नामले नेपाली सेना तर कामले अझै शाही नेपाली सेनाले गैरकानूनीरुपमा सिकार गरेर ल्याएको दुर्लभ हरिणको सुकुटी चपाउँदै एक बोतल स्कच ह्विस्की घुड्क्याएर सदाको रात झैँ निदाएका ठकुरी माइला यसपल्ट भने बिहान ब्युँझिएनन्। राति घमासान भटट र रटट गरेर घुर्दै मस्त सुतेका थिए, तर फेरि कहिल्यै ब्युँझिएनन्। कसैलाई अत्तोपत्तो भएन, उनले राति कतिखेर खुट्टा तन्काए। यमराजले निमेष नसोची तुरुन्त नर्कलोकतर्फ उडाइदिए ठकुरी माइलालाई।
ठकुरी माइलालाई लिएर उडेको यमराजको यान नर्कलोकको नर्क अन्तर्राराष्ट्रिय विमानस्थलमा उत्रियो।"नर्कलोकमा तपाईंलाई हार्दिक स्वागत छ," ठकुरी माइलालाई स्वागत गर्न आएका एडल्फ हिटलरले हात मिलाउँदै भने। "यात्रा कस्तो रह्यो त?"ठकुरी माइला केही नबोली धुम्धुम्ती उभिइरहे। एकैछिनपछि यात्रा ठीकै थियो भन्ने संकेत गर्दै उनले बांगो मुण्टो हल्लाइदिए।
नर्कलोकमा ठकुरी माइलाको आगमनमा एक विशाल स्वागत भोजको आयोजना गरिने भयो। ठकुरी माइलालाई सत्कार गर्नेहरूमा एडल्फ हिटलर, जोसेफ स्टालिन, बेनितो मुसोलिनी, अगुष्टो पिनोसेट, इदी अमिन, पोल पोट, सद्दाम हुसेन लगायत थुप्रै
मेरी आमा --------------हस्त गौतम 'मृदुल'
कठोर निष्ठुरी कालो रातमा, दियोको उज्यालो रोशनी प्रकास खुलेका झै प्रिय! तिमी मेरो जीवनमा खुल्दै खुल्द झपक्कै फुलेका मेलका रहरलाग्दा फुलका फुप्पाहरुमा भमरा झुले झै प्रिय!! तिमी मेरो जीवनमा खुल्दै खुल्दै आउ। यहाँ मैले यस श्र्राप परेको भुगोलमा आलो रगतको वीउ छरेको छु। तिमी आए पछि यो उर्मने छ। नयाँ नयाँ पालुवाहरु फेर्दै हराभरा हुँदै, हरीतपनले छाउने छ। सौम्य सुन्दर स्वादिलो सुवास फैलाउदै थुप्रै थुप्रै अपार स्नेहशील लटरम्म फुलहरु फुल्ने छन। ती मनमोहक फुलहरुमा आत्माविभोर पार्ने आर्कषक सौर्न्दर्यले छाउने छ। क्रमसःफुलबाट फल भएर जन्मिदा फुलको परिचय मेटिदै जाने छ।
त्यस फलभित्र थुत्रै आ-आफना अस्तित्वका वियाँहरुले जन्मलिने छन। यस बिशाल बसुन्धरामा विउबाट विस्तारै टुसाहरु हलक्क बढ्दै जाने छन।आज मलाइ यो पलाउदै गरेको टुसा झै सम्वेदनशील अबस्थामा समयले छोडिदिएको छ।
यो संकटकालिन अवस्थामा मलाइ तितरबितर हुनबाट बचाउन तिमी अन्तिम ताराको मन्द प्रकास पछयाउदै म कहाँ आउ। उज्यालो पूर्व बाट नै उदाउछ, त्यसैले तिमी

धन को महातम्य र कमाउने दुई काइदा
कमाउने , धनी बन्ने , शौख गर्ने इच्छा कस्लाई हुन्न ? शुख शान्ती संबृधी को एउटै आधार खट खट सर सर सर सर गर्ने नोट धन सम्पत्ति उफ कस्ले गर्न सक्ने यस्को बर्णन हज्जार भएका शेस नाग ( कहिल्यै नदेखेको ) , ४ मुखे ब्रह्मा , तीन आखे महादेब , धन कि देबी लक्ष्मी को पती भएर पनि दुई आना जमिन नपाएर समुन्द्र मा बस्न पुगेका बिष्णु ले पनि नसकेका धन को महातम्य को बर्णन मैले के गर्न सकौला ?
त्यस्तो महातम्य बोकेको धन कमाउने काइदा खोज्न दुई चार आफन्त दस बिस साथी हरु को मा दौडियो हे बताइ देउन धन कमाउने काइदा भनेर उह त्यस्तो काइदा कोइ पनि बताउदैन रैछन । एक जना मित्र थिए पुतली सडक मा साइकल मर्मत पसल खोलेका । आफु बिहान बेलुका सरकारी नोकरी खाएर एक हात ले टोपी ले पसिना पुछ्दै एक हात ले सुरुवाल को इधार समात्दै सरकारी नोकरी गर्दै कुद्ने मनुवा । सरकारी कर्मचारी भएको गन्ध पाएछन र आँखा जुद्धा नमस्कार पनि भन्द्थे । कहिले काही चिया पनि खुलाउथे । आफ्नो जुत्ता को तलुवा फुस्के को फेर्न सकेको छैन उन्को त एक दुई बर्ष मै मोटर साइकल , मारुति कार हुँदै कार बेच्ने सो रुम खोली सकेछन । एक दिन भिजिटिङ कार्ड सर भन्दै थमाइ दिये मोटा चिल्ला हुँदै गएका थिए उनी । त्यस पछी अर्को तलुवा फुस्कुन्जेल त्यहा देखेको थिएन । दुई बर्ष पछी उन्ले फाइनान्स होकी के जात को बैंक

ट्याग
धन
के सुख, के दु:ख !-----------------श्रीओम श्रेष्ठ 'रोदन'
जसले जे सकै भनुन्, मान्छे समग्रमा मान्छे नै हो । जो जस्तो भए पनि, जसरी जीवन बाँचेको भए पनि, दुःख-सुखमा एउटै बन्छन् । अनुभूति एउटै हुन्छ । दुख्ने कुराले दुखेरै छाड्छ , हँसाउने कुराले हँसाएरै छोड्छ । दुःखको आँसु र सुखको हाँसोमा अन्तर हुँदैन । हुन सक्दैन भन्छु । जसरी प्रकृतिका सिर्जनाहरु एकै भएर पनि त्यसप्रतिको दृष्टिकोण फरक-फरक भए जस्तै मात्र हो । मलाई त्यस्तै अनुभूति गरायो त्यस दिन । जुन दिन देशभरि तिहारको झिलिमिली चलिरहेको थियो । प्रत्येक घर आ-आफ्नो गच्छे अनुसार दिपमालिकाले सिंगारिएका थिए । बाटोहरु बत्तिले सिंगारिएका थिए, मान्छेहरु सबै उज्याला देखिन्थे, प्रत्येकका निधारमा भाइटीकाको टीका, कसैका निधारमा रातो टीका, कसैकोमा सप्तरङ्गी । आ-आफ्नो घरमा खाएर, खेलेर पर्व मनाएर व्यस्त थिए ।
पाटन अस्पतालको परिसर व्यस्त थियो । सबै आ-आफ्नो विरामी प्रति चिन्तित थिए । आपतकालीन विरामीहरु संगै डाक्टरहरु व्यस्त बनिरहेका थिए ।
एउटी युवती नजिकैको वेडमा लम्पसार परिरहेकी थिईन्, अर्ध चेत अवस्थामा, वरिपरि आफन्तहरुले

पाटन
ल्हासा टु सिनिङ----------- भोजराज भाट
आर यू पाकिस्तानी ?" रेलको बार्हौं डिब्बातिर लाग्दै गर्दा एक चिनियाँ युवतीले टुटेफुटेको अङ्ग्रेजीमा प्रश्न गरिन् । "नो..नो.. फ्रम नेपो" । कस्तो अनौठो ! नेपाल भन्दाखेरि कोही नबुझ्ने । 'ल' उच्चारण नगरेर नेपो मात्र भनेपछि बल्ल उनले नेपाली ठम्याइन् । अनि मैले रेलको टिकट देखाएर सोधेँ, "ह्वयर इज् माइ सिट ?" मुन्टोको इशारामा ती युवतीले त्यस डिब्बाको सबैभन्दा माथिल्लो सिट इंगित गरिन् । एकछिन त पर्यो फसाद ! पहिलो पटक रेल चढेको मान्छे, त्यसमाथि विश्वकै सबैभन्दा उच्च भूभागको रेलयात्रा । कसरी जाने हो आफ्नो सिटमा ? मैले रेलको मेसो नपाएको देखेर होला, चिनियाँ युवतीले छेउको बटनवाला खोपा निकालिदिइन् । त्यही खोपा-खोपा टेकेर तीन बेडमाथि जानुपर्ने रहेछ ।
हामी बसेको डिब्बा छ जनाको सिट रहेछ । एकापट्ट तीन र अर्कोपट्ट तीन । बीचको झ्यालतिरको किनारमा चियानास्ता खान मिल्ने चुच्चे आकारको टेवुल । मुल ढोकातिर मान्छे ओहोरदोहर गर्न मिल्ने बाटो रहेछ । त्यही बाटोसँगै जोडिएको भित्तामा फोल्डिङवाला टेवुलमा डिब्बाका यात्रुहरू बाहिरको दृश्य हेर्दै, चियाकफी लिएर बस्दा रहेछन् । यी सबै मेरा लागि नौला विषयवस्तु थिए । यसो हाम्रो डिब्बाको भूइतिर हेरेँ, त्यहाँ त तातोपानी राख्ने भाडो

ल्हासा
एक पागलको डायरी--- मोमिला
मेरो देशको एक पतझड मौसम !
उकुसमुकुस सडक पार गरूँ भन्दाभन्दै रेडलाइट बलिहाल्यो । सुस्केरासहित सडकको वार िकिनारमै टक्क उभिएँ ।
मध्य चैतको घाम, बाफिलो सडक, हुरी र बतास । पुतलीसडकचोकमा बाटो क्रस गर्ने ध्याउन्नमा जेब्राक्रसिङ्नेर उभिएर म ग्रीनलाइट अधीरतासाथ पर्खन लागेँ ...। टाढाबाट बाढीले बगाउँदै ल्याएका वस्तुहरू कतै पर पुर्याएर किनारमा थुपारेजस्तै मेरापछि म उभिएको किनारमा एक निमेषको समयले बाटो पार गर्ने हूल मान्छे थुपारसिकेको थियो । म एकोहोरो ग्रीनलाइटको प्रतीक्षा गर्दै रहेँ ...। जब ग्रीनलाइट बल्यो, होडमा बाटो पार गरूँभन्दा त मसँगै उभिएको मान्छेको बाढी उर्लेर उहिल्यै रातो बत्ती छिचोल्दै

डायरी
जल्दै गरेको चिताबाट
छप्प भिजेको सडकमा एम्बुलेन्सको रिभल्विङ लाइटको प्रतिविम्वले मनमा एक किसिमको त्रास थपिरहेको थियो । प्रतीकको शिर दादाको काखमा थियो, शरीर मेरो काखमा । अब उसलाई सोध्नुको कुनै औचित्य थिएन । उसले स्पष्ट भनिसकेको थियो, उसले मर्नको लागि खाएको हो दुई महिना पुग्ने सारा औषधि । हो, त्यही र त्यो जस्तै औषधि उसले बर्षौ देखि डाक्टरको सल्लाहमा खाइरहेको थियो, बाँच्नका लागि ।
मसँग भन्ने गर्थ्यो, ‘यार विनय, यो मानसिक समस्या भनेको कुनै रोग नै हैन नि ! जसरी मान्छे शरीरको कमजोरीमा भिटामिन लिन्छन् त्यसैगरि मानसिक कमजोरीमा यो औषधि । हेर् न मलाई कुनै समस्या नै छैन सुरु सुरुमा केही दिन औषधि खाएपछि लाग्थ्यो मलाई त कुनै रोग नै लागेको छैन । अनि डाक्टरले दिएको औषधि विचैमा छाडिदिन्थेँ । फेरि समस्या आउँथ्यो थाहा नपाउने गरी । खूब सताउँथ्यो अनि लाग्थ्यो म साँच्चै बिरामी छु । गर्दा गर्दै अभ्यस्त भएँ । अब आफ्नो समस्या सहजै थाहा पाउन सक्छु । तुरुन्तै डाक्टरकोमा जान्छु एक्लै । सवै सामान्य छ ।’
तर आज स्थिति असामान्य भएको थियो । प्रतीकको दादाले फोन गर्दा मैले कुरा यत्ति सम्म गम्भीर होला जस्तो लागेको थिएन । तथापि रातको ११ बजे फोन गरेर ऊ बिरामी भएर हस्पिटल लानु पर्यो भन्ने खबर पाउँदा चाहीँ आपत्तिको सामान्य पूर्वानुमान भने गर्न पुगेको थिएँ ।
अब उसले किन यसो गर्यो भन्ने कुरा महत्वपूर्ण रहेन । जसरी पनि उसको आँखामा निहित झिनो आशा पूरा भएको हामी देख्न चाहन्थ्यौं, बस् ! घरि घरि ऊ मेरो आँखामा आँखा मिलाएर केही आशा गरेझैँ

ती एकदर्जन सुन्दरीहरू
“गाजलु आँखा, दुखाई-दुखाई खुर्किएका आँखी भौँ को सोभा, फुलबारीमा आफ्नो प्रेमिको अँगालो, डिस्कोमा हात्ती कमाउन बोतल थप्दै उफ्रिदाको वेसुरको मज्जा अनि रत्नपार्का साँघुरा गल्लीहरुमा पौने मिटर कपडा प्रदर्शनको क्रममा जोडदारको तालीसहितको उपस्थिति । जानोस्- जानोस् उतै मर्नोस्, राष्ट्रको नक्सा होइन, जिन्दगीमा गर्ने मोजमस्तीको सिङ्गो भविष्य कोर्नोस्, जिन्दगी त्यही मोज मस्तीको लागि हो, कपडा मिल्काएर श्रृङ्गार थप्नोस् अनि आफूलाई सबैभन्दा अब्बल दर्जाको संज्ञा दिनोस्, पत्रिकामा प्रशर्शनको ठूलो फोटो टँसाउनोस् अनि दुनियाँ हँसाउनोस् । वस्, जिन्दगी त्यो पो जिन्दगी ।”मुकुन्दे आज पनि एकटङ्कारले रत्नपार्कको सामुन्यमा बसेर निडरतामा चिच्याइरहन्छ- अब चाहिँ अलि श्रृङ्गारिक मुद्रामा।“ थोत्रो वाल्टिनमा सात बर्ष अगाडि गणतन्त्रको नक्सा कोर्ने मुकुन्दे आज किन पठ्ठा तरुनीहरुको
हजार पीडाहरूको माया लागेर आउंछ - मोमिला
हजार पीडाहरूको माया लागेर आउंछ
हजार सपनाहरूको माया लागेर आउंछ
बांच्ने रहरजस्तो फेरि भएर आउंछ
र्-र् इश्वरवल्लभ
उसले भन्यो- हजार सपनाहरूको माया लागेर आउंछ≤ मैले भनें- मेरा हजार पीडाहरूको माया लागेर आउंछ । सपनालाई माया गर्नेले भविष्य देख्यो, पीडालाई माया गर्नेले विगत देख्यो । ऊ सपना भेट्न जिन्दगी हिंडयो र वर्तमानमा आइपुग्यो, म पीडालाई माया गर्दै जिन्दगी हिंडें र वर्तमानमै आइपुगें । यसरी सपनालाई माया गर्नेले पनि जिन्दगीलाई माया गर्यो, पीडालाई माया गर्नेले पनि जिन्दगीलाई

Habits of happy couples
What does it take to be happy in a relationship? If you’re working to improve your marriage, here are a few habits of happy couples.
1. Go to bed at the same time
Remember the beginning of your relationship, when you couldn’t wait to go to bed with each other to make love? Happy couples resist the temptation to go to bed at different times. They go to bed at the same time, even if one partner wakes up later to do things while their partner sleeps.
2. Cultivate common interests
After the passion settles down, it’s common to realise that you have few interests in common. But don’t minimise the importance of activities you can do together that you both enjoy. If common interests are not present, happy couples develop them. At the same time, be sure to cultivate interests of your own; this will make you more interesting to your mate and prevent you from appearing too dependent.

विश्व साइकल यात्री फूर्तेम्बाको कथा ब्यथा
घुडाँको खत देखाउदै अफगानिस्तानको कोसेली देखाए उनले, फोल्डरका फोटोहरु देखाउदै उनको चोरि भएका २ वटा साइकलको सम्झना गरे । मान्छे जति भद्र देखिन्छ त्यतिनै उनको मन सोझो छ, इमान्दार छ । त्यो भन्दा बढि पत्याउनै नसकिने, सुन्ने बुझने सबैलाई प्रेरणा हुने उनको जीवन कथा छ । तर उनी भर्खरै २९ वर्षमात्र टेक्दैछन् ।
संखुवासभा, माम्लिङ्ग ६ मा बुबा गेन्जु शेर्पा र आमा मिङमा शेर्पाको कोखमा जन्मिएका फूर्तेम्बा शेर्पा अहिले विश्व साइकल यात्रामा छन् । उनको यहा सम्मको जीवन यात्राको कथा यसरी शुरु हुन्छ । उनका २ दिदीहरु छन् । तिहारको बेला दिदी माइतीघर आएको थियो । आमाले अर्हाए अनुसार भाईटिकामा ठूली दिदिलाई १० रुपैया र कान्छी दिदीलाई ५ रुपैया दियो उनले ।

travell
चालिसेले छुँदाको यो क्षण
सुनेको थिए चालिसे र साठी लाग्दा बैश उम्रन्छरे एकचोटी फेरी । अनि मैले पनि आफैले आफैलाई बिचार गर्दै थिए याकि चालिसे पर्खन्दै थिए । यसै बर्ष नभन्दै चालिसेले झ्याप्प समातेछ थाहानै नपाई । सोचेथे उनान्चालीस तिर हिड्दोहुं । नेपालजाँदा मंङ्गल बजारको बज्राचार्य पण्डितको मा चिना देखाउदा पो झल्यास्स भए चालीसे भन्ने बितिक्कै झस्किए ।
घर आएर ऐनाहेरे गालामा पहिलाको भन्दा खुम्चिएको पाँए मःम जस्तो बिशेष हाँस्दा खेरी । कपाल रँङ्गाएकोले फरक पाइन पाखुराका मसलहरु यथावतनै पाँए हल्का जिम गन्र्नेबानीले होला । आखिरी चालीसेले छोए पनि नछोएको झै महशुस गरे । त्यसो त म माघ २६ गते २०२६ सालेले चालिसेले छोएकै हूँ ।

story
जेल र मेरो अनुभव
किरिरिङ किरिरिङ एक्कासी घण्टीको आवाज फोन उठाए । नमस्कार भाई थोरै सम्वोधन गर्दै मैले पनि नमस्कारको घण्टी तेस्र्याए । के छ खवर भन्दै गर्दा प्रतिउत्तरमा मैले ठिकै छ नी दाई भन्दा भन्दै वहाले मनका गुनासाहरु पोखे मेरो भाई त जेलमा । ए हो र कहिले भयो २ ४ दिन के भएर किन भागेर काम गर्दै थियो । यँहाको वुख्याचा र वुर्जुवाले भेटेछन् । ए भन्दै पर्दाफास भएका मनका गुजुल्टाहरु पोखिए सलल पानी वगेझैं । तिमी उसलाई भेट्न जाउ है भन्दै फोनको झन्कारहरु वेतार भए । तव मेरो मनमा पनि एक किसिमको अनौठो घण्टी वजे झै भयो आखिर जानु त अवस्य नै पर्छ भनेर ति रातका काँखमा मेरा आँचलहरु छोडिदिए ।
ट्याग
संस्मरण
सैन्ट पिटर्सवर्गमा दुई दिन एक रात
१० जुन २००९, रुसको सांस्कृतिक राजधानी सैन्ट पिटर्सवर्गमा सुर्योदय भइरहेको थियो । केही तुंवालो, बिहानी झिसमिसेझै लाग्ने पिटर्सवर्गमा हामीले पहिलो पाइला टेक्दै थियौ । रुस यात्रामा रहेका हामी तीन -डा. गोविन्दराज भट्टराई, डा. धु्रवचन्द्र गौतम, दिनेश बस्नेत) रुसमै रहनु भएका बरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठ सैन्ट पिटर्सवर्ग सकेसम्म लिएरै आउने योजनासाथ पुगेका थियौ ।
९ जुन सांझ मस्कोस्थित नाकाचिन्स्कायमा हांसको मासु भन्दै कुनै ठुलै पंक्षीको मासु भोजकै रुपमा खाएर राति ११ बजेतिर डा. मणिराज पोखरेलका साथ रेल यात्रा तय गरेका थियौ । हामी बिहान १० बजे सैन्ट पिटर्सवर्ग पुग्ने कार्यक्रम थियो ।

ऊ को थिई र मेरी ?
साह्रै चकचके केटाकेटीहरू बिहानै ड्यूटीमा आएपछि भेट हुन्छ दिनैपिछे । शायद उनीहररू मेरै पर्खाइमा रात बिताउँदा हुन् । म पनि साँच्चै भन्नु पर्दा तिनीहरूकै सम्झनामा रात बिताउँछु । ठूलै परिवार छ तिनीहरूको । एउटी सानी बुने छ । अरु ४ जना दाइहरू बुबाको ठेगाना छैन । न तिनीहरूलाई थाहा छ न तिनीहरूकी आमालाई नै । मलाई पनि थाहै छैन । मेरा मिल्ने साथीहरू हुन् यी बिदेश बसाइका । परिवारबाट टाढा रहनु र एउटा अर्को परिवार परदेशमा पाउनु ठानेको छु मैले। मेरो ड्यूटी तिनीहरूसँगकै भलाकुसारीबाट सुरु भएर तिनीहरूको विदाइसम्ममा सकिन्छ । म यो सउदी अरबको एउटा क्याफेमा वेटरको काम गर्दैछु । ड्यूटीमा आइपुग्ने बित्तिकै पानी भए नभएको, वाश बेशिनमा साबुन पानी भए नभएको, ट्वाइलेटमा पेपर भए नभएको , टेबुल कुर्सीहरू साफ भए नभएको, सबै काम गर्नुपर्थ्यो । भुईंमा मोप लगाउनु पर्थ्यो सर्फ लगाएर । कतै दाग धूलो या फोहोर हुनुहुन्नथ्यो । म त्यसै पनि काम एकदमै फेअर गर्नु पर्छ भन्ने मान्छे । जे काम गरिन्छ त्यो काम अत्यन्तै होशियारीका साथ गर्नुपर्छ भन्ने लाग्थ्यो मलाई र लाग्छ अहिले पनि । मेरो आफ्नै फिलोसफी थियो जीवन र हरेक कुरालाई हेर्ने ।
ट्याग
story
विदेशको व्यथा - मस्तीमा उडिरहेको जीवन
हरि अधिकारी, इजरायल,
काम खोजीमा विश्वको हरेक कुनामा पुगेका छौं। साउदी कतार, यूएईजस्तै धेरै मुलुक गएका छौ पुगेका छौं। रोजगारीको सिलसिलामा आज हामी इजरायलको तातो घाम खान धेरैजना नेपाली दिदीबहिनीसमेत आएका छौं। यसले धेरैको आर्थिक स्थिति मजबुत हैन, दरिलो बनाएको पनि छ। देशले पनि केही हदसम्म राहत पाएको छ। यहाँ आउने क्रम लगभग सन् २००१ देखि सुरु भएको होला। इजरायलमा सुसारेको काम गर्नका लागि नेपालीहरू जुन नगण्य मात्रामा थिए र सन् २००४ तिरबाट धेरै मात्रामा हामीहरू यहाँको श्रमिक हुन पाएका छौं। आफ्नो घरको चर्को आर्थिक समस्या समाधान गरेका छौं। यहाँको काम त्यति गाह्रो नि हैन। सजिलो पनि हैन। जे होस्, ठीक नै छ।
'जब धेरै समय विदेशको बसाइ हुन्छ तब याद हुन्छ घर–परिवारको। 'इजरायल बस्दाको दिनहरू मलाई खल्लो होला जस्तो लाग्दैन किनकि विदेशको यात्रा रमाइलो नै हुन्छ। हामीलाई यहाँ भएको कलाकौशल जान्ने मौका मिलेको छ। धर्मसंस्कृति अनि भाषा विविध कुरोलाई हामीले जान्न पाउनु नि सानो कुरो हैन र अर्को कुरा आम्दानी पनि राम्रो भएको छ। म जस्ता धेरै दिदीबहिनी, दाइभाइ छन् यहाँ। उनीहरूले यहाँको चलनको सिको गरेर होला शुक्रबार डिस्को जानु अनि त्यहाँ भेटिएका केटाले केटी साथी र केटीले केटा साथी बनाउने अनि हिजो नेपालको दुःख, घर–परिवार चटक्क बिर्सिएर मोजमस्तीमा झुम्म हुने, जम्ने काम बढ्दो छ।

कस्की श्रीमती कति असल ?
तपाईं आफ्नी पत्नीमा के-के गुणहरू हुनुपर्छ भन्ने ठान्नुहुन्छ भन्ने प्रश्नको उत्तरमा चार युवा पुरुष भन्छन्- ऊ शारीरिक रूपमा आकर्षक होस्, घरको देखभाल गरोस्, हास्यचेतले पूर्ण होस् ।
उनीहरूले आफ्नी पत्नी केमा कस्तो काम गर्छिन् भन्ने कुरो चाहिँ बताएनन् । तर, पत्नीले आफ्नो परिवारको ख्याल गर्नुपर्ने विषयलाई भने उनीहरूले सबैभन्दा पहिलो नम्बरमैै राखे । धेरैजनाले आफ्नी पत्नीले धेरै पैसा कमाउने जागिर खाएको भने रुचाएनन् ।
के यो अरूचिका पछाडि लैंगिक भूमिकाका कारण पुरुषले आफ्नो पुरानो असल दुनियाँ अर्थात् घरेलु संसार रोजेको त होइन ? के पुरुषले वृत्तिमुखी, सशक्त महिलासँग जीवन चलाउनु गार्है हुन्छ त ?
एकजना प्रख्यात सञ्चार संस्थाकी पत्रकार भन्छिन्- मेरा केही पुरुष साथीहरू एकदमै स्मार्ट केटीहरूसँग डेटिङमा जान्छन् । तर, अन्त्यमा उनीहरूले कलेज पढी नभ्याउँदैका भर्खरका युवतीलाई बिहे गर्न रुचाउँछन् किनभने उनीहरू ठुल्ठूला जागिर ताक्ने, अत्यन्त बढी वृत्तिमुखी महिलाभन्दा बढी स-साना भावी योजना भएका सामान्य युवती छनोट गर्छन् । उनीहरू बढी छलफल गर्ने, बुद्धि खियाउने, विवाद र बहसमा उत्रनमै बढी समय बिताउने युवती रुचाउँदैनन् । बरु आफ्नो जीवन-डुंगा चलाउने क्याप्टेनका रूपमा श्रीमान् रहोस् भन्ने विचार भएका केटी नै बिहे गर्न रुचाउँछन् ।
दिल्ली विश्वविद्यालयकी समाजशास्त्रकी एकजना रिडरले समाज दिनानुदिन विकसित भइरहेको परिप्रेक्ष्यमा पुरुषहरू आफ्ना व्यस्त जीवनसाथीसँग मिल्ने हिसाबले नभएर अझै उस्तै पुरानोखालको धारणा राख्छन् भन्नेबारेमा अध्ययन गरिन् । यो खासगरी पुरुषको भन्दा बढी महिलाको क्रियाकलाप बढी राम्रो भएको ठाउँमा देखिन्छ । ईष्र्या र अहंजस्ता पक्षले वस्तुतः सम्बन्धमा तिक्तता उत्पन्न गर्छन् । अझ कामकाजी महिला जीवनसाथी हुनुको अर्थ घरेलु कामकाजमा पनि हात बाँड्नु हो र धेरैजना पुरुष त्यस्ता घरेलु काममा अभ्यस्त हुँदैनन् । काम गर्ने समय अर्को एक कारक तत्त्व हो जसमा पुरुषलाई साह्रै गार्हो अनुभव हुन्छ । पति-पत्नीबीचको सम्बन्धमा यस्ता धेरै कारक तत्त्वहरूले काम गर्छन् । तथापि कोही-कोही त आफ्नी पत्नीले गरेका काम देखेर गौरवको अनुभव पनि गरिरहेका भेटिन्छन् । त्यसो भए केही मानिस स्मार्ट, स्वतन्त्र र वृत्तिमुखी महिलासँग व्यवहार गर्न अप्ठ्यारो मान्छन् त ?
एकजना सम्बन्ध विशेषज्ञ भन्छन्- केही पुरुष आफ्नी पत्नीले व्यावसायिक रूपमा आफूभन्दा एकदमै बढी राम्रो काम गर्न थाल्छिन् तब आफूलाई चुनौती खडा भएको र असुरक्षितजस्तो सम्झन्छन् । त्यसकारण त्यस्ता पुरुष घरेलु महिला मन पराउँछन् । उनीहरू आफ्नी महिला कामको सिलसिलामा बाहिरू घुम्न गएको, अबेरसम्म अफिसमा काम गरेको र आफ्नो शक्ति प्रदर्शन गरेको देख्न चाहन्नन् । आफ्नी श्रीमती सफल हँुदै गई भने उसले सबै कुरामा नेतृत्व हत्याउने र आफूलाई सम्मान गर्न छोड्लान् भन्ने डरले उनीहरू त्रस्त हुन्छन् ।
अझै पनि आफ्नो आत्मासँग मिल्ने श्रीमान्को खोजमा रहेकी एकजना ३६ वर्षे जागिरे महिला भन्छिन्- मैले भेटेका धेरैजना पुरुष उनीहरूमाथि आश्रति महिला नै उत्तम हुने ठान्छन् । तिनीहरूमध्ये केहीचाहिँ त सुशिक्षित, राम्रो आम्दानी भएकी महिलामा बढी नै अहं भाव हुने हुनाले उनीहरूसँग व्यवहार गर्नु कठिन मान्छन् । मेरा विचारमा सशक्त महिलाले घरेलु विषय र जीवनमा आइपर्ने चुनौतीको सामना गर्न सक्ने हुनाले उनीहरूबाट धेरै फाइदासमेत हुन्छ ।
तर, बदलिँदो समाजमा पुरुषहरूको पुरानो धारणा अझै बदलिएको छैन । के एक सशक्त कामकाजी महिला पत्नीका रूपमा रहनु फाइदाकै कुरो होइन र ?
ट्याग
जिन्दगी
अमूर्त सम्बादहरु,जगदिश घिमिरेसन्ग
मृत्युको सिलुएट (पाश्र्वछाया) मा उभिएर जगदीश घिमिरेले निकैपटक आफ्नो जीवनको सिंहावलोकन गरेका छन् । सन्ध्यामा अथवा जुनेली रातमा धेरै टाढा डाँडामाथि देखिने वृक्षका आकार, पर्वतका आकार, कुनै वस्तु वा व्यक्तिका आकारजस्तो केही अमूर्त वस्तु देखेका छन् । त्यो अस्पष्ट र भयप्रद भएर उनीअघि निकैपटक उभिएको छ । अस्पतालले भनेदेखिन् नै प्रत्येकपटक आफ्ना जीवनका दिनहरू सकिन लागेको जगदीश घिमिरेले देखेका छन् । उनले त्यो विराट् 'ब्ल्याकहोल' देखिसके । त्यसबाट हुने सम्भावित भय, सन्ताप, दुःखानुभूतिले उनलाई निमेष-निमेषमा छोइरहेको हुन्छ ।
टोल्स्टोयले 'बूढो खोल्सतोमेर' कथामा 'ईश्वरले मान्छेलाई तीनवटा रहस्यको ज्ञानबाट वञ्चित गरेको' बताएका छन् । ती के भने— मानिस जन्मेपछि कसरी सुरक्षित हुन्छ, उसको आयु कति लामो छ र मृत्युको घडी कसरी आउँछ । जगदीश घिमिरेलाई भेट्ने बेला मनमा लागेको थियो, सायद यी तीनै रहस्य खुल्ने भए सृष्टिको स्परूप नै भिन्न हुन्थ्यो । जवानीका जोसमा मान्छेले खोलाका ठूला जँघार पनि तर्छ, दुर्लंघ्य पहाड पनि नाघ्छ । भर्भराउँदो जवानीमा मृत्युबारे कसैले सोच्तैन । नत्र जीवनको मधुरतम रस पनि बाँकी रहने थिएन । त्यसबेला मान्छेलाई लाग्छ— यत्तिकैमा पुग्छ होला, मर्नेहरू मरिरहून्, म अमर छु । त्यसबेला शरीरको नश्वरता र क्षणभंगुरता पनि मान्छेले बिर्सेकै हुन्छ । जगदीश घिमिरेको जवानी सिद्धिएको धेरै भयो । यस बुढ्यौलीमा आएर उनले सुनाए— कसैको जीवनको टुंगो छैन, तर मेरो जीवनको टुंगो छ ।
जगदीश घिमिरेले अमेरिकाको ओक्लोहामा सहर पुगेपछि थाहा पाए— मलाईर् मल्टिपल माइलोमा क्यान्सर छ । त्यसै दिन उनको ढाड फ्रयाक्चर भयो र उनी हलचल गर्न नसक्ने गरी ढले । बाँकी जीवन ढलेरै बिताउनुपर्ने बाध्यताको त्यो पहिलो दिन थियो । 'हामी अमेरिका जाँदा जति उत्साही थियौँ, त्यहाँबाट फर्किंदा त्यसभन्दा हजारौं गुणा दुःखी थियौँ,' उनले सुनाए— 'म बाँचुन्जेल त्यो दिन बिर्सन सक्नेछैन ।' त्यसबेला डाक्टरले यिनको बाँच्ने आयु पनि तोकिदिए—'तीन-चार वर्ष । त्यसमा केही घटी-बढी हुनसक्छ ।' बढी भए त राम्रै भो । तर, घटी भयो भने ? उनी यही सोचेर तर्सिन्छन् ।
अब जगदीशका बालकझैँ नांगिने दिन पनि सुरु भए । नर्सहरूले ओछ्यानमै दिसा, पिसाब गराइदिन्थे, दिनको दुईपटक नुहाएर लुगा फेरिदिन्थे । खुवाउँथे । 'त्यही बेलादेखि म महिनौँसम्म अस्पताल र घरका सहायकका अगाडि निर्वस्त्र भएँ ।' मृत्यु पनि निर्वस्त्र भएर यिनको अगाडि आएको थियो । कुन बेला टपक्क टिपेर लैजान्छ के पत्तो ? रोगले मृत्युको निम्तो दिएको बेला यिनको मनमा के कुरा खेले हुन् ? 'त्यस रोगको पीडा म बताउन सक्तिनँ । एक दिन मर्नु त छँदै छ । यतिसारो पीडित भएर मरिजानु निको होइन,' उनले सुनाए, 'अन्ततः मृत्यु दुःखद होइन । रोएर बाँच्नुभन्दा रुवाएर जानु निको हो जस्तो लागेको थियो ।'
डाक्टरले बाँच्ने आयु तोकिदिए यता उनका सबै दिनरात अस्पतालको झ्यालखाना, कोठाको कठघरा र ओछ्यानको पिँजडामा बितिरहेका छन् । उनी अचानक जीवनको सबैभन्दा उज्यालो प्रकाशबाट एकाएक साह्रै अँध्यारो अन्धकारमा पुगे । त्यसबेला यिनलाई हेर्न भएजतिका आफन्त आउँथे, रुन्थे र स्तब्ध हुन्थे । आँखाबाट बरर्र.... आँसु खसाल्थे । थरीथरीका उपचार गर्न सल्लाह दिन्थे । 'उपचारका क्रममा म त्यो दन्त्यकथाको राजकुमारजस्तो भएको थिएँ, जसलाई टुनामुना गरेर मन्त्रेको अक्षताले हिर्काएर भेडो बनाइएको थियो । अनि, त्यो राजकुमार एकोहोरिएर टुना गर्नेको पछि लागेर हिँडेको थियो रे,' जगदीशले सुनाए, 'त्यो भेडोजस्तै खुरुखुरु मानेर मैले थरीथरीका उपचार गरेँ र सबैको चित्त बुझाएँ । मेरो चित्त भने समयले नै बुझाउनेछ भन्ने सोच्थेँ ।'
आज उनी मृत्यु कुरिरहेका छन् । टाढा उभिएको मृत्युको छाया नजिकै देखिरहेछन्, त्यो भयप्रद मुद्रा अघिल्तिर आफ्ना केही कथाव्यथा लेखिरहेछन्, सारा मनोभाव घोप्ट्याएर । चेखबको एक पात्रले आफ्नो हृदय अनेक पीडाले भरिएपछि अरू कोही नपाएर आफ्नै घोडासँग आफ्ना दुःख र वेदना कहेजस्तो, उनी अक्षरहरूलाई आफ्ना दुःखका कथा भनिरहेछन् । मलाई पनि आफ्नो मृत्यु चिन्तन सुनाइरहेछन् ।
काल त निष्ठुर हुन्छ । मृत्युचेतनाले हाम्रा सारा सुख समाप्त गरिदिन्छ । सोसिल रोड्सले मर्ने बेला भनेका थिए— 'यति मात्र गरियो, कत्रो बाँकी रह्यो ? सबैको त्यस्तै हो ।' मृत्युको पूर्वाभासले मानिसको भावनामा ठूलो परिवर्तन ल्याइदिन्छ । हामीले यस समाजमा यो कुरा अनुभव गरेकै छौँ । मन दान, धर्म, पुण्य गर्ने, यश-कीर्तिका कामपट्ट िजान्छ । टमस मानले भनेका छन्, 'मृत्युका बारेमा धार्मिक दृष्टिले चिन्तन गर्नु जीवनको अभिन्न पक्ष हो ।' जगदीश घिमिरेले पनि मृत्युको चिन्तन धार्मिक दृष्टिले गरे । गाउँ रामेछापको जग्गादान गरे । 'अब बाँचिँदैन भन्ने लाग्यो । मृत्युको अड्कल गर्दा लेनदेन टुंग्याउनुपर्छ भन्ने लाग्यो । मन्थलीमा भएको जग्गा केही दान गरेँ, त्यतिले मात्र पनि मनमा सन्तोष मिल्यो । शून्य, एकान्त जस्तो भयो,' उनले सुनाए ।
अहिले त जगदीश निकै तंगि्रएका छन् । पहिलेजस्तो दुःखी छैन समय । मर्छु जस्तो लागेको छ ? 'अहिले पो केही तंगि्रएँ, के थाहा कहिले मर्छु ? सबै मृत्युका मुखमा छन् । तर, यति थाहा छ चाँडै मर्नेछु,' जगदीश यति सुनाउँदा निकै भावुक भएका थिए । मृत्युलाई नजिकबाट देखेका जगदीशलाई मृत्युको अभिलाषा पनि छ होला ? 'छैन, त्यो त स्वाभाविक प्रक्रिया हो नि,' उनले भने, 'थला परेर, कुहिएर बस्नुभन्दा मर्नु ठीक हो । लामो समय बाँचौँ भन्ने पनि छैन ।'
जगदीशले अहिले चोभार डाँडाको आफ्नो घरमा बसिरहँदा धेरैपटक माइलोमा हुनुपूर्व र अहिलेको अवस्था दाँजेका छन् । र फेला पारेका छन्, मात्र शून्य, भयप्रद समय । आफ्नै घरका चोटा-कोठाले पनि कहिलेकाहीँ यिनलाई तर्साउँछन् । उनले धेरै कुरा दाँजेका छन् पहिले र अहिलेमा । पहिले जीवनमा रस हुन्थ्यो । रमाइलो हुन्थ्यो । तर, अहिले जीवन फेरिएको उनले देखेका छन् । जीवनका ती रमाइला दिन अहिले आँखाभरि नाच्छन् मात्र । उनले फेला पारेका छन्—मात्र नीरस र चिच्याटलाग्दो समय । जीवनका धेरै इन्द्रधनुषी रङबाट धुलोमा पछारिएका उनी जीवनमा अहिले कुनै रङ देख्दैनन् ।
मृत्युशय्यामा रहँदा कवि लेखनाथ पौड्यालले लेखेका थिए—
यो दुःख भोग्ने परमेश्वरै होयो देह उसको रहने घरै हो ।
यो भत्कँदा दुःख अवश्य मान्छ
सुटुक्क सामान लिएर जान्छ ।।
त्यसैगरी मृत्युशय्यामा छट्पटिँदा जगदीश घिमिरेले पनि आफ्नो कथा लेखे— अन्तर्मनको यात्रा । कृतिमा मृत्युबोध, मृत्युचिन्तन, मृत्युप्रतिको समर्पणभाव लेखे । मृत्युको अनुभूति गर्दा अहिले पनि निकै भयप्रद लाग्छ जगदीशलाई । जुन कुरा अवश्यभावी छ, त्यसैप्रतिको भय कति त्रासद । यसरी लेखकले आफ्नैसामुन्ने मृत्यु उभिएको छर्लंगै देख्दाको मनोभाव कस्तो होला, म कल्पना पनि गर्न सक्दिनँ । के मृत्यु प्रकाशमान् हुन्छ ? 'देखिँदैन मृत्युलाई । कहाँ हुनु प्रकाशमान् ?' उनले सुनाए । जे भएको छैन त्यो अतिरेक पि्रय हुन्छ । तर, जगदीशलाई मृत्यु पि्रय लागेन रे ! 'यो स्वाभाविक प्रक्रिया हो । बरु आँखामा आफन्त आए, आफ्नो गाउँ लहरै आए । तर, पि्रय लाग्नेगरी मृत्यु आएन,' उनले भने ।
मृत्यु प्रबल हुँदै आएपछि पनि जगदीशमा लेख्ने कुरा धेरै थिए । सम्भावना पनि धेरै थिए । उनको पूर्वार्द्धको जीवनले त्यही भन्छ । हृदयभित्र कुनै कुनामा तृप्त हुनेगरी साहित्य पढ्ने, लेख्ने धोको छँदै थियो । आफूअगाडि उभिएको अँध्यारो उनले अक्षरहरूमा पोखे । अँध्यारामा बलेको झिल्कोझैँ, राँकोझैँ उनका अक्षरहरू बलेका छन् । कुराकानीमै पनि घिमिरे एक गम्भीर, दार्शनिक तहमा ओर्लिन्छन् । पहिलेका चालभन्दा फरक, आफ्ना पारिवारिक र पि्रयजनभन्दा प्रेमपूर्ण बोली र दृष्टिको आशामा अल्झेका, असहाय हुँदै गएका, 'डिस्टब्र्ड मुड' अर्थात् खल्बलिएको मुद्रा लिएर हतप्रभ स्थितिमा जगत्को अन्तिम रहस्यको चिन्तनमा डुबेजस्ता देखिएका छन् घिमिरे ।
जगदीशलाई मृत्युले कुनै एकदिन दाउ हान्छ जस्तो लाग्छ । 'दाउ हान्छ तर, थाहा हुँदैन । जन्मसँग मृत्यु छ । जीवनसँग गाँसिएको छ मृत्यु,' उनले भने । मृत्यु अँध्यारैमा पनि आउन सक्छ । जगदीशले भनी पनि सके— मृत्यु प्रकाशमान् हुन्न, अन्धकारमय हुन्छ । अन्धकारको आकृति कहाँ छ र ? 'मर्नु पनि अन्धकारजस्तै हो । त्यो आफैँ कुरिन्छ,' उनले भने, 'अँध्याराकै बीच लैजान्छ ।' जीवनको निचोडजस्तो दर्शन सुनाए उनले— 'सन्तुलन चुँडिएपछि, आत्मबल फुस्केपछि के गर्नु र ?'
जीवनको चौतारीमा आँखा बिछ्याएर टाढासम्म हेर्दा मृत्यु कुन स्थानमा पाएका छन् घिमिरेले ? उनले पनि पारिजातले शून्यबोध गरेजस्तै सुनाए—'मान्छे जन्मियो अर्थात् मृत्यु जन्मियो । आफ्नो मृत्यु मान्छेले देख्दैन । समयले निर्धारण गर्छ मृत्यु । सायद मृत्यु आत्महत्या गरेर आफूलाई सिध्याउनेले मर्नुअघि देख्छन् ।' उनलाई लाग्छ— मृत्युले कसैलाई टिपेर लैजान संकोच मान्दैन । 'मृत्यु समय हो । आफैँ बग्दोरहेछ,' उनले भने । जगदीशलाई के लाग्छ, जीवनको अन्तिम विन्दु नै मृत्यु हो वा त्यसभन्दा पछि पनि केही छ ? 'मरेको मान्छे त मरिगो नि ! त्यो मान्छे आफ्नो कृतिमा अमर रहन सक्छ । ऊ अमर हुनुको लाभ बाँच्नेहरूलाई छ । नत्र त अन्तिम विन्दु नै मृत्यु हो ।' बरु मान्छे शिथिल भएपछि, मर्ने चाहना बलियो भएर आउँछ भन्छन् जगदीश । 'त्यस्तो बेला मान्छेले आफैँ काल आओस् र टिपेर लैजाओस् भन्छ,' उनले सुनाए ।
मान्छे जति बूढो हुँदै जान्छ, मृत्युको भय पनि बलियो हुँदै आउँछ, होइन र ? 'मृत्युको भय हुनैपर्छ भन्ने जरुरी छैन । यो त यथार्थको स्वीकृति हो । आफैँले अनुभूति गरेको हो मर्छु भन्ने । मर्नु लेखेको रहेछ, मरिन्छ भन्छ मान्छेले,' उनले भने । त्यसो भए मृत्युको मुखबाट बाँचेर आउँदा कुनचैँ शक्तिशाली रहेछ जस्तो लाग्यो त, समय कि जीवनको त्यान्द्रो ? 'समयले जन्माउँछ । साइत हो समय । समयमा जीवन हुन्छ । समयले मार्छ । त्यो समय काल हुन्छ । जन्म, बालापन, यौवन, प्रौढावस्था, मृत्यु— सबै उही समयका फरक नाम र पर्याय हुन् । सबै समय उही हो, एकै हो,' उनी दार्शनिक चेतनामा भन्दै गए— 'जीवन बाँच्नुको अर्थ मर्नु हो । समय अस्तित्व मात्र होइन, सँगसँगै एकैपटक अस्तित्व र अस्तित्वहीनता समेत हो । समय कुनै राम्रो, कुनै नराम्रो हुँदैन । जन्म सुसमय, मृत्यु कुसमय होइन । उही एउटै समय सृष्टि, स्थिति र प्रलय अर्थात् जन्म, जीवन र मृत्यु हो । यसमध्ये कुनै समय मान्छेका लागि उत्सव हुन्छ, कुनै समय शोक । समय यथार्थ हो । त्यसैले जीवनको त्यान्द्रो नै समय हो ।
त्यही शक्तिशाली छ ।' उनलाई बाँच्नु जीवनको अल्पकालीन समाधान हो अनि मर्नु दीर्घकालीन समाधान जस्तो लाग्छ ।
मल्टिपल माइलोमाले आफूलाई गाँज्दै ल्याउँदा जीवनका अर्थपूर्ण दिनहरू आँखामा नाचिरहे । 'फर्केर हेर्दा जीवनका कुनै पनि दिन अर्थहीन लागेनन् । यो जीवन नै रहस्य रहेछ । सुख-दुःखका दिनहरू एक-एक गरी आँखामा आए । झसंग भएँ, कति टाढा आइपुगिएछ जीवनमा जस्तो लाग्यो । निकैबेर टोलाएर बस्थेँ उपचारका दिनहरूमा,' उनले भने । उनलाई मृत्यु बलवान् हुँदै आउँदाका ती दिनहरू बेथितीसँग गुजारिए, अर्थहीनसँग बिताइए, मूल्यहीनसँग कटाइए भन्ने लाग्दोरहेनछ । 'अर्थहीन भएनन् ती दिनहरू, बरु दुःख र अप्ठ्याराका दिन थिए,' उनले भने । त्यसो त जगदीशलाई दुई पाइला हिँड्न अहिले पनि निकै सास्ती हुन्छ । अहिले पनि कम्मरमाथि फलामकै पेटी बाँधेर बस्नुपर्छ । 'तैपनि, निकै भाग्यमानी रहेछु जस्तो लाग्छ,' उनले सुनाए ।
त्यसबेलाका सबै रात मर्छु भन्ने भयले गुजारिए होलान् । हरेक बिहान झुल्कने जाज्वल्यमान् सूर्यको पछिल्तिर अँध्यारोको अत्यासलाग्दो प्रताडना छैन ? 'राति आकाशमा थोरै प्रकाश लिएर झुल्कने जूनले पनि बाँच्ने शक्ति दिन्थ्यो । अस्पतालको बेडनजिकैको झ्यालबाट बाहिर म शीतल चन्द्रमा हेर्थें,' उनले सुनाए, 'त्यसले बाँच्ने इच्छा अझ प्रबल भएर आउँथ्यो । बरु साह्रै कालो अँध्यारो रातसँग भने निकै डर लाग्थ्यो ।'
उनलाई अझै पनि आफ्ना आँखैअगाडि मृत्यु सल्बलाइरहेभै"m लाग्छ र त्यसले अहिले पनि तर्साउँछ । तैपनि, उनले मृत्युलाई 'जीवन र दुःखको समापन' ठानेका छन् । 'यो आफ्नो अधीनमा रहँदैन,' उनले सुनाए । मृत्युसँग कहिल्यै माया पलाएन । 'जीवनप्रति मात्र माया हुँदोरहेछ,' उनले भने । स्वेच्छिक मृत्युवरण गर्नु संसारलाई अनादर गर्नु, जीवनलाई नै अनादर गर्नु हो ? 'ठीकै हो स्वेच्छिक मृत्यु । कोही जीवन समाप्त गर्ने कुरा सोच्छ भने त्यो जीवनप्रतिको अनादर होइन । बरु आदर गरिएको हो, आफू बाँचेको समयलाई,' उनले भने । उनलाई अभाव, आवेश, क्रोध, रिसले मृत्युसँग प्रेम गर्छन् जस्तो लाग्छ । 'प्रेमले पनि मार्न सक्छ मान्छे । प्रेम र मृत्यु सँगै आउँदारहेछन्,' उनको जीवनभरिको एक महत्त्वपूर्ण सिकाइ यस्तै रहेछ ।
देवकोटा, युद्धप्रसाद, हरिभक्त, पारिजातहरूले अभावै-अभावमा मृत्युवरण गरेका थिए । त्यस्तो मृत्युको अनुभव कस्तो हुँदो हो ? भन्छन्, 'पीडादायक हुन्छ नि ! देवकोटा, हरिभक्त, पारिजात । यिनको त समय नै अभावको थियो । जिन्दगीभरि अभाव भोगे उनीहरूले । उनीहरू र मबीच फरक बस् यत्ति हो, म अभाव र गरिबीमा मर्दिनँ ।'
जीवन धेरै दुखेको छ । इतिहास दुखेको छ । अब त शान्ति पाए हुन्थ्यो । कतै एउटा शून्यमा विलीन हुन पाए हुन्थ्यो भन्ने लागेन ? 'शून्यमा विलीन हुन पाए हुन्थ्यो जस्तो एकपटक लागेको थियो । बिरामी भएपछिको कुरा हो । म दिल्लीको रेल्वे स्टेसनमा थिएँ । त्यो रेल हुँइकिएर आउँदा त्यही रेलको लिगमा बसौँ र मृत्यु अँगालौँ जस्तो लागेको थियो । तर, आँखाअगाडि के अर्कै कालो वस्तु आएर बसेझैँ लाग्यो, सायद माया पो लाग्यो कि जिन्दगीको ?' उनले भने ।
जगदीशले जिन्दगीको कुनै अर्थ खोजेनन् । बरु बिरामी हुँदा थलिएर बाँच्नुपर्ने बाध्यताविरुद्ध अर्को बाध्यता (साहित्य) टिपेर मुक्त हुन खोजे । बीचमा चटक्कै त्यागिसकेको साहित्य-सिर्जनमा लागे । गाउँघर, आफन्तको माया खोजे र जीवन दुःखेको पीडाले छट्पटाइरहे । अब जगदीशले कसैलाई रिझाउनु छैन, कोही रिसाउला भन्ने पनि छैन । बरु एउटा निचोड फेला पारेका छन् उनले— 'जीवन छ र नै मृत्यु पनि अस्तित्वमा छ ।'
उमेरमा जिन्दगी जति गुलियो भए पनि अहिले जिन्दगी अमिलो र नमीठोपन मात्रै भेटाएका छन् उनले, साँच्चै अमिलो । छुट्नेबेला उनले सुनाए, 'मेरो जीवन काठमाडौंको फोहोरमा बित्यो । त्यसैले अमिलो लाग्यो यो जिन्दगी । म मरेपछि मेरो खरानी मेरा पुर्खाको थलो, मेरा स्वजन माझी, मझिनीहरू र मलगायत सबैको साझा, मन्थलीको तामाकोसी र सुकाजोरको सफा दोभानमा बगाइदेऊ । तर, खरानी छरेर तामाकोसीको सफा पानी नधमिल्याउनू । मेरो खरानी मन्थलीको कुनै पाखामा छरिदिए पनि हुन्छ ।'
ट्याग
ब्याक्तित्ब
साबधान "विवाह पूर्वको सम्बन्धलाइ नदोहराउनुहोस "
विवाह पछि पहिलेको प्रेमी वा प्रेमिकासँग भेट हुन सक्छ। तर यस्तो भेटलाइ साधारण भेटमा नै सीमित नराखेमा यसको परिणाम दुखद हुन सक्छ। तसर्थ विवाहपछि आफ्ना विगतमा भएका सबै प्रेम प्रसंगलाई भूतकालमानै राख्न अत्यन्त जरुरी छ।
तर यो भनाइ वास्तविक जीवनमा धेरै कम मात्रामा मात्र लागु हुन्छ। मानिसहरु आफूलाई जतिसुकै नियन्त्रणमा राखे पनि विवाह अगाडिको प्रेमी वा प्रेमिकासँग भेट हुनासाथ " प्रेम तथा युद्धमा सबै ठीक हो " भन्ने उखानलाइ सम्झने गर्नाले खाफ्नो भविष्यलाईनै दाउमा लगाउन पछि हट्दैनन्।
हुन पनि मानव भएको नाताले विवाह अघिको प्रेमी वा प्रेमिकासँग भेट हुनासाथ मनमा ठूलो हलचल हुन्छ जसलाई नियन्त्रणमा राख्न त्यति सजिलो अवश्य पनि छैन तर यसलाई नियन्त्रणमा राख्नु अति आवश्यक छ भन्ने कुरामा दुई मत हुन सक्दैन।
अतीतलाई बिर्सन त्यती सजिलो अवश्य नै छैन तर समयको महत्वलाई मनन गर्दै यसलाई बिर्सदैजानमानै सबैको भलो हुन्छ भनेर सधै सम्झनु पर्छ।
जीवनको कुनै मोडमा अचानक तपाईको भेट आफ्नो पूर्व प्रेमी वा प्रेमिकासँग भएमा पुराना घाउहरु बल्झन सक्छ, तब तपाईलाई उनको वर्तमानबारे जान्ने ठूलो उत्सुकता हुन्छ तर तपाईको यस कदमले तपाईको यस कदमले तपाई तथा उनको वर्तमानलाई ठूलो असर पर्ने वास्तविकतालाई बुझेर यस अवस्थाबाट पन्छिन सक्नुपर्छ।
जब आफ्नो पूर्व प्रेमी वा प्रेमिका संग अचानक भेट हुन्छ तब तपाईलाई आफ्नो विगतका यादहरु ताजा हुन जान्छ। तपाईले पहिले आफ्नो जीवनमा गरेको प्रेमका पलहरु आँखा सामु आउन थाल्छ यसले गर्दा तपाईलाई विस्तारै विगततिर फर्कन मनलाग्न सक्छ तर यस्तो समयमा आफूलाइ संयममा राखी वर्तमानलाइ अगांल्नुनै राम्रो हुने तथ्यलाइ संधै सम्झनसक्नु पर्छ।
लामो समय पछि आफ्नो पूर्व प्रेमी वा प्रेमिकासंग भेट भएपछि यसलाइ वर्तमानसँग दाज्नु हुदैन। विना जिम्मेवारी जवानीमा गरेको संगत र जिम्मेवारीका साथ निभाउनुपर्ने वैवाहिक जीवनमा ठूलो भिन्नता हुन्छ।
यसरी तुलना गर्दा मानिसहरु समयको महत्वलाई बिर्सने गर्छन किन कि मानिस विवाह अगाडि तथा विवाह पछाडि एउटै रहन सक्दैन। विवाहपछि मानिसमा ठूलो जिम्मेवारी आउँछ, तब मानिसले सामाजिक रहन सहनलाई अंगाल्नु पर्ने हुन्छ।
विवाह अगाडि गर्न सक्ने कतिपय कामहरु विवाहपछि सम्भव हुदैन। लवाई, खवाई, हिडाई यसका प्रत्यक्ष उदाहरण हुन। यसले गर्दा विवाहपछि यस्तो तुलनामा धेरै जस्तो अवस्थामा विवाहपूर्वको साथीमा बढी गुण देखापर्ने हुन्छ।
मानिसले जब जब विवाहपूर्वको सम्वन्धलाई दोहराउन थाल्छ तब तब उनको व्यवहारमा परिवर्तन आउन थाल्छ।
बहाना बनाएर घरबाट बाहिर जान थाल्ने, एक्लै बजारमा किनमेल गर्ने, घरमा खाना नखाने, राम्रोसँग बोल्न छोड्ने, कतै हराएको जस्तो हुने लक्षण तपाईमा आउन थाल्छ। यसबाट तपाईको जीवनसाथीलाई तपाईप्रति शंका उठ्न थाल्छ। यसबाट तपाईको वैवाहिक जीवनमा कटुता आउन थाल्छ। तपाईले जति कोशिस गरेता पनि यी दुईलाई तपाई सन्तुलनमा राख्न सक्नु हुन्न, यसले तपाईको वैवाहिक जीवनलाई तहसनहस पार्छ। एक अर्कामा अविश्वास जाग्न थाल्छ, यसैले समयमा नै यस्तो स्थितिबाट मुक्तहुन सक्नुमा नै सबैको विजय हो भनेर सम्झनु पर्छ।
यी सबै कारणले गर्दा हरेक मानिसले आफ्नो विवाहपूर्वको सम्बन्धलाई बिर्सनु अति जरुरी छ । यसले भावनात्मक रुपमा फेरी एक अर्कालाई नजिक्याउने प्रयास गरेतापनि यसबाट बच्नुमा नै सबैको भलो हुन्छ भनेर सम्झनु अति जरुरी छ।

जिबन
कबिता
यो कस्तो भिड हो ? जन्ती हुन कि मलामी
भिच्छुहरुले दिदै छन् अगुलिमारलाई सलामी
रातमा नाङगै नाचछन, कोही आए करङ भाचछन
बिहान गेरु बस्त्रमा जप्छन, बुद्म सरणम गच्छामी
मुर्दा सान्ती छ सहर अचेल ,चकमन्न छ गाउघर
आधी बेरी मात्र होईन ,आउदै छ बिध्बन्सको सुनामी
साईनबोर्ड झिक,गुन्टा कस,भाग भाग
भलादमीहरु आउदैछन, बनाउन नया नेपाल

गजल
Subscribe to:
Comments (Atom)