Showing posts with label views news. Show all posts
Showing posts with label views news. Show all posts

शोक पुस्तिकामा, शैलजा

रमेश न्यौपाने/काठमाडौ

'क्रुर र अपराधी शैलीको राजनीतिले बिर्सिएकी एक महान् नेपाली महिला योद्धा, जसको इतिहास र योगदानबाट आजकाले केही पाठ नसिकेपनि भविष्यले उच्च सम्मान गर्नेछ'– शुक्रबार बिहान धर्तिबाट बिदा भएकी कांग्रेस नेतृ शैलजा आचार्यलाई झापाका कुमार रेग्मीले श्रद्धान्जली सभामा राखिएको शोक पुस्तिकामा यसरी सम्झिकएका छन्।
जब यी नेतृ दुनियाबाट बिदा भइन्–नेता, कार्यकर्ता र उनका सर्मथकहरुको ठूलो पङ्ति अन्तिम श्रद्धान्जली दिन कांग्रेस कार्यालय मुख्यालयमा एकत्रित भएका थिए र भावविह्वल भएर श्रद्धान्जली दिएका थिए।
काग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईदेखि एमाले, माओवादीका नेताहरुले समेत नेतृ आचार्यलाई श्रद्धाञ्जलिका शब्दहरु व्यक्त गरे।
अर्का शुभेच्छुक कैलालीका विमलप्रसाद जोशीले उनलाई जीवित छँदा कसैले पनि सम्मान व्यक्त नगरेको जनाउँदै भावविह्ल भएर लेखेका छन्– 'जीवित छँदा कसैले सम्मान गर्न र संझन उपयुक्त नठाने पनि तिमी सधै अमर रहनेछ्यौ। पार्टीमा सुकिला लुगा लगाउने र चिल्ला गाडी चढ्ने अवसरवादी, कुटिल, लोभिपापी नेतृत्वको बोलवाला भएकोमा तिम्रो कदर नहुनु स्वभाविक नै हो। इतिहास र नेपाली जनताले तिम्रो उच्च मूल्याकन गर्नेछन्। दिदीको निष्ठा र सत्यवादिता अनन्त अटल रहोस्।'
शैलजा आचार्यलाई धेरैले निष्ठा र सिद्धान्तको राजनीति गर्ने साहसिक महिला नेतृका रुपमा चिन्ने गरेका छन्। पछिल्ला दिनहरुमा उनको राजनीतिक सक्रियता शून्य थियो, यद्यपि उनको लोकप्रियतामा कमी थिएन्। उनको जीवन जति राजनीतिक उतारचढावमा बित्यो, अन्तिम क्षण त्यत्तिकै संर्घषमय बन्यो। जीवनभरि लोकतन्त्रका लागि संर्घष गरेकी आचार्यले आफ्नो जीवनको उत्तरार्धतिर चाँहि मृत्युसँग ठूलै संर्घष गर्न पर्‍यो। सधै विचार र आस्थामा अडिग आचार्यलाई श्रद्धान्जली दिन पुगेका कार्यकर्ता र शुभेच्छुकहरुले पनि आचार्यलाई यसैगरी सम्झिए।
शोक पुस्तिकामा हस्ताक्षर गर्दै उनीप्रति श्रद्धान्जली दिने सयौं कार्यकर्ता र शुभेच्छुकले उनको अनवरत लोकतन्त्रप्रतिको आस्था र उनको निष्ठाको राजनीतिक कारण सम्झिए।
उनको अवसानस“गै नेपाली राजनीतिको निष्ठा र नैतिकताको एउटा पाटोको अनि अवसान भएको भन्दै शोक पुस्तिकामा हुम्लाका दीपक भण्डारीले लेखेका छन्–शैलजा दिदीसँगै निष्ठा, नैतिकता, मूल्य र मान्यताको राजनीतिको पनि अवसान भएको छ।'
अर्का शुभेच्छुकले आचार्यलाई सम्झदै शोक पुस्तिकामा लेखेका छन्–जबसम्म राजनीतिमा निष्ठा र नैतिकता सिद्धिदैन, तबसम्म उनी जीवित रहनेछिन्।'
आचार्यलाई अन्तिम श्रद्धान्जली दिन पुगेका सैयौले शोक पुस्तिकामा श्रद्धान्जली व्यक्त गरेका छन् र उनको योगदानलाई अविस्मरणीय भनेर लेखेका छन्।
उनीप्रति श्रद्धान्जली व्यक्त गर्न शुभेच्छुकदेखि फरक पार्टीका विभिन्न नेतासम्म सानेपा पुगेका थिए। कांग्रेसका सन्त नेता कृण्णप्रसाद भट्टराईले पनि शोक पुस्तिकामा हस्ताक्षर गर्दै लेखेका छन्–मैले उहाँको निधनलाई अपूरणीय क्षतिको संज्ञा दिएको छु।'
शोक पुस्तिकामा एमाले नेता भरतमोहन अधिकारीले उनीप्रति श्रद्धान्जली व्यक्त गर्दै लेखेका छन्– शैलजा आचार्यलाई साहसिक महिला नेतृत्वको रुपमा इतिहासले सधै सम्झिकइरहने छ। उनले सधैं प्रजातन्त्रप्रति आस्था राख्नेका लागि प्रेरणा दिइरहने छिन्।'
एमालेकै नेता शकंर पोखरेलले पनि उनलाई क्रान्तिकारी योद्धा भएको शोक पुस्तिकामा उल्लेख गरेका छन्। त्यस्तै, अष्टलक्ष्मी शाक्यले उनको मृत्युबाट इमान्दार र साहसी महिलाको अभाव भएको लेखेकी छिन्। एमालेकै नेता केशव बडालले शोक पुस्तिकामा लेखेका छन्–नेपालको लोकतान्त्रिक आन्दोलनको अनन्त यात्री।'
शोक पुस्तिकामा उपस्थित विभिन्न दलका शीर्ष नेतादेखि शुभेच्छुक सम्मले शोक व्यक्त गर्दै हस्ताक्षर गरेका छन्। शुभेच्छुकहरुले भने उनको योगदानलाई पार्टी र देशले चिन्न नसकेकोमा शोक पुस्तिकामा गुनासो गरेका छन्। सञ्चारकर्मी प्रकाशचन्द्र दाहालले लेखेका छन्–नेपाली कांग्रेसले उहा“को राजनीतिक योगदानको सम्मान गरोस्।'
शोक पुस्तिकामा नेमकिपाका नेता प्रेम सुवालले पनि उनीप्रति संम्झदै लेखेका छन्–देश र जनताको सेवामा नेतृको योगदान सदा स्मरणीय रहनेछ।'
कतिपय शुभेच्छुकले उनको अवसानले प्रजातान्त्रिक समाजवाद र राष्ट्रियताको चुरो कमजोर भएको उल्लेख गरेका छन्। महान् नेता बीपी पथकी अविचलित यात्री'–धनुषाका शिवकुमार यादवले लेखेका छन्– उनको सर्मपण सदा स्मरणीय छ।'
आचार्यको अनवरत संघर्ष, राजनीतिक तपस्या, निष्ठा र इमान्दारितालाई धेरैले शोक पुस्तिकामा संझेका छन्। तर, पार्टी र देशप्रति उनको योगदानको उचित कदर नभएकोमा भने धेरै शुभेच्छुकले शोक पुस्तिकामा असन्तुष्टि व्यक्त गरेका छन्। शोक सभामा उपस्थित राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले पनि भने–उहाँको योगदानको उचित कदर भएको छैन्




यसरी फेला पर्यो प्रचण्डको जङ्गी टेप


राजनीतिक र फौजी योजनासहित जनसेनाको तेस्रो डिभिजनमा उत्साहित हुँदै गरेको भाषणको गोप्य भिडियो टेप सार्वजानिक भएपछि व्यक्तिगत रुपमा समेत माआवादी अध्यक्ष प्रचण्डलाई परेको अप्ठ्यारोको अनेक जवाफ दिने कोसिस भइरहेको छ।

तर, यसमा बोल्नुपर्ने केही पक्षहरू भने चुपचाप देखिएका छन्। प्रचण्डको टेप कसले र कहिले फेला पार्योक? यस बारे एउटा रोचक विवरण फेला परेको छ।

डेढ वर्षअघिको भाषण समेटिएको यो टेप अहिले चर्चामा आएजस्तो नेपाली सेनाको ठूलो घुसपैठका कारण सर्वप्रथम सेनाले हात पारेको भने होइन। यो टेप एउटा कूटनीतिक निकायको हातमा सबैभन्दा पहिले आइलागेको थियो। नेपालको आन्तरिक राजनीतिमा खासै ठूलो चासो नदेखाउने, तर आर्थिक सहयोगका क्षेत्रमा साथ दिइरहेको सो निकायले संविधानसभाको निर्वाचन हुनुअघि नै यो टेप पाएको थियो। विश्वस्त स्रोतका अनुसार, नेपालसँग सबैभन्दा पुरानो कूटनीतिक सम्बन्ध भएको मुलुक बेलायती दूतावासमा आइपुगेको यो टेप जनताका सामु प्रकट हुन भने धेरै ढिलो गर्योत।

स्रोतका अनुसार, आफूले पाएर अति गोप्य रुपमा दूतावासले यो टेपलाई लुकाएको पनि थिएन। टेप तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उतिबेलै हेर्नुभएको थियो भने तत्कालीन अनमिन प्रमुख इयान मार्टिन पनि यस बारे अनविज्ञ थिएनन्। अरु दलका नेताहरूलाई यस बारे जानकारी दिइयो कि दिइएन भन्ने कुरा खुल्न नसके पनि तत्कालीन प्रम कोइरालाले आफ्नो प्रधानमन्त्रीत्व कालमा यसलाई सार्वजानिक गर्न चाहनुभएन। उहाँले शान्तिप्रक्रिया भड्किन सक्ने गम्भीर खतरा त्यतिबेला देख्नुभएको थियो। अनमिन प्रमाणीकरणको प्रक्रिया पूरा गर्दै मात्र थियो त्यतिबेला। यदि यो प्रकरणलाई गम्भीरतापूर्वक त्यही बेला ल्याइएको भए प्रमाणीकरणलाई राजनीतिक सहमतिका आधारमा सच्याउन केहीले पनि छेक्ने थिएन।

आफूले पाएको टेप सरकारलाई बुझाइसकेपछि कूटनीतिक निकायले थप दबाब दिन सकेन भने प्रमले टेपलाई सेनाको जिम्मा लगाइदिए। सेनाले यसलाई आफूलाई परेको बेला होइन कि सेनापति कटवालको जागिर अप्ठ्यारोमा परेको बेला यसलाई व्यक्तिगत फाइदाका लागि प्रयोग गर्यो । सेना समायोजन, भर्नालगायतका कतिपय गम्भीर विषयहरू उठ्दा सार्वजानिक नभएको टेप सेनापति कटवाललाई अवकाश दिएपछि उत्पन्न विवादलाई मोड्ने र आफ्नो जागिर दह्रो बनाउने कुरामा मात्र प्रयोग गरिनुलाई विदेशी नियोगले पनि सकारात्मक रुपमा हेरेका छैनन्। माओवादी रणनीतिक रुपमा टेपमा भनेजस्तै गरी अघि बढेको छ भन्ने कुरा उनीहरूको अन्य सार्वजनिक अभिव्यक्तिहरूले पनि दिएकै थिए। यो थाहा पाउँदापाउँदै चुपचाप बस्नेहरू सबैमाथि कारबाही हुनुपर्ने देखिन्छ।
.....Source from NEPALIPATRA.................