Showing posts with label ल्हासा. Show all posts
Showing posts with label ल्हासा. Show all posts

ल्हासा टु सिनिङ----------- भोजराज भाट

आर यू पाकिस्तानी ?" रेलको बार्‍हौं डिब्बातिर लाग्दै गर्दा एक चिनियाँ युवतीले टुटेफुटेको अङ्ग्रेजीमा प्रश्न गरिन् । "नो..नो.. फ्रम नेपो" । कस्तो अनौठो ! नेपाल भन्दाखेरि कोही नबुझ्ने । 'ल' उच्चारण नगरेर नेपो मात्र भनेपछि बल्ल उनले नेपाली ठम्याइन् । अनि मैले रेलको टिकट देखाएर सोधेँ, "ह्वयर इज् माइ सिट ?" मुन्टोको इशारामा ती युवतीले त्यस डिब्बाको सबैभन्दा माथिल्लो सिट इंगित गरिन् । एकछिन त पर्‍यो फसाद ! पहिलो पटक रेल चढेको मान्छे, त्यसमाथि विश्वकै सबैभन्दा उच्च भूभागको रेलयात्रा । कसरी जाने हो आफ्नो सिटमा ? मैले रेलको मेसो नपाएको देखेर होला, चिनियाँ युवतीले छेउको बटनवाला खोपा निकालिदिइन् । त्यही खोपा-खोपा टेकेर तीन बेडमाथि जानुपर्ने रहेछ ।
हामी बसेको डिब्बा छ जनाको सिट रहेछ । एकापट्ट तीन र अर्कोपट्ट तीन । बीचको झ्यालतिरको किनारमा चियानास्ता खान मिल्ने चुच्चे आकारको टेवुल । मुल ढोकातिर मान्छे ओहोरदोहर गर्न मिल्ने बाटो रहेछ । त्यही बाटोसँगै जोडिएको भित्तामा फोल्डिङवाला टेवुलमा डिब्बाका यात्रुहरू बाहिरको दृश्य हेर्दै, चियाकफी लिएर बस्दा रहेछन् । यी सबै मेरा लागि नौला विषयवस्तु थिए । यसो हाम्रो डिब्बाको भूइतिर हेरेँ, त्यहाँ त तातोपानी राख्ने भाडो