मेरी आमा --------------हस्त गौतम 'मृदुल'
त्यस फलभित्र थुत्रै आ-आफना अस्तित्वका वियाँहरुले जन्मलिने छन। यस बिशाल बसुन्धरामा विउबाट विस्तारै टुसाहरु हलक्क बढ्दै जाने छन।आज मलाइ यो पलाउदै गरेको टुसा झै सम्वेदनशील अबस्थामा समयले छोडिदिएको छ।
यो संकटकालिन अवस्थामा मलाइ तितरबितर हुनबाट बचाउन तिमी अन्तिम ताराको मन्द प्रकास पछयाउदै म कहाँ आउ। उज्यालो पूर्व बाट नै उदाउछ, त्यसैले तिमी
धन को महातम्य र कमाउने दुई काइदा
त्यस्तो महातम्य बोकेको धन कमाउने काइदा खोज्न दुई चार आफन्त दस बिस साथी हरु को मा दौडियो हे बताइ देउन धन कमाउने काइदा भनेर उह त्यस्तो काइदा कोइ पनि बताउदैन रैछन । एक जना मित्र थिए पुतली सडक मा साइकल मर्मत पसल खोलेका । आफु बिहान बेलुका सरकारी नोकरी खाएर एक हात ले टोपी ले पसिना पुछ्दै एक हात ले सुरुवाल को इधार समात्दै सरकारी नोकरी गर्दै कुद्ने मनुवा । सरकारी कर्मचारी भएको गन्ध पाएछन र आँखा जुद्धा नमस्कार पनि भन्द्थे । कहिले काही चिया पनि खुलाउथे । आफ्नो जुत्ता को तलुवा फुस्के को फेर्न सकेको छैन उन्को त एक दुई बर्ष मै मोटर साइकल , मारुति कार हुँदै कार बेच्ने सो रुम खोली सकेछन । एक दिन भिजिटिङ कार्ड सर भन्दै थमाइ दिये मोटा चिल्ला हुँदै गएका थिए उनी । त्यस पछी अर्को तलुवा फुस्कुन्जेल त्यहा देखेको थिएन । दुई बर्ष पछी उन्ले फाइनान्स होकी के जात को बैंक
के सुख, के दु:ख !-----------------श्रीओम श्रेष्ठ 'रोदन'
पाटन अस्पतालको परिसर व्यस्त थियो । सबै आ-आफ्नो विरामी प्रति चिन्तित थिए । आपतकालीन विरामीहरु संगै डाक्टरहरु व्यस्त बनिरहेका थिए ।
एउटी युवती नजिकैको वेडमा लम्पसार परिरहेकी थिईन्, अर्ध चेत अवस्थामा, वरिपरि आफन्तहरुले
ल्हासा टु सिनिङ----------- भोजराज भाट
हामी बसेको डिब्बा छ जनाको सिट रहेछ । एकापट्ट तीन र अर्कोपट्ट तीन । बीचको झ्यालतिरको किनारमा चियानास्ता खान मिल्ने चुच्चे आकारको टेवुल । मुल ढोकातिर मान्छे ओहोरदोहर गर्न मिल्ने बाटो रहेछ । त्यही बाटोसँगै जोडिएको भित्तामा फोल्डिङवाला टेवुलमा डिब्बाका यात्रुहरू बाहिरको दृश्य हेर्दै, चियाकफी लिएर बस्दा रहेछन् । यी सबै मेरा लागि नौला विषयवस्तु थिए । यसो हाम्रो डिब्बाको भूइतिर हेरेँ, त्यहाँ त तातोपानी राख्ने भाडो
एक पागलको डायरी--- मोमिला
उकुसमुकुस सडक पार गरूँ भन्दाभन्दै रेडलाइट बलिहाल्यो । सुस्केरासहित सडकको वार िकिनारमै टक्क उभिएँ ।
मध्य चैतको घाम, बाफिलो सडक, हुरी र बतास । पुतलीसडकचोकमा बाटो क्रस गर्ने ध्याउन्नमा जेब्राक्रसिङ्नेर उभिएर म ग्रीनलाइट अधीरतासाथ पर्खन लागेँ ...। टाढाबाट बाढीले बगाउँदै ल्याएका वस्तुहरू कतै पर पुर्याएर किनारमा थुपारेजस्तै मेरापछि म उभिएको किनारमा एक निमेषको समयले बाटो पार गर्ने हूल मान्छे थुपारसिकेको थियो । म एकोहोरो ग्रीनलाइटको प्रतीक्षा गर्दै रहेँ ...। जब ग्रीनलाइट बल्यो, होडमा बाटो पार गरूँभन्दा त मसँगै उभिएको मान्छेको बाढी उर्लेर उहिल्यै रातो बत्ती छिचोल्दै
जल्दै गरेको चिताबाट
मसँग भन्ने गर्थ्यो, ‘यार विनय, यो मानसिक समस्या भनेको कुनै रोग नै हैन नि ! जसरी मान्छे शरीरको कमजोरीमा भिटामिन लिन्छन् त्यसैगरि मानसिक कमजोरीमा यो औषधि । हेर् न मलाई कुनै समस्या नै छैन सुरु सुरुमा केही दिन औषधि खाएपछि लाग्थ्यो मलाई त कुनै रोग नै लागेको छैन । अनि डाक्टरले दिएको औषधि विचैमा छाडिदिन्थेँ । फेरि समस्या आउँथ्यो थाहा नपाउने गरी । खूब सताउँथ्यो अनि लाग्थ्यो म साँच्चै बिरामी छु । गर्दा गर्दै अभ्यस्त भएँ । अब आफ्नो समस्या सहजै थाहा पाउन सक्छु । तुरुन्तै डाक्टरकोमा जान्छु एक्लै । सवै सामान्य छ ।’
तर आज स्थिति असामान्य भएको थियो । प्रतीकको दादाले फोन गर्दा मैले कुरा यत्ति सम्म गम्भीर होला जस्तो लागेको थिएन । तथापि रातको ११ बजे फोन गरेर ऊ बिरामी भएर हस्पिटल लानु पर्यो भन्ने खबर पाउँदा चाहीँ आपत्तिको सामान्य पूर्वानुमान भने गर्न पुगेको थिएँ ।
अब उसले किन यसो गर्यो भन्ने कुरा महत्वपूर्ण रहेन । जसरी पनि उसको आँखामा निहित झिनो आशा पूरा भएको हामी देख्न चाहन्थ्यौं, बस् ! घरि घरि ऊ मेरो आँखामा आँखा मिलाएर केही आशा गरेझैँ
ती एकदर्जन सुन्दरीहरू
हजार पीडाहरूको माया लागेर आउंछ - मोमिला
हजार सपनाहरूको माया लागेर आउंछ
बांच्ने रहरजस्तो फेरि भएर आउंछ
र्-र् इश्वरवल्लभ
उसले भन्यो- हजार सपनाहरूको माया लागेर आउंछ≤ मैले भनें- मेरा हजार पीडाहरूको माया लागेर आउंछ । सपनालाई माया गर्नेले भविष्य देख्यो, पीडालाई माया गर्नेले विगत देख्यो । ऊ सपना भेट्न जिन्दगी हिंडयो र वर्तमानमा आइपुग्यो, म पीडालाई माया गर्दै जिन्दगी हिंडें र वर्तमानमै आइपुगें । यसरी सपनालाई माया गर्नेले पनि जिन्दगीलाई माया गर्यो, पीडालाई माया गर्नेले पनि जिन्दगीलाई
Habits of happy couples
1. Go to bed at the same time
Remember the beginning of your relationship, when you couldn’t wait to go to bed with each other to make love? Happy couples resist the temptation to go to bed at different times. They go to bed at the same time, even if one partner wakes up later to do things while their partner sleeps.
2. Cultivate common interests
After the passion settles down, it’s common to realise that you have few interests in common. But don’t minimise the importance of activities you can do together that you both enjoy. If common interests are not present, happy couples develop them. At the same time, be sure to cultivate interests of your own; this will make you more interesting to your mate and prevent you from appearing too dependent.
विश्व साइकल यात्री फूर्तेम्बाको कथा ब्यथा
संखुवासभा, माम्लिङ्ग ६ मा बुबा गेन्जु शेर्पा र आमा मिङमा शेर्पाको कोखमा जन्मिएका फूर्तेम्बा शेर्पा अहिले विश्व साइकल यात्रामा छन् । उनको यहा सम्मको जीवन यात्राको कथा यसरी शुरु हुन्छ । उनका २ दिदीहरु छन् । तिहारको बेला दिदी माइतीघर आएको थियो । आमाले अर्हाए अनुसार भाईटिकामा ठूली दिदिलाई १० रुपैया र कान्छी दिदीलाई ५ रुपैया दियो उनले ।
चालिसेले छुँदाको यो क्षण
घर आएर ऐनाहेरे गालामा पहिलाको भन्दा खुम्चिएको पाँए मःम जस्तो बिशेष हाँस्दा खेरी । कपाल रँङ्गाएकोले फरक पाइन पाखुराका मसलहरु यथावतनै पाँए हल्का जिम गन्र्नेबानीले होला । आखिरी चालीसेले छोए पनि नछोएको झै महशुस गरे । त्यसो त म माघ २६ गते २०२६ सालेले चालिसेले छोएकै हूँ ।
जेल र मेरो अनुभव
सैन्ट पिटर्सवर्गमा दुई दिन एक रात
९ जुन सांझ मस्कोस्थित नाकाचिन्स्कायमा हांसको मासु भन्दै कुनै ठुलै पंक्षीको मासु भोजकै रुपमा खाएर राति ११ बजेतिर डा. मणिराज पोखरेलका साथ रेल यात्रा तय गरेका थियौ । हामी बिहान १० बजे सैन्ट पिटर्सवर्ग पुग्ने कार्यक्रम थियो ।
ऊ को थिई र मेरी ?
विदेशको व्यथा - मस्तीमा उडिरहेको जीवन
काम खोजीमा विश्वको हरेक कुनामा पुगेका छौं। साउदी कतार, यूएईजस्तै धेरै मुलुक गएका छौ पुगेका छौं। रोजगारीको सिलसिलामा आज हामी इजरायलको तातो घाम खान धेरैजना नेपाली दिदीबहिनीसमेत आएका छौं। यसले धेरैको आर्थिक स्थिति मजबुत हैन, दरिलो बनाएको पनि छ। देशले पनि केही हदसम्म राहत पाएको छ। यहाँ आउने क्रम लगभग सन् २००१ देखि सुरु भएको होला। इजरायलमा सुसारेको काम गर्नका लागि नेपालीहरू जुन नगण्य मात्रामा थिए र सन् २००४ तिरबाट धेरै मात्रामा हामीहरू यहाँको श्रमिक हुन पाएका छौं। आफ्नो घरको चर्को आर्थिक समस्या समाधान गरेका छौं। यहाँको काम त्यति गाह्रो नि हैन। सजिलो पनि हैन। जे होस्, ठीक नै छ।
'जब धेरै समय विदेशको बसाइ हुन्छ तब याद हुन्छ घर–परिवारको। 'इजरायल बस्दाको दिनहरू मलाई खल्लो होला जस्तो लाग्दैन किनकि विदेशको यात्रा रमाइलो नै हुन्छ। हामीलाई यहाँ भएको कलाकौशल जान्ने मौका मिलेको छ। धर्मसंस्कृति अनि भाषा विविध कुरोलाई हामीले जान्न पाउनु नि सानो कुरो हैन र अर्को कुरा आम्दानी पनि राम्रो भएको छ। म जस्ता धेरै दिदीबहिनी, दाइभाइ छन् यहाँ। उनीहरूले यहाँको चलनको सिको गरेर होला शुक्रबार डिस्को जानु अनि त्यहाँ भेटिएका केटाले केटी साथी र केटीले केटा साथी बनाउने अनि हिजो नेपालको दुःख, घर–परिवार चटक्क बिर्सिएर मोजमस्तीमा झुम्म हुने, जम्ने काम बढ्दो छ।
कस्की श्रीमती कति असल ?
अमूर्त सम्बादहरु,जगदिश घिमिरेसन्ग
यो देह उसको रहने घरै हो ।
यो भत्कँदा दुःख अवश्य मान्छ
सुटुक्क सामान लिएर जान्छ ।।
त्यसैगरी मृत्युशय्यामा छट्पटिँदा जगदीश घिमिरेले पनि आफ्नो कथा लेखे— अन्तर्मनको यात्रा । कृतिमा मृत्युबोध, मृत्युचिन्तन, मृत्युप्रतिको समर्पणभाव लेखे । मृत्युको अनुभूति गर्दा अहिले पनि निकै भयप्रद लाग्छ जगदीशलाई । जुन कुरा अवश्यभावी छ, त्यसैप्रतिको भय कति त्रासद । यसरी लेखकले आफ्नैसामुन्ने मृत्यु उभिएको छर्लंगै देख्दाको मनोभाव कस्तो होला, म कल्पना पनि गर्न सक्दिनँ । के मृत्यु प्रकाशमान् हुन्छ ? 'देखिँदैन मृत्युलाई । कहाँ हुनु प्रकाशमान् ?' उनले सुनाए । जे भएको छैन त्यो अतिरेक पि्रय हुन्छ । तर, जगदीशलाई मृत्यु पि्रय लागेन रे ! 'यो स्वाभाविक प्रक्रिया हो । बरु आँखामा आफन्त आए, आफ्नो गाउँ लहरै आए । तर, पि्रय लाग्नेगरी मृत्यु आएन,' उनले भने ।
मृत्यु प्रबल हुँदै आएपछि पनि जगदीशमा लेख्ने कुरा धेरै थिए । सम्भावना पनि धेरै थिए । उनको पूर्वार्द्धको जीवनले त्यही भन्छ । हृदयभित्र कुनै कुनामा तृप्त हुनेगरी साहित्य पढ्ने, लेख्ने धोको छँदै थियो । आफूअगाडि उभिएको अँध्यारो उनले अक्षरहरूमा पोखे । अँध्यारामा बलेको झिल्कोझैँ, राँकोझैँ उनका अक्षरहरू बलेका छन् । कुराकानीमै पनि घिमिरे एक गम्भीर, दार्शनिक तहमा ओर्लिन्छन् । पहिलेका चालभन्दा फरक, आफ्ना पारिवारिक र पि्रयजनभन्दा प्रेमपूर्ण बोली र दृष्टिको आशामा अल्झेका, असहाय हुँदै गएका, 'डिस्टब्र्ड मुड' अर्थात् खल्बलिएको मुद्रा लिएर हतप्रभ स्थितिमा जगत्को अन्तिम रहस्यको चिन्तनमा डुबेजस्ता देखिएका छन् घिमिरे ।
जगदीशलाई मृत्युले कुनै एकदिन दाउ हान्छ जस्तो लाग्छ । 'दाउ हान्छ तर, थाहा हुँदैन । जन्मसँग मृत्यु छ । जीवनसँग गाँसिएको छ मृत्यु,' उनले भने । मृत्यु अँध्यारैमा पनि आउन सक्छ । जगदीशले भनी पनि सके— मृत्यु प्रकाशमान् हुन्न, अन्धकारमय हुन्छ । अन्धकारको आकृति कहाँ छ र ? 'मर्नु पनि अन्धकारजस्तै हो । त्यो आफैँ कुरिन्छ,' उनले भने, 'अँध्याराकै बीच लैजान्छ ।' जीवनको निचोडजस्तो दर्शन सुनाए उनले— 'सन्तुलन चुँडिएपछि, आत्मबल फुस्केपछि के गर्नु र ?'
जीवनको चौतारीमा आँखा बिछ्याएर टाढासम्म हेर्दा मृत्यु कुन स्थानमा पाएका छन् घिमिरेले ? उनले पनि पारिजातले शून्यबोध गरेजस्तै सुनाए—'मान्छे जन्मियो अर्थात् मृत्यु जन्मियो । आफ्नो मृत्यु मान्छेले देख्दैन । समयले निर्धारण गर्छ मृत्यु । सायद मृत्यु आत्महत्या गरेर आफूलाई सिध्याउनेले मर्नुअघि देख्छन् ।' उनलाई लाग्छ— मृत्युले कसैलाई टिपेर लैजान संकोच मान्दैन । 'मृत्यु समय हो । आफैँ बग्दोरहेछ,' उनले भने । जगदीशलाई के लाग्छ, जीवनको अन्तिम विन्दु नै मृत्यु हो वा त्यसभन्दा पछि पनि केही छ ? 'मरेको मान्छे त मरिगो नि ! त्यो मान्छे आफ्नो कृतिमा अमर रहन सक्छ । ऊ अमर हुनुको लाभ बाँच्नेहरूलाई छ । नत्र त अन्तिम विन्दु नै मृत्यु हो ।' बरु मान्छे शिथिल भएपछि, मर्ने चाहना बलियो भएर आउँछ भन्छन् जगदीश । 'त्यस्तो बेला मान्छेले आफैँ काल आओस् र टिपेर लैजाओस् भन्छ,' उनले सुनाए ।
मान्छे जति बूढो हुँदै जान्छ, मृत्युको भय पनि बलियो हुँदै आउँछ, होइन र ? 'मृत्युको भय हुनैपर्छ भन्ने जरुरी छैन । यो त यथार्थको स्वीकृति हो । आफैँले अनुभूति गरेको हो मर्छु भन्ने । मर्नु लेखेको रहेछ, मरिन्छ भन्छ मान्छेले,' उनले भने । त्यसो भए मृत्युको मुखबाट बाँचेर आउँदा कुनचैँ शक्तिशाली रहेछ जस्तो लाग्यो त, समय कि जीवनको त्यान्द्रो ? 'समयले जन्माउँछ । साइत हो समय । समयमा जीवन हुन्छ । समयले मार्छ । त्यो समय काल हुन्छ । जन्म, बालापन, यौवन, प्रौढावस्था, मृत्यु— सबै उही समयका फरक नाम र पर्याय हुन् । सबै समय उही हो, एकै हो,' उनी दार्शनिक चेतनामा भन्दै गए— 'जीवन बाँच्नुको अर्थ मर्नु हो । समय अस्तित्व मात्र होइन, सँगसँगै एकैपटक अस्तित्व र अस्तित्वहीनता समेत हो । समय कुनै राम्रो, कुनै नराम्रो हुँदैन । जन्म सुसमय, मृत्यु कुसमय होइन । उही एउटै समय सृष्टि, स्थिति र प्रलय अर्थात् जन्म, जीवन र मृत्यु हो । यसमध्ये कुनै समय मान्छेका लागि उत्सव हुन्छ, कुनै समय शोक । समय यथार्थ हो । त्यसैले जीवनको त्यान्द्रो नै समय हो ।
त्यही शक्तिशाली छ ।' उनलाई बाँच्नु जीवनको अल्पकालीन समाधान हो अनि मर्नु दीर्घकालीन समाधान जस्तो लाग्छ ।
मल्टिपल माइलोमाले आफूलाई गाँज्दै ल्याउँदा जीवनका अर्थपूर्ण दिनहरू आँखामा नाचिरहे । 'फर्केर हेर्दा जीवनका कुनै पनि दिन अर्थहीन लागेनन् । यो जीवन नै रहस्य रहेछ । सुख-दुःखका दिनहरू एक-एक गरी आँखामा आए । झसंग भएँ, कति टाढा आइपुगिएछ जीवनमा जस्तो लाग्यो । निकैबेर टोलाएर बस्थेँ उपचारका दिनहरूमा,' उनले भने । उनलाई मृत्यु बलवान् हुँदै आउँदाका ती दिनहरू बेथितीसँग गुजारिए, अर्थहीनसँग बिताइए, मूल्यहीनसँग कटाइए भन्ने लाग्दोरहेनछ । 'अर्थहीन भएनन् ती दिनहरू, बरु दुःख र अप्ठ्याराका दिन थिए,' उनले भने । त्यसो त जगदीशलाई दुई पाइला हिँड्न अहिले पनि निकै सास्ती हुन्छ । अहिले पनि कम्मरमाथि फलामकै पेटी बाँधेर बस्नुपर्छ । 'तैपनि, निकै भाग्यमानी रहेछु जस्तो लाग्छ,' उनले सुनाए ।
त्यसबेलाका सबै रात मर्छु भन्ने भयले गुजारिए होलान् । हरेक बिहान झुल्कने जाज्वल्यमान् सूर्यको पछिल्तिर अँध्यारोको अत्यासलाग्दो प्रताडना छैन ? 'राति आकाशमा थोरै प्रकाश लिएर झुल्कने जूनले पनि बाँच्ने शक्ति दिन्थ्यो । अस्पतालको बेडनजिकैको झ्यालबाट बाहिर म शीतल चन्द्रमा हेर्थें,' उनले सुनाए, 'त्यसले बाँच्ने इच्छा अझ प्रबल भएर आउँथ्यो । बरु साह्रै कालो अँध्यारो रातसँग भने निकै डर लाग्थ्यो ।'
उनलाई अझै पनि आफ्ना आँखैअगाडि मृत्यु सल्बलाइरहेभै"m लाग्छ र त्यसले अहिले पनि तर्साउँछ । तैपनि, उनले मृत्युलाई 'जीवन र दुःखको समापन' ठानेका छन् । 'यो आफ्नो अधीनमा रहँदैन,' उनले सुनाए । मृत्युसँग कहिल्यै माया पलाएन । 'जीवनप्रति मात्र माया हुँदोरहेछ,' उनले भने । स्वेच्छिक मृत्युवरण गर्नु संसारलाई अनादर गर्नु, जीवनलाई नै अनादर गर्नु हो ? 'ठीकै हो स्वेच्छिक मृत्यु । कोही जीवन समाप्त गर्ने कुरा सोच्छ भने त्यो जीवनप्रतिको अनादर होइन । बरु आदर गरिएको हो, आफू बाँचेको समयलाई,' उनले भने । उनलाई अभाव, आवेश, क्रोध, रिसले मृत्युसँग प्रेम गर्छन् जस्तो लाग्छ । 'प्रेमले पनि मार्न सक्छ मान्छे । प्रेम र मृत्यु सँगै आउँदारहेछन्,' उनको जीवनभरिको एक महत्त्वपूर्ण सिकाइ यस्तै रहेछ ।
देवकोटा, युद्धप्रसाद, हरिभक्त, पारिजातहरूले अभावै-अभावमा मृत्युवरण गरेका थिए । त्यस्तो मृत्युको अनुभव कस्तो हुँदो हो ? भन्छन्, 'पीडादायक हुन्छ नि ! देवकोटा, हरिभक्त, पारिजात । यिनको त समय नै अभावको थियो । जिन्दगीभरि अभाव भोगे उनीहरूले । उनीहरू र मबीच फरक बस् यत्ति हो, म अभाव र गरिबीमा मर्दिनँ ।'
जीवन धेरै दुखेको छ । इतिहास दुखेको छ । अब त शान्ति पाए हुन्थ्यो । कतै एउटा शून्यमा विलीन हुन पाए हुन्थ्यो भन्ने लागेन ? 'शून्यमा विलीन हुन पाए हुन्थ्यो जस्तो एकपटक लागेको थियो । बिरामी भएपछिको कुरा हो । म दिल्लीको रेल्वे स्टेसनमा थिएँ । त्यो रेल हुँइकिएर आउँदा त्यही रेलको लिगमा बसौँ र मृत्यु अँगालौँ जस्तो लागेको थियो । तर, आँखाअगाडि के अर्कै कालो वस्तु आएर बसेझैँ लाग्यो, सायद माया पो लाग्यो कि जिन्दगीको ?' उनले भने ।
जगदीशले जिन्दगीको कुनै अर्थ खोजेनन् । बरु बिरामी हुँदा थलिएर बाँच्नुपर्ने बाध्यताविरुद्ध अर्को बाध्यता (साहित्य) टिपेर मुक्त हुन खोजे । बीचमा चटक्कै त्यागिसकेको साहित्य-सिर्जनमा लागे । गाउँघर, आफन्तको माया खोजे र जीवन दुःखेको पीडाले छट्पटाइरहे । अब जगदीशले कसैलाई रिझाउनु छैन, कोही रिसाउला भन्ने पनि छैन । बरु एउटा निचोड फेला पारेका छन् उनले— 'जीवन छ र नै मृत्यु पनि अस्तित्वमा छ ।'
साबधान "विवाह पूर्वको सम्बन्धलाइ नदोहराउनुहोस "
तर यो भनाइ वास्तविक जीवनमा धेरै कम मात्रामा मात्र लागु हुन्छ। मानिसहरु आफूलाई जतिसुकै नियन्त्रणमा राखे पनि विवाह अगाडिको प्रेमी वा प्रेमिकासँग भेट हुनासाथ " प्रेम तथा युद्धमा सबै ठीक हो " भन्ने उखानलाइ सम्झने गर्नाले खाफ्नो भविष्यलाईनै दाउमा लगाउन पछि हट्दैनन्।
हुन पनि मानव भएको नाताले विवाह अघिको प्रेमी वा प्रेमिकासँग भेट हुनासाथ मनमा ठूलो हलचल हुन्छ जसलाई नियन्त्रणमा राख्न त्यति सजिलो अवश्य पनि छैन तर यसलाई नियन्त्रणमा राख्नु अति आवश्यक छ भन्ने कुरामा दुई मत हुन सक्दैन।
अतीतलाई बिर्सन त्यती सजिलो अवश्य नै छैन तर समयको महत्वलाई मनन गर्दै यसलाई बिर्सदैजानमानै सबैको भलो हुन्छ भनेर सधै सम्झनु पर्छ।
जीवनको कुनै मोडमा अचानक तपाईको भेट आफ्नो पूर्व प्रेमी वा प्रेमिकासँग भएमा पुराना घाउहरु बल्झन सक्छ, तब तपाईलाई उनको वर्तमानबारे जान्ने ठूलो उत्सुकता हुन्छ तर तपाईको यस कदमले तपाईको यस कदमले तपाई तथा उनको वर्तमानलाई ठूलो असर पर्ने वास्तविकतालाई बुझेर यस अवस्थाबाट पन्छिन सक्नुपर्छ।
जब आफ्नो पूर्व प्रेमी वा प्रेमिका संग अचानक भेट हुन्छ तब तपाईलाई आफ्नो विगतका यादहरु ताजा हुन जान्छ। तपाईले पहिले आफ्नो जीवनमा गरेको प्रेमका पलहरु आँखा सामु आउन थाल्छ यसले गर्दा तपाईलाई विस्तारै विगततिर फर्कन मनलाग्न सक्छ तर यस्तो समयमा आफूलाइ संयममा राखी वर्तमानलाइ अगांल्नुनै राम्रो हुने तथ्यलाइ संधै सम्झनसक्नु पर्छ।
लामो समय पछि आफ्नो पूर्व प्रेमी वा प्रेमिकासंग भेट भएपछि यसलाइ वर्तमानसँग दाज्नु हुदैन। विना जिम्मेवारी जवानीमा गरेको संगत र जिम्मेवारीका साथ निभाउनुपर्ने वैवाहिक जीवनमा ठूलो भिन्नता हुन्छ।
यसरी तुलना गर्दा मानिसहरु समयको महत्वलाई बिर्सने गर्छन किन कि मानिस विवाह अगाडि तथा विवाह पछाडि एउटै रहन सक्दैन। विवाहपछि मानिसमा ठूलो जिम्मेवारी आउँछ, तब मानिसले सामाजिक रहन सहनलाई अंगाल्नु पर्ने हुन्छ।
विवाह अगाडि गर्न सक्ने कतिपय कामहरु विवाहपछि सम्भव हुदैन। लवाई, खवाई, हिडाई यसका प्रत्यक्ष उदाहरण हुन। यसले गर्दा विवाहपछि यस्तो तुलनामा धेरै जस्तो अवस्थामा विवाहपूर्वको साथीमा बढी गुण देखापर्ने हुन्छ।
मानिसले जब जब विवाहपूर्वको सम्वन्धलाई दोहराउन थाल्छ तब तब उनको व्यवहारमा परिवर्तन आउन थाल्छ।
बहाना बनाएर घरबाट बाहिर जान थाल्ने, एक्लै बजारमा किनमेल गर्ने, घरमा खाना नखाने, राम्रोसँग बोल्न छोड्ने, कतै हराएको जस्तो हुने लक्षण तपाईमा आउन थाल्छ। यसबाट तपाईको जीवनसाथीलाई तपाईप्रति शंका उठ्न थाल्छ। यसबाट तपाईको वैवाहिक जीवनमा कटुता आउन थाल्छ। तपाईले जति कोशिस गरेता पनि यी दुईलाई तपाई सन्तुलनमा राख्न सक्नु हुन्न, यसले तपाईको वैवाहिक जीवनलाई तहसनहस पार्छ। एक अर्कामा अविश्वास जाग्न थाल्छ, यसैले समयमा नै यस्तो स्थितिबाट मुक्तहुन सक्नुमा नै सबैको विजय हो भनेर सम्झनु पर्छ।
यी सबै कारणले गर्दा हरेक मानिसले आफ्नो विवाहपूर्वको सम्बन्धलाई बिर्सनु अति जरुरी छ । यसले भावनात्मक रुपमा फेरी एक अर्कालाई नजिक्याउने प्रयास गरेतापनि यसबाट बच्नुमा नै सबैको भलो हुन्छ भनेर सम्झनु अति जरुरी छ।
कबिता
भिच्छुहरुले दिदै छन् अगुलिमारलाई सलामी
रातमा नाङगै नाचछन, कोही आए करङ भाचछन
बिहान गेरु बस्त्रमा जप्छन, बुद्म सरणम गच्छामी
मुर्दा सान्ती छ सहर अचेल ,चकमन्न छ गाउघर
आधी बेरी मात्र होईन ,आउदै छ बिध्बन्सको सुनामी
साईनबोर्ड झिक,गुन्टा कस,भाग भाग
भलादमीहरु आउदैछन, बनाउन नया नेपाल
"किन्न पनि गाह्रो छ, एउटैलाई पाँच रुपैयाँ पर्छ" घनश्याम ढकाल
जीवन सधैं सोझो-सोझो बाटो नहिँड्दो रहेछ । कहिले यताको खाल्डो, कहिले उताको पहरो । त्यसै-त्यसै क्षणिक भएर जाँदारहेछन् सुखद् अनुभूतिहरू ! मन दुखाउने चोटहरू भने घरीघरी बल्झन्छन् । ठाडा-घुमाउरा उकालामा पनि कठिन-कठिन गौंडाहरू जोडिन आउँछन् । कहिलेकाहीँ यस्तो हुन्छ, जीवन जति-जति संघर्षपूर्ण हुँदै जान्छ, खुसी खोस्ने आँधीले हृदय त्यति-त्यति बिथोल्दै जान्छ । तैपनि, दुई-चार घुम्तीमा सुस्ताउँदैन साहित्यकार घनश्याम ढकालको ज्यान । न कुनै लोभ, लाभ वा स्वार्थले नै डोर्याउँने आँट गर्छ उनको ध्यान । असजिला अक्करहरूमा पनि अनवरत जागिरहने आस्था बोकेर उनी निस्केका हुन् जीवन-यात्रामा । तर, प्रगतिशील साहित्यकार ढकालको जीवनका दोबाटा-चौबाटामा 'विछोड' हात मिलाउन आइरह्यो । हुन त, उनले व्यक्तिगत जीवनका दुःख मात्रै होइन, वर्गीय दुःखका हाँगाबिँगा पनि छिमल्ने कसम खाएका छन् । र, त्यो कसम अहिलेसम्म तोडेका पनि छैनन् । तर, संयोगले हो या परिस्थितिले, बा-आमाको प्यार पनि उनीबाट खोसेर लग्यो, सन्तानमाथि देखेको सपनामा पनि आघात पुर्यायो । फरक यत्ति हो, स्मृतिले बारम्बार विचलित बनाउन खोज्दा पनि उनी सम्हालिएकै छन् । परिस्थितिका पहाडले थिचिरहे पनि जनताको 'मुक्ति-संघर्ष'को सांस्कृतिक नेतृत्व गर्न उनी तम्तयार नै छन् ।
दुईबीसे सोह्र हिउँदअघिको एक हिउँद । स्याङ्जा पुतलीबजारमा सायद माघमासे चिसो स्याँठ चलिरहेको हुँदो हो । हिउँदे खेतीका लागि बाँझो बारी खनजोत गर्ने वेलामा एउटा गरिब किसान परिवारमा उनी च्याँच्याँ गर्दै आएका थिए । त्यो सालको शिशिर ऋतुले घनश्याम ढकालको जीवनलाई संघर्षको मैदानमा छाडेर गयो । यी बालखालाई ताते सिकाउने र तोते बोलाउने बाले त्यतिवेलै संसार छाडे, जतिवेला उनी सात वर्ष पनि नाघिसकेका थिएनन् । 'टुहरै भएर हुर्केँ म,' बालाई सम्झँदै उनले भने । तर, छोरालाई टुहुरो पारेर जानुअघि नै बाले उनलाई कख सिकाएका थिए । कख सिकाउने बा प्रभाकरको सपना कस्तो थियो ? घनश्यामलाई कसैले भनेन, न उनी त्यस्तो सोध्न सक्ने उमेरका थिए । छोराको हात समातेर कख पढाउने बाको धोको पक्कै पनि 'धेरै पढाउने र ठूलो बनाउने' थियो होला । यही निष्कर्ष निकालेर घनश्याम 'दायाँबायाँ' नगरी पढ्न थाले । 'सपना त के थियो कुन्नि,' आमाको इच्छा सम्झँदै उनले भने, 'तर, आमाले पढ्नुपर्छ भनेर बारम्बार प्रोत्साहन गर्नुहुन्थ्यो । मेरी आमालाई छोराले धेरै पढोस् भन्ने चाहना थियो ।' विडम्बनाको कुरा त्यही भयो, घनश्यामले मिहिनेत गरेर पढेको र नाम चलेको क्याम्पसमा प्राध्यापन गरेको थाहा नपाउँदै आमा कौशल्याले पनि उनलाई छाडेर गइन् । 'आमा बित्नुहुँदा म १९ वर्षको मात्रै थिएँ,' अहिलेको पाको अनुहार मलीन बनाउँदै उनले आमालाई श्रद्धापूर्वक सम्झे ।
पुस्तक हुँदै प्रलेस
बा-आमा बाँचिराखेका भए छोराले पढेको र प्रगति गरेको देख्थे, खुसीले दुःखी मुहार पक्कै उज्यालो पार्थे । तीन छोरीपछिको यो एक्लो छोरो साहित्यकार बनेको, सांस्कृतिक आन्दोलनको नेतृत्वमा पुगेको र सबैले चिनेजानेको एउटा असल मान्छे बनेको थाहा पाएर सायद गमक्क पर्थे । तर, ती सुखद् दिनले घनश्यामलाई निठुरी पारामा उहिल्यै छाडेर गए । त्यसपछि घनश्याम नयाँ समयको हात समातेर पुरानो दुःख बिर्संदै आए । आउँदै गर्दा उनले 'अत्यन्तै मिहिनेत' गरेर तथ्यांक शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन सकाए । त्यसपछि पृथ्वीनारायण क्याम्पस, पोखरामा प्राध्यापन गरे, २२ वर्षसम्म । 'पढ्ने वेला अरूतिर कमै ध्यान गयो,' उनले भने, 'छनलाई म ०३० सालतिरै अनेरास्ववियुको सदस्य थिएँ, कम्युनिस्ट पार्टीको सदस्यता पनि ०३६ सालमा लिएको हुँ । तर, पढाइ नसकुन्जेल म संगठनमा भन्दा पढाइमा नै सक्रिय भएँ । मलाई त्यतिवेला 'मेरो पहिलो काम पढ्नु हो' भन्ने नै लाग्थ्यो ।' बाल्यकालदेखि नै कविता लेख्न थालेका भए पनि उनी अध्ययनको वेला साहित्यमा पनि उति साह्रो सक्रिय भएनन् । माक्र्सवादी चिन्तनसँग सम्बन्धित पुस्तक भने आइएस्सी पढ्ने वेलामै फेला पारिसकेका थिए घनश्यामले । त्यस्ता पुस्तक पढ्नुअघि उनी नेपाली कांग्रेसका समर्थक थिए । नौ कक्षामा पढ्दा-पढ्दै शिक्षकहरू दीनबन्धु अर्याल र शेषकान्त अर्यालको प्रभाव र प्रशिक्षणमा उनी स्याङ्जा जिल्लाको तरुण दलमा सक्रिय भइसकेका थिए । अहिले निख्खर कम्युनिस्ट विचारधारामा आस्था राख्ने यी लेखक क्याम्पसमा पनि सुरुमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघको सदस्य थिए ।
ऊवेलाका कांग्रेस घनश्यामलाई कम्युनिस्ट बनाएको 'माक्र्सवादी चिन्तन'का पुस्तकहरूले हो । जब उनले त्यस्ता पुस्तक फेलापारे, अनि आफूले अँगालेको कांग्रेसी विचारसँग तुलना गरेर अध्ययन गर्न थाले । 'म त्यसपछि नै कम्युनिस्ट विचारप्रति आकषिर्त हुन थालेँ,' अलि जोड दिँदै उनले भने, 'तर, मूलतः मलाई मेरो जीवनको यथार्थले नै वामपन्थी राजनीति र प्रगतिशील साहित्यमा लाग्न अभिप्रेरित गर्यो ।' नत्र उनी स्याङ्जाको मातृभूमि माध्यमिक विद्यालयको पुस्तकालयमा प्राप्त कथा, उपन्यास पढेको आधारमा मात्रै प्रगतिवादी आन्दोलनमा कहाँ आउँथे होला र ? बालादिनका पाना पल्टाउँदै उनले भने, 'गाउँमा पढालेखा मान्छे कोही थिएन, मैले स्याङ्जा, पर्वत र पोखराका विभिन्न स्कुल चहारेँ र एसएलसीचाहिँ मातृभूमि स्कुलबाटै उत्तीर्ण गरेँ ।' घनश्यामले पहिलोपल्ट पढेका किताब 'रामायण' र 'महाभारत' थिए । अहिले आख्यान-लेखनमा बढी जमेका भए पनि उनले पहिलोपटक नौ कक्षा पढ्दा-पढ्दै कवितै लेखेका थिए । तर, अहिले समालोचना र माक्र्सवादी सौन्दर्यशास्त्रमा पनि उनले आफ्नो खुबीको पुष्टि गरिसकेका छन् ।
साहित्य-सिर्जनामा उनको लगाव विद्यार्थीकालपछिको अवधिमा बढेको हो । भर्खरै उनको पाँचांै कथासंग्रह प्रकाशित भयो, 'सहिदको सालिक' । लगत्तै उनले अर्को लघु कथासंग्रह प्रकाशनको तयारी गर्दै छन् । छिट्टै तयार पार्ने सोचसहित नयाँ उपन्यास पनि लेख्न सुरु गरिसकेका छन्, जुन उनको तेस्रो उपन्यास हुनेछ । उनलाई लागेको छ, सौन्दर्यशास्त्रसम्बन्धी दोस्रो पुस्तक पनि तयार पार्नुछ । यसअघि नै उनका कथा, कविता, निबन्ध, उपन्यास, समालोचना गरी एक दर्जनभन्दा बेसी मौलिक कृतिहरू 'बजार'मा आइसकेका छन् । चार वर्षअघि 'यथार्थवादी नेपाली समालोचना' नामक बृहद् समालोचना ग्रन्थको सम्पादन गरेका उनले अघिल्लो वर्ष 'पोखरेली समालोचना' को पनि सम्पादन गरेका थिए । आफ्नो निरन्तर सक्रियतालाई संकेत गर्दै उनले भने, 'सिर्जनासम्बन्धी मेरा अरू योजनाहरू पनि छन्, तर सबैभन्दा पहिले एउटा समालोचना ग्रन्थमाथि काम गरिरहेको छु, त्यसमा जनयुद्धकालीन सेरोफेरोका रचनाहरूको समालोचना समावेश गरिनेछन् ।'
प्रगतिवादी साहित्यमा उनको मुख्य परिचय आख्यानकारकै हो । त्यो आख्यान लेखनलाई उनले 'मुक्तिआन्दोलनकै अभिन्न अंग'का रूपमा लिन्छन् । आख्यानमा पनि उनी जनजीवनका दुःखसुख र संघर्षका तिनै पाटाहरूको अभिलेखीकरण गर्छन् । आइतबार बिहान कीर्तिपुरको डेरामा भेटिँदा घनश्याम खाटमाथि बसेर कागजमा खत्राकखुत्रुक लेखिरहेकै थिए । त्यो एकाबिहानैको लेखन सायद उनको सक्रिय-जीवनको छनक थियो (हुन त, लेखन-सिर्जनसम्बन्धी उनको यो सक्रियता अहिलेको मात्रै होइन) । घनश्यामको परिवार, छरछिमेक, नातागोतामा कोही पनि साहित्यकार थिएन । गाउँकै स्कुलको पुस्तकालयमा पाइएका साहित्यिक पुस्तक पढेर उनी यो बाटोतिर सोझिए । र, जीवनका कठिन-कठिन घडीमा पनि उनले साहित्य-सिर्जनामा ठेस पुग्न दिएनन् । 'कठोर परिश्रम' गर्दै क्याम्पस पढ्ने वेलादेखि जनयुद्धको अभियानमा भूमिगत हुने अवस्थासम्म उनी साहित्यिक-सांस्कृतिक क्षेत्रमा खटिइरहे । त्यो यात्रा अहिले वामपन्थी साहित्यकारहरूको साझा संस्था प्रगतिशील लेखक संघको नेतृत्व-मैदानमा आइसकेको छ । डेढ महिनाअघि सम्पन्न संघको आठौं राष्ट्रिय सम्मेलनले सर्वसम्मत उनलाई अध्यक्षको जिम्मेवारी सुम्प्यो । यसअघि नै संघको महासचिव र उपाध्यक्षमा रहिसकेका ढकालले ५५ वर्षे इतिहास बोकेको संस्थालाई नयाँ परिस्थितिअनुसार हाँक्ने हिम्मत गरेका छन् ।
उनी एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघअन्तर्गतको अखिल नेपाल लेखक संघमा पनि अध्यक्ष छन् । उस्तै प्रकृतिका दुई संस्था कसरी हाँक्ने हुन् उनले ? 'म एउटालाई गौण ठान्ने र अर्कोलाई प्राथमिकता दिने गर्दिनँ,' उनले भने, 'तैपनि आफू प्रतिबद्ध र संगठित व्यक्ति भएकाले मातृसंस्था (अखिल नेपाल लेखक संघ) को निर्देशनअनुसार चल्ने कुरा हुने भयो ।' प्रलेसलाई परम्परागतभन्दा बेग्लै ढंगले लैजाने, सिर्जनासम्बन्धी कार्यशाला गोष्ठी गर्ने, सौन्दर्यशास्त्रीय छलफलहरू चलाउने, विचारधारात्मक संघर्ष चलाउने, प्रकाशनलाई निरन्तरता दिनेलगायतका नयाँ योजनाहरू छन् उनीसँग । साझा संस्था भएका कारण कसैले पनि यसलाई मूलथलो नबनाउनाले समस्या र चुनौती पनि उत्तिकै देखेका छन् उनले । छिट्टै बैठक बसेर कार्यक्रमहरू तय गर्ने सुरमा छन् उनी ।
विजय-वियोग
असमयमा बा-आमा गुमाउनुपर्दाको पीडाले घनश्याम ढकाललाई केटाकेटीदेखि नै थप अन्तर्मुखी बनाएको थियो । तर, त्यसभन्दा कयौंगुना बेसी उनको छाती छिया-छिया पार्यो छोरो गुमाउनुपर्दाको पीडाले । उनकै प्रेरणाले जनयुद्धमा सामेल भएका छोरा विजय ढकाल गण्डकी क्षेत्रका परिचित युवा राजनीतिकर्मी थिए । पर्वत, स्याङ्जा, रूपन्देही, नवलपरासी, कास्कीलगायतका जिल्लामा विजय ढकाल एउटा लोकपि्रय नाम थियो । युवा विद्यार्थीबीच स्थापित विजय पिता घनश्यामको सपनाका प्रतीक थिए । त्यो समयमा घनश्याम पनि भूमिगत थिए, छोरा विजय पनि भूमिगत । छोराको प्रभावकारी नेतृत्व विकास र विशिष्ट प्रतिभाले घनश्यामलाई भविष्यमाथि थप विश्वस्त बनाएको थियो ।
संघर्ष हो जीवन
जीवन संघर्ष हो
रामेश-रायनको यही गीतजस्तो संघर्षको क्रममा घनश्यामले पनि घर छाडे । भूमिगत अवस्थामा बा अन्त कतै । पार्टीकै काममा छोरा अन्त कतै । घरमा रहेकी श्रीमती पारु र छोरीहरू सिर्जना-बन्दनाले पनि राज्यका अनेका यातना-ताडना बेहोरिरहे । निरन्तरको खानतलासी, निरन्तरको धरपकड, निरन्तरको धम्की । 'विजय एकातिर थियो, म अर्कोतिर,' छोरी र श्रीमतीलाई देखाउँदै उनले भने, 'यिनीहरू एकातिर दुःख खपिरहेका थिए ।' उनको जीवनको सबैभन्दा रमाइलो र खुसीको क्षण भन्नु दोस्रो युद्धविराममा सबै परिवार एकै ठाउँ भएर बसेको क्षण हो । । त्यसपछि विजय कहिल्यै नभेट्ने गरी गए, न बा-आमासित, न अरू हितैसीसित । 'त्यो दिनको झल्को अझै आइरहन्छ,' गहभरि आँसु बनाए उनले । छोराको सम्झना हुँदासाथ उनी अहिले पनि सम्हालिन सक्दैनन्, मन बिथोलिन्छ, गला अबरुद्ध हुन्छ । जीवनमा घरीघरी मन विचलित बनाउने कुनै घटना छ भने त्यो छोराको सहादतकै घटना हो । यी सरल, शिष्ट र मृदुभाषी साहित्यकारका छोरा पनि उस्तै सरल, लगनशील र इमानदार थिए । तर, ०६१ सालको पुस २९ गते कास्की निर्मलपोखरीको साम्मी मैदानमा सरकारी फौजले विजयको निर्ममतापूर्वक हत्या गर्यो । कमरेड विजयको जीवन आगोको रातो कोइलोजस्तो भर्भराउँदो थियो । तर, २८ वर्षे जवानको त्यो सम्भावनायुक्त जीवन त्यत्तिकैमा निमोठियो ।
बच्चैदेखि टुहुरे जीवन बाँचेका घनश्यामलाई जीवनका चोटहरूले थप संघर्ष गर्न प्रेरित गर्यो । जस्तासुकै घात-प्रतिघातमा पनि उनी हतोत्साही र निराश भएनन् । पुत्र-वियोगको पीडा समन गर्ने उनको उपाय साहित्य-सिर्जनामा थप सक्रिय हुनु थियो । समयले खोसेका खुसी प्राप्त गर्ने उनको उपचारविधि थप बलिदान गर्न अघि सर्नु थियो । उनले त्यसै गरे । विजयको सहादतलाई उनले लेखनको ऊर्जामा रूपान्तरित गरेका छन् । 'जनयुद्धमा सँगै बसउठ भएका र लामो समय संगत गरेका थुप्रै साथीहरू गुमाउनुपर्यो,' ढकालका आँखा रसाए, 'सेनजी (कृष्ण सेन इच्छुक) को सहादत हुँदा पनि मेरो जीवनमा ठूलो चोट लागेको थियो । त्यतिवेला अखिल नेपाल जनसांस्कृतिक संघको उहाँ अध्यक्ष हुनुहुन्थ्यो, म उपाध्यक्ष ।'
जीवन अझै विद्यार्थी जीवन
राजनीति र साहित्यको अभिन्न सम्बन्ध हुन्छ भन्ने विश्वासमा बाँचेका ढकालले आफ्नो जीवनको कुनै मूल्यांकन गरेका छैनन् । 'कति सफल भएँ, कति असफल- मैले केही सोचेकै छैन,' ढकालले भने, 'बढी त असन्तुष्टि नै छ, केही गर्न सकिएन भन्ने नै लागिरहेको छ ।' फुच्चे हुँदा पनि कुनै रहर वा सपना पालेका थिएनन् उनले । 'मेरो भविष्यमा के बन्ने भन्ने कुनै मेसो नै थिएन, राम्ररी पढ्नुपर्छ भन्ने मात्रै थियो । त्यही भएर संघर्ष गरेर पढियो,' उनले भने । जीवनमा धेरैलाई विश्वास गरे उनले । र, धेरैबाट धोका पनि पाए । कसकसले के-कस्तो धोका दिए नभने पनि उनलाई आफ्नो कमजोर पक्षचाहिँ त्यही थियो भन्ने लागेको छ- अरूलाई छिट्टै विश्वास गर्ने । 'जसलाई विश्वास गरेँ, उसैबाट ममाथि उल्टो प्रहार भएको छ,' पश्चातापको स्वरमा ढकालले भने, 'अहिले त्यसो नगर्न पर्ने रहेछ भन्ने लागेको छ ।' आफ्ना जीवनका बलिया पक्षको मूल्यांकनचाहिँ अरूले नै गरिदिऊन् भन्ने चाहना छ उनको ।
साहित्यिक-सांस्कृतिक अभियानमा पूर्णकालीन भएर जनताको मुक्ति आन्दोलन सफल पार्ने ध्याउन्नमा उनी अहिले घर छाडेर कीर्तिपुरको सानो कोठामा डेरावाल जीवन बाँचिरहेका छन् । श्रीमती र कान्छी छोरी बन्दनासँगै बसेका उनले अखिल नेपाल लेखक संघ र प्रगतिशील लेखक संघका कार्यक्रम कीर्तिपुरबाटै भ्याइराखेका छन् । काठमाडौंको जीवन यसै पनि कष्टकर छ । दैनिक पत्रिका हेर्न, पुस्तक खरिद गर्न वा अन्य अध्ययन सामग्री किन्न पनि समस्या छ उनलाई । 'म त यस्तो विद्यार्थीको जस्तो जीवन पो बाँचेको छु,' आफ्नै कोठा औंल्याउँदै उनले भने, 'पत्रिका किन्न पनि गाह्रो छ, एउटैलाई पाँच रुपैयाँ पर्छ ।' तैपनि बाँच्नका लागि उनी हतियारविहीन छैनन् । भर्खरै प्रकाशित कथासंग्रहमा उनले भनेका छन्, 'म आस्था, विचार र संघर्षले बाँचेको मान्छे हुँ ।'
सङ्गीतस्रोता
