पहिलो प्रेमपत्र

प्रेम भनेको अन्जानमै बस्ने अनौठो वस्तु रहेछ। त्यत्रा विशाल तस्वीरहरूमा मलाई तिम्रै तस्वीर राम्रो लाग्यो। यति सुन्दर मोहक छविमा पागल भएँ दुर्गा, तिम्रो अपार सौन्दर्यका अगाडि पग्लिरहेकी छु। जीवन अनुभव अनुभूतिहरूको अनन्त शृंखला हो, जीवनरूपी अथाह सागरमा सयर गर्दै जाँदा हामी धेरै तीता-मीठा घट्नाक्रमहरूसँग साक्षात्कार हुन्छौं। जीवनमा घटेका कतिपय घटनाहरू समयको प्रवाहसँगै विस्मृतिको सागरमा विलीन हुन्छन् भने कति चाहिँ स्मृतिको क्यानभाषमा अमूर्त आकृति भएर सल्बलाई रहन्छन्।

कुनै-कुनै घटनाहरू यस्ता हुन्छन् जसले मानव जिन्दगीलाई नै सार्थक सही दिशातर्फ उन्मुख हुन प्रेरित गर्दछन्। कुरा २०५३ साल जेठतिरको हो। त्यसबेला प्रवेशिका परीक्षा दिएर परिणामको प्रतिक्षामा बसेको थिएँ। विद्यालयस्तरको करिब एक दशक लामो अध्ययन यात्राबाट मुक्त भएकोले त्यो समय अपेक्षाकृत रूपमा मेरो लागि फुर्सदको समय थियो। त्यही फुर्सदको सदुपयोग गर्दै 'पत्रमित्रता' को माध्यमबाट मुलुकका अपरिचित मित्रहरूसँग परिचित भई आफ्नो क्षेत्रको भौगोलिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक पक्ष लगायत जीवन भोगाइका अनुभव- अनुभूतिहरू एक आपसमा आदान-प्रदान गर्न साह्रै लालायित थिएँ। त्यसैले मैले पहिलो चोटी पत्रमित्रताको आह्वान गर्दै आफ्नो तस्वीर सहित संक्षिप्त परिचय एक राष्ट्रिय पत्रिका 'युवामञ्च' मार्फत सार्वजनिक गरें। परिचय प्रकाशित भएको तीन हप्तापछि मलाई एउटा पत्र प्राप्त भयो। पत्रको लिफामा बाहिरपट्टि पत्र प्रेषकको नाम/ठेगाना केही उल्लेख नगरी 'चित्र को हुँ ?' मात्र लेखिएको थियो। त्यतिबेला विश्वभरि नै चिठ्ठीपत्रहरूमा 'यन्ट्राक्स आतंक' भएकोले त्यो पत्रलाई मैले विशेष सावधानीपूर्वक खोलें। पत्रमा अगाडि लेखिएको थियो-

दिनाङ्क २०५३//१५

प्रिय दुर्गा,

सुमधुर सम्झना एवं प्यार।

सर्वप्रथम तिम्रा मेरा भावनाहरू एक अर्कामा साट्न सहयोगी माध्यम युवामञ्चलाई धन्यवाद। दुर्गा लाग्छ मेरो लागि नै युवामञ्चमा तिम्रो तस्वीर प्रकाशित भए जस्तो। प्रेम भनेको अन्जानमै बस्ने अनौठो वस्तु रहेछ। त्यत्रा विशाल तस्वीरहरूमा मलाई तिम्रै तस्वीर राम्रो लाग्यो। यति सुन्दर मोहक छविमा पागल भएँ दुर्गा, तिम्रो अपार सौन्दर्यका अगाडि पग्लिरहेकी छु। आऊ सम्हाल मलाई तिम्री राजकुमारी भएर बाँच्न चाहन्छु। मेरा अरु सबै साथी-साथीहरूका ब्वाई फ्रेन्ड छन् तर मेरो कोही छैन। यस्तो केटासँग प्रेम गर्न चाहन्छु जो मबाट टाढा होस् किनकि जो प्रेमी प्रेमिका टाढा रहेर प्रेम गर्छन् उनीहरूको प्रेम अत्यन्त प्रगाढ, गाढा सत्य हुन्छ। दुर्गा, तिमीलाई 'रविन' नाम दिन्छु किनकि मलाई रविन नाम मन पर्दछ। अँ रवि, अहिले एसएलसी दिएर बसेकी छु, भन तिमी के गर्दैछौ ? अनि मसँग प्रेम गर्ने भए तिम्रो ठूलो साइजको रङ्गीन फोटो पनि पठाऊ ल। फोटो भयो भने याद अझै बढ्छ क्या। रवि तिमी बिना बाँच्न सक्दिन। आजसम्म मैले कसैलाई प्रेम गरेकी छैन यही नै मेरो पहिलो अन्तिम प्रेम हो। मेरो नाम रोशनी हो, घरमा सबैले 'रोजी' भनेर बोलाउँछन्। अब एसएलसीको रिजल्टको आशा राखेर बसेकी छु। तिम्रो सहयोग, सद्भाव माया पाएँ भने नयाँ वसन्तमा प्रवेश गर्नेछु। अन्त्यमा, रातको सुन्दर सपनीमा तिमीलाई सझाउँदै तिम्रो पत्र तस्वीरको आशा गरेको छु।

-तिम्री धड्कन रोशनी 'रोजी'

पत्र पढिसकेपछि उनलाई प्रतिउत्तर लेख्ने कि नलेख्ने ? उनीसँग मित्रता स्थापित गर्ने कि नगर्ने ? भन्ने द्विविद्वामा परे। मैले सकारात्मक नकारात्मक दुवै कोणबाट उनको पत्रको विश्लेषणात्मक अध्ययन गरें। उनले मलाई त्यो पत्र अन्तर चञ्चल मनको दिवास्वप्ना थियो। मैले पहिचान गर्न सकिन। अन्ततः मैले उनको पत्रको जवाफ नदिने निर्णय गर। मेरो स्मृति फाइलमा उनका अभिव्यक्तिहरू सुरक्षित छन्। उनी अहिले कुन अवस्थामा कहाँ के गर्दैछिन् मलाई थाहा छैन, के गर्दैछु सायद उनीलाई पनि थाहा छैन होला। तर पनि कहिलेकाहिँ आफ्नो संग्रहमा रहेका पुराना चिठ्ठीपत्रहरू पल्टाउँदै जाँदा जब उनको पत्र भेट्छु तब यस्तो लाग्छ- मैले उनको पत्रको जवाफ नदिएर ठूलो भूल गरें, 'चिन को हुँ' भन्ने उनको प्रतिकात्मक आह्वानलाई मैले अस्वीकार गरें। के थाहा ? उनको प्रस्तावलाई स्वीकार गरेर उनीसँग सम्बन्ध सूत्रपात गरेको भए उनले भनेझैं हामीबीच प्रणय सम्बन्ध नै गाँसिने थियो कि ?

( दुर्गाप्रसाद घिमिरे )-कमलामाई, सिन्धुली

क्याम्ब्रिज विश्वविद्यालयमा मेरो अनुभव

मेरो जीवनयात्राको लामो अन्तरालमा क्याम्ब्रिज विश्वविद्यालयमा मेरो प्रवेश मेरो स्मृतिमा अक्षुण्ण रहेको छ। मैले पेन्सिल्भानियाको डिकिन्सन कलेजबाट पहिलो पटक डिग्री परीक्षा उत्तीर्ण गरेको थिएँ। मेरो प्रमुख विषय भौतिकशास्त्र थियो।

भौतिकशास्त्रको अध्ययन गर्ने अवसर पाएबाट मलाई १९ औँ शताब्दी र २० औँ शताब्दीको प्रारम्भमा भौतिकशास्त्रका विषयमा गरिएका महत्वपूर्ण अनुसन्धानहरूको बारेमा यथेष्ट जानकारीको सौभाग्य मिलेको छ।

त्रिनिटीका सदस्यहरू द ब्रागका पिता र पुत्र, जे.जे. थोमसन, रथफोर्ड, वाल्टन, बर्ट्राण्ड रसेलजस्ता आविष्कारक र विद्वान्हरूले सोही विश्वविद्यालयमा अध्ययन-अनुसन्धान गर्नुभएको थियो। मैले पनि त्यहाँ बाइरनको कविताबाट यथेष्ट आनन्द लिएको छु। डिकिन्सन कलेजमा अध्ययन गर्दा अन्तिम वर्षमैले त्रिनिटीमा अध्ययनका लागि आवेदन गरेँ र उच्च डिग्री अध्ययनका लागि मेरो आवेदन स्वीकृत भयो।

मलाई अहिलेसम्म याद रहेको छ, मैले पेरुजियाबाट क्याम्ब्रिजसम्म रेलमा यात्रा गरेको थिएँ। पेरुजियामा मैले इटाली भाषाको अध्ययन गरेको थिएँ। म क्याम्ब्रिजमा पुग्दा मध्यरात भएको थियो र त्यहाँ मैले मेरो आगमनको बारेमा त्रिनिटीका अधिकारीहरूलाई जानकारी दिएर सोझै न्यूकोर्टमा रहेको मेरो आवासकक्षमा पुगेँ। मैले जाडोयामका लुगा लिएर आएको हुनाले क्याम्ब्रिजमा मलाई चिसोको सामना गर्न सजिलो भयो।

डिकिन्सनको भन्दा क्याम्ब्रिजको मौसम एकदमै फरक थियो। मैले फाइबरमा एक वर्षबिताएको थिएँ। त्यहाँ एक अत्यन्त सुशील महिला मेरो सहयोगीको रूपमा थिइन् र उनले मलाई त्यहाँको बारेमा, मेरा गुरुहरूका बारेमा इतिहासकालीन ठूल्ठूला व्यक्तित्वका बारेमा जानकारी दिइन्। उनले रोबर्ट रोब्सनको बारेमा समेत बताइन्। रोब्सन त प्रख्यात म्याकलेका बारेमा विशिष्ट ज्ञान राख्ने व्यक्तित्व रहेछन्। मलाई लर्ड एड्रियनसँग दिवाभोज गर्ने अवसरसमेत मिल्यो।

यद्यपि मैले क्याम्ब्रिज विश्वविद्यालयमा भौतिकशास्त्रलाई मूल विषय मानेर अध्ययन गरेको थिएँ तापनि म अर्थशास्त्रसमेत पढ्न चाहन्थेँ। म जोन रोबिन्सनको व्याख्यानमा समेत भाग लिन पुगेँ। उनले अर्थशास्त्रप्रतिको मेरो अभिरुचिलाई निकै कदर गरे। खास गरेर मैले भारत र चीनको अर्थशास्त्रका विषयमा रुचि देखाएको थिएँ। उनी वास्तवमा बहुप्रतिभाशाली प्राध्यापक र असाधारण अर्थशास्त्रीसमेत रहिछन्।

त्यतिबेला जेम्स मीड र पाउल स्यामुल्सनसमेत त्यही संकायमा थिए। उनी नियममा एकदम कट्टर थिइन्। म हरेक हप्ता आफ्नो निबन्ध समयमै उनलाई बुझाउँथेँ र उनले अक्षरशः मेरा लेखाइहरूलाई पढ्थिन् र मलाई जानकारीसमेत गराउँदथिन्।

त्यतिबेला अर्थशास्त्र पढ्न एक किसिमको आनन्द आउँथ्यो। अहिले त अर्थशास्त्रको अध्ययन एक किसिमले हिसाबको पाठ गरेझैँ जटिल भएको छ। त्यतिबेला गणितका खासखास तथ्यांक उल्लेख नगरीकन नै अर्थशास्त्रको अध्ययन गर्न सकिन्थ्यो। त्रिनिटीमा त्यतिबेला एक जना इटालियन अर्थशास्त्री पिएरो स्ट्राटा थिए। उनलाई मानिसहरू भन्ने गर्दथे कि 'पिएरोले ईश्वरबाट अर्थशास्त्र प्राप्त गर्दछन्।'

उनी सदैव विद्यार्थीहरूलाई प्रतिभाशाली हुने शिक्षा दिन्थे। क्याम्ब्रिजमा रहँदा पहिलो वर्षमैले साह्रै खुसीसँग समय बिताएँ। मैले त्यहाँ आफ्नो सामाजिक जीवनसाथीहरूसँग मिलेर बिताएँ। यदाकदा लन्डनबाट आएका साथीहरूसँग घुम्न गएर पनि मैले खुसीका दिनहरू बिताएँ। त्रिनिटीमा नै मैले राजीव गान्धीलाई भेटेँ। यद्यपि उनी आफ्ना साथीभाइहरूसँग अलग्गै जमघट गर्दथे।

क्याम्ब्रिजमा पहिलो वर्ष बिताएपछि म एक पटक फेरि काठमाडौँ गएँ। पछि सन् १९६६ मा अनुसन्धानको सिलसिलामा म पुनः यहाँ फर्किएँ। नेपाली भएको नाताले मैले आफ्नो अनुसन्धानको विषय भारत र चीनको अर्थशास्त्रलाई बनाएँ। किनभने दुई ठूला देशका बीचमा रहेको नेपालको विकासमा अर्थशास्त्रको ठूलो महत्व रहेको थियो।

त्यतिबेला बेलायतका राजकुमार चार्ल्स पनि त्रिनिटीमा अध्ययनार्थ आउनुभएको थियो। उहाँको अङ्गरक्षक साह्रै कठोर थियो। राजकुमार चार्ल्सको आवासको प्रमुखचाहिँ रब बट्लर थिए। उनी अत्यन्त मिजासिला र हंसमुख थिए। उनलाई नेपाल अधिराज्यको बारेमा विशद ज्ञान पनि थियो। तत्कालीन बेलायती प्रधानमन्त्री हेराल्ड विल्सन क्याम्ब्रिजमा आउनुहुँदा केही विद्यार्थीहरूले विरोधसमेत जनाएका थिए।

त्यही बेलामा नै मैले त्यहाँका तीन विद्यार्थीलाई आफ्नो अभिन्न साथी बनाएँ। अहिले स्यान्डविचको एघारौँ अर्ल पदवी पाएका जोन मोन्टागु मेरा तीन अभिन्न साथीमध्ये एक थिए। उनी अहिले पनि हाउस अफ लर्ड्सका सम्माननीय सदस्य छन्। अर्का मेरा मित्र जापानका काजुओ ओबुरा थिए।

उनी पछि फ्रान्सका लागि जापानका राजदूत नियुक्त भए र अहिले जापान फाउन्डेसनको अध्यक्ष छन्। यसपछि तेस्रो मित्रको रूपमा मैले विद्या दहेजियालाई पाएँ। उनी कोलम्बियाका प्राध्यापक छिन्। म अमेरिकाको न्यूयोर्क पुगेको बेलामा उनलाई नभेटी फर्कन्न। हाम्रा सन्ततिले पनि अहिले हामीहरूबीचको मित्रतालाई प्रगाढ बनाउँदै आएका छन्।

यद्यपि अक्सफोर्डमा अध्ययन गर्नेमा एकदमै कम नेपालीहरू रहेका छन्। तिनमा पनि प्रायःजसो राणाजीका सन्तानहरू हुन्थे। क्याम्ब्रिजमा अध्ययनार्थ जानेमा म नेपालको पहिलो विद्यार्थी थिएँ। यस कारण मेरा लागि त्यहाँ धेरै कुरा नौला थिए। त्यसो भए तापनि म दक्षिण एसियाका अन्य विद्यार्थीहरू झैँ दायाँ-बायाँ अल्मलिनेमा परिनँ।

किनभने क्याम्ब्रिज मेरा लागि अत्यन्त रमणीय स्थल रह्यो। यस एसियाली उपमहाद्वीपका धेरैजसो नेताहरू त्यहीँका उपज थिए र उनीहरूले आफ्नो मुलुकको स्वाधीनताको संग्राममा भाग लिएका थिए। मोहम्मद इकबाल र जवाहरलाल नेहरू क्याम्ब्रिजका नै विद्यार्थी थिए। त्यसैगरी, सुभाषचन्द्र बोस पनि त्यहीँका विद्यार्थी रहेका थिए।

त्यतिबेला क्याम्ब्रिज करी हाउस भनिने स्थानमा पनि म जान्थेँ। त्यसैगरी, काश्मीर नाम दिइएको अर्को रेष्टुराँमा पनि म जाने गर्थें। उक्त रेष्टुराँको नाम काश्मीर राखिएकाले पाकिस्तानी विद्यार्थीहरूले विरोधसमेत गरेका थिए। उनीहरूले उक्त भोजनालयलाई भारतीय भोजनालयसमेत भन्ने गर्दथे। काश्मीरको विषयमा भारत र पाकिस्तानका बीच हालै मात्र पनि युद्ध भएको थियो। त्यसैगरी, म रोज क्रेसेन्टमा पनि जाने गर्दथेँ ।

क्याम्ब्रिजमा रहँदाको मेरो समय खुसीसँग बितेको थियो। मैले त्यहाँ आफूलाई कहिल्यै पनि परदेशी ठानिनँ। त्यहाँ मलाई कुनै कुराको अभाव थिएन। त्यहाँ खाली अंग्रेजी अनुशासन पालना गर्न मात्र मलाई यदाकदा कठिनाइ पर्दथ्यो। क्याम्ब्रिजमा रहँदा सम्पूर्णरूपमा आफूलाई अंग्रेज बनाउनुपर्दथ्यो। क्याम्ब्रिजमा मेरो तीन वर्ष सहजैसँग व्यतीत भयो। मलाई योभन्दा अत्यन्त खुसी लाग्दछ कि मेरा जीवनका धेरै वर्षहरूमध्ये ती तीन वर्ष साह्रै उत्तम वर्षरहेका थिए। आफूलाई अत्यन्त क्रियाशील बनाएर मैले सहजै त्यहाँ जीवन बिताएको थिएँ।

सन् १९६९ को अन्त्यतिर म नेपालमा फर्किएँ। त्यहाँ रहँदाका मेरा सबै अध्ययनका कार्यहरू एक प्रकारले सम्पन्न भएको थियो। मैले आफ्नो अध्ययनको र ज्ञानको शोधपत्र बुझाउन मात्र बाँकी रहेको थियो। सन् १९७२ मा राजा महेन्द्रको स्वर्गारोहणपछि म नेपाल छाडेर जाने स्थितिमा रहिनँ। मैले राजा वीरेन्द्रको सेवामा आफूलाई समर्पण गरेँ।

त्यतिबेला कहिलेकाहीँ त १६ घन्टासम्म पनि काम गर्नुपर्दथ्यो। नेपाल अधिराज्यभित्र र विदेशमा समेत प्रशस्त भ्रमण गर्नुपर्यो। म राजा वीरेन्द्रको प्रमुख सचिवसमेत रहेको थिएँ। वास्तवमा राजा वीरेन्द्र अत्यन्त लज्जालु होइबक्सिन्थ्यो।

आफ्ना परिवारबाहेक अरूसँग मौसुफको खास सम्बन्ध थिएन। जम्मा तीन या चार जनासँग मात्र मौसुफको आत्मीय सम्बन्ध थियो। हरेक दिन ६ देखि ७ घन्टा मैले मौसुफसँग बिताएँ। मौसुफका साथमा म ३५ वटा मुलुकमा पुगेको छु। तीमध्ये आधाजसो मुलुकमा मौसुफबाट राजकीय भ्रमण गरिबक्सेको थियो। सन् १९९० मा मौसुफबाट आफ्ना अधिकारहरू प्रजातान्त्रिक दलहरूमा सुम्पिबक्सेको थियो।

मैले सन् १९७० को मध्यतिर मात्र मेरो शोधपत्र बुझाएको थिएँ। मेरा प्राध्यापकहरूले चीनको बारेमा मैले लेखेका केही विषयहरूमा केही अदल-बदल गर्न चाहनुभएको थियो। तर त्यतिबेला चीनको बारेमा यथार्थ तथ्याङ्क पाउन सम्भव थिएन र विशेष अध्ययन गर्ने फुर्सद पनि मलाई थिएन। अन्त्यमा मैले एम.एस्सी. अध्ययन गरेँ। तर त्यो नै मेरो अध्ययनको अन्तिमचाहिँ थिएन।

राजा वीरेन्द्रबाट मौसुफका अधिकारहरू प्रजातान्त्रिक दलहरूमा सुम्पेपछि म पुनः अध्ययनार्थ फर्किएँ। पहिलो वर्षमैले हाइडलवर्गमा बिताएँ। त्यसपछि तीन वर्षक्याम्ब्रिजमा बिताएँ। त्यस समयमा मैले भारत र चीनको अर्थशास्त्रलाई प्रचुर मात्रामा अध्ययन गर्ने अवसर पाएँ। मेरो पहिलेको अध्ययनभन्दा यो धेरै नै फरक थियो। किनभने भारत र चीनले यस अवधिमा निकै नै विकास गरिसकेका रहेछन्। त्यतिबेला मेरी श्रीमती मेरै साथमा थिइन् र मेरा केटाकेटी पनि बेलायती विद्यालयहरूमा अध्ययन गर्दै थिए।

सन् १९६० ताका म बेलायतमा आउँदा यो मुलुक अत्यन्त धनी राष्ट्र थियो। अहिले त त्यसको चौगुना धनी राष्ट्रको रूपमा बेलायत रहेको छ। नेपाल बेलायतजस्तो भाग्यमानी हुन सकेको छैन। अहिले मुलुकमा तीन शक्ति हावी भएका छन्। जसमध्ये राजतन्त्र, माओवादी र प्रजातान्त्रिक शक्ति। मलाई विश्वास छ, अन्त्यमा प्रजातान्त्रिक शक्तिको विजय हुनेछ।

´आत्तिनुपर्दैन स्वाइन फ्लुबाट´

विश्व स्वास्थ्य संगठनले महामारीको घोषणा गरेको स्वाइन फ्लु (एएचवान /एनवान) बाट संक्रमित नेपालमा पनि भेटिएको पुष्टि भएपछि सरकारले रोग नियन्त्रणका लागि उच्च सर्तकता अपनाएको जनाएको छ ।
सरकारले रोग नियन्त्रणका र फैलनबाट रोक्नका लागि रोगबारे प्रचारप्रसार अभियानलाई तीब्रता दिएको र देशका विभिन्न नाकामा स्वाथ्य जाँचको ब्यवस्था मिलाएको बताएको छ ।
रोग भित्रिन नदिन सर्तकता अपनाएको भन्दै गर्दा सोमबार अमेरिकाबाट फर्किएका एकै परिवारका तीन नेपालीलाई फ्लुको संक्रमण भेटिएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.सेनेन्द्रराज उप्रेतिले रोग नियन्त्रणका लागि यथासम्भव प्रयत्न भईरहेको र आत्तिनुपर्ने गरी रोग नफैलिएको बताए । उनले रोग नियन्त्रणका लागि विमानस्थल लगायत अन्य नाकाहरुमा सुरक्षाको प्रबन्ध मिलाईएको र टेकु र शिक्षण अस्पताल महाराजगन्जमा उपचारको ब्यवस्था मिलाईएको बताए ।
'हावाबाट सर्ने रोग हुनाले रोक्न गाहृो छ', उनले भने-'तर, आत्तिईहाल्नुपर्ने गरी रोग फैलिएको छैन् ।' उनले संक्रमित भएका भनिएकाहरुको उपचार आईसुलेसनमा भईरहेको पनि बताए । महाशाखा प्रमुख उप्रेतिले फ्लु बारे ब्यापक सूचनाको प्रचार गर्नु जरुरी रहेको र जनता आफैं सचेत हुनुको विकल्प नरहेको पनि बताए ।
संक्रमित भेटिएपछि काठमाडौंमा रोगको सन्त्रास फैलिएको तर सचेतता अपनाए डराउनु नपर्ने उनले बताए । उनले फ्लु फैलन नदिन सचेतता अपनाउन पनि आग्रह गरेका छन् ।
विश्वब्यापी महामारीको रुप लिएको यो रोग हालसम्म विश्वका १६३ देशमा देखापरेको छ । यो रोगबाट ३११ ले ज्यान गुमाईसकेको र झन्डै ७० हजार ८९३ मा संक्रमण देखापरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

बिछोडमा कुदिएका केही कबीताहरु

********"किन यो मन रोइरहेको छ"******************

भुलेकै छु अतित लाई
किन याद अरहेछ
छुटेकै छ हाम्रो सम्बन्ध
किन माया लागिरहन्छ
रितिएकै छ आशु
किन छल्कि पोखिन खोजिरहेछ
रोकिएकै छ बर्षा किन

परेलि भिझिरहेछ
एक्लै छु एकान्तमा
किन कोहि अइ सताईरहेछ
हाँसेकै छन दुनियाँ
किन यो मन रोइरहेको छ !

- सुनी डिम्दुङ

****गल्ती थिएन मेरो********************

गल्ती थिएन मेरो दोष तिमीलाई लगाउनु
सोच्नु त यौटा आभाष थियो ।
मेरो सोचाईलाई दोषि ठान्नु
त्यो त तिम्रै सोचाईको दोष थियो ।।

कतै मन दुख्यो भने मेरो भनाईले
एउटा भूल सम्झी मलाई माफ दिनु
नबुझे त्यतीले तिम्रो चित्त भने
सयौं जूनीको मलाई श्राप दिनु ।

कोमल मन बुझाउंदै हरपल
आंशुको घुट्को म पिउंला
दुखेको यो मुटु रुवाउंदै हरक्षण
एक्लै एक्लै म जिउंला
साबु गदाल कार्की
साबुरवि
स्थान(हालको) :- डेन्भर , कोलोराडो

********************"झुठो आश्वासन" ******************
सपनाको भारी बोकाई
बिपनामा छाडी गयौ
आज म जिउँदो छदाछदैं
अर्काकै तिमी भयौ
नहुनुनै थियो भने
ब्यर्थै किन माया लायौ?
तिम्रो त्यो झुठो मायाले
आज मलाई जिउँदै मार्यौ
हजार कसम नखाँुउ भन्थे
खान मलाई वाध्य पार्यौ
आज यही बिष भयो
मलाई आज जिउँदै मार्यौ
सुख तिम्रो संसार थियो
यो दुखिलाई किन हेर्यौ?
आखिर तिम्रो जीत भयो
किन यात्राो नाटक खेलेउ??

'भोजपुरे' बीजे बान्तवा राइ
ठुलोदुम्मा-९ भोजपुर

************"माया"***********

तिमीले मेरो तस्बिरहरु नहेरे पनि

मैले तिमीलाई आँखामा नानीमा सजाएकोछु

तिमीले मलाई एकपल साथ नदिये पनि

म तिमीलाई सयौ जन्म सम्म कुर्ने कसम खाएकोछु

तिमीले मेरो मायाको गहिराइ नापेर कहिल्यै सक्दैनौ

मैले त्यो माया तिमीलाई लाएकोछु .

ब्रिन्दा मोक्तान

बोखिम -१

भोजपुर

*************याहाका सबै कबिता साभार गरीएका हुन्, धन्यबाद*********************


मोटोपन घटाउन अपनाउनुपर्ने केही जरूरी कुराहरू


– भोकै बसेर चांडो तौल घटाउने प्रयास गर्नु हुंदैन। यसबाट विभिन्न विकृतिहरू उत्पन्न हुन सक्छन्। हप्ताको १–२ देखि १ किलोभन्दा बढी तौल घटाउनु उपयुक्त हुंदैन।
–उसिनेको खाना मात्र खानुपर्छ भन्ने गलत धारणा राख्नु हुंदैन। स्वादका लागि केही मरमसलाहरू प्रयोग गरी खाद्य पदार्थलाई स्वादिष्ट बनाउन सकिन्छ। नूनको मात्रा भने कमै प्रयोग गर्नु उचित हुन्छ।
– खाद्य पदार्थलाई राम्रोसंग चपाएर झोल बनेपछि मात्र निल्नु पर्दछ।
– दैनिक ३–४ पटकभन्दा बढी खाना खानु हुंदैन। सधैं नियमित रूपले निश्चित मात्रामा खाद्य पदार्थको प्रयोग गर्नुपर्छ। एकैपल्ट धेरै खाना खानु उचित हुंदैन।
–भोकको अनुभूति भइरहेमा अति कम क्यालोरी दिने खाद्य पदार्थहरू जस्तै गांजर, काक्रो, कागतीको सर्वत आदि प्रयोग गर्न सकिन्छ।
–बेलुकाको खाना (डिनर) अलि सबेरै, बेलुका ७ बजेभित्र खानु उपयुक्त हुन्छ। खाना खाने वित्तिकै सुत्नु हानिकारक हुन्छ।
– तौल घटाउनका लागि उचित व्यायाम पनि खाना जत्तिकै महत्वपूर्ण छ। त्यसकारण विहान सबेरै हिंड्ने अथवा हलुका व्यायाम गर्ने बानी बसाल्नु पर्दछ। ब्यायाम सकेपछि नियमित स्नान गर्नु पर्दछ। यसले शरीरलाई स्वच्छ र फुर्तिलो बनाउंदछ।
– डाइटिङ सुरू गरेको १–२ हप्तासम्म छटपटी लाग्ने, मीठो अत्यधिक क्यालोरी दिने खाद्य पदार्थ खान मन लाग्ने, निद्रा नपर्ने, पेट पोल्ने, अमिल्चुकी आउने लक्षणहरू देखा पर्न सक्दछन्। यी लक्षणहरूलाई आत्मबलले दबाउनु पर्दछ। तौल घटाउने दृढ संकल्प लिएमा यस्ता सानातिना समस्याहरूलाई सजिलै निराकरण गर्न सकिन्छ। पेटभित्रको अम्ललाई प्रशस्त पानी पिएर जित्न सकिन्छ। आवश्यक परे डाइजिनको झोल वा चक्की सेवन गरे हुन्छ।

मानिसको मुटुको

मानव भ्रुणको बिकासको २३ वा दिनबाट मुटु धड्कन शुरु भै जिन्दगि रहेसम्म धड्किरहन्छ।

मानिसको मुटुको औसत तौल ३४० ग्राम तथा यो ६ इन्च लामो तथा ४ इन्च चौडा हुन्छ।

मानव भ्रुणको बिकासको २३ वा दिनबाट मुटु धड्कन शुरु भै जिन्दगि रहेसम्म धड्किरहन्छ।

मानिस ६० बर्षको आयुसम्म बाँचेमा हाम्रो मुटु ३ अरबचोटि धडकन्छ ।

हाम्रो मुटु जन्मको बेला मिनेटमा १४० चोटि धड्कन्छ भने उमेर हुदै गयेपछि यसको गति कम हुदै जान्छ। गार्हो काम गर्दा मुटु साधारणतया २.५ गुणा जोडले धड्किन्छ।

१५० टनको व्हेल माछाको मुटु एक मिनेटमा ७ चोति धड्कन्छ भने ३ टनको हाथीको ४६ चोटि र १.३ केजीको बिरालोको २४० चोटि धड्कन्छ।

हाम्रो मुटुले आराम गरेको अवस्थामा ६ लिटर रगत पम्प गर्छ अर्थात ६ देखि १० टन प्रति दिन तथा जिवनभरमा दुई देखी साढे दुई लाख पटक धड्कन्छ।

मानिसको शरिरमा रगतले एक फन्को लगाँउन २३ सेकेण्ड लगाँउछ भने कुकुरको १६ सेकेण्ड मात्र लाग्छ

जिल्लाका सयौं दुक्ख

मान्छेलाई 'अब म मर्दै छु' भन्ने थाहा भयो भने उसका मनमा कस्ता कुरा खेल्छन् होला ?
यात्राका क्रममा लार्के भञ्ज्याङमा मृत्युलाई सारै नजिकबाट देखेका छन् पत्रकार मोहन
मैनालीले । मोहन मैनाली अहिले पनि सम्झिन्छन्, चौध वर्षअघिको एउटा हिमाली यात्रा ।
यात्रा पत्रकार मोहनलाई हिमाल-कन्दराको दुर्गम यात्रा गर्न चौपट्टै मन पर्छ ।


त्यतिवेला मोहन र उनका मित्र ध्रुव बस्नेत गोरखा जिल्लाको उत्तरी सीमाको अन्तिम गाउँ
साम्दोबाट पाँच हजार सय मिटर अग्लो लार्के भञ्ज्याङ काट्दै थिए । उनीहरूको लक्ष्य
मनास्लुभन्दा तीन हजार मिटर होचो लार्के भञ्ज्याङ पार गर्नु थियो । 'हामी पुगेको ठाउँ
साँच्चै अनौठो थियो । हाम्रा दुवैपट्टि हिउँ जमेका टाकुरा थिए । पछाडि फर्केर हेर्दा हामी
हिमालभन्दा माथि, बादलभन्दा माथि छौँ भन्ने भान पथ्र्यो,' मोहन रोमाञ्चित हुँदै भन्छन् ।


वातावरण पत्रकार समूह आँखीझ्याल युनिटमा उनीसँगै गएका पत्रकार धु्रव बस्नेत लार्के भञ्ज्याङ
पुग्दा निकै बिरामी भइसकेका थिए । उनी एक पाइला पनि हिँड्न नसक्ने भएका थिए । मोहन
मैनाली धु्रवलाई लार्के भञ्ज्याङमै कुर्न बसे । र, सँगै गएका पत्रकार भैरव रिसाल उनीहरूको
उद्धारका लागि मान्छे खोज्न तलतिर लागे । 'रात पर्दै थियो र हिमाली चिसो पनि बढ्दै
थियो,' मोहनले अतीत उधिने, 'बास्तवमा हामीलाई उद्धार गर्न चाहेर पनि कोही मान्छे
रातिको ११ बजेभन्दा पहिला आइपुग्ने सम्भावना थिएन । ज्वरोले लखतरान भएका धु्रव र तीन
साताको हिँडाइले गलेको म जीवित रहन सक्ने
कुरै थिएन ।'


'प्रत्येक ठाउँमा दुःख सुनाउने मान्छे हामीलाई पर्खेर बसेजस्ता लाग्छन् । उनका दुःखका केही
अंश सुन्दा हामी पनि दुःखी हुँदारहेछौं।'
लार्के भञ्ज्याङमा काल कुरिरहेका मोहनले अब मरिने नै भइयो भन्ने भएपछि धु्रवको मृत्युलाई
सहज बनाउन एकचक्की 'एभोमिन' खुवाइदिए । 'धु्रव एभोमिनको प्रभावमा एउटा ठूलो
ढुंगोलाई सिरानी लगाएर सुतिरहेका थिए । म पनि अरू केहीछिनमै एभोमिन खानेवाला थिएँ,'
मोहन सम्झिन्छन्, 'त्यत्तिकैमा तलबाट एकजना मान्छे नागबेली बाटो हिँड्दै माथि आएजस्तो
लाग्यो । मलाई सपना देखेजस्तो लाग्यो र आफूलाई धेरैपटक चिमोटेँ । उसले हामीनेर आएर
बोलायो र बल्ल बाँचिने भइयो भन्ने भयो । ती देउतै भएर आएका मान्छे भैरव दाइले उद्धार
गर्न पठाएका ग्याल्जन रहेछन् ।'


**
अनेक खोंच, गोरेटा र ढुंग्यान पहिरोका तीरैतीर धेरै हिँडेका छन् मैनाली । कति जिल्ला घुमे
होलान् त यी यात्रा पत्रकारले ? 'मैले नेपालका लगभग ७० जिल्ला घुमेको छु ।' लगभग पूरै
नेपाल घुमेका मैनाली भन्छन्, 'यो नेपालमा जता पुगे पनि मान्छेका दुःखका कथा एउटै भेट्टाएँ ।'
०२१ सालमा जन्मेका हुन्, मोहन । पढ्न भनेर काठमाडौँ आए । अनेक हन्डर र दुःख भोगेर
पत्रकार भए । ०४६ देखि उनी पत्रकारितालाई गरिखाने बाटो बनाइरहेका छन् । यात्रा
पत्रकारितामा उनले राम्रो योगदान पुर्‍याएका छन् ।


उनका मनमा यात्राका अनेक ठेली सुरक्षित छन् । यिनले सबैभन्दा लामो यात्रा २२ दिनसम्म
गरेका रहेछन् । 'बूढीगण्डकीको तीरैतीर गरेको यात्रा सबैभन्दा लामो हो,' मोहनले सुनाए,
'त्यसवेला सरकारी सुविधाको दुरुपयोग पनि देखियो, जनताका दुःखका अग्ला पहाड पनि देखियो ।'


**
गोरखाको साह्रै दुर्गम चुनचेत गाउँको यात्रा सम्झिन्छन्, उनी । त्यो अँध्यारोमा बाँचेको
एउटा गाउँले पहिलोपटक जेनेरेटर र बिजुलीबत्तीको उज्यालो देखेको थियो । यो ०५०
सालतिरको कुरा हो । 'सुरुमा खासै सहयोग गर्लान्जस्ता नदेखिएका गाउँलेले जिन्दगीमा
पहिलोपटक राति बिजुलीको उज्यालो देख्न पाएपछि हामीलाई बस्न गलैंचा दिए । खान मकै
दिए । कति मायालु गाउँले !' मोहन उनीहरूको त्यो हार्दिकता कहिल्यै बिर्सन सक्दिनँ भन्छन् ।
यात्रामा के देखियो ? 'मान्छेका फरक-फरक बाँच्ने शैली र बोल्ने शैली प्रस्टै देखियो ।'


उनी गुफा-पोखरीको यौटा घटना सम्झिन्छन् । मोहनहरूको टोलीलाई एउटी होटल साहुनीले
'कहाँ बस्ने' भनी सोधिछन् । मोहनका साथीहरूले 'यहीँ पिँढीमा बस्ने' भनेछन् । साहुनीले
पटक-पटक त्यही प्रश्न दोहोर्‍याइछन् । र, उनीहरूले पनि त्यही उत्तर पटक-पटक
दोहोर्‍याएछन् । पछि त साहुनी असाध्यै रिसाइछन् । रिसाउनुको कारण के रहेछ भने उनले
'कहाँ बस्ने' भनी सोधेको अर्थ त 'घर कहाँ हो' पो रहेछ । मोहन भन्छन्, 'यस्तो प्राविधिक
अप्ठ्यारो भाषाको कारण परेको हो । यस्ता कुरा यात्रामा पटक-पटक दोहोरिन्छन् ।'


**
यात्रामा नयाँ ठाउँमा पुग्दा उनलाई कस्तो लाग्दोरहेछ त ? 'नयाँ ठाउँमा पुग्दा जिन्दगी नै
त्यसैका लागि बनेको हो जस्तो लाग्नेरहेछ । इतिहासका पुराना पाना हामीसँगै समाहित हुन
आएजस्तो पनि लाग्थ्यो,' मोहनले सुनाए, 'त्यो मिठास फेरि अनुभव गर्न कहाँ सकिन्छ र ?
स्मृतिमा हराउन निकै रमाइलो हुन्छ । तर, सबै स्मृति रमाइला हुन्छन् भन्ने होइन । उनी
पुगेका हरेक ठाउँमा बग्रेल्ती थिए, दुःखका कथा । 'प्रत्येक ठाउँमा दुःख सुनाउने मान्छे
हामीलाई पर्खेर बसेजस्ता लाग्छन् । दुःख पाएका मान्छेले आफ्ना दुःखका केही अंश हामीलाई
पनि सुनाउँदा हामी पनि दुःखी हुँदारहेछौँ,' मोहन भन्छन्, 'आफ्ना दुःख र सुख बाँड्ने ती
गाउँलेलाई अहिले पनि सम्झिरहन्छु ।'


यात्राका के कुराले बढी पछ्याउँछन् होला मोहनलाई ? 'विषयको गाम्भीर्यले,' मोहनले झट्ट
एउटा घटना सम्झिहाले, 'बिराटनगरमा निकै लामो समयपछि पानी पर्‍यो । होटलमा बसेका
हामीलाई खुब सताएको थियो गर्मीले । त्यो लामो समयपछिको पानीले मान्छेसँगै भ्यागुता पनि
खुसी भएछन् र खेतै हरियै हुनेगरी भ्यागुताहरू आए ।
त्यो दृश्य खिच्नु थियो, तर सारा पूर्वाञ्चलका घर-घरबाट आएको दिसा-पिसाब बगाएर त्यहीँ
थुप्रिएको थियो । त्यो दृश्य फेरि कहिल्यै खिच्न सकिने पनि थिएन । त्यसैले त्यो
दिसा-पिसाबको मतलब नगरी हामी भ्यागुता खिच्न तल ओर्लियौँ । भ्यागुताहरू खिचिसकेपछि
फोहोरका कारण हाम्रा गोडाभरि ठुल्ठूला फोका निस्किए । र, पछि मात्र निको भयो,'
विषयको गम्भीरता यसरी प्रस्ट पारे मोहनले ।


यात्रामा भेटिएका ढिस्का, जंगल र नीलो आकाशले मोहनलाई के शिक्षा दिए होलान् ? 'एउटा
चेतना सिकायो, आफ्नो देशको सौन्दर्य आफ्नै आँखाले पटक-पटक देखायो र आफ्नै देशप्रति गौरव
गर्न सिकायो,' मोहनले सुनाए, 'कामकै वेला बडो चरम आनन्द दिए यात्रामा भेटिएका
सौन्दर्यहरूले ।'
यात्रामा उनले अनेक दुःख भोगेका छन् । पहाडी धुले बाटामा निकै धुस्रे-फुस्रे भएर दौडेका छन्,
उनी । 'जोगिमारामा दिनभरि धुलोबाटोमा हिँडेको सम्झन्छु, त्यो धुलो जिउभरि टाँसिएर,
बेलुका पानी पर्दा, बेस्सरी जिउ नै गन्हाएको पनि सम्झना छ,' मोहनले सुनाए ।


**
कर्णालीतिरको यात्रामा जाँदा त्यहाँका 'मान्ठा(मान्छे)' ले गरेका केही विकासदेखि
प्रभावित भएका रहेछन्, उनी । गरे त विकास चाँडै हुनेरहेछ । केही वर्षअघि पुग्दा बाजुराको
पाण्डुसेनमा विकास केही पनि थिएन । तर, त्यहाँ २/३ वर्षमै मोटरबाटो पुगेछ । हेल्थपोस्ट
बनेछ । ती विकासका खुडि्कला हुन् । मोहनले सुनाए-'विकास विस्तारै हुँदै जाने कुरा हो ।
तर, विकासको बाधक मान्छे नै हो । लोकल एलिट (स्थानीय ठूलाठालू) वर्गले समाजमा विकास
देख्न चाहँदारहेनछन् ।


मोहनसँग युद्धका घाउ पनि छन् । बाजुराको पाण्डुसेनमा युद्धका वेला एउटै गाउँका आठजना
मान्छे मरेका थिए । मोहनहरूको समूह पुगेको थियो गाउँमा । त्यो शोकको घडीमा अरू
रोइरहँदा एउटी आमैले भनिन् रे !, 'ए नरोऊ, पत्रकार आइपुगेका छन् । अब हाम्रा कुरा
हाम्रा मात्र रहेनन्, पत्रिकामा उहाँहरूले लेखेपछि सबैले थाहा पाउँछन् ।' एउटी बूढीआमैले
आफूहरूप्रति गरेको विश्वासले मोहन खुबै भावुक बनेछन् ।
दीपक सापकोटा / नयाँपत्रिका
काठमाडौं जुन, १४