनले अनेक दुःख भोगेका छन् । पहाडी धुले बाटामा निकै धुस्रे-फुस्रे भएर दौडेका छन्,
उनी । 'जोगिमारामा दिनभरि धुलोबाटोमा हिँडेको सम्झन्छु, त्यो धुलो जिउभरि टाँसिएर,
बेलुका पानी पर्दा, बेस्सरी जिउ नै गन्हाएको पनि सम्झना छ,' मोहनले सुनाए ।
**
कर्णालीतिरको यात्रामा जाँदा त्यहाँका 'मान्ठा(मान्छे)' ले गरेका केही विकासदेखि
प्रभावित भएका रहेछन्, उनी । गरे त विकास चाँडै हुनेरहेछ । केही वर्षअघि पुग्दा बाजुराको
पाण्डुसेनमा विकास केही पनि थिएन । तर, त्यहाँ २/३ वर्षमै मोटरबाटो पुगेछ । हेल्थपोस्ट
बनेछ । ती विकासका खुडि्कला हुन् । मोहनले सुनाए-'विकास विस्तारै हुँदै जाने कुरा हो ।
तर, विकासको बाधक मान्छे नै हो । लोकल एलिट (स्थानीय ठूलाठालू) वर्गले समाजमा विकास
देख्न चाहँदारहेनछन् ।
मोहनसँग युद्धका घाउ पनि छन् । बाजुराको पाण्डुसेनमा युद्धका वेला एउटै गाउँका आठजना
मान्छे मरेका थिए । मोहनहरूको समूह पुगेको थियो गाउँमा । त्यो शोकको घडीमा अरू
रोइरहँदा एउटी आमैले भनिन् रे !, 'ए नरोऊ, पत्रकार आइपुगेका छन् । अब हाम्रा कुरा
हाम्रा मात्र रहेनन्, पत्रिकामा उहाँहरूले लेखेपछि सबैले थाहा पाउँछन् ।' एउटी बूढीआमैले
आफूहरूप्रति गरेको विश्वासले मोहन खुबै भावुक बनेछन् ।
दीपक सापकोटा / नयाँपत्रिका
काठमाडौं जुन, १४
आनन्दमयी यौन जीवनकालागि केहि सुत्रहरु
अन्धकारमा भन्दा मधुरो प्रकशमा यौन सम्बन्ध राख्दा आनन्दमयी हुन्छ।
हामिले हरेक दिन केहि समय लामो साँसलिने गरेमा जीवन स्वस्थ रहन्छ। यसले हाम्रो यौन क्षमतामा सुधार ल्याउछ।
अन्धकारमा भन्दा मधुरो प्रकशमा यौन सम्बन्ध राख्दा आनन्दमयी हुन्छ। अझ कहिलेकाहि रगिंन बत्तिमा अझ बढि आनन्द आउनुका साथ फरक अनुभुति हुन्छ।
राती सुत्ने बेलामा लाउने पोशाकले पनि यौन जीवनमा निक्कै फरक ल्याउछ। साधारण कपडामा भन्दा पारदर्शि नाइटी लगाउदा यौन इच्छा बढ्ने तथा आनन्दमयी हुन्छ।
शान्त वातावरण भन्दा मधुर संगितमा यौन सम्बन्ध राख्द बढि आनन्द आउछ।
राती सुत्नु अगाडि कोठामा अत्तर छर्ने गरेमा त्यस्को सुगन्धले हाम्रो शरिरलाई बढि स्फुर्ति दिन्छ।
दिनमा केहि समय ब्यायाम गर्ने गरेमा शरिरमा लचिलोपनाआइ यौन सम्बन्ध राख्न शरिरमा स्फुर्ति आउछ।
स्वस्थ यौन जिवनका लागी आवश्यक खाना तथा तिनका कामहरु:
साग सब्जी: यसमा रहेको प्रोटिन तथा भिटामिन्सले शरिरलाई पर्याप्त न्युट्रिएण्टस दिन्छ जसले गर्दा हामि शाररिक तथा भावनत्मक रुपमा चुस्त रहन्छौ।
खोर्सानि तथा लसुन: पौरणिककालमा यौन जनेन्द्रियमा रक्तसन्चार तेज गरी उत्तेजना बढाउन मानिसहरु खोर्सानि तथा लसुनको सेवन गर्ने गर्थे ।
मह: यो स्वस्थ यौन जिवनको एउटा प्रमुख तत्व हो। यसलाई राती सुत्नु अगाडी दुधसंग सेवन गरेमा यौन इच्छा बढाउछ। महको अंग्रेजी शब्द हनी बाट नै सुहागरात अर्थात हनीमुनको प्रचलन आएको थियो।
मधिसे बदाम तथा ओखर: मधिसे बदाम तथा ओखरमा जिन्कको मात्रा बढि हुन्छ जसले गर्दा मानिसको यौन इच्छा जगाउछ।
निरस यौन जिवनका केहि कारणहरु:
महिलाहरुमा मेनोपोज तथा पुरुषहरुमा एन्ड्रोपोज भएमा
डिप्रेशन भएमा
न्युट्रेशन तथा भिटामिनको कमी भएमा
मादक पदार्थको बढि सेवन गर्ने गरेमा
थाइराइडको समश्या भएमा
हार्मोन्स सन्तुलित नभएमा
सदाबहार सौदर्य रहने उपायहरु
हरेक बिहान वा बेलुकी नुहाए पछि शरिरमा क्रिम वा तेल लगाएर आफ्नो छालाको नरमपना कायम राख्नुहोस।
एउटा पाकेको केरालाई म्यास गरेर अनुहारमा दश मिनेटकोलाई राख्नुहोस, अनि चिसो पानीले धुनुहोस। केरामा रहेका अमिनो एसिड, विटामिन, आयरन र मैग्नीशियम तत्व हुन्छ जस्ले अनुहारलाई पोषण दिन्छ।
१ टि स्पून दही, १/४ सुन्तलाको जूसलाई मिलाएर अनुहरमा लगाउनुहोस्, अनि ५ मिनेट पछि मन तातो पानीले धुनुहोस्। यसमा दहीले हाम्रो अनुहार सफा गर्छ भने सुन्तलाले विटामिन दिन्छ।
अनुहारलाई नरम बनाउन हप्ताको २-३ चोटि एक्स्फोलिएट गर्नुपर्छ।
क्रिम वा सन स्क्रीन लोशनको दैनिक रुपमा प्रयोग गर्नुपर्छ।
महिनाको १-२ चोटि फेसिएल गराए, अनुहारको रक्तसन्चार ठिक हुन्छ र अनुहारको छाला पनि कसिन्छ।
सुत्नुअघि अनुहारको मेक अप हटाएर मात्र सुत्नुपर्छ नत्र चाडैँ चाउरी पर्ने सम्भावना हुन्छ।
कपालमा हरेक हप्ता अलिव आँयलले मसाज गर्नुपर्छ यसले राम्रोसित रक्तसन्चार हुन्छ , जसले हाम्रो कपाललाई बाक्लो तथा मुलाएम बनाउन्छ।
ओठको रक्तसन्चार बढाउन नरम ब्रसले केहि समय रगड्नुस ।
कुहिनामा रहेको कालो दाग हटाउन कागतीले दलेर केहि समय पछि पानीले धुनुपर्छ। सफा कपडाले पुछेर त्यसमा क्रिम लगाउनुहोस।
प्राकृतिक नरमपना बनाइराख्न पानी धेरै पिउनुपर्छ।
अष्ट्रेलियन धनी मानिसमा नेपाली पनि
उनलाई अमेरिका यूके भन्दा पनि अष्ट्रेलियाको पोष्टरले मेलवर्न आउन उक्साएको थियो । मेलवर्न यात्राका क्रममा उनले निकैं समस्या झेल्नुपरता पनि साहसी घलेले आप्नो उद्धेश्यका लागि निरन्तर परिश्रम गरिरहे । फलस्वरुप उनले सन् १९९६ मा मेलवर्न इन्स्टीच्यूट अफ टेक्नोलोजी एमआइटी स्थापना गरेका थिए । आज उनको यो उद्योग मेलवर्न हुदै सिड्नी सम्म आइपुगेको छ । उनको लगानी यस बाहेक शेयर बजारमा पनि रहेको बताइन्छ ।
अब उनको योजना अर्को वर्ष बि्रसवेन र पर्थमा पनि कजेज संचालन गर्ने रहेको छ । उनले खोलेको एमआइटीमा अहिले मेलवर्नमा २००० जना र सिड्नीमा १००० गरी ३००० जना विदेशी विद्यार्थी अध्ययनरत छन् । उनले इन्स्टीच्यूट संचालनका लागि आप्नैं भवन पनि खरिद गरिसकेका छन् । उनले आप्नो गाउँमा अस्पताल विद्यालय लगायत अन्य सामाजिक विकासका लागि लाखौं चन्दा दिए पनि मिडियामा आउन नचाहेकाले कुनै पनि सहयोगमा उनको नाम आउने गरेको थिएन । परिश्रमी घलेले एउटा सानो देश नेपाल त्यसमा पनि दुर्गम गाउ लमजुङ्गबाट विदेशमा आइ गरेको प्रगतिको खुसी देश भित्र र वाहिर रहेका सबै नेपालीहरु बीच छाएको छ ।
शोक पुस्तिकामा, शैलजा
रमेश न्यौपाने/काठमाडौ
'क्रुर र अपराधी शैलीको राजनीतिले बिर्सिएकी एक महान् नेपाली महिला योद्धा, जसको इतिहास र योगदानबाट आजकाले केही पाठ नसिकेपनि भविष्यले उच्च सम्मान गर्नेछ'– शुक्रबार बिहान धर्तिबाट बिदा भएकी कांग्रेस नेतृ शैलजा आचार्यलाई झापाका कुमार रेग्मीले श्रद्धान्जली सभामा राखिएको शोक पुस्तिकामा यसरी सम्झिकएका छन्।
जब यी नेतृ दुनियाबाट बिदा भइन्–नेता, कार्यकर्ता र उनका सर्मथकहरुको ठूलो पङ्ति अन्तिम श्रद्धान्जली दिन कांग्रेस कार्यालय मुख्यालयमा एकत्रित भएका थिए र भावविह्वल भएर श्रद्धान्जली दिएका थिए।
काग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईदेखि एमाले, माओवादीका नेताहरुले समेत नेतृ आचार्यलाई श्रद्धाञ्जलिका शब्दहरु व्यक्त गरे।
अर्का शुभेच्छुक कैलालीका विमलप्रसाद जोशीले उनलाई जीवित छँदा कसैले पनि सम्मान व्यक्त नगरेको जनाउँदै भावविह्ल भएर लेखेका छन्– 'जीवित छँदा कसैले सम्मान गर्न र संझन उपयुक्त नठाने पनि तिमी सधै अमर रहनेछ्यौ। पार्टीमा सुकिला लुगा लगाउने र चिल्ला गाडी चढ्ने अवसरवादी, कुटिल, लोभिपापी नेतृत्वको बोलवाला भएकोमा तिम्रो कदर नहुनु स्वभाविक नै हो। इतिहास र नेपाली जनताले तिम्रो उच्च मूल्याकन गर्नेछन्। दिदीको निष्ठा र सत्यवादिता अनन्त अटल रहोस्।'
शैलजा आचार्यलाई धेरैले निष्ठा र सिद्धान्तको राजनीति गर्ने साहसिक महिला नेतृका रुपमा चिन्ने गरेका छन्। पछिल्ला दिनहरुमा उनको राजनीतिक सक्रियता शून्य थियो, यद्यपि उनको लोकप्रियतामा कमी थिएन्। उनको जीवन जति राजनीतिक उतारचढावमा बित्यो, अन्तिम क्षण त्यत्तिकै संर्घषमय बन्यो। जीवनभरि लोकतन्त्रका लागि संर्घष गरेकी आचार्यले आफ्नो जीवनको उत्तरार्धतिर चाँहि मृत्युसँग ठूलै संर्घष गर्न पर्यो। सधै विचार र आस्थामा अडिग आचार्यलाई श्रद्धान्जली दिन पुगेका कार्यकर्ता र शुभेच्छुकहरुले पनि आचार्यलाई यसैगरी सम्झिए।
शोक पुस्तिकामा हस्ताक्षर गर्दै उनीप्रति श्रद्धान्जली दिने सयौं कार्यकर्ता र शुभेच्छुकले उनको अनवरत लोकतन्त्रप्रतिको आस्था र उनको निष्ठाको राजनीतिक कारण सम्झिए।
उनको अवसानस“गै नेपाली राजनीतिको निष्ठा र नैतिकताको एउटा पाटोको अनि अवसान भएको भन्दै शोक पुस्तिकामा हुम्लाका दीपक भण्डारीले लेखेका छन्–शैलजा दिदीसँगै निष्ठा, नैतिकता, मूल्य र मान्यताको राजनीतिको पनि अवसान भएको छ।'
अर्का शुभेच्छुकले आचार्यलाई सम्झदै शोक पुस्तिकामा लेखेका छन्–जबसम्म राजनीतिमा निष्ठा र नैतिकता सिद्धिदैन, तबसम्म उनी जीवित रहनेछिन्।'
आचार्यलाई अन्तिम श्रद्धान्जली दिन पुगेका सैयौले शोक पुस्तिकामा श्रद्धान्जली व्यक्त गरेका छन् र उनको योगदानलाई अविस्मरणीय भनेर लेखेका छन्।
उनीप्रति श्रद्धान्जली व्यक्त गर्न शुभेच्छुकदेखि फरक पार्टीका विभिन्न नेतासम्म सानेपा पुगेका थिए। कांग्रेसका सन्त नेता कृण्णप्रसाद भट्टराईले पनि शोक पुस्तिकामा हस्ताक्षर गर्दै लेखेका छन्–मैले उहाँको निधनलाई अपूरणीय क्षतिको संज्ञा दिएको छु।'
शोक पुस्तिकामा एमाले नेता भरतमोहन अधिकारीले उनीप्रति श्रद्धान्जली व्यक्त गर्दै लेखेका छन्– शैलजा आचार्यलाई साहसिक महिला नेतृत्वको रुपमा इतिहासले सधै सम्झिकइरहने छ। उनले सधैं प्रजातन्त्रप्रति आस्था राख्नेका लागि प्रेरणा दिइरहने छिन्।'
एमालेकै नेता शकंर पोखरेलले पनि उनलाई क्रान्तिकारी योद्धा भएको शोक पुस्तिकामा उल्लेख गरेका छन्। त्यस्तै, अष्टलक्ष्मी शाक्यले उनको मृत्युबाट इमान्दार र साहसी महिलाको अभाव भएको लेखेकी छिन्। एमालेकै नेता केशव बडालले शोक पुस्तिकामा लेखेका छन्–नेपालको लोकतान्त्रिक आन्दोलनको अनन्त यात्री।'
शोक पुस्तिकामा उपस्थित विभिन्न दलका शीर्ष नेतादेखि शुभेच्छुक सम्मले शोक व्यक्त गर्दै हस्ताक्षर गरेका छन्। शुभेच्छुकहरुले भने उनको योगदानलाई पार्टी र देशले चिन्न नसकेकोमा शोक पुस्तिकामा गुनासो गरेका छन्। सञ्चारकर्मी प्रकाशचन्द्र दाहालले लेखेका छन्–नेपाली कांग्रेसले उहा“को राजनीतिक योगदानको सम्मान गरोस्।'
शोक पुस्तिकामा नेमकिपाका नेता प्रेम सुवालले पनि उनीप्रति संम्झदै लेखेका छन्–देश र जनताको सेवामा नेतृको योगदान सदा स्मरणीय रहनेछ।'
कतिपय शुभेच्छुकले उनको अवसानले प्रजातान्त्रिक समाजवाद र राष्ट्रियताको चुरो कमजोर भएको उल्लेख गरेका छन्। महान् नेता बीपी पथकी अविचलित यात्री'–धनुषाका शिवकुमार यादवले लेखेका छन्– उनको सर्मपण सदा स्मरणीय छ।'
आचार्यको अनवरत संघर्ष, राजनीतिक तपस्या, निष्ठा र इमान्दारितालाई धेरैले शोक पुस्तिकामा संझेका छन्। तर, पार्टी र देशप्रति उनको योगदानको उचित कदर नभएकोमा भने धेरै शुभेच्छुकले शोक पुस्तिकामा असन्तुष्टि व्यक्त गरेका छन्। शोक सभामा उपस्थित राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले पनि भने–उहाँको योगदानको उचित कदर भएको छैन्
सफल बिवाहित जीवनका लागि केहि सुत्रहरु:
यौन सम्बन्धलाई सुमधुर बनाउनुहोस,
एक अर्काको इच्छा खुलेर भन्नुहोस ।
एक अर्का संग खुलेर कुरा गर्नुहोस, कुरा लुकाउने बानिले एक अर्कामा अविश्वास पैदा गर्छ।
सानो सानो खुशिको अवसरलाई एक अर्का संग बाड्नुस ।
आफ्नो गल्ति स्विकार गर्न कहिले पनि पछाडि नहत्नुस ।
कुनै पनि कुरा बोल्नु अगाडि सोचेर मात्र बोल्नुहोस, बोलिसके पछि पछुताउनु नपरोस ।
कहिले काहि एक् अर्कालाई सानोतिनो उपहार दिने गर्नुहोस ।
एक अर्कालाई साथी सम्झनुहोस, यस बाट एक अर्काको दु:ख सु:ख सजिलै संग बुझ्न सकिन्छ।
आफ्नो झगडा आफैले मिलाउनुहोस, अरुलाई यसमा नपार्नुस ।
यौन सम्बन्धलाई सुमधुर बनाउनुहोस, एक अर्काको इच्छा खुलेर भन्नुहोस ।
कुनैपनि ठुलो निर्णय गर्दा एक अर्काको सल्लाह लिने गर्नुहोस ।
एक अर्काको अन्य मानिसहरु संग तुलना नगर्नुहोस ।
एक अर्काको रुचिलाई समर्थन गर्नुहोस, सहयोग गर्नुहोस ।
समय समयमा घुम्ने गर्नुहोस ।
एक अर्काको साथिहरुलाई राम्रो व्यवहार गर्नुहोस ।
एक अर्काको आलोचना गर्नुपरे एकान्तमा बसेर गर्नुहोस ।
यसरी फेला पर्यो प्रचण्डको जङ्गी टेप

राजनीतिक र फौजी योजनासहित जनसेनाको तेस्रो डिभिजनमा उत्साहित हुँदै गरेको भाषणको गोप्य भिडियो टेप सार्वजानिक भएपछि व्यक्तिगत रुपमा समेत माआवादी अध्यक्ष प्रचण्डलाई परेको अप्ठ्यारोको अनेक जवाफ दिने कोसिस भइरहेको छ।
तर, यसमा बोल्नुपर्ने केही पक्षहरू भने चुपचाप देखिएका छन्। प्रचण्डको टेप कसले र कहिले फेला पार्योक? यस बारे एउटा रोचक विवरण फेला परेको छ।
डेढ वर्षअघिको भाषण समेटिएको यो टेप अहिले चर्चामा आएजस्तो नेपाली सेनाको ठूलो घुसपैठका कारण सर्वप्रथम सेनाले हात पारेको भने होइन। यो टेप एउटा कूटनीतिक निकायको हातमा सबैभन्दा पहिले आइलागेको थियो। नेपालको आन्तरिक राजनीतिमा खासै ठूलो चासो नदेखाउने, तर आर्थिक सहयोगका क्षेत्रमा साथ दिइरहेको सो निकायले संविधानसभाको निर्वाचन हुनुअघि नै यो टेप पाएको थियो। विश्वस्त स्रोतका अनुसार, नेपालसँग सबैभन्दा पुरानो कूटनीतिक सम्बन्ध भएको मुलुक बेलायती दूतावासमा आइपुगेको यो टेप जनताका सामु प्रकट हुन भने धेरै ढिलो गर्योत।
स्रोतका अनुसार, आफूले पाएर अति गोप्य रुपमा दूतावासले यो टेपलाई लुकाएको पनि थिएन। टेप तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उतिबेलै हेर्नुभएको थियो भने तत्कालीन अनमिन प्रमुख इयान मार्टिन पनि यस बारे अनविज्ञ थिएनन्। अरु दलका नेताहरूलाई यस बारे जानकारी दिइयो कि दिइएन भन्ने कुरा खुल्न नसके पनि तत्कालीन प्रम कोइरालाले आफ्नो प्रधानमन्त्रीत्व कालमा यसलाई सार्वजानिक गर्न चाहनुभएन। उहाँले शान्तिप्रक्रिया भड्किन सक्ने गम्भीर खतरा त्यतिबेला देख्नुभएको थियो। अनमिन प्रमाणीकरणको प्रक्रिया पूरा गर्दै मात्र थियो त्यतिबेला। यदि यो प्रकरणलाई गम्भीरतापूर्वक त्यही बेला ल्याइएको भए प्रमाणीकरणलाई राजनीतिक सहमतिका आधारमा सच्याउन केहीले पनि छेक्ने थिएन।
.....Source from NEPALIPATRA.................
“रेलभित्रको सिपाही”
मेरा दुवै हातमा घडी थिएन, जो म पक्का थिएँ, उसले ठम्याएको थियो। तैपनि उसले सोध्यो।
साढे ३२ सय किलोमिटर परको सुदूर दक्षिण भारतीय सहर त्रिवेन्द्रमलाई लक्ष्य बनाएर बिहानै गोरखपुर छाडेको तीन घन्टा मात्र भएको थियो। ‘राप्तीसागर सुपरफास्ट एक्स्प्रेस’ नामको एक छेउबाट अर्को नदेखिने रेल लखनउ पुग्न तीन घन्टा जति बाँकी थियो। भारतीय रेल पहिलोपटक चढेको भए पनि नेपाली सीमा नजिकैको सहरबाट छुटेको त्यो साधनमा नेपाली आवाज मैले अपेक्षै नगरेको चाहिँ थिएन। तर दसैंको बेला यो नेपाली ठिटो किन यो रेलमा?
‘पौने दस,’ मैले भने– ‘नेपाल टाइम।’
खल्तीबाट मोबाइल निकालेर समय बताउँदासम्म उसले म बसेको सिटैमा मेरो सामुन्ने पलेटी मारेर आफूलाई थमाउन भ्याइसकेको थियो। ऊ मलाई हेरिरहेको थियो।
निधारमा रातो रुमाल बाँधेको, तीन दिनजस्तो अघि दाह्री काटेको, अमेरिकी जुत्ता कन्भर्सको विज्ञापन कुदिएको टिसर्ट र सादा ट्राउजर लगाएको त्यो जवानले मसँग गफ थाल्ने पर्फेक्ट बहाना भेट्टाएको थियो। मेरो टिसर्टमा ठूलो रंगीन ‘काठमान्डू, नेपाल’ इम्ब्रोइडरी कुँदिएको थियो। हल्का आश्चर्य मलाई त्यतिबेला भयो जब उसले ऊ पनि त्रिवेन्द्रम जान लागेको बतायो। त्यो ट्रेनमा कोही नेपाली यात्रारत छन् कि भन्दै चाहार्ने क्रममा स्लिपर क्लासको दुई नम्बर डिब्बामा ऊ आइपुगेको थियो।
दसैंको मुखैमा चाडलाई गत वर्षझैं बेवास्ता गर्दै ब्याकप्याक बोकेर दिल्लीतिर बिदा मनाउन हानिएको मैले रेल टिकट नपाएपछि तत्कालै केरला बरालिने निर्णय गरेको थिएँ। कामको मुढमा म पक्कै थिइन तर त्यो क्षण दुई हजार शब्दको एउटा स्टोरी तीव्र गतिको रेलभित्र मेरै सिटमा बसेर मलाई नियालिरहेको थियो। उसको परिचय सुन्नासाथ मैले नोटबुक निकालेको थिएँ।
‘सुरेन्द्र हमाल,’ ठिटोले परिचय दियो– ‘इन्डियन आर्मी। गोर्खा राइफल्स।’
‘आर्मीमा चाहिँ यस्तो,’ मैले टिप्दै गर्दा उसले थप्यो– ‘त्रिपन बाउन जिरो सिक्स सेभेन राइफलम्यान सुरेन्द्र हमाल।’
पुतलीबजार–१ स्याङ्जाको २२ वर्षेलाई मैले जस्तो ‘दिल्ली गोवा झरेर मनाउला दसैं भन्ने छनोट थिएन। विदेशी सेनाले दिएको एक महिने बिदा एकै दिन बितेझैं सकिएको थियो। नसकिँदो हो त दसैंको के कुरा छ महिनाअघि बिहे गरेकी पत्नीलाई छाडेर झन्डै पाँच हजार किलोमिटर टाढा जाने रहर उसमा कसरी आउँदो हो?
‘भर्खर भर्खरको प्रेम कस्तो हुन्छ?’ उसले त्यसरी भन्यो मानौ ऊ जवाफ मबाट खोजिरहेको छ– ‘मागी बिहेमा प्रेम पछि हुन्छ क्या। बिहेपछि।’
………….‘एई चाय, गरमागरम चाय,’ एउटा भट्ट्याउँदै आयो– ‘पिजिए भाई साहब, मजेदार चाय।’
‘एई वाट्रेएएए,’ अर्कोले पानीको अंग्रेजी शब्दलाई खाट्टी भारतीय रेल–व्यापार लवजमा उच्चारण गर्दै चियावालालाई पछ्यायो– ‘एई वाट्रेएएए। लिजिए कोल्ड ड्रिङ्क्स।’
‘लेओगे भाइ चाय?’ डिब्बाको उपल्लो कुनामा पुगेर फर्केको चियावालाले हमाललाई जिस्काउँदै सोध्यो।
‘अब तैंले खान्छन् है मेरो चुटाइ,’ उसले चियावालाको अनुहार र आफ्नो मुड्कीबीच आँखा सार्दै हाँस्दै भन्यो– ‘तेरेको तो मै दुंगा धुलाई। बढी कराउँछस्?’
पाँच वर्षअघि भारतीय सेनामा काम थालेयता हमालको आत्मविश्वास ह्वात्तै बढेको छ, जो प्रायः प्रकट भइहाल्छ। सेनाको कठिन तालिमलाई त्यसको जस जान्छ। ‘सुरुसुरुमा आउँदा अर्काको ठाउँ, कुट्लान् भन्ने हुन्थ्यो,’ उसले मसँग भन्यो– ‘अहिले इन्डिया खाइयो। हतियारै लिएर आए भने पनि एक/दुई जना मान्छे कसरी फाँड्ने थाहा छ। खतरा ट्रेनिङ गरियो।’
त्यो चियावालासँग अघिल्लो यात्रामा परिचय भएको हमालले बतायो। चिनाजानी त्यो बिहान अद्यावधिक भएको थियो। हमालको ‘एक/दुईजना फाँड्ने’ कुरा नबुझेको चियावाला अनिश्चयात्मक मुस्कान दिँदै र उही खाँट्टी भारतीय रेल लेग्रोमा पेयको विज्ञापन गर्दै अर्को डिब्बातिर लाग्यो।
…….संसारकै सबैभन्दा ठूलो र व्यस्त सञ्जालमध्येको भारतीय रेल प्रणाली खासमा त्यो समाज र अर्थतन्त्रको जीवनरेखा हो, जसमार्फत सम्पूर्ण भारत चलायमान हुन्छ। अंग्रेज साम्राज्यले भारतमा छाडेको सम्भवतः सबैभन्दा उपयोगी र प्रभावशाली विरासत हो रेल, जसले सस्तो र आरामदायी यात्रा गराउनुबाहेक एउटा कुनामा उत्पादित सामानलाई कम खर्चमै अर्कोमा पुर्यारइदिन्छ। आकाशबाट हेर्दा घिसि्रइरहेका लामा अजिंगरजस्ता देखिने तथा भित्र प्रायः भीड र होहल्लामा गुन्जिने भारतीय रेलमा दैनिक झन्डै दुई करोडले यात्रा गर्छन्। रेल आफैमा एउटा संसार हो, जहाँ अनेकौं भाषा बोलिन्छन्, थरीथरीका लजव देखिन्छन् र विविध खान्की खाइन्छन्। डिब्बाभित्रका ट्वाइटेलबाट निस्कासित बस्तु सोझै झर्ने हुँदा भारतीय रेल लिक संसारकै सबैभन्दा ठूलो शौचालय पनि हो। भारतीय रेलवेको चौथो लामो रुटको २३ डिब्बे ‘राप्तीसागर एक्स्प्रेस’ मा आज एउटा सानो सहरै सवार छ। ‘कति ठूला छन् यी रेलहरू,’ स्याङ्जाली राइफलम्यानले भन्यो– ‘सुरुमा एउटा रेलबाट मान्छे झरेको देख्दा मेरा जिल्लाका सबै आएछन् कि जस्तो लाग्या थियो।’
भारतीय सैनिक भएकाले हमालले निःशुल्क (र सिपाही भएकाले) शयन डिब्बामा यात्रा गर्न पाउँछ। तर उसका आँखा वातानुकुलित (एसी) तिर छन्। ‘हवल्दार भएपछि एसीमा हिँड्न पाइन्छ,’ उसले भन्यो।
त्यो सम्भवतः अबका १० बर्षमा भइसक्नेछ, जसको समाप्तिसँगै ऊ पेन्सनका लागि योग्य हुनेछ। त्यसपछि रेलै दिन्छु भने पनि उसलाई भारतीय जागिर गर्ने चाहना छैन।
‘अबका दस वर्ष पैसा जोगाउँछु,’ उसले भन्यो– ‘फेरि अर्को नोकरी गर्न मन छैन। पैसा जोगिए एउटा घर बनाएर फ्यामेली लिएर बस्न सकिन्छ।’
…….घरमा पत्नीबाहेक हमालकी विधवा आमा, हजुरबा र भाउजु छन्। हजुरबाजस्तै भारतीय सेनाबाट निवृत्त बाबुलाई हमालले १७ वर्षको हुँदा मोटरसाइकल दुर्घटनामा गुमाएको थियो। उसका दाइ नेपाली सेनामा छन्। बाबु बितेको चोटमा रोजगारीका दृष्टिले असुरक्षित बनेको हमालले सजिलो विकल्पका रूपमा भारतीय सेनामा जाने निर्णय गरेको थियो। पोखरामा भर्ती भएर सिम्लामा ५२ हप्ताको प्रारम्भिक सैन्य प्रशिक्षणसँगै ‘भारतका लागि मर्न पछि नहट्ने’ कसम खाएपछि ऊ औपचारिक रूपमा पल्टनमा सामेल भएको थियो। त्रिवेन्द्रम नजिकैको ब्यारेकमा दुई महिनाअघि पोस्टिङ हुनुअघि उसले सुदूर उत्तर भारतको पाकिस्तानी सीमा नजिकै विश्वकै सबैभन्दा अग्लो लडाइँ स्थल सियाचेन ग्लेसियरमा दुई वर्ष बितायो। त्यसअघि ऊ पूवोत्तर भारतको अरुणाचल प्रदेशस्थित चिनियाँ सीमा नजिकै थियो। ‘सबै ठाउँ छुट्टै संसार जस्तो,’ उसले भन्यो– ‘अरुणाचल अर्कै, ग्लेसियर झन् अर्कै। ग्लेसियरमा बंकरको बंकरै। निस्किए जाडोले बरफ होइन्छ या गोलीले माथि गइन्छ। अब केरला तल समुद्रमै भइगयो।’
‘रमाइलो छ जागिर?’ मैले सोधें।
‘अर्काको देशमा, अर्काको खटनपटन के रमाइलो हुनु,’ उसले भन्यो– ‘अर्काको लागि लड्नुपर्छ। घरैमा बस्न धनीको छोरा परिएन। जानुपर्ने विदेशमै हो, छाडेर पनि के गर्ने? १४ हजार आईसी पैसा ठीकै छ तर इज्जत हुन्न।’
इज्जत हुने र आफ्नै देशको सेवा पनि गरिने काममा हमालले रुचि नदेखाएको होइन। ‘तीन वर्षअघि,’ उसले भन्यो– ‘नेपाली सेनामा सेकेन्ड लेफि्टनेन्टमा नाम निस्केको थियो तर द्वन्द्वको समयमा माओवादी डरले त्यसमा भर्ती भइएन।’ यो एउटा तीतो विडम्बना हो, हमाललाई सेनामा भर्ती हुन रोक्ने माओवादीका प्रमुख अहिले नेपाली सेनाका पनि प्रमुख छन् र आफ्ना कार्यकर्तालाई त्यो राष्ट्रिय संस्थामा घुसाउन प्रयत्नशील छन्। हमाललाई अब त्यसमा खासै गुनासो छैन। उसले जसोतसो पेन्सन पकाउने निर्णय गरेको छ।हो, हमालले देशले दिन नसकेको रोजगारीका खातिर विदेशीका लागि मर्नेसम्मको बाचा गरेको छ तर त्यसो भन्दैमा उसले स्वदेशको मूल्यमा विदेशीलाई हृदयदेखि रुचाउँछ भन्ने होइन। सिर्फ पैसाका लागि विदेसिनु परेको वास्तविकताप्रति उसमा जति गहिरो ग्लानी छ, स्वदेशप्रति त्यति नै माया।
‘घरमा जति रमाइलो कहाँ होला,’ उसले भन्यो– ‘आफ्नो मर्जीमा बस्न पाइन्छ। फेरि हिन्दी शब्द आइहाल्छ, नेपाली बोलौ भनेको।’सधैं घर बस्ने समय आइसक्दा उसको बोलीमा सम्भवतः अझ बढी हिन्दी शब्द मिसिनेछन् तर त्यसो भन्दैमा हमालले गन्ती गर्न छाडेको छैन।
‘पेन्सन पाक्दा ३३ वर्षको हुनेछु,’ झ्यालबाट बाहिरको फराकिलो खेततिर आँखा डुलाउँदै उसले भन्यो– ‘त्यसपछि खुरुक्क घर फर्केर आनन्दले बस्छु। अर्को काम गर्दिनँ। विदेश मरे पनि जान्न।’
रेल निरन्तर दौडिरहेको छ, धान खेत सकिएको हैन। आवाज प्रस्ट सुन्न म ऊतिर ढल्किएको छु।
‘तर अबका १० वर्ष एकदम लामो लाग्छ,’ उसले भन्यो।
म सुनिरहेको थिएँ, ऊ बाहिरै हेरिरहेको थियो। हामी लखनउलाई निकै पछि पार्दै कानपुर कटिसकेका थियौं।
‘घरमा हुँदा दुई महिना दुई दिन जस्तो बितिहाल्छ,’ उसले थप्यो– ‘पत्तै हुँदैन, फर्किने बेला आइसक्छ।’
……….यसपालि फर्किंदा सबैभन्दा बढी ‘मिस’ हमालले आफ्नै पत्नीलाई गरेको छ। बिदा एक दिन बाँकी थियो तर त्यही दिनको ‘नेपाल बन्द’ छल्न उसले अघिल्लै दिन गोरखपुर हानिनुपर्योक।
‘नयाँ नयाँ छ नि प्रेम,’ उसले भन्यो– ‘एक दिन भए पनि सँगै बसौं भन्ने हुन्छ।’
सेनाको जागिर, ब्यारेकको जिन्दगी। केटी कल्पनामै मात्र हुन्छन्, वास्तविकतामा दुर्लभ। ‘केटीको फेस देख्न पनि पाइँदैन आर्मीमा,’ उसले भन्यो– ‘फौजीको नराम्रो भनेकै त्यही। केटाकेटा होइन्छ। उत्तेजना भइहाल्छ। अनि विकृति, रोग, वेश्यालय।’
मैले दाँत सिरिंग हुँदा बन्ने अनुहार पार्दै उसलाई हेरें। ऊ बोलिरहेको थियो। ‘बिहे नगरे फौजी बिग्रिन्छ,’ उसले भन्यो– ‘छिट्टै गरेको राम्रो। बूढो भएपछि के रमाइलो? जहाँ पायो त्यहीँ जाने, खर्च गर्ने सबै कन्ट्रोल हुन्छ।’
मैले टाउको हल्लाएँ।
‘कन्ट्रोल के ठप्पै हुँदो रहेछ,’ उसले भन्यो– ‘केही गर्नुपर्छ, पैसा जोगाउनुपर्छ भन्ने हुन्छ। अलि व्यावहारिक होइन्छ।’बिहे नगर्दा पैसा उडाउने गरेको सम्भिँदै उसले भन्यो– ‘बिदा सकिएर फर्किने बेला खर्च हुँदैन थियो। आमासँग माग्न लाज लागेर ऋण गरेर जान्थें।’
धन्यवाद, उसको जीवनमा पत्नीको आगमनलाई, हमाल अब पैसा बैंकमा जोगाउन चाहन्छ। घर बनाउने उसको लक्ष्य छ।
गत वर्षको त्यो दिन उसले कहिल्यै बिर्सने छैन। जब हमाल १२ कक्षाको परीक्षा पर्खिंदै गरेकी केटी हेर्न अहिलेको ससुराली पुगेको थियो। पहिलो हेराइमै ऊ आकर्षित भयो। ‘अर्काकी छोरीलाई कसरी नराम्रो भन्न सकिन्छ?’ उसले भन्यो– ‘अनि मन पर्योम। बाउले बीए पास गरेरपछि मात्र दिने भन्दै थिए, मैले भने– ‘ममीले कर गर्नुभएको छ।’ केटीले सोधी– ‘मैले पढ्न पाउँछु?’ मैले भने– ‘म शिक्षाप्रति त्यस्तो छैन । मैले पेन्सन नपकाउन्जेल जति पढे पनि हुन्छ।’
बिहेअघिको प्रतिज्ञा हमालले पूरा गरेको छ। पत्नी पोखरामा पीएन क्याम्पसमा भर्ना भएकी छिन्। ‘उनी,’ हमालले भन्यो, ‘त्यहीँको एउटा प्राथमिक स्कुलमा पढाउँछिन् पनि।’ पढाइमा सहयोग पुर्यानउन तत्काल बच्चा नजन्माउने सहमति उनीहरूले गरेका छन्। ‘(बच्चा जन्माए) पढ्ने मान्छेको पढाइ बिग्रन्छ,’ पतिले भन्यो। ‘उसले पनि काम गरे पो पैसा जोगाउन सकिन्छ,’ हमालले थप्यो– ‘मेरो कमाइले घरखर्च चलाउन थाले पेन्सन निस्कँदा जस्ताको तस्तै। तर इन्टरमात्रै गरेर जागिर पाइँदैन। (त्यसैले पत्नीले) डिप्लो त गर्नैपर्छ।’पत्नीलाई पढ्न उक्साउने हमाल आफैंमा पनि पढ्ने चाहना नभएको होइन। गणितमा असफल भएपछि पूरकमार्फत एसएलसी उत्तीर्ण गरेर सेनामा गएको उसले एकजना वरिष्ठ अधिकृतबाट अंग्रेजी नजाने केही नहुने जानकारी पाएपछि प्राइभेट परीक्षा दिएर आईए पास गर्योे। ‘अहिले काम चलाउ अंग्रेजी बोल्छु,’ उसले भन्यो– ‘म घरमा जाँदा पनि कम्प्युटर सिकेर बस्छु। नयाँ कुरा सिक्नैपर्छ।’
……‘नयाँ कुरा’ नसिके भारतीयहरू भन्दा उन्नतकोटीको कसरी होइन्छ? हमाल प्रत्येक हिसावले नेपालीहरू भारतीयभन्दा उच्चकोटीका र आधुनिक छन् भन्ने ठान्छ– विशेषतः फेसनमा।
कस्मिरमा हुँदा आतंकारी आक्रमणबाट बाँच्न हमालले लामो कपाल र दाह्री पाल्न पाउँथ्यो, जो उसको सोख हो। अब शान्तिपूर्ण क्ष् त्रमा सरुवा भएकाले पाल्न पाइँदैन। त्यसैले पत्नीपछि सम्भवतः उसले दाह्रीलाई मिस गर्नेछ। ‘मेरो कपालको स्टाइल हेर्नुस् न,’ उसले रुमाल फुकाएर क्रमशः तालु र कान मास्तिर इंगित गर्दै भन्यो– ‘यहाँ पूरै ठाडो, यहाँ तल झरेको। घरमा हुँदा दाह्री पालिहालिन्छ।’ तर ससुराली जाँदा चाहिँ काटिन्छ किनकि सम्बन्ध भर्खरको जो छ। ‘अब ससुराली जाँदा रुमाल बाँधेर, दाह्री पालेर ट्यापे जस्तो हुनु त भएन,’ उसले मुस्काउँदै भन्यो– ‘त्यसैले काटें। सुटपाइन्ट लगाउनैपर्योर। फेरि भर्खरको ससुराली।’
त्यो रुमालचाहिँ लद्धाखबाट फर्किदा ट्रेनमा छिरेका केटीको मन राखिदिन उसले त्यो किनेको थियो। ‘आज अलि टाउको दुखेजस्तो भएको छ, त्यसैले बाँधेको,’ उसले भन्यो।
हमालले रेलका भारतीय यात्रुको लवाइको बारम्बार टिप्पणी गरिरह्यो। ‘ऊ त्यसको पाइन्ट हेर्नुस् न,’ नजिकैको कम्पार्टमेन्टमा साइड पकेट भएको कटनको पाइन्ट लगाएको भारतीय ठिटोलाई संकेत गर्दै हमालले भन्यो– ‘आफूलाई खुबै हिरो ठानेको होला। हाम्रोमा त्यस्तो डिजाइनको पाइन्ट आएर पनि हराइसक्यो।’ त्यसपछि उसले धाक लगायो– ‘मेरो जस्तो टिसर्ट यिनीहरूले देख्नै पनि पाउँदैनन्। हेर्नुस् त सबैले एकनाशको सर्ट लगाएका।’ हमालको दाबीमा पूरै सत्यता छैन भन्न कुनै प्रमाणै चाहिँदैन तर एउटा गजवको संयोग थियो– उसको टिसर्टमा कुँदिएको डबल लेस मोडलको कन्भर्स जुत्ता मेरो ब्याकव्यापकमा थियो।
……………..फेसन टिप्पणी गर्दै पत्नीको सम्झना र भविष्यको योजनालाई मनमा साँचेर ऊ अहिले घरबाट निरन्तर टाढिँदो छ। पूरै तीन दिन, दुई रातको ६२ घन्टे यात्रापछि त्रिवेन्द्रममा उत्रेर उसले अटो चढेर ब्यारेक पुग्नुपर्छ। तर एउटा समस्या छ, गोरखपुरमा उसले पैसा हरायो। कसोकसो खल्तीको अर्को कुनामा थोरै आईसी र ८० जति नेरु भेटियो। सँगै रेलमा सोही बटालियनमा काम गर्ने एक वरिष्ठ सिपाही पनि छन्, जसलाई ऊ गुरु भन्छ तर अगाडि गफिन धक मान्छ। ‘अटोमा जान गुरुले सहयोग गर्लान् नि,’ मैले भने।
‘आम्मै,’ अनुहार फैलाउँदै भन्यो– ‘गुरुलाई भन्नै हुन्न। ब्यारेकमा थाहा पाए बबाल हुन्छ। हमाल लुटिएछ भनेर सबैले गिल्ला गर्छन्। सिपाही भएर पैसासमेत ठेगानमा राख्न नसक्ने भनेर जिस्काएरै मार्छन्।’
रात पर्दै थियो, त्रिवेन्द्रम आउन आधा घन्टा जति बाँकी थियो। मैले उसको नेपाली पैसा भारुमा साटिदिएँ। ‘यति भए पुगिन्छ,’ उसले ढुक्क हुँदै भन्यो।
ट्रेन रोकिँदै थियो, हामी ब्याकप्याक बोकेर ढोकातिर बढ्दै थियौं, उसले फेरि सोध्यो– ‘कति बज्यो?’
‘पौने नौ,’ मैले भने, उसलाई बाई गरे र थपें– ‘नेपाल टाइम।’
*कान्तिपुर कोसेलीमा प्रकाशित *
अरेवियन समुद्री किनारमा
मन मेरो ‘अ थाउजन्ड स्प्लेन्डिड सन्स’मै थियो। खालेद होसेनीको त्यो दोस्रो किताबमा अफगानी समाजमा महिलाहरूको दुखको वर्णनले मनलाई टुक्राटुक्रा पारेको थियो। कथाले गम्भीर मोड लिँदै छ। तन्नेरी तारिकसँग जिन्दगीको रमाइलो सपना देखिरहेकी टिनएजर लायला घरैमा बजि्रएको अचानकको बमले बाबुआमा मारेपछि टुहुरी भएकी छ। ऊ बाबुकै समयवी त्रू्कर वृद्धसँग विवाह गर्न बाध्य भई। अफगान पुरुषहरूप्रति मलाई बेजोडको रिस उठेको छ। कथा अब कता जाला भन्ने तीव्र चासो छ। लात्तेँ र व्ल्याक फरेस्ट अर्डर गरेर म पन्ना पल्टाउँदै थिएँ। त्यही क्षण ट्याग लाइनलाई सार्थक र मलाई चकित तुल्याउँदै उसले हात मतिर बढाएको थियो– ‘हेल्लो!’ हेत्तेरी, ‘पल्पसा क्याफे’ मा दृश्यले सुन्दर पल्पसालाई भेटेको गोवामा म चाहिँ एउटा केटोले अभिवादन गर्दै छ। किन म उनीहरूलाई भेटाउने अन्जुना विच नगएर कोल्भामा आएँ हुँला?
‘सेख,’ हात मिलाउदै गर्दा बुद्धका आँखा कुदिएको हाफ पाइन्ट र ‘माउन्ट एभरेस्ट, नेपाल’ लेखिएको मेरो टिसर्ट हेर्दै उसले आफ्रुनो परिचय दियो– ‘म तमिलनाडुको। ठ्याक्कै भन्दा कन्याकुमारी। तिमी नेपालबाट आएको हुनुपर्छ? मलाई त्यो देशबारे खुबै जान्ने चासो छ। मिस्टर प्रचण्ड के गर्दै छन् अचेल?’
‘ओ, वाउँ! हेल्लो,’ मैले दोहोरो उत्साहलाई सकेसम्म सामान्यीकृत गर्दै भने– ‘चार दिनअघि म कन्याकुमारीमै थिएँ। हाम्रो भेट यहाँ भयो। तर राम्रै भयो।’
मलाई झलक्क पल्पसा र दृश्यको त्यस्रुतै अचानकको भेटको झल्को आयो तर अहिले सेख मेरा अगाडि उभिइरहेको थियो। निलो खुकुलो जिन्स, एडिडास स्पोर्टस् जुत्ता र उज्यालो रंगको एब्स्ट्रयाक्ट पेन्टिङ छातीमा भएको टिसर्ट लगाएको उसले कपाल छोटो पारेको र दाह्री चिटिक्क काटेको थियो। सेखलाई मैले टेबुलमा निम्त्याएँ र कफीको प्रस्रुताव गरें, जो उसले तत्कालै स्वीकार गर्यो।। दक्षिण भारतमा नेपालबारे राम्रो थाहा पाउने निकै कम मानिस भेट्टाएको उल्लेख गर्दै मैले उसलाई अहिले देशमा शान्ति छाउँदै गरेको र दस वर्ष युद्ध गर्ने मान्छे प्रधानमन्त्री भएको बताए। मलाई आफ्नोतिरको समाचार सुनाउने भन्दा पनि उसको नाम सुन्नेबित्तिकै मनमा उब्जेको प्रश्न गर्ने हतारो बढी भइसकेको थियो।
‘त्यसो भए तिमी मुस्मिल?’ मैले सोधें र उसले त्यसलाई अन्यथा लेला भन्ने चिन्ताले होसेनीको किताब देखाउँदै प्रस्ट्याएँ– ‘हेर न म यो पढ्दै छु। अफगानिस्तानको कथा कस्रुतो हृदयविदारक छ।’
हामी आमा छोराको हत्केलाबीच भर्खरै उदाएका सूर्य नारायण । कन्याकुमारी ।
खासमा मानिसहरूलाई उनीहरूको धर्मको आधारमा वर्गीकृत गर्ने कुरा मलाई पटक्कै मन पर्दैन। नौलोसँग परिचय गर्दा सुरुवाती केही वाक्यहरूमै धर्मको कुरा मैले कहिल्यै गरेको थिइनँ। तर बितेका केही दिनमा रेलमा भेटिएका थुप्रै मानिससँगका मेरा कुराकानी कुनै न कुनै बिन्दुमा कसोकसो त्यतैतिर मोडिएका थिए। भारतमा सधैं धर्मलाई लिएर केही न केही बखेडा भइरहेको हुन्छ। विश्व हिन्दु परिषद्का नेता स्वामी लक्ष्मानन्द सरस्रुवतीको शंकास्पद माओवादी क्रिस्चियनहरूले हत्यागरे लगत्तै त्यसको बदाला भन्दै अगस्ट अन्तिम साता भुवनेश्वर, उडिसाकी २३ वर्षे क्रिस्चियन ननलाई हिन्दु अतिवादीले बलात्कार गरेका थिए। तीनै घटनाका सेरोफेरोमा हिन्दु अतिवादीहरूले थुप्रै क्रिस्चियनलाई दुख दिएको र घरमा हिन्दु झन्डा फहराउन बाध्य पारेका रिपोर्टहरू मिडियामा छाइरहेका थिए। अल्पमतका धार्मिक सुमदायलाई हिन्दुहरूले दिएको दुखले भारतीय अन्तरार्ष्ट्रिय छविमा असर परेको चिन्ता थुप्रै रिपोर्टहरूमा व्यक्त गरिएका थिए।
कन्याकुमारी, छिमेकी राज्य केरला र गोवामा बहुसंख्या क्रिस्चियनहरूको छ जसलाई भारतभरी हिन्दुवादी राजनीति र सक्रियता जनाउनेले सहज लिएका छैनन्। कन्याकुमारीस्थित त्यही नामको प्रख्यात हिन्दु मन्दिर नजिकैको एउटा बंगाली आश्रमका कर्मचारीले मेरो एउटा प्रश्नमा भनेका थिए– ‘रुपैसा दिएर धर्म बदल्ने काम भइरहेको छ। यो क्षेत्रका सधैका हिन्दु गरिब माझीहरूलाई डुंगा किनिदिने भन्दै क्रिस्चियन बनाइएको छ। के त्यो राम्रो हो?’
दिल्लीमा धर्मनिरपेक्ष केही राजनीतिक पार्टीहरूले प्रतिबन्ध लगाउनुपर्छ भनी उल्लेख गरिरहेको अतिवादी हिन्दु संस्था बजरंग दलले क्रिस्चियन बस्रुतीहरूमा छिरेर अत्याचार मच्चाउन थालेपछि कतिपय स्थानका मानिस आन्तरिक शरणार्थी भएका छन् भने छरछिमेकका अल्पसंख्यक धर्मावलम्बीहरूमा एकखाले भय छाएको छ।
केही दिनअघि केरलाको त्रिवेन्द्रमबाट रेलको जनरल डिब्बामा बसेर कन्याकुमारी जाँदै गर्दा सिटमा मैले एकजना अधवैसे शंखेकीरा व्यापारी भेट्टाएको थिएँ, जो घर फर्किदै थिएँ। हामीले आ–आफ्नो नाम पहिल्यै भनिसकेका थियौं तर बेलुका बस्रुने होटलबारेको एउटा प्रसंगमा तीनले फेरि मेरो नाम सोधे र मैले बताएपछि भने– ‘त्यसो भए तपाई हिन्दु। रेलवे प्ल्याटफर्मबाट बाहिर निस्रुकेपछि ब्रिटिस बेकरी नजिकै एउटा बंगाली आश्रम छ, त्यहीँ गएर बस्दा हुन्छ, राम्रो छ। होटलमै किन बस्नु खर्च गरेर?’
उनले ‘त्यसो भए तपाई हिन्दु?’ भन्दा मलाई यति अप्ठेरो, अनौठो र असहज लागेको थियो जो कठिन विषयको परीक्षा दिने विद्यार्थीलाई हुन्छ। शंकै छैन, हिन्दु मेरो जीवन पद्धति हो। म हिन्दु परिवेशमा जन्मे, हुर्कें र छु तर त्यति हुँदा हुँदै पनि केही फर्महरू भर्दा अचेतन रूपमै उल्लेख गर्नुबाहेक मैले कहिल्यै आफूलाई हिन्दु भनेर चिनाएको छैन। छ्याः, मलाई लाग्यो, धर्म पनि आफूलाई परिचय गराउने माध्यम हुनसक्छ र?
रामदास नामका ती क्रिस्चियन व्यापारी जति सहृदयी र सहयोगी थिए तिनको नाम र धर्ममा त्यति नै विरोधाभास थियो। या त्यो धार्मिक सहिस्ष्णुताको एउटा नमुना पनि हुनसक्थ्यो।
‘नाम कसरी रामदास?’ मैले सोधें।
‘हजुरबाका पालामा हामी क्रिस्चियन भएका थियौं,’ रामले भने– ‘तर नाम बदलेनौं, परम्पराअनुसारै राख्दै आयौं।’
तिनलाई भेटेको अघिल्लो दिन मैले ‘सन्डे टाइम्स अफ इन्डिया’ मा एउटा रिपोर्ट पढेको थिएँ, जो कन्याकुमारीको सनसेट प्वाइन्टमा उठाइएको विवादास्पद हनुमान मूर्तिबारे थियो। त्यो साता समुद्र किनारैमा सूर्यास्त हेर्ने ठाउँको एउटा निजी पार्कमा हिन्दुहरूले एउटा भव्य हनुमान मूर्ति ठड्याएका थिए। सम्बन्धित सरकारी अधिकारीलाई पूरै सत्य नबताई मूर्ति राख्ने झुक्याएर स्वीकृति लिइएको भन्दै सरकारले भत्काउने प्रयास गर्दा हिन्दु कार्यकर्ताले वरिपरि हाते साङ्लो बनाएर त्यो जोगाएका थिए। त्यो घटनाले सामान्यतः शान्त कन्याकुमारीमा अप्ठेरो अवस्था जन्मेको उक्त रिपोर्टले संकेत गरेको थियो।
‘तपाईहरूकहाँ पनि धार्मिक किचलो छ है?’ मैले रामदासलाई सोधें।
‘हैन, हैन, हैन,’ उसले मैले थाहै नपाउनुपर्ने पूरै गलत कुरा थाहा पाएको झैं भन्यो– ‘हाम्रोमा त्यस्तो केही छैन। मन्दिर र चर्च आमनेसामने छन्, यहाँ लामो समयदेखि। मान्छे मिलेर बसेका छन्।’
‘तर त्यो हनुमान मूर्तिको विवाद?’
उसले कम्पार्टमेन्टमा वरिपरि हेर्यो, नजिकै कोही थिएनन्। ऊ मतिर ढल्कियो र साउती गर्ने लवजमा भन्यो– ‘केही मान्छेले धर्ममा राजनीति घुसाएका छन्। त्यसकै परिणाम हो त्यो।’
जब धर्ममा राजनीति घुस्छ, त्यसले प्रस्टतः समस्या सिर्जना गर्छ। ती दुईलाई एउटै वाक्यमा उल्लेख गर्दा थुप्रै मानिसले घृणा या डर मानको मैले महसुस गरें। गोवाबाट बम्बे जाँदाको ट्रेनमा एक अधवैसे भेटिए, जो श्रीमती एउटा कम्पार्टमेन्टमा र आफू अर्कोमा हुँदाको समस्यामा थिए। ती दुईलाई सँगै बस्ने वातावरण मिलाउन मैले आफ्नो सिटको प्रस्ताव गरेपछि ती मसँग कति अनुग्रहित भए भने मानौं मैले तिनलाई डुब्दै गरेको अवस्थामा इनारबाट निकालेको थिएँ। ‘बिहानको ट्रेनमा टिकट थियो तर छुट्यो,’ तिनले भने– ‘यसमा आएको, उनी पल्लोमा, म यहाँ। राति समस्यै हुने थियो। हामी न्युर्योमा बस्छौं, दुवै नर्स हौं र उसकी आमा बितेकाले आएका। खासमा हामी गोवाका। अमेरिकाको ग्रिनकार्ड छ।’ फर्नान्डिज थरका तिनले आफू क्रिस्चियन भएको बताए।
लगत्तै उनले पर्स निकालेर ग्रिनकार्ड र अमेरिकी हस्पिटलको उनको परिचय देखाए। मैले बुझें तिनी आफूलाई सिट दिने विदेशीलाई सकेसम्म आश्वस्त पार्न चाहन्थे– गलत मान्छेलाई सहयोग भएको छैन। ‘गोवालीहरू असाध्यै राम्रा हुन्छन्,’ उनले केरलाको पर्यटन नारा ‘भगवानको आफ्नै देश’ भन्ने नारा उल्लेख गर्दै भने– ‘यो चाहिँ खासमा भगवानको आफ्नै देश हो।’
‘तर केही मान्छेमा डर देखें मैले,’ मैले भने र साधुको हत्या तथा ननको बलात्कारको प्रसंग कोट्याए।
‘१९६१ सम्म हामी अर्कै देश थियौं,’ उनले पोर्चुगलको नाम नलिइकनै भने– ‘त्यो वर्ष हामी इन्डियाको भयौं। मैले अझै निर्णय गर्न सकेको छैन हामीले त्यो दिन स्वतन्त्रता पायौं या हामीमाथि अर्को साम्राज्य लादियो। तैपनि गोवामा ठीकै थियो तर धर्ममा राजनीति हुन थालेपछि जनताले सुख पाउँदैनन्।’
कुरो गम्भीर थियो, जसले त्यो क्षण मलाई गोवामा मसँगै कफी खाने सेखलाई सम्झाएको थियो। मैले उसलाई ‘त्यसो भए तिमी मुस्लिम?’ भनी सोधेको थिएँ।
‘तिमीलाई के जस्तो लाग्छ?’ उसले हाँस्दै प्रश्न गरेको थियो, जसले मलाई प्रतिरक्षात्मक अवस्थामा धकेलेको थियो।
‘मैले मेरो फेसबुक प्रोफाइलमा ‘धार्मिक दृष्टिकोण’ भर्नुपर्ने ठाउँमा यस्तो भरेको छु,’ मैले भने– ‘विश्वमा धेरै मान्छेले दाबी गरेझैं छन् भने सबै भगवान मेरा लागि बराबर। अस्ति म मधुरायको मिनाक्षी मन्दिरमा धोती लगाएर छिरें, आज बिहान ऊ त्यो पर्तिरको चर्चमा प्रार्थना भइरहँदा छिरेर आधा घन्टा बसें। तिमीलाई मैले एउटा मानवका रूपमा लिएको छु तर बितेका केही दिनमा भारत घुमेपछि फ्याट्टै त्यो सोध्न मन लाग्यो।’
‘म मुस्लिम हुँ तर मलाई त्यसको इद भन्दा अघिल्लो रात, चाँद रात, मा मात्रै थाहा हुन्छ,’ सेखले भन्यो– ‘इद मुबारक भन्दै हामी सपिङ जान्छौं। मान्छे धर्मलाई लिएर झगडा गर्छन् तर मलाई त्यसका केही चासो छैन। मेरा थुप्रै साथी हिन्दु छन् तर हामी त्यसको केही कुरा गर्दैनौं।’
त्यतिन्जेलसम्ममा मैले मगाएको दोस्रो लात्तें सकिनै लागेको थियो। ऊ चेन्नईमा एउटा अमेरिकी कम्पनीका लागि बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ) मा काम गर्छ र इद बिदालाई अलि लम्ब्याएर ऊ गोवा पुगेको थियो।
‘तपाईलाई थाहै होला, कल सेन्टरमा अमेरिकीहरूसँग उनीहरूकै लवजमा कुरा गर्नुपर्छ,’ उसले हल्का व्यंग्यात्मक लवजमा भन्यो– ‘उनीहरूको बिदा योजना हाम्रो कम्पनीले प्रसोधन गर्छ तर टिकटबारे मात्रै जानेर हुँदैन जिससबारे पनि डक्टरेट गरेसरह थाहा पाउनुपर्छ।’‘कल सेन्टरमा मेरो नामै स्ट्यान हो, जो क्रिस्चियन हो,’ उसले भन्यो। (सेन्टरमा नाम बदलिइने संस्कृतीबारे मैले त्यही दिउँसो मडगाउ रेल्वे प्लेटफर्ममा किनेको ‘वान नाइट एट द कल सेन्टर’ पढेर बढी थाहा पाएको थिएँ।) म हाँस्दै गर्दा ‘स्ट्यान’ले कुरा सिध्यायो– ‘संसारै एउटै जस्तो भा’ बेला धर्ममा अल्भि्कनु कुनै तुकको कुरा हो? म आफूलाई नयाँ पुस्रुताको इन्डियन ठान्छु, र आशा गर्छु सबैले प्रगतिलाई आफ्नो धर्म ठानून्।’
त्यो गम्भीर माहोलमा हल्का कुरा ल्याउनु उचित थिएन तर मनै त हो कता कता आइहाल्यो यो सेखको सट्टा पल्पसा जस्रुतै केटी भएकी भए हाम्रा कुरा कस्ता हुन्थे होलान्?
...........................यो लेख दिनेश वाग्लेको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ...............................
अरबमा नेपालि युबतीहरुको कन्त बिजोग
अरबी मालिकको घरमा घरेलु कामदार रहेकी उनी मालिकको शारीरकि र मानसिक शोषण बेहोर्न नसकेर भाग्दै हिन्दी भाषा बोलेकै भरमा भारतीय काउन्सिलर कार्यालयमा पुगेकी हुन् । रयिाद दूतावासका प्रथम सचिव खड्ग दाहालका अनुसार काउन्सिल कार्यालयबाट फोन आएपछि रयिादबाट एक हजार किलोमिटरको दूरीमा रहेको जेद्दाबाट नेपाली दूतावाससम्म आउनका लागि काम लाग्ने गरी दमिनीको अस्थायी परचिय-पत्र बनाएर पठाइसकिएको छ । आफूलाई गाउँका राजेश भन्ने व्यक्तिले साउदी पठाएको र भारतको बाटो हुँदै यता आएको मात्र दमिनीले बताएकी छन् । उनको यो अवस्था र कन्तबिजोगबारे पनि बोलिदिने कोही छैन । घरेलु कामदार बनेर रोजगारमा आउन प्रतिबन्धित खाडीको कतारमा यही काममा १० महिनाअघि आएकी रूपन्देही, केरबानी-४ की रेनु दर्जी, ३४, आफ्नो काम र सेवासुविधा चित्तबुझ्दो नभएपछि घर फर्किन चाहन्छिन् । आफ्नो हराएको पासपोर्ट बनाउन हालै नेपाली दूतावास आएकी रेनु भारतको मुम्बई नाकाबाट उडेर कतार आएकी हुन् । "सुरुका तीन महिना भने मैले तलबै पाइनँ, अहिले अर्को मालिककहाँ काम थालेपछि भने एक महिनाको सात सय रियाल पाएँ," राजदूतसमक्ष आफ्नो समस्या सुनाइरहेकी रेनुले भनिन्, "मेरो अहिलेसम्म भिसा पनि छैन, परचिय-पत्र पनि छैन ।" नवलपरासीकै एजेन्ट मोहन चौधरीलाई १५ हजार रुपियाँ तिर्ने सर्तमा यता आएकी उनी अहिले खर्तियातस्थित मालिकको घरमा काम गर्छिन् । गाउँमा श्रीमान्, सासू-ससुरा, १० वषर्ीया छोरी र ९ तथा ५ वर्षका दुई छोरासहितको परिवार रहेको उनले बताइन् । "सबै दिदीबहिनी परदेश हिँडेकै छन् भनेर यता आएकी हुँ," उनले भनिन्, "अहिले भने घरमा एक्लो रहेको मालिकसँग म पनि एक्लै काममा खटिनुपर्छ, म घर र्फकन चाहन्छु ।" कतारअघि साउदी अरेबियाको जेद्दामा दुई वर्ष काम गरेर घर र्फकेकी रेनुलाई अहिले भने घरमा रहेका छोराछोरीले फोनमा 'घर फर्किहाल्नु' भनेका रहेछन् । "एकैचोटि पैसा देख्नु र बेलाबेला देख्नु फरक कुरा हो," उनले सुनाइन्, "एकैचोटि धेरै देख्न भनेर यता आएकी हुँ, समस्या बेहोररिहेकी छु ।" यति विवरण सुनाएर घर मालिकले पठाएको भारत केरलाका एक ड्राइभरका पछि लागेर रेनु पिकअप चढिन् । त्यसपछि न तिनको सम्पर्क भेटियो, न खोजखबर । हो, अब खाडीका कतार र कुवेत अथवा साउदी अरेबिया र ओमान मात्रै होइन, रोजगारमा प्रतिबन्धित द्वन्द्वग्रस्त मुलुक इराकमा पनि नेपाली युवतीहरू जान थालेको रपिोर्ट कान्तिपुरमा छापिएपछि केही महिलावादी संस्थाका हर्ताकर्ताहरू यस प्रतिनिधिको इमेल-सम्पर्कमा आएका थिए । "के गर्न सक्नुहुन्छ, यो डरलाग्दो अवस्था रोक्न ?" प्रश्न गर्नासाथ निकै अन्तर्राष्ट्रिय पहुँच भएको एक संस्थाकी एक उच्च अधिकारीले भनिन्, "हेर्नुस्, हामीलाई यहीँका २०/२५ जिल्लाका चेलीबेटी बेचबिखन कार्यक्षेत्रमै काम गर्न भ्याइ-नभ्याई छ । अब इराकको कुरा के गर्ने ?" त्यसैको भोलिपल्ट अर्को गतिलो महिलावादी एनजीओकी अपरििचत अधिकारी चिनजानमा जीमेल-वार्तामा आइन् । भर्खरै रयिाद दूतावासका एक अधिकारीले दिएको जानकारी ती एनजीओकर्मीलाई यस प्रतिनिधिले दियो, जो सपना र रुनिया नामका दुई युवतीका बारेमा थियो । र, युवती त्यही दिन गल्फ एयरको विमानबाट बेलुकी ५ बजे काठमाडौँ उत्रँदै थिए, उनीहरू रियाद नियोगको आश्रयस्थलमा एक महिना बसेर घर फिर्न लाग्दै थिए । दुईमध्ये एकको गर्भमा चार महिनाको बच्चा छ भने अर्की मानसिक विचलनको अवस्थामा थिइन् । "के तपाइं एयरपोर्ट गएर ती युवतीहरूलाई साथ लिएर उद्दार, परामर्श र सुरक्षामा केही गरििदन सक्नुहुन्छ ?" उनलाई सोधियो । तर, उनले जवाफ दिइन्, "ओहो, यो त हाम्रो कार्यक्षेत्रमै पर्दैन । बरु म हाम्रो महिला हकहितको सञ्जाललाई रपिmर गरििदन सक्छु । दुई-चार दिनमा कुनै सकारात्मक जवाफ आउला नि !" यसो भन्दैमा खाडी महिलाका लागि सम्पूर्ण असुरक्षित पनि होइन । कतार विश्वविद्यालयमा क्लिनिङ् सुपरभाइजर काम गर्ने पुनम सुब्बा र प्रतिमा तामाङ, ग्रुप-फोर सुरक्षा समूहमा आएकी धरानकी महिमा श्रेष्ठसहितका ३० युवती, कतार पेट्रोलियमको सरकारी जागिरमा रहेकी जनकपुरकी सचिता ढकाल यस्ता केही सुरक्षित र गर्व गर्न मिल्ने नामहरू हुन् ।
तर, यो संख्या धेरै पातलो छ । "कर्पोरेट, कम्पनी र संगठनात्मक निकायमा खाडीको रोजगार एकदमै सुरक्षित छ," पुनमले भनिन्, "तर, घरेलु कामदार बनेर भने कोही पनि नेपाली दिदीबहिनी नआइदिए हुन्थ्यो भन्ने लाग्छ ।" दोहा दूतावासको परसिरमा केही महिनाको अन्तरमा धरानकी रेशमा राई भेटिइन् । उद्धार खोज्दै धनकुटाकी नदिम लिम्बू आइन् । हेटौँडाकी मञ्जु बानियाँ अहिले पनि दूतावासमै शरणार्थी छिन् । यस्ता नाम एक होइन, अनन्त छन् । महिला र बालबच्चाको 'ट्याग' राखेर राष्ट्रिय-अन्तर्राष्ट्रिय मञ्चमा राम्रै नाम बनाउन सफल हुनेहरूको चर्चालाई थाती राखेर सरकारकै कुरा गर्ने हो भने पनि स्थिति लाजमर्दो छ । "न बिचल्लीमा परेका चेलीबेटीलाई सहजै उद्धार गर्न सकिन्छ, न हामीसँग आर्थिक सामथ्र्य नै छ," रयिाद नियोगका प्रथम सचिव दाहाल भन्छन् । यता कतारको दोहास्थित नियोगका अनुसार सरकारले सामाजिक कार्य र लोककल्याणका लागि भनेर वर्षमा जम्मा दुई लाख रुपियाँ दिने गरेको छ । त्यो पैसाले दूतावास आएका अतिथिलाई चियापान गराउन मात्रै पनि पुग्दैन । "हामी पनि हारगुहारमै चलेका छौँ, पीडितलाई उद्धार गर्नमा कि त स्थानीय सामाजिक संस्था कि त सहृदयी व्यक्तिहरू आउने गर्नुभएको छ," राजदूत डा. सूर्यनाथ मिश्र भन्छन् । अब यो हविगत, दुर्गति र कन्तबिजोगमा महिलावादी राष्ट्रिय-अन्तर्राष्ट्रिय संघसंस्थाहरूले के जवाफ देलान्, त्यो हेर्न बाँकी छ ।
दुई महिनादेखि शरणागत घरेलु कामदार बनेर खाडी मुलुक आएका मध्ये साउदी अरेबियाको रयिाद दूतावासमा शरणागतमध्ये मोरङ, मधुमल्लाकी रामकुमारी दर्जी र नारायणघाटकी सुकमाया लामा पनि घरफिर्तीका सबै प्रक्रिया पूरा गरेर पनि फिर्ती टिकटको अभावमा दुई महिनादेखि बिचल्लीमा छन् । उनीहरूलाई घर र्फकन जनही दुई हजार साउदी रयिालसम्मको रकम जरुरी छ । "हामीसँग कल्याणकारी कोष नभएकाले विशेषतः महिला हकहितमा खुलेका संस्थासँग यसरी हारगुहार गर्नुपरेको हो," प्रथम सचिव खड्ग दाहाल भन्छन् । दाहालका अनुसार, रयिादस्थित दूतावासको आश्रयस्थल र आसपासका सरकारी सुरक्षागृहहरूमा अहिले पनि ५० भन्दा बढी नेपाली युवती बिचल्ली अवस्थामा बसिरहेका छन् । नेपाल सरकार स्वयंले आफ्नो श्रम नियममा सेवा र सुरक्षाको प्रत्याभूति नरहेकाले संगठनात्मक निकायबाहेक खाडी मुलुकहरूमा महिलालाई रोजगारमा नपठाउने नियम तोकेको छ । दूतावासमा अलपत्र परेर आएकालाई दैनिक १० रयिाल सहयोग प्रदान गरनिे भए पनि त्यो दुई छाक खानामा समेत कमी रहेको अवस्था छ । घरेलु महिला कामदारका लागि रोजगारमा जान प्रतिबन्धित रहेको भनिएको खाडीको साउदी अरेबियालगायतका मुलुकमा चेलीबेटी बिचल्ली बन्ने क्रम उस्तै छ । रयिादस्थित नेपाली दूतावासको आश्रयस्थलमा अहिले पनि एक दर्जन युवतीहरू उद्धारको पर्खाइमा छन् । नियोगका प्रथम सचिव खड्ग दाहालका अनुसार, यीमध्ये केही त साउदी सरकारको घरेलु कामदार विभागले प्रवेशाज्ञा भिसा हानिसकेका युवती पनि छन्, जो फिर्ती टिकटको अभावमा थन्किएर बसेका छन् । दूतावासका अनुसार, अहिले शरणमा काठमाडौँ, टोखाकी कल्पना कर्माचार्य, झापा, सतासीधामकी दीपकला राई, दाङ, शान्तिनगरकी बाटुली विक, सुर्खेत, उत्तरगंगाकी बाटुली सुनार, मोरङ, मधुमल्लाकी रामकुमारी दर्जी, झापा, चारपानेकी सुशीला बर्देवा, धादिङ, जीवनपुरकी शीला राई, वीरगन्ज, माईथानकी कुल्सुम खातुन र बर्दिया, बेलुवाकी कमला वली बढीमा दुई महिनादेखि रियाद दूतावासमा शरण लिएर बसेका छन् । उनीहरूले आफू शारीरकि, आर्थिक र मानसिक शोषणमा परेर जीवनरक्षाका लागि भागेर दूतावास आएको बताएका छन् । कतारको दोहा दूतावासमा पनि झन्डै दुई दर्जन युवकहरू बिचल्लीमा परेर बढीमा चार महिनादेखि शरणागत छन् ।
(यो लेख देबेन्द्र भट्टराई ले कतार बाट कान्तीपुर नेपाल को लागि लेख्नु भएको हो )
हारीरहेको
म जन्मे अस्पतालमा
उ जन्म्यो गोठमा
म प्लास्टिकसंग खेलिरहेको हुन्थे
उ धुलोसंग उफ्रिराहेको हुन्थो
उ बगैचामा दगुरीरहेको हुन्थो
म कारमा हुइकिरहेको हुन्थे
उ आमाको बुई चढेर धारामा हुन्थो
म मम्मीसंग ओपेरामा हुन्थे
म जितिरहेको थिय
उ हारीरहेको थियो मेरो लागी स्कुल बस थियो
उसको लागी फुटपाथ थियो
मेरो जन्मदिन भनेर मानिसहरु झुम्मिंठे
उ बाबू आउने दिन गनेर
आमासंग खुम्चिन्थ्यो उ बनापाखा ,
पर्कृतिं अनी जनताको लागी गाऊथ्यो
म पब डिस्को र कल्बको लागी नाचथे
उ अब्बली भयो
म अम्मलि भये
र फेरी पनि , म जीतीरहेको थे
उ हारीरहेको थियो
म रहरले सहर पसे
उ बाधेताले बजार छिरों
उसले सफलताको लागी संघर्स गर्यो
मैले पैसाको लागी ब्यापार गरे
म ब्यापारी भय
उ नेता भयो
उसले सपना बेचों
मैले सामान बेचे
तेसैले, आज
उ जितिरहेको छ
म हारीरहेको छू
हरीरहेको छू ...........
